१.२ राज्य शक्तिको बाँडफाँड, शक्ति पृथक्कीकरण र शक्ति सन्तुलन: नेपालमा यसको अभ्यास
केन्द्रमा रहेको अधिकार तल्लो तहमा नुपर्याई जनतालाई निर्णय प्रक्रियामा सम्मिलित नगराई सर्वसाधारणको जीवनस्तरमा आमूल परिवर्तन ल्याउन नसकिने ठहर गरी विगतको शासकीय स्वरूप र राज्य संरचनामा परिवर्तनको बोध भएको,
सर्वप्रथम नेपालको अन्तरिम संविधान, २०६३ ले नेपाललाई सङ्घीय लोकतान्त्रिक राज्य भनी परिभाषित गरेको,
राज्यको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने,
नेपालमा ७ प्रदेश र ७७ जिल्लाहरू रहने,
स्थानीय तहको रूपमा गाउँपालिका, नगरपालिका र जिल्ला सभा रहने,
सामाजिक, सांस्कृतिक संरक्षण वा आर्थिक विकासका लागि विशेष, स्वायत्त वा संरक्षित क्षेत्र कायम गर्ने सकिने,
तीनै तहले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय हित, सर्वाङ्गीण विकास, बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, मानव अधिकार तथा मौलिक हक, कानुनी राज्य, शक्ति पृथकीकरण र नियन्त्रण तथा सन्तुलन, बहुलता र समानतामा आधारित समतामूलक समाज, समावेशी प्रतिनिधित्व र पहिचानको संरक्षण गर्ने,
राज्य शक्तिको बाँडफाँटको क्रममा सङ्घ, प्रदेश र स्थानीय तहलाई क्रमशः ३५, ११ र २२ वटा एकल अधिकार कायम गरिएको,
सङ्घ, प्रदेश र स्थानीय तहले उपर्युक्त अधिकारहरूको प्रयोग संविधानको अधीनमा रही क्रमशः सङ्घीय कानुन, प्रदेश कानुन र गाउँ सभा वा नगर सभाले बनाएको कानुन बमोजिम हुने,
तीनै तहको साझा अधिकारको प्रयोग संविधान, सङ्घीय कानुन, प्रदेश कानुन र गाउँ सभा वा नगर सभाले बनाएका कानुन बमोजिम हुने,
प्रदेश सभा, गाउँ सभा वा नगर सभाले कानुन बनाउँदा सङ्घीय कानुनसँग नबाझिने गरी बनाउनु पर्ने र बाझिएमा बाझिएको हदसम्म अमान्य हुने,
स्थानीय तहले साझा अधिकार बमोजिम कानुन बनाउँदा प्रदेश कानुनसँग नबाझिने गरी बनाउनु पर्ने र बाझिएमा बाझिएको हदसम्म अमान्य हुने,
कुनै तहले प्रयोग गर्ने गरी नतोकिएको विषयमा सङ्घको अवशिष्ट अधिकार रहने,
तीनै तहले आफ्नो क्षेत्राधिकारको विषयमा कानुन बनाउने, वार्षिक बजेट बनाउने, निर्णय गर्ने, नीति तथा योजना तयार गर्ने र त्यसको कार्यान्वयन गर्ने,
सङ्घले साझा सूचीका विषयमा र आर्थिक अधिकारका अन्य क्षेत्रमा प्रदेशलाई समेत लागु हुने गरी आवश्यक नीति, मापदण्ड र कानुन बनाउन सक्ने,
सङ्घ, प्रदेश र स्थानीय तहले आ-आफ्नो बजेट बनाउने,
सङ्घ, प्रदेश र स्थानीय तहले प्राकृतिक स्रोतको प्रयोग वा विकासबाट प्राप्त लाभको समन्यायिक वितरणको व्यवस्था गर्नु पर्ने,
प्राकृतिक स्रोतको उपयोग गर्दा स्थानीय समुदायले लगानी गर्न चाहेमा लगानीको प्रकृति र आकारको आधारमा कानुन बमोजिम अंश लगानी गर्न प्राथमिकता दिनु पर्ने,
वैदेशिक सहायता र ऋण लिने अधिकार नेपाल सरकारको हुने,
