४.६ सङ्घ, प्रदेश र स्थानीय तहमा बजेट तर्जुमा, नियन्त्रण प्रणाली र अन्तर सम्बन्ध
बजेट कार्यान्वयनको प्रयास
जेठ १५ गते बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था गरिएको,
LMBIS मा प्रविष्ट भएका आयोजना स्वतः स्वीकृत हुने तथा बजेट कार्यान्वयन गर्ने निकायलाई सोझै अख्तियारी प्राप्त भएको मानिने,
प्रत्येक मन्त्रालयले बजेट कार्यान्वयन कार्य योजना तयार गरी कार्यान्वयनमा ल्याइएको,
PLMBIS, TSA, SuTRA, CGAS र GARIS को सुरुवात गरिएको,
राष्ट्रिय गौरव आयोजना कार्यान्वयन अवस्थाको अनुगमन तथा मूल्याङ्कनको लागि OPMCM बाट प्रत्यक्ष निगरानीको व्यवस्था भएको,
राष्ट्रिय गौरव तथा उच्च प्राथमिकता प्राप्त आयोजनाहरूलाई स्रोत अभाव हुन नदिने व्यवस्था गरिएको,
बजेट खर्चको प्रभावकारिताको लागि चौमासिक बजेट समीक्षा गर्ने व्यवस्था रहेको,
बजेट तर्जुमाको चुनौती
विनियोजन दक्षता (Allocation Efficiency) अनुरूप आयोजना तथा कार्यक्रमहरू प्राथमिकीकरण गरी रकमको प्रस्ताव तथा विनियोजन हुने गरेको,
वितरणमुखी तथा स-साना आयोजना र कार्यक्रममा बजेट छर्ने प्रवृत्ति हावी भएको,
आयोजना तथा कार्यक्रम छनोटका निश्चिति आधार, विधि र मापदण्ड नभएको,
बजेटको ठूलो हिस्सा चालु खर्च तर्फ विनियोजना हुने गरेको,
वित्तीय अनुशासन पालनामा कमी आएको,
जुनसुकै प्रकृतिका स-साना आयोजनामा समेत बहुवर्षीय ठेक्काको माग गर्ने प्रचलन बढेको,
बजेट कार्यान्वयनको चुनौती
जिल्ला दररेट निर्धारणमा ढिलाइ हुने गरेको,
सहज रूपमा निर्माण सामग्री उपलब्ध गराउन कठिन रहेको,
बजेट कार्यान्वयन कार्य योजनाको कार्य सम्पादन करार सम्झौतालाई कार्य सम्पादन मूल्याङ्कन प्रणालीमा आवद्ध गर्न नसकिएको,
ठेक्काको काम समयमा नहुने,
बजेट अनुशासनको पालनामा कठिनाइ भएको,
वैदेशिक सहायताको शोध भर्ना लिने प्रक्रिया जटिल तथा सर्त पालना गर्न झन्झटिलो हुने गरेको,
आयोजनामा छिटो छिटो हुने कर्मचारी सरुवाको कारण समग्र आयोजना र बजेट खर्च प्रभावित हुने गरेको,
योजना तथा कार्यक्रममा कार्य सम्पादन मूल्याङ्कन कमजोर रहेको,
ग्रामीण तथा पिछडिएको क्षेत्रमा वित्तीय लगायतको सेवाहरू अपेक्षित रूपमा पुग्न नसकेको,
ठेक्कामा न्यूनतम रकम बोलकबोल गर्ने पछि ठेक्का छाड्ने वा भेरिएसनमा जाने प्रवृत्ति रहेको,