१.५.६ जनसङ्ख्याको बनोट र यसका विविध पक्षहरू
(Population Structure and its Diverse Aspects)
उमेर संरचनाबाट जनसङ्ख्या वृद्धिदर प्रभावित हुने र श्रम सम्बन्ध निर्धारण हुने,
बाल बहुल संरचनाबाट वयस्क बहुल संरचनामा जनसङ्ख्याको संरचनाले फड्को मारेकाले यो उमेर संरचना देशको जनसाङ्ख्यिक लाभ उठाउने स्वर्णिम अवधि भएको
Physiological Effect: आमाको दुध बच्चालाई चुसाउने क्रम रोकिँदा महिनावारीको समय छोटिने र जैविक रूपमा महिला अर्को गर्भको तयार हुने
Replacement Effect: आमा बाबुले मरेका बच्चाको चाँडै प्रतिस्थापन गर्न प्रयास गर्ने,
Old Age Security: बढी सन्तान भएमा एक दुई जना पछिसम्म बाँच्लान् र बुढेसकालको सहारा होलान् भन्ने अपेक्षा रहने,
Labour Value of Children: बच्चाको श्रमको महत्त्व वा आवश्यकतालाई स्वीकार गरिएको
Wealth flow from children to parents रहेसम्म प्रजनन दर उच्च रहन्छ । (A Theory of Fertility: from high plateau to destabilization, J.C. Caldwell)
समाजमा सुधारात्मक नियम बन्न थाले पछि, जीवनस्तर उक्सन थालेपछि, शिक्षाको पहुँच बढेर हरेक बच्चाले निश्चित उमेरसम्म अनिवार्य विद्यालयमा हुनु पर्ने, रोजगारी र पेसा व्यवसायमा प्रवेश गर्न न्यूनतम उमेर हद हुनु पर्ने नियमका कारण बाल बच्चाबाट आर्थिक लाभभन्दा लगानी बढ्छ र प्रजनन दर घट्छ ।
जनसङ्ख्या वृद्धिदर उच्च हुँदा १५ वर्षभन्दा मुनिका जनसङ्ख्याको हिस्सा अधिक हुन्छ र बाल श्रम सहभागिता पनि उच्च हुन्छ । जुन अवस्था नेपालमा २०५८ सालसम्म विद्यमान रहेको थियो ।
२०६० को दशकबाट नेपालको जनसङ्ख्या वयस्क बहुल संरचनामा प्रवेश गरेकाले यस बेलाको उमेर समूहलाई देशको वाणिज्य र व्यापार व्यवसायको लागि स्वर्णिम समयको रूपमा चित्रण गरिएको छ ।
अब विस्तारै नेपालको जनसङ्ख्याको संरचना बहुल ज्येष्ठ नागरिक तर्फ जाने क्रममा रहेकाले ज्येष्ठ नागरिकको श्रम सहभागितालाई व्यवस्थापन गर्ने विषयमा सोच्ने समय आएको छ ।
२० औँ शताब्दीको मध्यावधिमा प्रायजसो पश्चिमा विकसित मुलुकले जनसाङ्ख्यिक इतिहासमा पहिलो पटक जनसङ्ख्याको उमेरगत संरचना बुढ्यौलीमा प्रवेश गरेको अनुभव गरेका थिए ।
सोही अनुभव कम विकसित र विकासोन्मुख मुलुकले २१ औं शताब्दीको पहिलो अर्ध शतकमा गर्न थालेको पाइन्छ । (Harper, Addressing the implications of global ageing)
पोषण, सार्वजनिक सरसफाइ, स्वास्थ्य सेवा, उन्नत औषधोपचार, शिक्षा र सामाजिक आर्थिक अवस्थामा आएको सुधारको कारण आजका मानिस तुलनात्मक रूपले लामो उमेर बाँच्न सक्ने भएका छन् ।
कस्तो उमेर संरचना भएको मुलुकलाइ बुढ्यौलीमय मान्ने विषयमा सैद्धान्तिक मतैक्यता पाइदैँन । UN ले ६० वर्षभन्दा माथिको जनसङ्ख्यालाई यो समूहमा राख्नुपर्ने सहमति कायम गरेको छ ।
जन्मपछि हरेक क्षण मानिस जैविक, मनोवैज्ञानिक र सामाजिक रूपमा बुढो हुँदै गइरहेको हुन्छ ।
Biological Ageing
