व्यवस्थापनको अवधारणा, सिद्धान्त र नवीनतम प्रवृत्तिहरु
कुनै पनि काम व्यवस्थित ढगले गर्नु र अव्यवस्थित ढगले गर्नुमा ठूलो फरक पर्दछ । निश्चित लक्ष्य प्राप्तिका लागि स्थापित हुने संगठनको क्रियाकलापहरु व्यवस्थित एव सुनियोजित हुन पर्दछ । अतः संगठनको निश्चित उद्देश्य प्राप्तिका लागि सुनियोजित तरिकाले मानवीय एव भौतिक स्रोतसाधन परिचालन गर्ने कार्यलाई व्यवस्थापन भनिन्छ ।
ल्याटिन भाषाको manus बाट आएको, इटालियनमा manaeggiare हुँदै फ्रेन्चमा menagement र १७/१८औँ शताब्दीमा अंग्रेजी शब्द Management भयो ।
सामान्य अर्थमाः कुनै पनि कुराको चाजोपाँजो मिलाउनु, प्रबन्ध गर्नु, बन्दोवस्त गर्नु
विस्तृत अर्थमाः निश्चित उद्देश्य प्राप्तिका लागि स्रोत र साधनहरुको प्रभावकारी परिचालन र समन्वय गर्नु
व्यवस्थापनलाई परिभाषित गर्ने क्रममा देखिएका धारणाहरुः - Functional Aspect :
“To manage is to forecast and plan, to organize, to command, to coordinate and to control.” -Henery Fayol
Leadership Aspect
“Management is the art of getting things done through people.” Mary Parker Follet
संगठनको लक्ष्य र उद्देश्यलाई ध्यान दिदै मानविय, भौतिक र आर्थिक स्रोत साधनको उचित प्रयोग द्धारा सम्भावित राम्रो परिणाम प्राप्त गर्ने प्रक्रिया
यो 5M + I को परिचालन मार्फत संगठनको लक्ष्य र उद्देश्य प्राप्त गर्ने प्रक्रिया
Organized activities
Goal-oriented
Existence of objectives
Relationship among resources
Working with and through people
Decision making
Universal
Social process
System of authority
Art & Science
परिभाषित कार्यभूमिका र व्यवस्थित संगठनको स्थापना गर्नु
संगठनलाई उद्देश्य र लक्ष्य उन्मुख बनाउनु
अन्य मानिसको प्रयासबाट उपलब्धी हासिल गर्नु
सिमित स्रोतसाधनबाट उच्चतम उपलब्धी हासिल गर्नु
प्रणाली र प्रविधिको प्रयोग गर्नु
उत्पादन तथा सेवाको दक्षतामा वृद्धि गर्नु
रोजगारदाता र कामदार कर्मचारीहरुलाई सन्तुष्टि प्रदान गर्नु
उपभोक्ता र सेवाग्राही सन्तुष्टि प्रदान गर्नु
सामान्य सीपहरुः
१. अवधारणागत सीप
२. मानवीय वा अन्तरवैयक्तिक सीप
३. प्राविधिक सीप
४. राजनैतिक सीप
ख. विशिष्टिकृत सीपहरुः
१. संगठनात्मक वातावरण र स्रोतहरुको नियन्त्रण
२. संगठन र समन्वय
३. सूचना व्यवस्थापन
४. संगठनको उन्नति र विकास
५. कर्मचारी उत्प्रेरणा
६. द्धन्द व्यवस्थापन
७. समस्याको रणनीतिक समाधान
Planning
Organizing
Leading
Controlling
प्राचीनकाल देखि नै कुनै न कुनै रुपमा हरेक समाजमा सामूहिक कार्य गर्न यसको अभ्यास हुँदै आएको
इजिप्टको पिरामिड तथा चीनको ग्रेटवाल जस्ता विशाल संरचना निर्माणमा व्यवस्थापकीय सीप र कौसलको प्रयोग
Adam Smith ले The Wealth of Nations मा कार्यकुशलताका लागि division of labour मा जोड दिएका
तथापी औपचारिक रुपमा व्यवस्थापन सम्बन्धी अवधारणाको विकास भने १८ औँ शताब्दीमा युरोपबाट प्रारम्भ भएको औद्योगिक क्रान्ति सँगै भएको हो ।
तत् पश्चात व्यवस्थित रुपमा व्यवस्थापनको अध्ययन र सिद्धान्तहरुको प्रतिपादन भएको हो ।
