कर्मचारी प्रशासनमा Pre-recruitment देखि Post-recruitment सम्मका क्रियाकलापहरू पर्दछन् । humanware, technoware, infoware र orgoware ले कर्मचारी प्रशासनलाई जीवन्तता प्रदान गर्दछ । Luther Gullick and Lyndall Urwick ले Brownlow Committee मा उल्लेख गरेअनुसार कर्मचारी प्रशासनको प्रबन्धकीय कार्य (Managarial Function) अन्तर्गत Planning, Organizing, Staffing, Directing, Coordinationg, Reporting and Budgeting पर्दछन्। यसको परिचालन कार्य (Operational Function) अन्तर्गत Welcoming People, Preparing People, Activating People, Retaining People र Using People पर्दछन् ।
१.भर्ना (Recruitment or Welcoming People in the Organization)
सङ्गठनमा आवश्यक पर्ने जनशक्तिलाई सूचनाको माध्यमबाट प्रत्यासीको रूपमा प्रेरित गराउने
Positive: बजारका सबैभन्दा राम्रो ब्यक्तिलाई प्रोत्साहन दिएर दरखास्त आव्हान गर्ने, योग्य व्यक्तिलाई प्रतिस्पर्धामा सहभागी गराउने
Negative: समान पद्धतिको परीक्षामा सामेल हुन दरखास्त आव्हान गर्ने
नेपालको संविधानको धारा २४२ मा लोक सेवा आयोगको व्यवस्था भएको, निजामती सेवा ऐन, २०४९ र नियमावली, २०५०, लोक सेवा आयोग ऐन, २०६७
Positive Hiring System, जनशक्ति योजना र व ृत्ति विकास योजना प्रमुख मामिला रहेको
२. छनोट
कर्मचारीलाई सङ्गठनभित्र प्रवेश गराउने सिलसिलामा लिइने लिखित एवं अन्तर्वार्ता परीक्षा पश्चात्को निर्णय
बोल प्रथा (Bidding System): बढी पैसा दिन सक्नेलाई नोकरी दिइने, फ्रान्सबाट सुरु भएको र औद्योगिक क्रान्ति पश्चात् रोक लगाइएको,
संरक्षण प्रथा (Patronage System): नातागोता, जातजाति र राजनीतिक आस्थाका आधारमा कर्मचारी छनोट गरिने,
लुट प्रणाली (Spoil System): सातौ अमेरिकी राष्ट्रपति Andrew Jackson ले सुरुवात गरेको यस प्रणालीमा नयाँ शासक सँगसँगै नयाँ शासक कै व्यक्ति कर्मचारीमा नियुक्त गरिन्छ । Charles Julius Guiteau नामक व्यक्ति सेवाबाट हटेपछि सन् १८८१ मा तत्कालीन राष्ट्रपति James Abram Garfield (२० औं राष्ट्रपति) को हत्या भयो र यो प्रणालीको अन्त्य भयो ।
योग्यता प्रणाली (Merit System): Competency, equal opportunity र neutrality को आधारमा उपयुक्त र योग्य ठहरिने व्यक्ति छनोट गरिन्छ । सीप, व्यक्तित्व, नेत ृत्व र चरित्रको आधारमा कर्मचारीको छनोट हुन्छ ।
३. नियुक्ति
छनोटबाट उपयुक्त ठहरिएका उम्मेदवारहरूलाई निर्धारित सेवा र समूहको पदमा प्रवेश भएको औपचारिक निर्णय गरी सोको जनाउ पत्र दिने प्रक्रिया हो । राजपत्राङ्कित पदमा नेपाल सरकार र राजपत्र अनङ्कित पदमा विभागीय प्रमुखले नियुक्त गर्ने,
४. पदस्थापना
रिक्त पदमा नवप्रवेशी कर्मचारीलाई स्थापना वा पदाधिकार तोक्ने कार्य,
पदस्थापना व्यक्तिको विगतको अनुभव, सीप, योग्यता, तालिम र विशेषज्ञताको आधार लिइनुपर्ने,
निजामती सेवा ऐन, २०४९ को दफा ७क अनुसार पद रिक्त भएको १ महिना भित्र लोक सेवा आयोगमा माग फारम पठाउने,
लोक सेवा आयोगले सेवा सञ्चालन गर्ने मन्त्रालय र राजपत्र अनङ्कितको हकमा सिधै कार्यालयमा नियुक्तिका लागि सिफारिस गर्ने,
सेवा प्रवेश तालिमको व्यवस्था भएको,
High Context Culture हावी भएको,
सरुवा प्रणालीको पालना नभएको,
रिक्त पदको जानकारी दिने व्यवस्था प्रभावकारी नभएको,
रिक्त दरबन्दी खारेज हुने व्यवस्था कार्यान्वयन नभएको,
उच्च स्तरको जनशक्ति सेवाभन्दा बाहिर रहेको,
