२.७ व्यवस्थापनका विविध पक्षहरुः नेतृत्व, उत्प्रेरणा, मनोबल, निर्णय प्रक्रिया, सङ्गठनात्मक व्यवहार र कार्य संस्कृति
सामूहिक उद्देश्य प्राप्तिका लागि परिस्थिति अनुसार अनुयायीहरूलाई प्रभावित पार्न सक्ने क्षमता वा गुणलाई Leadership भनिन्छ ।
All Managers are Leaders but All Leaders are not Managers.
मुख्यतः तीन तत्त्वहरू नेता (Leader), अनुयायी (Follower) र परिस्थिति (Situation) बिचको सह क्रिया वा फलन (Function) बाट नेतृत्व निर्माण हुन्छ ।
प्रभावको विषयः Inspiration, Motivation, and Power ले प्रभाव पार्न सकिन्छ ।
लक्ष्यउन्मूखः व्यक्ति तथा समूहको इच्छा तथा आवश्यकताका आधारमा लक्ष्य निर्धारण गरिनुपर्छ र परिस्थिति अनुसार परिवर्तन हुनुपर्छ ।
परिस्थितिमूलकः नागरिक तथा सेवा ग्राहीको हितको लागि नेतृत्व निरंकुश बन्नुपर्छ । जस्तो महामारीमा अवतजावतमा कडाई गर्नु र विकास निर्माणमा सहभागितामूलक एवम् प्रजातान्त्रिक हुन्छ ।
एकतर्फी निर्देशनः सामान्यतया नेताले निर्देशन दिन्छ । निर्देशन एकातर्फ हुँदा नेता निरंकुश हुने हुँदा Quality Circle र Participatory Management विधि अपनाउन सकिन्छ ।
तीन संयोगहरूको प्रयोगः Leader, Situation and Followers
नेतृत्वमा अनुयायीको हित (followers interest) रहेको हुनुपर्छ।
नेतृत्वमा बृहत् सोच (long vision) हुनुपर्दछ ।
नेतृत्वमा निश्चित उद्देश्य (Purpose) हुनुपर्दछ।
धैर्यता (persistence) नेतृत्वको अर्को विशेषता हो।
नेतृत्व कुशल हुन कार्य स्पष्टता (Work Clarity) हुनुपर्दछ।
नेतृत्व प्रदान गर्दा सामाजिक सुसूचित (social consciousness) पनि हुनुपर्छ।
परिस्थितिअनुसार (Situational)l नेतृत्व शैलीको उपयोग गरिएको हुन्छ।
नेतृत्व मानिसप्रति उन्मुख (People Oriented) र प्रविधिप्रति उन्मुख (technology oriented) हुनुपर्छ
Goal Determination
Organization of functional units
Role of Coordination
Sources of Motivation
Representation of Needs
Decrease of Dissatisfaction
Determination of Planning
Teamwork
Motivation
Competence
Skills
Responsibility
Communication
Power
Support
Teamwork
Strategic Thinking: Developing a vision of where you want to be.
Planning & Delivery: Planning how to achieve your vision and dealing with challenges along the way.
People Management: Finding the right people and motivating them to work towards your vision.
Change Management: Recognizing, responding and managing changes to your vision and plans.
Communication: Working on the best ways to communicate your vision to others and listening to ideas.
Persuasion and Influence: Encouraging others to help you achieve your vision by demonstrating its advantages.