सङ्घ, प्रदेश र स्थानीय तहले आफ्नो आर्थिक अधिकार क्षेत्रभित्रको विषयमा कर लगाउन र ती स्रोतहरूबाट राजस्व उठाउन सक्ने,
नेपाल सरकारले सङ्कलन गरेको राजस्व सङ्घ, प्रदेश र स्थानीय तहलाई न्यायोचित वितरण गर्ने व्यवस्था मिलाउने,
प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस बमोजिम हुने,
नेपाल सरकारले प्रदेश र स्थानीय तहलाई खर्चको आवश्यकता र राजस्व क्षमताको आधारमा वित्तीय समानीकरण अनुदान वितरण गर्ने,
सङ्घ, प्रदेश र स्थानीय तह बिच राजस्वको बाँडफाँट गर्दा सन्तुलित र पारदर्शी रूपमा गर्नु पर्ने,
राजस्व बाँडफाँट सम्बन्धी सङ्घीय कानुन बनाउँदा देहायका विषयमा ध्यान दिनु पर्ने,
राष्ट्रिय नीति
राष्ट्रिय आवश्यकता
प्रदेश र स्थानीय तहको स्वायत्तता
प्रदेश र स्थानीय तहले जनतालाई पुर्याउनु पर्ने सेवा र उनीहरूलाई प्रदान गरिएका आर्थिक अधिकार
राजस्व उठाउन सक्ने क्षमता
राजस्वको सम्भाव्यता र उपयोग
विकास निर्माणमा गर्नु पर्ने सहयोग
क्षेत्रीय असन्तुलन
गरिबी र असमानताको न्यूनीकरण
वञ्चितीकरणको अन्त्य
आकस्मिक कार्य र अस्थायी आवश्यकता पूरा गर्न सहयोग गर्नु पर्ने
१.२.१.१ कार्य विस्तृतीकरण
सरकारको तहगत ढाँचा र कार्य पद्धति निर्माण गर्नका लागि संविधानमा समाविष्ट सूचीहरूको विस्तृतीकरण पहिले भएर सोको सार सङ्क्षेप संविधानमा हुनु पर्थ्यो । तर राजनीतिक सङ्क्रमण, संविधान निर्माणमा ढिलाइ र अन्य विभिन्न कमजोरीले उक्त काम बाँकी रह्यो ।
नेपाली जनताले पहिलो पटक आफैले निर्वाचित गरेको संविधान सभाको प्रतिनिधिबाट नेपालको संविधान निर्माण गरिएको,
सङ्घ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने व्यवस्था गरेको,
सङ्घीयता कार्यान्वयन तथा प्रशासन पुन: संरचना समन्वय समितिको निर्णयबाट ५ वटा समूहगत कार्यदल गठन गरिएको,
१.२.१.१.१ कार्य विश्लेषण तथा जिम्मेवारी बाँडफाँट (Functional Assignment) सम्बन्धी सिद्धान्त
सरकारको काम जनतालाई सुलभ सेवाको लागि वातावरण सिर्जना गर्ने, कानुनको परिपालना गराउने हो । सरकार आफैले सबै काम गर्ने होइन । सेवा प्रदान गर्दा निजी, सहकारी र सामूहिक तवरबाट प्रदान गर्ने वातावरण बनाउने, दिशा निर्देश गर्ने कार्य पनि सरकारको हो ।
सरकारको कार्यहरूलाई विकेन्द्रीकरणको स्वरूप अनुसार विकेन्द्रिकृत अधिकार, प्रत्यायोजित र निक्षेपित कार्य, खर्च र आम्दानी सम्बन्धी कार्य, बाध्यात्मक र ऐच्छिक कार्य, एकल र साझा अधिकारको कार्य, गर्न सक्ने र नसक्ने कार्यमा वर्गीकृत गर्न सकिन्छ ।
अपेक्षित नतिजा प्राप्तिका लागि गरिने काम, कर्तव्य, अधिकार, दायित्व, भूमिका, जिम्मेवारी, सेवा आदिलाई कार्यको रूपमा लिन सकिन्छ, जसको प्रमुख उद्देश्य सर्वसाधारण नागरिकको हित, कल्याण, सुख, समृद्धि र असल जीवन प्रणालीको विकास गर्नु रहेको हुन्छ ।