Programmed Ageing: उमेर बढ्दै गएपछि आन्तरिक रोग (मधुमेह, उच्च रक्तचाप, मुटु रोग, हाड जोर्नी) का कारण शारीरिक, मानसिक र सामाजिक गतिबिधिमा विस्तारै कमी आउने अवस्था
Error ageing: उमेर बढ्दै जाँदा शरीरमा बुढेसकालको लक्षण देखिने, दैनिक जीवनको गतिविधिमा कमी आउने अवस्था
Psychological Aspect
Activity: दैनिक व्यावहारिक र सामाजिक गतिविधिमा उमेर अनुसार आउने परिवर्तनले व्यक्तिलाई जिम्मेवार र परिपक्व पार्दै लैजान्छ । सानै उमेरमा व्यावहारिक र सामाजिक गतिविधिम सम्हाल्नु परेको व्यक्ति मनोवैज्ञानिक र सामाजिक रूपले उमेरमा जेठो व्यक्तिभन्दा बुढ्यौली भएको मानिन्छ ।
Continuity Theory: मानिसले उमेर बढ्दै जाँदा आफूले पहिले देखि गर्दै आएका काम र व्यवहारलाई सामान्यतया निरन्तरता दिन खोज्दछन् । नयाँपनतिर लाग्नु र नयाँ खाले व्यवहार गर्नु आफ्नो उमेर विपरीत हुन्छ ।
Disengagement Theory: व्यक्तिले आफू बुढो हुँदै गएको जानकारी व्यावहारिक र सामाजिक सम्बन्ध र संलग्नता विस्तारै छाड्दै गएर देखाउँछ ।
विगत ५० वर्षको जनसाङ्ख्यिक तथ्याङ्कलाइ हेर्दा प्रजनन दर दुई तिहाईले घटेको, शिशु मृत्युदरमा आठ गुणाले कमी आएको र जन्मिदाको औसत आयुमा दोब्बरले वृद्धि भएको छ ।
रोवर्ट फोगेलका आनुसार विकसित मानिएका बेलायत र फ्रान्समा यी सूचकाङ्कमा यस्तो सुधार आउन साँढे दुई शताब्दी लागेको थियो ।
नेपालले महिला र बालबालिकाको बचाउ र जीवनस्तर सुधारमा गरेको सामाजिक विकासको प्रयासको फलस्वरुप बाल र शिशु मृत्युदर, महिलाको जीवनस्तर र औसत आयुमा उल्लेख्य सुधार गरेको छ ।
प्रजनन दर, मृत्युदर र जन्मदाको औसत आयुमा आएको सुधारको फलस्वरुप जनसङ्ख्याको उमेरगत संरचना विस्तारै माथितिर सर्न थालेको छ ।
ज्येष्ठ नागरिकको अनुपात ८% भन्दा माथि गएको छ भने उनीहरुको वार्षिक वृद्धिदर ४% को हाराहारीमा रहेको छ ।
नेपालमा ६५ वर्ष माथिको जनसङ्ख्या सन् २०५० मा ५% बाट १३% पुग्ने अनुमान रहेको छ ।
ज्येष्ठ नागरिकमैत्री स्वास्थ्य सेवाका संरचना र जनशक्ति तयार गर्न थाल्न पर्ने र उनीहरूका हरेक क्रियाकलापलाई श्रम शक्तिको रूपमा परिणत गर्ने प्रविधि पहिचान गर्नु पर्ने देखिन्छ ।
हाल pediatrics जस्तै मुलुकमा भरपर्दो geriatrics नरहेको अवस्था छ ।
सन् २०५० सम्ममा विश्वका ८२ मुलुकमा २०% जनसङ्ख्या ६५ वर्ष माथिको हुने प्रक्षेपण गरिएको छ ।
चीनले ज्येष्ठ नागरिकको क्षेत्रमा सुरक्षा, सहभागिता र सक्रिय बुढ्यौलीलाई तीन खम्बे नीतिको रुपमा अङ्गिकार गरेको छ ।
वि.सं. २०५१ सालमा ७० वर्ष पुगेका नागरिकलाई मासिक रु. १०० दिने घोषणा गरी ज्येष्ठ नागरिकलाई राज्यको तर्फबाट सम्मान गर्न थालिएको,
मुलुकी ऐन, २०२१ ले घरका अभिभावक वा ज्येष्ठ नागरिकलाई चल अचल सम्पत्तिको भोग चलन र बाँडफाँट गर्ने अधिकार दिएको,
स्थानीय स्यायत्त्व शासन ऐन, २०५५ ले ज्येष्ठ नागरिकको संरक्षणको दायित्व गाउँ विकास समिति र नगरपालिकाको हुने भनी किटान गरेको,