शारीरिक र मानसिक उर्जा भएको
मानव सम्बन्धको ज्ञान भएको
सहानुभूति राख्ने
सञ्चार सीप ज्ञान भएको
सामाजिक सीप ज्ञान भएको
इमानदार
प्राथमिकता छुटाउन सक्ने
भावनात्मक परिपक्वता
पूर्वाग्रहबाट प्रभावित
निष्पक्षता
व्यक्तिगत रुपमा उत्प्रेरित
प्रशिक्षण सीपको ज्ञान भएको
प्राविधिक योग्यता भएको
संगठनात्मक ज्ञान भएको
निरङ्कुश शैली (Autocratic Leadership)
फाइदा
अनुशासनहीन कर्मचारी या अनुयायीलाई तह लगाउन उपयोग हुने
निर्णय छिटो हुने
नियन्त्रणको एउटै केन्द्र हुने
बेफाइदा
अप्रजातान्त्रिक विधिले शीतयुद्ध रहन्छ।
एकतर्फी निर्देशनले कार्यगत कठिनाइ थाहा नहुने
कामदार तथा अनुयायीको सिर्जनशीलता नहुने
उत्पादकत्व घट्ने र Turnover हुने
आधिकारिक नेतृत्व (Authoritarian Leadership)
फाइदा
अधिकारको आधारमा काम दिने
अनुयायीमा आत्मसम्मान हुने
संवेदनशील र निर्देशन दिनुपर्ने कामका लागि उपयोगी
बेफाइदा
कर्मचारीमा सहभागिता कम हुने
नेतृत्व दिन नसकिएको खण्डमा काम लथालिङ्ग हुने
अधिकारको नाउँमा निरङ्कुशता हुँदा कामदार या अनुयायीको गुनासो र असन्तुष्टि रहने
सहभागितामूलक नेतृत्व (Participatory Leadership)
फाइदा
हामी भावनाको विकास हुन्छ
द्वन्द्व विरोध नहुने
एक अर्काको प्रेरणा हुन्छ
यसमा नेता र अनुयायीबिच सुमधुर सम्बन्ध रहन्छ
सामूहिक जिम्मेवारी
बेफाइदा
भौतिक र मानसिक रूपमा अनुयायी सहभागी नहुन सक्छ
अनुयायीले विचार मात्र राख्ने खालको नभएर नेतृत्व जत्तिकै सहभागी हुनु सक्दैन
विचार बाझिने हुन्छ
छलफलमा समय बढी लाग्ने
गोप्यता चुहावट हुन्छ
स्वतन्त्र नेतृत्व (Laissez Faire Leadership)
फाइदा
नेताको अहस्तक्षेपले गर्दा काममा निरन्तरता
स्वतन्त्र हुनाले सिर्जनशीलता अभिवृद्धि हुने
आपसी सम्बन्ध सुधार
आत्मविश्वास आत्मगौरब बढ्ने हुन्छ ।
बेफाइदा
प्रत्यक्ष नियन्त्रण नहुनाले अव्यवस्थित बन्न सक्ने
व्यवहारमा छाडापन आउने
कामदारले आफै निर्णय गरिने हुँदा अन्योल असुरक्षा रहन सक्ने
संगठनात्मक लक्ष्यलाई पाखा लगाइन्छ ।
स्वीकृतिमूलक नेतृत्व (Permissive Leadership)
फाइदा
अधिकार प्रत्यायोजनबाट कामदारको मनोबल र कार्यदक्षता बढ्ने
कतिपय काममा स्वनिर्देशन हुन्छ
कामदारले लक्ष्य परिवर्तन गर्न सक्ने
बेफाइदा
उच्चस्तरको कामदार भएको बेलामा मात्र उपयोग गर्न सकिने
सांगठानिक लक्ष्य हासिल नहुने आशंकामा
संगठनको स्थापनामा मात्र उपयोगी
प्रजातान्त्रिक नेतृत्व (Democratic Leadership)
फाइदा
अनुयायी अधिकार सम्पन्न
नेता अनुयायी सुमधुर सम्बन्ध
कामदार तथा कार्यकर्ता स्वतन्त्र रहन्छ ।
Compliance and Integrity हुन्छ
बेफाइदा
नेतृत्वको सीप उपयोगमा अवरोध हुन सक्ने
संगठनको लक्ष्य र व्यक्तिगत लक्ष्यबिच तालमेल नहुन सक्छ ।
नियन्त्रणको औजार प्रयोग नहुँदा स्वनियन्त्रणबाट जटिलता उत्पन्न हुन सक्छ ।
२.७.१. ८ नेतृत्वका कार्यहरू
संगठनको लक्ष्य निर्धारण गर्ने‚
संगठनको संरचना तयार गर्नै‚
संगठनका कार्यको समन्वय र निर्देशन गर्ने‚
सामूहिक भावना अनुसार संगठनका कार्यहरु गर्ने गराउने‚
संगठनको प्रतिनिधित्व गर्ने‚
मातहतका अनुयायीलाई पथ प्रदर्शकको कार्य गर्ने‚
संगठनको कार्यप्रति उत्प्रेरणा जगाउने कार्य गर्ने‚