Functional Assignment बाट कुन कार्य र क्रियाकलाप कुन तहको सरकारले गर्नु पर्दछ र कुन काम सार्वजनिक क्षेत्रमा रहनु पर्दछ भन्ने प्रश्नको जवाफ प्राप्त हुन्छ ।
सबै केन्द्रीय सरकारहरूले मूलतः विनियोजन, वितरण र स्थायित्वको कार्यहरू गर्दछन् ।
Functional Assignment लाई बहुतहगत शासन पद्धतिको आधारशिला मानिन्छ र यसले अन्तर सरकारी सम्बन्धलाई समेत प्रभावित पार्दछ ।
एकात्मक मुलुकमा कार्य जिम्मेवारी बाँडफाँटमा Top-down Approach र सङ्घात्मक मुलुकमा Bottom-up Approach लाई अवलम्बन गरिएको हुन्छ ।
एकात्मकबाट सङ्घात्मक व्यवस्थामा प्रवेश गरेको नेपालको लागि कार्यगत जिम्मेवारी बाँडफाँटको प्रक्रिया विभिन्न तहको सरकारमा अधिकारको बाँडफाँटको लागि प्रस्थान बिन्दु भएको,
Functional Assignment बाटै कति आर्थिक व्यय भार पर्ने र के कस्तो कानुनी र सङ्गठन संरचना आवश्यक पर्ने कुराको निर्क्योल गर्न सकिने,
१.२.१.१.२ Functional Assignment को उद्देश्य
सेवा प्रवाहमा विश्वसनीयता ल्याउनु,
कामको जिम्मेवारी स्पष्ट रूपमा किटान गरी अन्तर सरकारी सम्बन्धमा हुने अस्थिरता, अन्योल र द्विविधाको अन्त्य गर्नु,
आ-आफ्नो क्षेत्रभित्रको कार्यहरू सम्पादन गर्न आवश्यक पर्ने सङ्गठन तथा कानुनी संरचना निर्माण गर्न एवं वित्तीय र जनशक्ति व्यवस्थापन गर्न सहयोग पुर्याउनु,
१. दक्षता र सन्निकटता (Efficiency and Subsidiary)
दक्षताको सिद्धान्तले नागरिकको सम्भाव्य विविध आवश्यकता र रूचीलाई सन्तुष्ट हुने गरी सबैभन्दा कम लागत मूल्यमा कार्य कुशलता र प्रभावकारी सार्वजनिक सेवा प्रदान गर्नु पर्ने मान्यता राख्दछ ।
सन्निकटताको सिद्धान्तमा कामको विनियोजन गर्दा पहिले तल्लो तहका सरकारलाई सुम्पनु पर्ने र उसले गर्न नसक्ने भएमा मात्र त्यस्तो कामको जिम्मेवारी माथिल्लो तहको सरकारले लिनुपर्ने भनिन्छ ।
उत्तरदायी, प्रतिस्पर्धी र नवीनताको सम्भावनाले सार्वजनिक सेवा प्रवाह सङ्घीय सरकारले भन्दा तल्लो तहको सरकारले लागत प्रभावी रूपमा प्रदान गर्न सक्दछ ।
२. आयतनको अर्थ लाभ (Economies of Scale)
सार्वजनिक सेवाको जिम्मेवारी बाँडफाँट गर्दा उत्पादनको आर्थिक दक्षता पनि हेर्नु पर्दछ, किनकि कुने सार्वजनिक सेवा ठुलो परिमाणमा उत्पादन गर्दा लागत प्रभावी हुन्छ ।
३. बाह्य प्रवाह (Externalities or spillover jurisdiction)
यदि कुनै सार्वजनिक सेवाको प्रतिफललाई कुने भौगोलिक क्षेत्रमा सीमित गर्न नसकिने अवस्थामा त्यस्तो सेवाको जिम्मेवारी माथिल्लो तहको सरकारलाई दिनु उपयुक्त हुन्छ ।
लाभ लागतको आन्तरिकीकरण गर्न नसकिने र सेवाको प्रभाव स्थानीय तहको क्षेत्रभन्दा बाहिर पनि पर्ने रहेछ भने त्यस्तो सेवा प्रादेशिक वा सङ्घीय सरकारको जिम्मेवारीमा रहनु पर्छ ।
४. समता र समावेशी (Equity and Inclusion)