पाठ्यक्रम Academic छ, व्यवहारिक नभएको,
५. सरुवा
कर्मचारीलाई हालको निकायको जिम्मेवारीबाट अर्को स्थान र निकायको जिम्मेवारीमा स्थानान्तरण गराउनु,
Performance, सेवा अवसर, Work Enrichment, Potential Development, Job Satisfaction, Socialization, उत्प्रेरणा, ज्ञान र सीप बढाउन सरुवा आवश्यक हुने,
निजामती सेवा ऐन, २०४९ को दफा १८ मा सरुवाको आधार, तरिका, प्रावधान र क्षतिपूर्ति उल्लेख भएको,
सबै भौगोलिक क्षेत्रको अनुभव हुने किसिमले न्यूनतम अवधि तोकिएको (क र ख मा डेढ वर्ष, ग र घ मा २ वर्ष)
तोकिएको अवधि नपुग्दै सरुवा गर्दा मेडिकल बोर्डको सिफारिस, राखी राख्न उपयुक्त नहुने, विशेष जिम्मेवारी दिनुपर्ने, फाजिल समायोजन गर्नुपर्ने, विभागीय कारबाही गर्नुपर्ने र राजपत्र अनङ्कितलाई घर पायक स्थानान्तरण गर्ने आधारहरू खुलाउनु पर्ने,
पती र पत्नीलाई रिक्त दरबन्दी मिलेसम्म एउटै जिल्लामा सरुवा गरिने,
अन्तर मन्त्रालय सरुवा सामान्य प्रशासन मन्त्रालयले गर्ने,
अख्तियारवालाले नियम विपरीत गरेको सरुवा सामान्य प्रशासन मन्त्रालयले र सामान्य प्रशासन मन्त्रालयले गरेको सरुवा मन्त्रिपरिषद्ले रद्द गर्ने,
राजपत्राङ्कित प्रथम श्रेणी र सो भन्दा माथिको कर्मचारीलाई सरुवा गर्ने आधार स्पष्ट नभएको,
मामिलाहरू
दलगत ट्रेड युनियन हावी भएको,
सरुवा व ृत्ति विकासको अभिन्न अङ्ग हुन नसकेको,
निजामती सेवा ऐन र नियमावलीको पालनामा विक ृति भएको,
लामो समयसम्म पदस्थापना नगर्ने प्रव ृत्ति रहेको,
अनुमानयोग्य सरुवा प्रणाली नभएको,
सरुवामा समानता नरहेको (केही कर्मचारीले जिल्ला नदेखेको)
अभिलेख व्यवस्थापन कमजोर रहेको,
अबको बाटो
Right man in right place को सिद्दान्तलाई आत्मसात गर्ने,
सरुवालाई Positive Motivational Factor को रूपमा स्थापित गर्ने,
शैक्षिक सत्र मिलान हुने गरी सरुवा गर्ने,
सरुवा नीतिको परिपालन गर्ने
६. बढुवा
बढुवाले तोकिएको पदमा कार्यरत कर्मचारीलाई पारिश्रमिक, थप जिम्मेवारी, थप उत्तरदायित्व एवं माथिल्लो दर्जाले सम्मानित गर्दछ ।
यसले कर्मचारीलाई कामप्रति समर्पित गराउने, हौसला व ृद्धि गर्ने, व्यवहारिक परिपक्वता ल्याउने, नेत ृत्व विकास गर्ने, उपयुक्त र योग्य व्यक्तिलाई सङ्गठनमा राख्ने, इमानदार कर्मचारीको निर्माण गर्ने उद्देश्य राखेको हुन्छ ।
बढुवामा ज्येष्ठता र योग्यताको सिद्धान्त अवलम्बन गरिएको हुन्छ ।
Up and out promotion, Day promotion, Batch promotion र Time Bound बढुवाका प्रकारहरू हुन् ।
Issues
कार्य क्षमताबाट हुने बढुवा वैज्ञानिक नहुनु,
बढुवाको प्रावधान पटक पटक परिवर्तन गरिनु,
कार्य सम्पादन मूल्याङ्कन अव्यवहारिक र अपारदर्शी हुनु,
सबै सेवामा समूहमा समान अवसर नभएको,
Ways Foreward
कार्य सम्पादन मूल्याङ्कनको वस्तुगत आधार तय गर्ने,
Performance Appraisal मा Job-wise Indicator राख्ने,
७. तलब सुबिधा
एउटा कर्मचारीलाई कति तलब दिनुपर्छ भन्ने सम्बन्धमा कुनै निश्चित सिद्धान्त छैन । सङ्गठनको क्षमता, बजार मूल्य, श्रमको माग र आपूर्ति, सङ्गठनको दबाब दिने क्षमता, चलनचल्तीको तलब, उत्पादकत्व, सरकारी निर्णय तलब निर्धारणका आधारहरू हुन् ।
केही मान्यताहरू
Equal Pay for Equal Work: Equal pay for equal work is the concept of labour rights that individuals in the same workplace be given equal pay. It is most commonly used in the context of sexual discrimination, in relation to the gender pay gap.
