४.७ वित्त नीति र मौद्रिक नीति
देशको आर्थिक अवस्थालाई स्थायी र गतिशील बनाइराख्न वित्त र मौद्रिक नीतिको महत्त्वपूर्ण भूमिका रहन्छ ।
वित्त नीतिले कर, सार्वजनिक खर्च र सार्वजनिक ऋणलाई उपकरणको रुपमा प्रयोग गर्दछ ।
वित्त नीति सार्वजनिक बजेट मार्फत जारी हुन्छ ।
कर र सार्वजनिक खर्चले व्यक्तिगत उपभोग्य आय, उपभोग र लगानीलाई प्रभावित पार्दछ ।
मन्दीको समयमा व्यक्तिको उपभोग्य आया, उपभोग र लगानी बढाउन प्रोत्साहन गरिन्छ ।
स्फीतिको अवस्थामा आय, उपभोग र लगानीलाई सीमित गर्न करको दर बढी निर्धारण र सार्वजनिक खर्चलाई सङ्कुचन गरिन्छ ।
सार्वजनिक खर्चको अभावमा देशको आर्थिक गतिविधिहरू लगानी, उपभोग, बचत शिथिलप्राय हुन्छन् ।
स्फीतिको समयमा सार्वजनिक कार्यहरू स्थगन गर्ने, फजुल खर्च रोक्ने र अनुत्पादन लगानी नियन्त्रण गरिन्छ ।
मन्दीको समयमा सार्वजनिक खर्च बढाएर आय, उपभोग र लगानीलाई उत्प्रेरित गरिन्छ ।
सार्वजनिक ऋण र मुद्रा निष्कासनलाई अर्थतन्त्रमा मुद्रा प्रदाय घटाउन र बढाउन प्रयोग गरिन्छ ।
स्वार्थ समूहको राजनीतिक नेता र सरकारसँग घनिष्ट सम्बन्ध हुने र नीतिलाई प्रभाव पार्न सक्ने सूचना, ज्ञान र मनी पावर (Money Power) रहने,
मौद्रिक नीति मन्दी, स्फीति, बेरोजगारी र विदेशी मुद्राको सटही दरको व्यवस्थापन गरी देशको आर्तिक स्थायित्व कायम गर्न देशको समग्र विकास, मूल्य नियन्त्रण र भूक्तान सन्तुलन कायम गर्न जिम्मेवार रहने,
मौद्रिक नीतिका उपकरणः
मात्रात्मक
बैङ्क दर नीति
अनिवार्य नगद मौज्दात (CSR)
वैधानिक तरलता अनुपात (SLR)
कर्जा बचत अनुपात (CDR)
खुला बजार अपरेसन
रिपो दर
रिभर्स रिपो दर
गुणात्मक
कर्जा सीमा निर्धारण
उपभोक्ता कर्जा नियमन
कर्जा प्रवाहमा मार्जिनको हिसाब
नैतिक अनुनय
केन्द्रीय बैङ्कले स्फीतिको समयमा वाणिज्य बैङ्कहरूसँग भएको धितोपत्रमा दिने ऋणको ब्याज दर बढाउने भएकाले बैङ्कहरूले कम ऋण लिन्छन् । जसले बैङ्कमा ऋण दिन सक्ने तरलता आकार घटाउँछ र मन्दीको समयमा बैङ्क दर घटाएर कर्जा प्रवाहलाई प्रोत्साहन गर्दछ ।
स्फीतिको बेलामा केन्द्रीय बैङ्कले अर्थ बजारमा रहेको ऋणयोग्य तरलता प्रशोचन गर्न CSR र SLR बढाउँछ । त्यस्तै मन्दीको समयमा लगानी र उपभोगलाई प्रोत्साहन गर्न त्यस्तो नगद मौज्दात र तरलताको अनुपात कम गर्छ ।
खुला बजार अपरेसनः स्फीतिको समयमा सरकारी ऋण पत्रहरू बेचेर वाणिज्य बैङ्कहरूसँग भएको तरलता कम गर्दछ । मन्दीको समयमा बैङ्कहरूसँग भएको ऋण पत्र खरिद गरी केन्द्रीय बैङ्कले वाणिज्य बैङ्कहरूको कर्जायोग्य तरलता बढाउँछ ।