शक्ति र अधिकारको कुशल प्रयोग गर्ने‚ दुरुपयोग नगर्ने‚
समयको व्यवस्थापन गर्ने‚ सही समयमा सही निर्णय गर्ने‚
संगठनको समग्र पक्षको अनुगमन र मुल्याङ्कन गर्न ।
रुपान्तरणकारी नेतृत्वः (Transformational Leadership): सन् १९७० मा राजनीतिक समाजशास्त्री जेम्स म्याक ग्रेगरले यस प्रकारको रुपान्तरणकारी नेतृत्वको अवधारणा ल्याएका थिए । यसमा नेताले एक आपसमा कारोबार गर्न वा लेनदेनका लागि प्रभाव पार्दछ । त्यसै गरी उत्प्रेरणा र नैतिकताको तह स्तरोन्नति गर्न अनुयायीहरुलाई अन्तरआवद्धता गर्दछ ।
नेता सदस्यबीच विनिमय सिद्धान्त (Leader-Member Exchange Theory): सम्बन्ध स्थापना
अनुकूलन नेतृत्व (Adaptive Leadership): यस सिद्धान्तमा नेताहरुलाई कडा चुनौतीहरु सामना गर्नुपर्ने हुन्छ ।अनुकूलनमा चुनौतीको सामना गर्न सहज हुँदैन ।
शक्तिमा आधारित नेतृत्व (Strength Based Leadership): आफ्नो शक्ति र अरुको शक्तिमा लगाएर लक्ष्य हासिल गरिनुपर्छ । शक्तिका लागि सहयोग गर्नुपर्छ ।
दासत्वमा आधारित नेतृत्व (Servant Based Leadership): अरुको समस्यालाई नेताले जिम्मेवारीपूर्वक लिने गरिन्छ ।
गुणमूलक सिद्धान्त, व्यवहारिक सिद्धान्त, परिस्थितिमूलक सिद्धान्त, व्यवस्थापकीय ग्रिड सिद्धान्त
पद र शक्तिसँग नेतृत्वलाई राखिएको छ ।
नेतृत्व शैली Authoritative छ ।
सहायक प्रति विश्वास नगर्ने र निर्णयमा सहभागी नगराउने पद्धति
उत्तराधिकारीको कमी र परिणाम भन्दा प्रक्रियामा प्राथमिकता
व्यवस्थापक र नेतृत्वलाई अलग हेर्ने गरिएको छैन।
सहायक भन्दा आफू नै जान्ने बुझ्ने अहंकार नेतृत्वमा रहेको
कामको मूल्याङ्कन चाकडीपनमा जोडिएको
निजामती सेवा ऐन, २०४९ मा भएको व्यवस्थाः
दफा १८ (च) मा राजपत्राङ्कित प्रथम श्रेणी वा सो भन्दा माथिको निजामती कर्मचारीको नेतृत्व मूल्याङ्कन सम्बन्धी व्यवस्था तोकिएबमोजिम हुने
नेतृत्व प्रभावकारीताका लागि नियमावलीको नियम ९०(क) दुई प्रकारको समितिः निजामती कर्मचारी नेतृत्व मूल्याङ्कन समितिको व्यवस्था गरेको छ ।
राजपत्राङ्कित विशिष्ट श्रेणीका निजामती कर्मचारीको नेतृत्व मूल्याङ्कन गर्न मुख्य सचिव, प्रशासन विद् र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सहित
राजपत्राङ्कित प्रथम श्रेणीका निजामती कर्मचारीको नेतृत्व मूल्याङ्कन गर्न मुख्य सचिव, प्रशासन विद् र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक, वरिष्ट सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव सहित
असल राजनीतिक तथा प्रशासनिक संस्कारको विकास, संवर्द्घन एवम् प्रवर्द्घन हुन नसक्नु,
इमान्दार नेतृत्व निर्माणका सम्बन्धमा राजनीतिक एवम् प्रशासनिक नेतृत्वको भूमिकालाई थप उदाहरणीय बनाउन नसक्नु,
नेतृत्व निर्माण तथा नेतृत्व विकासलाई सहयोग पुग्ने सामाजिक वातावरणको अभाव हुनु,
राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्घि गर्न युवाको व्यक्तित्व विकास र सशक्तीकरणका लागि अपेक्षाकृत अवसर प्रदान गर्न नसक्नु
राजनीतिक प्रणालीमा क्षमतावान र नैतिकवान नेतृत्वको विकास गर्नु,
बृहत् नेतृत्व (Meta Leadership) को अभ्यास गर्नु, नेतृत्वमा राष्ट्र र जनताप्रति समर्पण भावको विकास गर्नु,