All forms of pay are covered by the Equal Pay Act, 1963, including salary, overtime pay, bonuses, stock options, profit sharing and bonus plans, liife insurance, vacation and holiday pay, cleaning and gasoline allowance, hotel accomodations, reimbursement for travel expenses and benefits.
The principle of remuneration of personnel states that the employees should be paid a fair salary, and the salary should be reasonably align with their contribution and effort. The remuneration given should be reasonable and acceptable to both employees and the organizations.
Fair-pay must have qualities such as enhancing employee's living standards, securing the job, and encouraging them to do even harder. A fair pay system creates satisfaciton in the employees, they feel motivated - it is natural that motivated employees always do better, a better working environment is maintained, a better relationship is built, turnover is decreased, and in turn, it helps to attain goals more effectively and efficiently.
निजामती सेवा ऐन, २०४९ को दफा २७ मा निजामती कर्मचारीको तलब, भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्न नेपाल सरकार मुख्य सचिवको अध्यक्षतामा अर्थ सचिव र सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य रहने समिति रहने,
कर्मचारीलाई Fringe Benefits (जीवन बिमा, दुर्घटना बिमा, पेन्सन, उपदान, स्वास्थोपचार खर्च, घर बिदा, बिरामी बिदा) को सुविधा रहेको,
खाइपाइ आएको तलब नघट्ने कानुनी प्रत्याभूति रहेको,
तल्लो श्रेणीको माथिल्लो तलब माथिल्लो श्रेणीको सुरु तलबभन्दा बढी हुने नीति रहेको,
प्रत्येक महिना भुक्तान भएपछि तलब पाउने,
पद बहाली भएको मितिदेखि तलब पाउने,
निलम्बन भएमा आधा तलब पाउने,
A compa ratio divides an individual's pay rate by the mid-point of predetermined salary range. (compensation ratio)
Issues
Pay Commission को सुझावलाई पूर्ण कार्यान्वयनमा नल्याइएको,
Performance Based Pay लागु गर्न नसकिएको,
८. व ृत्ति विकास
आफैंले बनाएको पेसाको उन्नयन
पेसा व्यवसायलाई बढी मूल्यवान, प्रतिष्ठित, ऊर्जावान् बनाउने अवस्था
Career Awareness-Goal Setting-Skill Training-Performing-Self Assessment (Career Development Cycle)
Career Development का पूर्व सर्त
योग्यता प्रणालीलाई स्वीकार गरिएको,
कर्मचारीलाई स्वेच्छाचारी तवरले हटाउने प्रावधान नभएको,
Aspiration, training, seniority, academic qualification
खुला प्रतियोगिताबाट सङ्गठनभित्रका र बाहिरका क्षमतावान् र प्रतिभावान्लाई भित्र्याउने (Open Career)
सङ्गठन भित्रकालाई मात्र अवसर दिने (Close Career)
तालिम, अध्ययन, अवलोकन भ्रमणको अवसर उपलब्ध रहेको,
सेवाको सुरक्षा रहेको,
तोकिएको पदमा खुला तथा आन्तरिक प्रतिस्पर्धाबाट बढुवा हुने,
कार्य क्षमताको आधारमा पदोन्नति हुने,
भौगोलिक क्षेत्रको अनुभव गणना हुने,
Issues
Career Path अनुमानयोग्य नहुनु,
सेवा सर्तका क्षेत्रमा बारम्बार परिवर्तन हुनु,
आस र त्रासको व्यवस्थापन राम्रोसँग नहुनु,
९. कार्य सम्पादन मूल्याङ्कन
निजामती सेवा ऐन, २०४९ को दफा १५, निजामती सेवा नियमावली, २०५० को नियम ३४ र सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा १९ मा कार्य सम्पादन सम्झौता गर्न सकिने प्रावधान रहेको,