रिपो दर (वाणिज्य बैङ्कहरूले आफ्नो तरलता बढाउनको लागि आफूसँग रहेको धितो पत्र (Security) केन्द्रीय बैङ्कलाई बेच्ने दर): केन्द्रीय बैङ्कले स्फीतिको अवस्थामा बैङ्कहरूमा भएको तरला प्रशोचन गर्न रिपो दर घटाउँछ मन्दीको समयमा बढाउँछ ।
रिभर्स रिपो दर (वाणिज्य बैङ्कसँग केन्द्रीय बैङ्कले ऋण लिने दर): वाणिज्य बैङ्कहरूसँग भएको तरलता प्रशोचन गर्न आर्थिक अवस्थाको आधारमा केन्द्रीय बैङ्कले यस्तो दर घटाउने र बढाउने गर्दछ ।
६.५% ले आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको (विस्तारकारी आर्थिक नीति),
नीजि क्षेत्रमा हुने कर्जा प्रवाहलाई १९% ले बढाउने,
कर्जा बचत अनुपातलाई ९०% पुर्याउने,
रिपो दर ३.५% पुर्याउने,
बैङ्क दर ५%, अनिवार्य मौज्दात ३%, वैधानिक तरलता अनुपात १०% र पिछडिएको क्षेत्रको लगानी ५% कायम गरेको,
बजारमा तरलता व्यवस्थापन गर्ने ब्याज दर करिडोरलाई ३.५% पुर्याएको,
कोभिड-१९ को विश्वव्यापी महामारी र रुस-युक्रेन सङ्कटको नकारात्मक असरले आर्थिक स्थिरता कायम गर्न, मूल्य वृद्धिलाई वाञ्छित सीमामा राख्न, विदेशी मुद्राको सञ्चितिलाई स्थिर राख्न, भुक्तानी सन्तुलन कायम गर्न र लगानी बढाउन चुनौती भएको,
आर्थिक सूचकहरू नकारात्मक बनेको,
पेट्रोलियम पदार्थ र खाद्यान्नको मूल्य वृद्धिको प्रभाव आर्थिक क्रियाकलापमा पर्न गएको,
आर्थिक विकास दर ५.८४% भएको,
मुद्रा स्फीति ८% माथि उकालो लागेको,
व्यापार घाटा २५% ले बढेर भुक्तानी असन्तुलन २ अर्ब ४१ करोड अमेरिकी डलर नकारात्मक बनेको,
कुल वैदेसिक व्यापारमा निर्यातको अंश १०% हाराहारीमा सीमित र कृषि तथा पशुजन्यु वस्तुको निर्यातले कुल निर्यातको १/३ मात्र ओगटेको,
वाणिज्य बैङ्कहरूमा कर्जाजन्य तरलताको अभाव भएको,
LC खोल्दै वस्तु सेवाको आयात गर्ने अनुत्पादक क्षेत्रमा कर्जा लिने प्रवृत्ति बढ्दै गएको,
समाजमा करमा आधारित उपभोग बढ्दै जाने प्रवृत्ति रहेकाले राष्ट्र बैङ्कले आयातलाई व्यवस्थापन गर्ने नीति ल्याए पनि आयात कम नभएको,
पेट्रोलियम पदार्थ र खाद्यान्न मूल्य वृद्दिको असर विदेशी मुद्रा सञ्चिती माथि पर्नाले ७ महिनाको आयात धान्ने सञ्चिति घटेर ६ महिनाको लागि मात्र पुग्ने अवस्थामा पुगेको,
कोरोनाको कारण विदेशी पर्यटक आगमन घट्दा विदेशी मुद्रा आर्जन ४६% ले घटेको र विप्रेषण पनि वार्षिक १.६% ले घटेको कारण विदेशी मुद्रा सञ्चितिमा नकारात्मक प्रभाव परेको,
विदेशी पुँजी प्रवाह अनिश्चित बनेको,
विश्वभर आर्थिक एवं मौद्रिक बजारमा आएको उथुलपुथुलले नेपाली मुद्राको दिनदिनै अवमूल्यन भएको,
राष्ट्र बैङ्ककको काँधमा बजेटले परिलक्षित गरेका आर्थिक विकास दर हासिल गर्ने र मुद्रा स्फीतिलाई ७% कायम गर्ने भूमिकाहरू रहेको तर उच्च आर्थिक वृद्धिदर हासिल गर्ने र मुद्रा स्फीतिलाई ७% मा रोकी राख्ने नीति आफैँमा प्रतिस्पर्धी (Mutually Exclusive) भएको,