Second World Assembly on Ageing (2002) ले घोषणा गरेको Madrid International Plan of Action on Ageing अनुरूप ‘ज्येष्ठ नागरिक राष्ट्रिय कार्य योजना, २०६२’ जारी भएको,
ज्येष्ठ नागरिक ऐन, २०६२ र नियमावली, २०६५ ले नेपाली ज्येष्ठ नागरिकको सामाजिक, आर्थिक र मानव अधिकारजस्ता अधिकारको सुनिश्चितता गरेको,
यसले यथोचित खाद्य सुरक्षा र पोषण, स्वास्थ्य सेवा, आत्म सम्मान, पुँजी र जायजेथाको सुरक्षा र उपयोगको सुनिश्चितता र यातायातको भाडा दरमा छुट जस्ता व्यवस्था गरेको,
ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता र स्वास्थोपचार खर्च Universal र Non-contributory भएकाले भोलिका दिनका ज्येष्ठ नागरिकको आकार बढ्दै जाँदा राज्यले सधैँ धानिरहन चुनौतीपूर्ण रहेको छ ।
यसलाई योगदानमा आधारित (Contributory) र स्वलक्षित (Self-targeting) बनाउनु पर्ने देखिन्छ ।
ज्येष्ठ नागरिक सुरक्षा भत्ता सबैमा बराबरी रूपले विवरण गर्दा कतिपय आवश्यक नपर्ने गरी लिएर अति आवश्यक पर्नेलाई जीवन रक्षा हुने गरी दिन पुग्ने साधन स्रोत धेरैतिर छरिने र दुरुपयोग पनि हुन सक्ने सम्भावना रहन्छ ।
ज्येष्ठ नागरिकलाई आर्थिक सामाजिक वर्गको आधारमा विपन्न (Marginal), निम्न मध्यम (Downward Mobile) र आर्थिक विकासमा समाहित (Integrated) लाई उनीहरूको आवश्यकता र चाहना सम्बोधन हुने गरी नीति अवलम्बन गर्न उपयुक्त हुन्छ ।
जनसङ्ख्या व्यवस्थापन सङ्घ, प्रदेश र स्थानीय तहको साझा कार्य जिम्मेवारी रहेको,
जनसङ्ख्या सम्बन्धी दीर्घकालीन योजना (२०६७-२०८७), जनसङ्ख्या र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका कार्य योजना, दिगो विकासका लक्ष्यहरू र राष्ट्रिय जनसङ्ख्या नीति, २०७१ कार्यान्वयनमा रहेको,
कार्य विस्तृतीकरणले योजना, परिवार नियोजन र जनसङ्ख्या व्यवस्थापनलाई सङ्घ र प्रदेशको साझा जिम्मेवारीको रूपमा लिएको तथा व्यक्तिगत घटना सम्बन्धी तथ्याङ्क व्यवस्थापन गर्ने कार्य तीनै तहको कार्य सूचीमा रहेको,
जनशक्ति विकासको परिचालक तथा प्रयोगकर्ता साथै उत्पादन र उपभोक्ता भएको,
प्रजनन दर घट्दै गएको, औसत आयुमा वृद्धि भएको, युवा जनशक्ति विदेशिने क्रम जारी रहेको र ज्येष्ठ नागरिकको जनसङ्ख्या बढ्दो क्रममा रहेको,
बाह्य तथा आन्तरिक बसाइँसराइका कारण जनसङ्ख्याको वितरणमा असमानता बढ्दै गएको, यसबाट आर्थिक उत्पादन र वितरणमा प्रत्यक्ष प्रभाव पर्न नदिन जनसङ्ख्या तथा बसाइँसराइलाई अन्तरसम्बन्धित विषयको रूपमा व्यवस्थापन गर्नु अपरिहार्य रहेको,
जनसङ्ख्या व्यवस्थापनका नीति तथा कार्यक्रमलाई सरकारी, निजी, गैरसरकारी क्षेत्र, नागरिक समाजबाट आन्तरिकीकरण र समन्वय गर्न नसक्नु,
तथ्यमा आधारित नीति (Evidence Based Policy) निर्माणमा अनुसन्धान कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउन नसक्नु,
