४.६ बजेटको सैद्धान्तिक पक्ष तथा बजेट तर्जुमा, कार्यान्वयन र मूल्याङ्कन प्रक्रिया
बजेटले विगत वर्षको आर्थिक अवस्थाको यथार्थ चित्रण, चालु आर्थिक वर्षको आर्थिक स्थितिको प्रवृत्ति चित्रण र आगामी आर्थिक वर्षको आर्तिक कार्य योजनाहरूको प्रक्षेपणको एकीकृत दस्तावेज तयार गर्दछ ।
आय र व्ययको आधारमा बजेटलाई बचत, घाटा र सन्तुलित बजेटको रूपमा वर्गीकरण गरिन्छ ।
विनियोजनको आधारमा बजेट अन्तर्गत चालु, पुँजीगत र वित्तीय व्यवस्था राखिएको हुन्छ ।
बजेट तर्जुमा गर्दा लाइन आइटम, कार्यक्रम, शुन्यमा आधारित, बढोत्तरीमा आधारित र कार्य सम्पादन बजेटलाई आधारको रूपमा लिइन्छ ।
बजेट चक्र अन्तर्गत तर्जुमा, स्वीकृति, कार्यान्वयन र मूल्याङ्कन पर्दछ ।
सङ्घीय संसदमा विनियोजन विधेयक पेश गर्नु भन्दा १५ दिन अगावै यसका सिद्धान्त र प्राथमिकता पेश गर्नु पर्ने प्रावधान रहेको छ ।
बजेटको प्रभावकारी विनियोजनले बजेटको कार्यान्वयनमा प्रभावकारिता ल्याउँछ ।
बजेटको प्रभावकारिताले विनियोजन कुशलता, कार्यान्वयन दक्षता र वित्तीय सुशासनलाई समेट्दछ ।
MTEF को नियमित तयारी र यसको सही अनुसरणले बजेटको विनियोजन कुशलता कायम गर्न सहयोग पुग्दछ ।
स्रोत अनुमान, सीमा निर्धारण र राजस्व परामर्श समितिको प्रभावकारी भूमिकाले बजेटको विनियोजना कुशलतालाई सहजीकरण गर्दछ ।
स्थानीय तहको बजेट तथा कार्यक्रम तर्जुमाका चरणहरू
सङ्घ र प्रदेशबाट वित्तीय हस्तान्तरणको खाका र मार्गदर्सन प्राप्त गर्ने,
श्रोत अनुमान रकुल बजेटको सीमा निर्धारण गर्ने,
वस्ती र टोलस्तरबाट आयोजना र कार्यक्रम छनौट गर्ने,
वडा स्तरीय योजनाको प्राथमिकीकरण गर्ने,
बजेट तथा कार्यक्रम तर्जुमा समितिद्वारा एकीकृत बजेट तथा कार्यक्रम तर्जुमा गर्ने,
गाउँ/नगर कार्यपालिका बैठकबाट बजेट तथा कार्यक्रम स्वीकृत गर्ने,
गाउँ/नगर सभाको बैठकबाट बजेट तथा कार्यक्रम स्वीकृति र कार्यान्वयन गर्ने
विनियोजन कुशलता (Allocation Efficiency) अनुरूप आयोजना तथा कार्यक्रमहरू प्राथमिकीकरण गरी रकमको प्रस्ताव तथा विनियोजन हुने गरेको,
वितरणमुखी तथा स-साना आयोजना र कार्यक्रममा बजेट छर्ने प्रवृत्ति हावी भएको,
आयोजना तथा कार्यक्रम छनोटका निश्चित आधार, विधि र मापदण्ड नभएको,
बजेटको ठुलो हिस्सा चालु खर्च तर्फ विनियोजना हुने गरेको,
वित्तीय अनुशासन पालनामा कमी आएको,
जुनसुकै प्रकृतिका स-साना आयोजनामा समेत बहुवर्षीय ठेक्काको माग गर्ने प्रचलन बढेको,
दीर्घकालीन सोच, दिगो विकासका लक्ष्यहरू, आवधिक योजना, मध्यमकालीन खर्च संरचना र वार्षिक बजेट तथा कार्यक्रम बिचको अन्तरसम्बन्धलाई सुदृढ तुल्याई बजेट तर्जुमामा विनियोजन कुशलता हासिल गर्ने,
MTEF लाई यथार्थपरक र संस्थागत बनाई त्यसकै आधारमा बजेट तर्जुमा गर्ने,