योग्यता र क्षमताका आधारमा नेतृत्व चयन प्रणालीको अभ्यास गर्नु,
नेतृत्वलाई निष्ठा, सदाचार, ईमान्दारिताको मानकको रूपमा स्थापित गराउनु,
युवाको सशक्तीकरणसँगै व्यावसायिक नेतृत्व विकास गर्नु
नेतृत्वमा पनि दण्ड पुरस्कार पद्घति लागू गर्नु ।
लोकतान्त्रिक व्यवस्था र संघीय शासन प्रणाली अनुरूप राज्यको तल्लो तहदेखि राजनीतिक अभ्यास गर्ने र नेतृत्व निर्माण गर्ने सक्षम नेतृत्व हुनु,
सहभागितामूलक नेतृत्वशैलीको अभ्यास र समावेशी नेतृत्वको अभ्यास बढ्नु,
नेतृत्व छनोटमा प्रजातान्त्रिक शैली अवलम्बन गरिनु,
राष्ट्रिय विकासका सबै क्षेत्रमा युवा पुस्ताको सहभागिता उल्लेख्य रूपमा बढ्दै जानु,
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सञ्जालीकरण तथा अवसर प्राप्त हुनु र कार्य सम्पादनमा आधारित प्रोत्साहन प्रणाली,
कार्य सम्पादन करार सम्झौता लागू गर्ने अभ्यास सुरुआत हुनुलाई अवसरको रूपमा लिन सकिन्छ ।
रणनीति १ः सक्षम र प्रभावकारी नेतृत्व विकासका लागि योजना तयार गर्ने ।
कार्यनीतिहरूः
१. नेतृत्व विकासका लागि क्षेत्रगत रुपमा, दीर्घकालीन, मध्यकालीन र अल्पकालीन कार्ययोजना लागू गर्ने।
२. पुस्तान्तरण नेतृत्व विकासका लागि उत्तराधिकार योजना (Leadership Succession Plan) बनार्इ लागू गर्नुपर्ने
३. सक्षम र क्षमतावान नेतृत्व विकासका लागि कार्य विवरण, अधिकार प्रत्यायोजन, दण्ड-पुरस्कार, प्रशासकीय स्वायत्तता आदिको लागि कानुनी रूपमै व्यवस्था गर्नुपर्ने ।
रणनीति २ः
विभिन्न तहको नेतृत्वबीचको अन्तर्सम्बन्धलाई प्रभावकारी बनाउन साझेदारी र सहकार्यको विकास गर्ने ।
कार्यनीतिहरूः
१. नेतृत्वबीचको साझेदारी र सहकार्य विकास गर्न सार्वजनिक, निजी, सहकारी र गैरसरकारी संस्थासँग सहकार्य र साझेदारी अभिवृद्घि गर्नुपर्ने ।
२. नेतृत्व क्षमता विकासका लागि सरकारी र निजी क्षेत्रबीच अनुभव आदान-प्रदान र प्रशिक्षार्थी प्रशिक्षण (इन्टर्नसीप) कार्यक्रम सञ्चालन गर्नुपर्ने ।
रणनीति ३ः
पदमा मात्र आधारित नभइ क्षमतामा आधारित नेतृत्व विकासलाई प्राथमिकता दिने ।
कार्यनीतिहरूः
१. सफल नेतृत्वलाई आदर्श र अनुकरणीय व्यक्तिको रूपमा सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने ।
२. नेतृत्व मूल्याङ्कनको लागि संयन्त्र र पद्घति व्यवस्थित गर्नुपर्ने ।
३. सबल र सक्षम नेतृत्व विकासका लागि नेतृत्व विकास सम्बन्धी उपयुक्त वातावरण निर्माण गर्नुपर्ने ।
सामुहिक उद्धेश्य प्राप्तिका लागि अनुयायीहरुलाई प्रभाव पार्न सक्ने क्षमता वा गुण नेतृत्वमा हुन्छ ।विश्व परिवेशमा नियाल्दा नेताको कमी रहेको देखिदैन ।तर नेतृत्वसीपको खडेरी जताततै देखिन्छ । जीवनका हरेक क्षेत्रहरु जस्तैः राजनीतिक, सामाजिक, धार्मिक, सांस्कृति, शैक्षिक, प्रशासनिक लगायतका क्षेत्रमा नेतृत्वसीपको आवस्यकता रहेको छ ।
देशको शासन व्यवस्था प्रभावकारी रूपमा सञ्चालन गर्न सक्ने क्षमतायुक्त र कुशल नेतृत्व निर्माणका लागि आवश्यक योजना र कानुन निर्माण गर्नुपर्दछ।
सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै सक्षम र सफल नेतृत्व मार्फत देश विकास गर्न सकिन्छ ।