संगठनलाई बढी कुशल र प्रभावकारी बनाई उत्पादकत्व बढाउन कामको वैज्ञानिक विधि र विवेकपूर्ण सिद्धान्तको विकास गर्नुपर्छ भन्ने अवधारणामा केन्द्रित दृष्टिकोण :
वैज्ञानिक व्यवस्थापनको सिद्धान्त
प्रशासकीय व्यवस्थापनको सिद्धान्त
कर्मचारीतन्त्रको सिद्धान्त
F.W. Taylor ले 1911 मा प्रतिपादन गरेको
मूल मान्यताहरुः
Rule of Thumb को अन्त्य गरी हरेक कामको वैज्ञानिक विधिको विकास (Standardization of Work & Method)
कामदारहरुको वैज्ञानिक विधिद्धारा छनौट तथा तालिम ( Scientific selection and training of workers)
सीमाहरू
मानवीय पक्षको वेवास्ता
आर्थिक मानवको रुपमा कामदारलाई परिभाषित गरेको
उत्पादनमूलक संगठनमा मात्रै उपयोगी हुने
ट्रेड युनियनको अवधारणालाई वेवास्ता
यथास्थितिमा जोड
Individual work को सुधारमा मात्रै जोड
Henery Fayol ले प्रतिपादन गरेका, Luther Gullik, Urwik को पनि योगदान रहेको
संगठनको व्यवस्थापनमा जोड दिएको र एउटा संगठनको आदर्श प्रारुप तयार गरी त्यसमा हुनुपर्ने तत्वहरु व्याख्या गरिएको छ ।
Fayol का अनुसार संगठनले ६ प्रकारका क्रियाकलापहरु गर्नुपर्छः Technical, Commercial, Financial, Security, Accounting & Managerial जस मध्ये Managerial लाई बढी जोड दिएका
Fayol का अनुसार संगठनमा व्यवस्थापकले देहायका कार्यहरु गर्नुपर्छः Planning, Organizing, Commanding, Coordinating & Controlling
Fayol ले प्रतिपादन गरेका व्यवस्थापनका १४ सिद्धान्तहरुः
Order (आदेश)
Division of Work (कामको बाँडफाँड)
Authority and Responsibility (अधिकार र जिम्मेवारी)
Discipline (अनुशासन)
Esprit De-corps (सामूहिक भावना)
Unity of Tenure ( स्थायित्व)
Equity (समता)
Unity of Command ( आदेशको एकात्मकता)
Unity of Direction (निर्देशन)
Scalar Chain (पदसोपान)
Initiative (तदारुकता)
Centralization (केन्द्रीकरण)
Remuneration (तलब सुविधा)
Subordination of Individual Interest to General Interest(सामूहिक हितको लागि व्यक्तिगत हितको समर्पण)
सीमाहरू
यान्त्रिक
१४ वटा सिद्धान्तमा पनि दोहोरोपना
खर्चिलो (समय र स्रोत साधनमा)
कामदार / कर्मचारीहरुको सामाजिक -मनोवैज्ञानिक पक्षलाई वेवास्ता गरेको
जर्मन समाजशास्त्री Max Weber ले प्रतिपादन गरेका
समाज र संगठनको विश्लेषण गरी एउटा आदर्श स्वरुपको संगठनको बारेमा ब्याख्या गरेका जसलाई Bureaucracy भनेका थिए ।
अधिकारलाई तीन प्रकारमा विभाजन गरेकाः
-Traditional Authority (परम्परागत, वंशानुगत आधारमा प्राप्त हुने)
-Charismatic Authority (व्यक्तिमा रहेको चमत्कारिक गुणका आधारमा प्राप्त)
- Legal Rational Authority (कानुनी आधारमा प्राप्त, विवेकसम्मत अधिकार )
कर्मचारीतन्त्रका विशेषताहरु
श्रमको विभाजन ( Division of Labour)
पदसोपान ( Hierarchy)
लिखित कानुन ( Forman Laws & Rules)
योग्यता प्रणाली ( Merit System)
वृत्ति प्रणाली ( Career System)
लिखित अभिलेख प्रणाली
निर्वैक्तिकता (Impersonality)
विवेकशीलता (Rationality)
तटस्थता ( Neutrality)
पारिश्रमिक (Remuneration)
नोकरीको सुरक्षा (Job Security)
सीमाहरू
यथास्थितिवादी
प्रक्रियामुखी
उत्तरदायित्व नलिने
ढिलासुस्ती
बोझिलो/खर्चिलो
Bureaucracy is dead, long live bureaucracy.