गरिबी, अशिक्षा, भौगोलिक विकटता, अव्यवस्थित बसोबास र बसाइसराइँ, सामाजिक कूरीतिका कारण जनसङ्ख्या र विकास बिच असन्तुलन हुनु,
विस्तृत तथ्याङ्क सहितिको जनसङ्ख्या व्यवस्थापन सूचना प्रणाली स्थापना हुन नसक्नु,
जनसाङ्ख्यिक लाभांश (Demographic Bonus) को रूपमा रहेको उत्पादनशील जनशक्तिको आन्तरिक र वाह्य आप्रवासनले असन्तुलित वितरण, जलवायु परिवर्तन, प्राकृतिक प्रकोपका कारण बसाइसराइँ प्रभावित हुँदा जनसङ्ख्याको वितरणमा प्रतिकूल प्रभाव पर्नु,
तीब्र शहरीकरणलाई व्यवस्थित गर्न नसकिनु,
जनसाङ्ख्यिक सूचक र विकासका सुचकहरू बिच तादाम्य र सन्तुलन कायम गर्नु,
उत्पादनशील जनशक्तिलाई स्वदेशमै उपयोग गर्ने वातावरण निर्माण गर्नु,
उच्च दरमा बढ्दो ज्येष्ठ नागरिकको व्यवस्थापन गर्नु,
आधारभूत सुविधा सहितको एकीकृत वस्ती विकास गर्नु,
सन्तुलित र समानुपातिक विकास मार्फत आन्तरिक बसाइसराइँलाई व्यवस्थित गर्नु,
स्थानीय तहमा जनसाङ्ख्यिक सूचना बैङ्कको निर्माण र विस्तार गर्नु,
जनसङ्ख्या सम्बन्धी दीर्घकालीन योजना तर्जुमा भएको,
जनसाङ्ख्यिक लाभको उच्चतरम उपयोग गरी देशको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउन सकिने अवस्था रहेको,
सानो र गुणस्तरीय परिवारको अवधारणालाई अधिकांश नागरिकले आत्मसात गरेको,
जनसङ्ख्या र बसाइसराइँ व्यवस्थापनलाई एक साथ लैजाने राज्यको प्राथमिकता रहेको,
वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण र सीपलाई राज्यको प्राथमिकता प्राप्त क्षेत्रमा उपयोग गर्ने वातावरण बन्दै गएको,
पूर्वाधार विकास, व्यवस्थित शहरीकरण, रोजगारी, एकीकृत वस्ती विकास लगायतका कार्यक्रम मार्फत बसाइसरराइँलाई व्यवस्थित गर्ने कुरामा सबैको मतैक्यता रहेको,
जनसङ्ख्या र बसाइसराइँ व्यवस्थापनमा अन्तर्राष्ट्रिय समुदायको चासो बढेको,
सङ्घ, प्रदेश र स्थानीय तहबाट जनसङ्ख्या व्यवस्थापन सम्बन्धी कार्यक्रम सञ्चालन गर्न सकिने अवस्था रहेको,
आवधिक योजनाले औसत आयुमा वृद्धि, जनसाङ्ख्यिक लाभांशको सदुपयोग र अध्ययन अनुसन्धान गर्ने उद्देश्य राखेको,
प्रजनन स्वास्थ्य सम्बन्धी सेवालाई अधिकारमुकी कार्यक्रमको रूपमा विकास गर्ने,
जनसाङ्ख्यिक लाभांशलाई सदुपयोग गर्न ज्ञान र सीपमा आधारित रोजगारीको सिर्जना गर्ने,
लैङ्गिक समानता र समावेशीकरणको लागि कानुनी र संस्थागत व्यवस्थामा सुधार गर्ने,
एकीकृत वस्ती विकासको माध्यमबाट आन्तरिक बसाइसराइँ र शहरीकरणलाई व्यवस्थित गर्ने,
जनसङ्ख्या सम्बन्धी तथ्याङ्क व्यवस्थापनलाई प्रविधिमैत्री बनाई जनसङ्ख्या सूचनालाई व्यवस्थित गर्ने,
मानव विकास सूचकाङ्क ०.६२४ पुगेको हुने,
नागरिक सन्तुष्टिको अनुभूति ५.१ पुगेको हुने,
पाँच वर्ष मुनिका बालबालिकाको जन्म दर्ता शत प्रतिशत पुगेको हुने,
जनसङ्ख्या व्यवस्थापन सूचना प्रणाली मार्फत जनसङ्ख्याको अद्यावधिक तथ्याङ्क उपलब्ध भएको हुने,