सार्वजनिक खर्चलाई मितव्ययी र उपलब्धिमूलक बनाउने,
राष्ट्रिय गौरवका आयोजना र उच्च प्राथमिकता प्राप्त ठूला आयोजनामा स्रोतको सुनिश्चितता गर्ने,
परियोजना कार्यान्वयनका पूर्व तयारीका कार्यहरू पूरा नभएका आयोजनाहरूमा रकम विनियोजना नगर्ने नीति अवलम्बन गर्ने (जग्गा प्राप्ति, वनसँग जोडिएका विषय, वित्तीय व्यवस्था, सीमाङ्कन)
सम्झौता भएका रुग्ण आयोजना कार्यान्वयनको लागि अर्को वर्षको बजेट तर्जुमाको समयमा प्राथमिकताका साथ आवश्यक रकम प्रस्ताव नगरी नयाँ कार्यक्रमका लागि बजेट प्रस्ताव नगर्ने,
परियोजना बैङ्क मार्फत आयोजनाको प्राथमिकीकरण गरी आयोजना छनोट गर्ने,
विभिन्न मन्त्रालय अन्तर्गतबाट उपलब्ध गराइने अनुदानलाई उपलब्धिसँग जोड्ने,
सार्वजनिक खर्च पूनरावलोकन आयोग, २०७५ को प्रतिवेदनमा औल्याइएका सुझाव तथा सिफारिसहरूलाई प्राथमिकीकरणका आधारमा क्रमशः कार्यान्वयन गर्दै जाने,
जेठ १५ मा बजेट सार्वजनिक गरने संंवैधानिक व्यवस्था गरिएको,
LMBIS मा प्रविष्ट भएका आयोजना स्वतः स्वीकृत हुने तथा बजेट कार्यान्वयन गर्ने निकायलाई सोझै अख्तियारी प्राप्त भएको मानिने,
प्रत्येक मन्त्रालयले बजेट कार्यान्वयन कार्य योजना तयार गरी कार्यान्वयनमा ल्याइएको,
PLMBIS, TSA, SuTRA, CGAS र GARIS को सुरुवात गरिएको,
राष्ट्रिय गौरवको आयोजना कार्यान्वयन अवस्थाको अनुगमन तथा मूल्याङ्कनको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रत्यक्ष निगरानीको व्यवस्था भएको,
बजेट खर्चको प्रभावकारिताको लागि चौमासिक बजेट समीक्षा गर्ने व्यवस्था रहेको,
जिल्ला दर रेट निर्धारणमा ढिलाइ हुने गरेको,
सहज रूपमा निर्माण सामग्री उपलब्ध गराउन कठिन रहेको,
बजेट कार्यान्वयन कार्य योजनाको कार्य सम्पादन करार सम्झौतालाई कार्य सम्पादन मूल्याङ्कन प्रणालीमा आवद्ध गर्न नसकिएको,
ठेक्काको काम समयमा नहुने,
बजेट अनुशासनको पालनामा कठिनाइ भएको,
वैदेशिक सहायताको शोध भर्ना लिने प्रक्रिया जटिल तथा शर्त पालना गर्न झन्झटिलो हुने गरेको,
आयोजनामा छिटो-छिटो हुने कर्मचारी सरुवाको कारण समग्र आयोजना र बजेट खर्च प्रभावित हुने गरेको,
योजना तथा कार्यक्रममा कार्य सम्पादन मूल्याङ्कन कमजोर रहेको,
ग्रामीन तथा पिछडिएको क्षेत्रमा वित्तीय लगायतका सेवाहरू अपेक्षित रूपमा पुग्न नसेकेको,
ठेक्कामा न्यूनतम रकम बोल कबोल गर्ने र पछि ठेक्का छाड्ने वा भेरिएसनमा जाने प्रवृत्ति रहेको,
जेठको तेस्रो हप्ताबाटै बजेट कार्यान्वयनको लागि अख्तियारी तथा मार्गदर्शन पठाउने व्यवस्था गर्ने,
बजेट कार्यान्वयन कार्य योजना तयार गरी सोही बमोजिम कार्य सम्पादन करार सम्झौता गर्ने र कार्य सम्पादन मूल्याङ्कनसँग आवद्ध गर्ने,
बजेट कार्यान्वयन तालिका (Gantt Chart) को व्यवस्था गरी अन्तिम चौमासिकमा अत्याधिक खर्च हुने प्रवृत्तिको अन्त्य गर्ने,