मुलुकको विभिन्न भौगोलिक क्षेत्रमा बसोबास गर्ने विभिन्न वर्ग, जाति र आर्थिक अवस्था भएका सबैलाई समान स्तरको अवसर प्रदान गर्ने र समान आय स्तरमा ल्याउने जिम्मेवारी सरकारको हुन्छ ।
पुनर्वितरण र समाज कल्याणको आवश्यकता स्थानीय स्तरमा बढी हुने तर स्थानीय तहसँग स्रोत साधनको अभाव रहन्छ । यस्तो कार्यको लागि सङ्घले नीति निर्माण र आर्थिक स्रोतको व्यवस्था गर्न र कार्यान्वयनको जिम्मेवारी प्रदेश तथा स्थानीय सरकारलाई सहकार्यको रूपमा गर्ने गरी सुम्पन सक्छ ।
५. समष्टिगत आर्थिक स्थायित्व (Overall Economic Stability)
मुलुकको समग्र आर्थिक स्थिरतालाई प्रभाव पार्ने कार्यहरूको जिम्मेवारी सङ्घले लिनु उपयुक्त हुन्छ ।
६. राष्ट्रिय प्राथमिकता र लक्ष्यका विषय (National Interests and Goals)
राष्ट्रिय एकता, सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, राष्ट्रिय हित, प्राथमिकता र लक्ष्यको विषयको जिम्मेवारी केन्द्र सरकारको हुने,
देशमा शान्ति सुरक्षा अमन चयन कायम गर्ने कार्यको अन्तिम जिम्मेवारी केन्द्र सरकारले लिनु उपयुक्त हुने,
७. जबाफदेहिता र क्षमता (Accountability and Capacity)
जनताले नियन्त्रण, पहुँच, व्यवस्थापन, स्रोत परिचालन र छानबिन गर्न सक्ने कार्यहरूको जिम्मेवारी स्थानीय तहको सरकारलाई दिने,
सीपयुक्त जनशक्ति, उच्च प्रविधि, प्रणाली र स्रोत साधनमा सङ्घको क्षमता अन्य सरकारको भन्दा बढी हुने,
८. सहकारिता, समन्वय र सहअस्तित्व (Cooperative, Coordination and Coexistence)
कार्य जिम्मेवारी अन्तर्गतका उपकार्य जुन तहको सरकारको तुलनात्मक लाभ उक्त कार्यमा बढी छ त्यसै तहको सरकारको जिम्मामा राख्ने चलन पनि रहेको छ ।
कार्य सम्पादन गर्दा प्रविधि र आवश्यक प्राविधिक सहयोग बाँडफाँट एक आपसमा मिलेर गर्नु पर्ने हुन्छ ।
कार्यपालिकाले कानुन र न्यायको कार्यान्वयन तथा बजेटको निर्माण; न्यापालिकाले कानुनको व्याख्या, न्याय प्रदान र बजेट उपर अप्रत्यक्ष निगरानी; र व्यवस्थापिकाले कानुनको निर्माण, न्यायको अप्रत्यक्ष निगरानी र बजेटलाई स्वीकृत गर्दछ ।
मन्टेस्क्यू (शक्ति पृथक्कीकरण)
कार्यपालिकीय र व्यवस्थापिकीय काम एउटै व्यक्ति वा निकायबाट गर्न हुँदैन ।
न्यायपालिकालाई कार्यपालिका र व्यवस्थापिकाबाट अलग गर्नु पर्दछ ।
एउटै निकाय/व्यक्तिले सबै अधिकार प्रयोग गरे सबै थोक समाप्त हुन्छ ।
वेड र फिलिप्स (शक्ति विभाजन)
एक अङ्गको काम अर्कोले गर्न नहुने,
एक अङ्गमा रहेको व्यक्ति अर्कोमा रहन नहुने,
एक अङ्गले अर्कोको काममा हस्तक्षेप गर्न नहुने,
जोन एडम्स (शक्ति सन्तुलन)
शक्ति पृथक्कीकरण
नियन्त्रण र सन्तुलन
सीमित सरकार
सङ्घीयताः value of decentralization and the autonomy of the states
लोकप्रिय सम्प्रभुता: Ultimate authority in a government comes from the people, and that the government exists to serve the needs and interests of the people.