मानव सम्बन्ध सिद्धान्त (Human Relation Theory)
व्यवहारवादी विज्ञानको सिद्धान्त (Behavioral Science Theory)
मानव सम्बन्ध सिद्धान्त (Human Relation Theory)
Elton Mayo ले सन् १९२७-३२ सम्म गरेको Hawthorn Experiment पश्चात् प्रतिपादन गरेको
F.W. Taylor ले सगठनको उत्पादकत्व वृद्धि गर्ने प्रमुख तत्व आर्थिक मात्रै मानेकोमा यसले सगठन भित्रको मानवीय व्यवहार, मानवीय सम्बन्ध र मनोवैज्ञानिक पक्षलाई विशेष जोड दिएको
अध्ययनको क्रममा प्रकाशको प्रयोग, थकाइ र एकरसताको अध्ययन र पिस रेट प्रणालीको समूहको उत्पादकत्वमा पर्ने प्रभाव विषयमा अध्ययन गरिएको थियो ।
व्यवस्थापकीय अभ्यासहरुलाई बढी भन्दा बढी मानवमुखी बनाउनमा जोड
कामदार/कर्मचारीहरुको कामको प्रसंशा, आवश्यकताहरुको सम्बोधन र कार्य स्वतन्त्रता तथा स्वनियन्त्रणको वातावरण मार्फत कर्मचारी सन्तुष्टी अभिवृद्धिमा जोड
सीमाहरू
थोरै नमूना र अध्ययनकै आधारमा निष्कर्ष निकालिएको
अनौपचारिक सम्बन्ध र मेलमिलापमा बढी ध्यान पुर्याउन थाल्दा यसले संगठनको औपचारिक संरचना, प्रविधि र द्वन्दले कामदारको व्यवहारमा पार्ने प्रभावलाई पूर्णतः वेवास्ता
व्यवहारवादी विज्ञानको सिद्धान्त (Behavioral Science Theory)
संगठनमा मानिसको व्यवहारको अध्ययन गरिनु पर्छ भन्ने मान्यता
Chester Bernard, Herbert Simon, Peter Druker, Rensis Linkert आदिका योगदान
संगठनमा Organizational Behaviour, Group Dynamics, Team Work, Motivation, Moral, Participatory Decision Making, MBO, Organizational Culture, संगठनात्मक संस्कृति आदि पक्षलाई जोड दिएको
उत्प्रेरणाको सिद्धान्तहरु पनि यसैमा पर्दछ ।
संगठनमा मानिसको व्यवहार कस्तो छ, त्यसलाई कसरी परिवर्तन गर्न सकिन्छ र संगठनको प्रभावकारीता, उत्पादकत्व वृद्धि गर्न सकिन्छ भनी अध्ययन गरिन्छ ।
निर्णय निर्माणको सिद्धान्त
प्रणाली सिद्धान्त
आकस्मिक व्यवस्थापनको सिद्धान्त
परिमाणात्मक दृष्टिकोण
गुणात्मक दृष्टिकोण
सहभागितामूलक व्यवस्थापन
निर्णय निर्माणको सिद्धान्त (Decision making Theory)
Herbert A. Simon ले प्रतिपादन गरेका
निर्णयलाई व्यवस्थापनको अति महत्वपूर्ण पाटोको रुपमा लिने
व्यवस्थापनले जे गर्छ निर्णयको मार्फत गर्छ भन्ने धारणा
निर्णय निर्माणलाई २ मोडलमा विभाजन गरिएको
Rational Decision Making ( Economic Man Model)
Bounded Rationality ( Administrative Man Model
प्रणाली सिद्धान्त (System Theory)
Talcott Parsons ले ल्याएको अवधारणा
यस सिद्धान्तले संगठलाई मानव शरीर सँग तुलना गरेको छ ।
Inputs: बाह्य वातावरण, आम नागरिक र सेवाग्राहीका माग र अपेक्षा, भौतिक श्रोतसाधन
Process:योजना, समन्वय, नेतृत्व/श्रोत परिचालन,
Output:वस्तु तथा सेवा
आकस्मिक व्यवस्थापनको सिद्धान्त( Contingency Management Theory)
Fred Fiedler ले विकास गरेको अवधारणा
व्यवस्थापन परिस्थितिमा निर्भर रहन्छ, सबै अवस्थामा एउटै शैली उपयुक्त नहुन सक्छ भन्ने मान्यतामा आधारित रहेको
One Size does not fit for all.