जिल्ला दर रेटलाई असार मसान्त भित्र अन्तिम रूप दिने,,
निर्माण सामग्रीको सहज उपलब्धताको लागि व्यवस्थित र समुचित उपयोग गर्ने प्रणालीको व्यवस्था गर्ने,
वार्षिक खरिद योजना, विस्तृत डिजाइन र लागत अनुमान तयार गरी बोलपत्र आह्वान, बोलपत्र मूल्याङ्कन गरी असोज मसान्त भित्र ठेक्का सम्झौता गरी कार्य सुरु गर्ने,
आयोजना सञ्चालनको व्यावसायिक योजना (Business Plan), जनशक्ति योजना, कार्यविधि र निर्देशिका तर्जुमा भदौ महिनाभित्र सक्ने,
स्वीकृत कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न भौतिक प्रगतिको आधारमा बजेट निकासा हुने व्यवस्था गर्ने,
सडक, विद्युत, ढल, सञ्चार र खानेपानी जस्ता आयोजनाको निर्माण गर्दा एकीकृत ठेक्का प्रणालीमा जाने व्यवस्था गर्ने,
आर्थिक वर्षको बिचमा अन्य नयाँ कार्यक्रम र आयोजनाका लागि थप निकासा नदिने,
नयाँ आयोजनाको लागत अनुमान स्वीकृति र बहुवर्षीय ठेक्का प्रक्रिया आरम्भ गर्नु पूर्व अर्थ मन्त्रालयको सहमति लिनु पर्ने व्यवस्थाको पालना गर्ने,
उच्च प्रतिफल प्राप्त हुने ठुला तथा मध्यमस्तरका आयोजनामा मात्र बहुवर्षीय ठेक्का व्यवस्थापन गर्ने,
सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्ने सम्बन्धी नीतिगत मार्गदर्शन, २०७५ को पालना गर्ने,
स्वीकृत मापदण्ड बमोजिमका प्रावधान तथा प्रक्रियाको पालना गरेर मात्र आर्थिक सहायता उपलब्ध गराउने,
एकीकृत आर्थिक सङ्केत तथा वर्गीकरण र व्याख्या, २०७४ अनुरुप राजस्व र खर्चको लेखाङ्कन र प्रतिवेदन गर्ने,
विकास निर्माणको काममा शिघ्रता ल्याउन निर्धारित समय र लागतमा गुणस्तरीय रूपमा काम सम्पन्न गर्न आयोजना प्रमुख र ठेकेदारलाई जिम्मेवार बनाउने,
अनुगमनका लागि सूचकहरू विकास गरी अनुगमन हुने नगरेको,
नतिजामुकी अनुगमन र मूल्याङ्कन प्रणालीको अभाव देखिएको,
बजेट खर्चका आधारमा कार्य सम्पादन मूल्याङ्कन गर्ने प्रणाली नभएको,
आयोजना सम्पन्न गर्न लामो समय लाग्ने,
आयोजना खर्चमा वृद्धि हुने,
आयोजना गुणस्तर कमजोर हुने,
पुँजीगत खर्च समयमा गर्न नसक्दा सरकारको ढुकुटीमा पैसा जम्मा हुने र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने रकमको खाँचो हुने,
वित्तीय अस्थिरता उत्पन्न हुन सक्ने,
नागरिकलाई सेवा सुविधा उपलब्ध गराउन चुनौतीपूर्ण हुने
उपसंहार
बजेट तर्जुमा, कार्यान्वयन, अनुगमन र अभिलेखीकरणसम्मका पक्षहरूमा सुधार गर्ने,
बजेट तर्जुमा राजनीतिक लोकप्रियता र आर्थिक यथार्थको बिचबाट हुने,
कर्मचारीतन्त्रमा उच्च मनोबल र उत्प्रेरणा नहुँदा बजेट तर्जुमा देखि अनुगमनसम्म प्रभावित हुने,
बजेट कार्यान्वयन कार्य योजना अनुरूप कार्य सम्पादनमा आधारित दण्ड र पुरस्कार, वृत्ति विकासको सुनिश्चितता र प्रणालीगत सुधार अपरीहार्य हुने,