विश्वव्यापीकरण, उदारीकरण र स्थानीयकरणले मौद्रिक नीतिलाई जोखिमपूर्ण बनाउने गरेको,
उच्च फराकिलो र स्फीतिरहित विकास दर हासिल गर्ने,
मुद्रा स्फीतिलाई अपेक्षित सीमाभित्र कायम गर्ने,
आर्तिक एवं वित्तीय विश्रृंखलता आउन नदिने,
स्वेदी मुद्राको मूल्य स्थिर राख्ने,
स्फीति व्यवस्थित गर्दै बैङ्कमा पाइने तरलताको अभाव हटाउने,
बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको अकार्यगत सम्पत्ति कम गरी शुद्धीकरण गर्ने,
विदेशी मुद्राको सञ्चितिलाई स्थिर राख्ने,
नागरिकको स-सानो बचतलाई बैङ्कसम्म आकर्षित गर्ने,
क्रिप्टोकरेन्सीको व्यवस्थापन गर्ने,
विश्वव्यापी रूपमा वस्तु र सेवाको मूल्य वृद्धि उच्च दरमा भइरहेको समयमा न्यून आय भएका जनतालाई संरक्षण गर्ने,
विदेशी मुद्राको सञ्चिति बढाउँदै राष्ट्रिय उत्पादन बढाउने वातावरण निर्माण गर्ने,
वित्तीय नीतिले उच्च घाटा बजेट नीति लिएका कारण सरकारले बजारबाट धेरै ऋण उठाउवधा निजी क्षेत्रको लगानीलाई पछाडि धकेल्ने परिस्थितिको व्यवस्थापन गर्ने,
मौद्रिक नीति तर्जुमामा लविङ वर्ग र प्रमाणधारी बैङ्क बिच द्वन्द्व पैदा हुन्छ । राजनीतिक व्यक्तिहरू लविङ गर्ने पक्षप्रति नरम हुने कारण मौद्रिक नीति तर्जुमा जटिल बन्ने देखिन्छ ।
मौद्रिक नीति जारी गर्दा नेपाल राष्ट्र बैङ्क सावधान, ज्ञानी र दूरगामी हुनु पर्ने देखिन्छ ।
आर्थिक विकास र समृद्धिको राष्ट्रिय स्वार्थ हासिल गर्न वित्तीय र मौद्रिक नीतिको संयुक्त प्रयास, समन्वय र सहकार्य आवश्यक हुने,
राष्ट्र बैङ्कले देशको आर्थिक वस्तुस्थितिको तथ्यमा आधारित भएर मौद्रिक नीति तर्जुमा गर्नु पर्ने, यसले कठीन परिस्थितिमा पनि नीतिले आर्थिक गतिविधिलाई सही दिशातर्फ उन्मुख गराउन सक्छ ।
बैङ्कले मौद्रिक नीति बनाउँदा आर्थिक अवस्थाको विश्लेषण गरी सबै मौद्रिक उपकरणहरूको सावधानी एवं वुद्धिमतापूर्ण उपयोग गर्नुपर्ने,
हरेरक आर्थिक क्रियाकलापको आफ्नै प्रक्रिया र विशेषता हुने भएकाले मौद्रिक नीति तर्जुमा गर्दा परम्परागत नीतिको बदलामा विभेदकारी नीतिलाई अपनाउँदा बढी उपलब्धिमूलक हुने,
देशको अर्थतन्त्र आयातमुखी भएको र आयातलाई निश्चित सीमाभित्र आवद्ध गर्न आर्थिक वृद्धिदरलाई ४.५% मा सीमित गरी वित्तीय नीति परिमार्जन गर्दा आयात व्यवस्थापन गर्न बढी सरल हुने,
मौद्रिक नीति बनाउने र कार्यान्वयन गर्ने नेपाल राष्ट्र बैङ्कको स्वतन्त्र जिम्मेवारीको सम्मान गर्दे राजनीतिक तहबाट नीति बनाउने र कार्यान्वयन गर्ने सम्बन्धमा हस्तक्षेप गर्न हुँदैन ।