परिमाणात्मक दृष्टिकोण (Quantitative Approach)
Operational Research / Management Science समेत भनेर चिनिन्छ ।
दोस्रो विश्वयुद्धमा सैन्य समस्याहरुको Mathematical एवं Statistical समाधानको विकास भएपछि अभ्यासमा गरिएको
यसमा Linear Programming, PERT (Project Evaluation & Review Technique), CPM (Critical Path Method) ,PPBS आदि Tools प्रयोग गरी व्यवस्थापनको अभ्यास गरिन्छ ।
गुणात्मक दृष्टिकोण (Qualitative Approach)
उत्पादित वस्तु तथा सेवाको गुणस्तरमा सुधार गरी ग्राहक सन्तुष्टि हाँसिल गर्नुमा यो दृष्टिकोण केन्द्रित छ ।
यसको प्रयोग विशेष गरी दोस्रो विश्वयुद्ध पछि जापानमा भएको थियो ।
गुण चक्र, सम्पूर्ण गुणस्तर व्यवस्थापन, निरन्तर सुधार विधि, छरितो व्यवस्थापन, वेन्च मार्किङ् तथा ISO 9000 जस्ता अभियानहरु यस दृष्टिकोणका उपज थिए ।
नयाँ सार्वजनिक व्यवस्थापन (NPM)
नयाँ सार्वजनिक सेवा (NPS)
नयाँ सार्वजनिक शासन (NPG)
नयाँ सार्वजनिक व्यवस्थापन (NPM)
निजी क्षेत्रको व्यवस्थापकीय शैलीलाई सार्वजनिक क्षेत्रको व्यवस्थापनमा भित्र्याउने काम सन् १९८० को दशकमा बेलायतबाट शुरु भाएको
IMF, WB, रेगनिजम् र थ्याचरिजमले यो शैली भित्र्याएका
NPM तलका ४ वटा सिद्धान्तमा आधारित रहेकोः
Principle Agent Theory
Public Choice Theory
Transaction Cost Theory
Competitive Market Theory
NPM को मूल मर्मः
सरकारको कामलाई Core र Non-Core Function मा छुट्याई सरकारले Core काम मात्र गर्ने
Steering Rather than Rowing
Do less as possible
Downsizing
De-bureaucratization
De-licensing
De-controlling
De-centralizing
Direct Accountability
Privatization
नयाँ सार्वजनिक सेवा (NPS)
Darnhardt & Darnhardt ले सन् २००० मा New Public Service नामक पुस्तक प्रकाशन गरे पश्चात आएको अवधारणा
NPM ले नागरिकरुलाई सार्वभौमसत्ता सम्पन्न नागरिकको रुपमा समान व्यवहार गरी ग्राहकको रुपमा विभेदपूर्ण व्यवहार गरेकोले त्यसको कम्जोरी सच्यउदै प्रतिपादित सिद्धान्त
यसका ७ वटा Principle छन् ।
Serve Citizens, Not Customer,
Seek the public Interest,
Value Citizenship over Entrepreneurship,
Think Strategically, Act Democratically,
Accountability is not Simple,
Value People, Not Just Productivity,
Serve Rather than Steer,
नयाँ सार्वजनिक शासन (NPG)
Osborn ले सन् २००६ मा NPG को प्रस्ताव गरेका थिए
यसलाई NPM र NPS को संयोजित रुप मान्न सकिन्छ ।
सह शासन (Co-governance) सह निर्माण ( Co-construction) सह उत्पादन ( Co- Production) साझेदारी (Partnership) नागरिक संलग्नता (Citizen Engagement) NPG को कार्यान्वयन गर्ने औजार
यो Network Governance हो, यसमा सरकार, निजी क्षेत्र, नागरिक समाज, स्थानिय सरकार, NGOs/INGOs, सहकारी लगायत अन्तराष्ट्रिय संघसंगठन जस्ता बहु पात्रहरुको शासन प्रकृयामा संलग्नता हुन्छ ।