नेपाल सरकार वैधानिक कानुन, २००४
शासन सञ्चालन सम्बन्धी अधिकार श्री ३ मा रहने र निजलाई सहयोग गर्न व्यवस्थापिका सदस्यहरूबाट मन्त्रिमण्डल गठन हुने, पञ्चायती सभा र केन्द्रीय सभा रहने, न्याय प्रबन्ध सम्बन्धी व्यवस्था गर्ने प्रधान न्यायालय रहने व्यवस्था थियो ।
नेपालको अन्तरिम शासन विधान, २००७
कार्यकारिणी अधिकार श्री ५ मा रहने, व्यवस्थापिकाले मन्त्रिमण्डलको सल्लाहअनुसार आदेश जारी गर्न सक्ने र प्रधान न्यायालय सर्वोच्च न्यायालय रहने व्यवस्था थियो ।
नेपाल अधिराज्यको संविधान, २०१५
अलग अलग संसद र न्यायपालिका, श्री ५ लाई विशिष्ट स्थान र कार्यकारिणी अधिकार श्री ५ मा निहित रहेको थियो ।
नेपालको संविधान, २०१९
कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अलग अलग संरचना रहेको, राज्य शक्ति श्री ५ मा निहित रहेको थियो ।
नेपाल अधिराज्यको संविधान, २०४७
पहिलो पटक शक्ति पृथक्कीकरण, नियन्त्रण र सन्तुलनलाई अङ्गिकार गरेको थियो ।
नेपालको अन्तरिम संविधान, २०६३
मुलुकलाई नयाँ दिशातिर अगाडि बढाउने सहमतिको दस्तावेजको रूपमा रहेको थियो ।
नेपालको संविधान
भाग ७ः कार्यपालिका
भाग ८ः व्यवस्थापिका
भाग ९ः कार्यपालिका
नियन्त्रण र सन्तुलन कायम गर्न उपयुक्त उपायको समेत व्यवस्था गरेको छ ।
लिखित संविधानको लक्ष्य सीमित सरकार हो । हरेक अङ्गको अधिकारको सीमारेखा संविधानले कोरेको हुन्छ । संविधानवाद सम्बन्धी अवधारणाले सरकारको शक्तिमा सीमितता, राज्य शक्तिको विभिन्न अङ्गमा शक्ति र अधिकार समेतको पृथक्कीकरण र जनताप्रति उत्तरदायी सरकार सञ्चालन सम्बन्धी मान्यतालाई आत्मसात गरेको हुन्छ । राज्यका सबै अङ्गको अधिकारको सीमारेखा संविधानबाटै निर्धारण गरी शक्ति सन्तुलनको पालना प्रभावकारी बनाउनु लिखित संविधानको गुण हो ।
नियन्त्रण र सन्तुलन
व्यवस्थापिका
विधायिकाबाट प्रधानमन्त्री चयन हुने,
प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने,
सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट संसदबाट पारित गर्नुपर्ने,
संसदीय समितिले सरकारलाई स्पष्टीकरण सोध्न र निर्देशन दिन सक्ने,
अन्तर्राष्ट्रिय सन्धि सम्झौता संसदबाट अनुमोदन गराउनु पर्ने,
सङ्कटकालिन अधिकार प्रयोग गर्दा संसदबाट अनुमोदन गर्नुपर्ने,
सेना परिचालन गरेको विषय संसदबाट पारित गर्नुपर्ने,
बाधा, अड्चन फुकाउनको लागि लिइएको आदेश संसदबाट अनुमोदन गराउनुपर्ने,