यसले राज्य र सरकारको अवधारणामा Paradigm Shift गरी व्यापक दृष्टिकोण बनायो । जसमा शासनकर्ता एकमात्र सरकार नभै अन्य पात्रहरुको पनि सहभागिता रहने हुन्छ ।
विशेषता
लोकतान्त्रिक सरकार र विधिको शासन
सिमित सरकार
बहुपात्रहरुको संलग्नता
बहु तह बहु क्षेत्रको संलग्ता
समावेशी एवं सहभागितामूलक कार्यशैली
सरकार सहजकर्ताको रुपमा
साझेदारी र सह उत्पादन
पारदर्शिता र उत्तरदायित्व
सूचकहरू
आवाज र उत्तरदायित्व
राजनीतिक स्थिरता र हिंसारहित अवस्था
सरकारको प्रभावकारिता
नियमक गुण (नियमनकारी निकायको भूमिका)
कानूनको शासन
भ्रष्टाचार नियन्त्रण
स्तरीय सेवा
Happiness of the people
Distance Worker
Video Marketing
विश्व व्यापी रुपमा बढ्दो तलब
Technology & AI (Artificial Intelligence)
Team Brand Ambassador
Customer focused
GIG economy (Permanent staff कम राखेर Outsourcing गर्ने
work-life balance
Continuous Learning
Trending milliners
Globalization
Diversity Management
Flexibility Management
Crisis Management ( Covid-19)
E- governance
Whole of the governance
परम्परागत संगठनात्मक ढाँचा
प्रशासनको राजनीतिकरण
प्रशासकीय उत्तरदायित्वको अभाव
प्रशासनिक मूल्य मान्यतामा ह्रास
कानूनी जटिलता
बढ्दो भ्रष्टाचार
स्रोत साधन परिचालनमा असक्षमता
वैज्ञानिक व्यवस्थापनको अभाव
व्यवसायिकताको अभाव
केन्द्रीकृत मानसिकता
अदुरदर्शी नेतृत्व
अधिक सरकारी संलग्नता
कमजोर निजी क्षेत्र
लालफिताशाहीको वर्चस्व
Right man in Right Place को अभाव
कमजोर मानव श्रोत व्यवस्थापन
इमान्दारिता, जवाफदेहिता र जीम्मेवारीपनको अभाव
समावेशीता र सहभागितामूलक हुन नसको
प्रविधिको न्युन प्रयोग
कर्मचारीहरुमा कमजोर उत्प्रेरणा र मनोवल
झन्झटिलो निर्णय प्रक्रिया
प्रत्येक कार्यको लाभलागत विश्लेषण गर्ने
क्षतिपूर्ति सहित नागरिक बडापत्रको पूर्णरुपमा कार्यान्वयन गर्ने
सेवा प्रवाहको स्पष्ट मापदण्ड तोकी प्रक्रियागत सरलीकरण गर्ने
सगठन संरचनालाई समयसापेक्ष रुपमा परिमार्जन गर्ने
राजनीति र प्रशासनको सम्बन्धमा सुधार गर्ने
उद्धेश्यमूलक व्यवस्थापन प्रणाली लागू गर्ने
वृत्ति विकास योजना लागू गर्ने
सरोकारवालाहरुको सहभागिता बढाउने
स्पष्ट उत्तरदायित्वको व्यवस्था गर्ने
भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने
कार्मचारीको कार्य विवरण बनाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने
सरल र पारदर्शी निर्णय प्रक्रियाको अवलम्बन गर्ने
तीन तहका सरकार बीचको समन्वयको खाका बनाई प्रभाकारी बनाउने
E- governance को अवधारणालाई आत्मसाथ गर्ने
IT को प्रयोगमा जोड दिने
Core र Non-core कामको पहिचान गरी Core काम मात्र सरकारले गर्ने
कर्मचारीहरुको मनोवल उच्च बनाउने
अधिकार प्रत्यायोजन गरी नतिजाका लागि जिम्मेवार बनाउने
Career Development Plan र Succession Plan लाई व्यवहारमा उतार्ने
Public Choice Theory को अवलम्वन गर्ने
Diversity Management गर्ने
प्रतिस्पर्धात्मक वातावरणको सर्जना गर्ने