संवैधानिक पदहरुमा गरिने नियुक्तिपूर्व संसदीय सुनुवाइ गर्नुपर्ने,
सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन उपर संसदमा छलफल हुने,
प्रधानन्यायाधीश र सर्वोच्च अदालतको न्यायाधीश उपर महाअभियोग लगाउन सकिने,
नेपालको कुनै अदालतमा विचाराधीन रहेको मुद्दा सम्बन्धमा तथा न्यायाधीशले कर्तव्य पालनाको सिलसिलामा गरेको न्यायिक कार्यको सम्बन्धमा छलफल गर्न नपाइने (संसदीय हस्तक्षेप),
व्यवस्थापिका संसदको विशेषाधिकार अन्तर्गतका विषयमा अदालतमा कुनै कारबाही चलाउन नसकिने,
कार्यपालिका
अर्थ विधेयक तथा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत सुरक्षा निकायसँग सम्बन्धित विधेयक सरकारी विधेयकको रूपमा मात्र प्रस्तुत गरिने,
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आव्हान र अन्त्य गर्ने,
अध्यादेश जारी गर्ने,
व्यवस्थापिकाको लागि स्रोत साधन विनियोजन गर्ने,
प्रधानन्यायाधीशको नियुक्ति संवैधानिक परिषद्को सिफारिसमा गरिने,
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अदालतले गरेको सजायहरू माफी दिन, मुल्तवी राख्न, परिवर्तन गर्न वा कम गर्न सक्ने,
न्यायपालिकालाई आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराउनु पर्ने,
न्यायपालिका
न्यायिक पुनरावलोकन मार्फत कानुनहरू संविधान अनुकूल रहे, नरहेको परीक्षण गर्न सक्ने, अवैध घोषणा गर्न सक्ने,
कार्यकारिणी वा प्रशासकीय निर्णय वा आदेशको वैधता परीक्षण गर्न सक्ने,
मुद्दाको रोहमा अदालतले दिएको आदेश वा निर्णय सबैले पालना गर्नुपर्ने
समस्या र समाधान
शक्ति पृथक्कीकरण, शक्ति विभाजन र शक्ति सन्तुलनमा अस्पष्ट बुझाइ रहेको,
सबै सिद्धान्तलाऐ एकै ठाउँमा राखी बुझ्नुपर्ने,
राजनीतिक शिक्षा र राजनीतिक संस्कारमा कमी देखिएको,
सुधार गर्नुपर्ने,
संसद र संसदीय समिति प्रभावकारी हुन नसकेको,
प्रभावकारी हुनुपर्ने,
न्यायालयको स्वतन्त्रतामा प्रश्न उठ्ने गरेको,
न्यायालयमा स्वतन्त्रताको वातावरण बनाउने तथा न्यायालय आफैँ पनि आफ्नो स्वतन्त्रताको रक्षा गर्ने,
कार्यपालिकाको काम कारबाहीहरू विवादमुक्त हुन नसकेको,
कार्यपालिका आफ्नो संवैधानिक जिम्मेवारी प्रति इमानदार हुनुपर्ने,
संविधानलाई सबैले स्वामित्व ग्रहण गर्न नसकेको,
विपक्षी दलले रचनात्मक भूमिका निर्वाह गर्ने, संवैधानिक अङ्गले सक्रियता जनाउने, सार्वजनिक प्रशासन उत्तरदायी हुने, सामाजिक जागरण वृद्धि गर्ने,