एकल तथा साझा अधिकार सूची अनुसारका कानून निर्माण गर्ने,
आयोजना कार्यान्वयनमा तीन तहबिच समन्वय कायम गर्ने,
सङ्घबाट तयार पारिएको DPR दोहोरो अध्ययन नहुने गरी प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने,
विभाज्य कोषमा दाखिला भएको राजस्वको समय मै बाँडफाँड गर्ने,
जवाफदेहिताको स्वःमूल्याङ्कन गर्ने र एकीकृत वित्तीय व्यवस्थापन रणनीति तर्जुमा गरी कार्यान्वयन गर्ने,
प्रदेश तथा स्थानीय तहका पदाधिकारीले पाउने सुविधालाई एकरुपता दिने मापदण्ड ल्याउन सङ्घले राष्ट्रिय मापदण्ड तयार गर्ने,
तीन तहका बिच राजस्वको समन्यायिक वितरण गर्ने,
आयोजना छनौटमा सम्बन्धित तहसँग राय सुझाव लिने,
सङ्घ, प्रदेश र स्थानीय सरकारबाट भइरहेको काममा दोहोरोपना हुन नदिने,
वित्त व्यवस्थापनमा सङ्घीय निर्भरता कम गर्दै लैजाने,
स्थानीय तहले सार्वजनिक खरिद नियमावली तयार गर्ने,
सबै स्थानीय तहले Sub-National Treasury Regulatory Application (SuTRA) प्रयोग गर्ने,
प्रदेश वा जिल्ला तहमा आन्तरिक लेखापरीक्षणको व्यवस्था गर्ने,
प्रशासनिक खर्चलाई मितव्ययी र नतिजामूलक बनाउने,
आर्थिक प्रशासन र वित्तीय विवरणको प्रस्तुतीकरण सम्बन्धमा तालिम प्रवाह गर्ने,
स्थानीय तहका पदाधिकारीको क्षमता अभिवृद्धि गर्ने,
प्रदेश समन्वय परिषद्को भूमिकामा प्रभावकारिता ल्याउने,
प्रदेश र स्थानीय तहबाट प्रवाह हुने सेवालाई विश्वसनीय, सरल, चुस्त र लागत प्रभावी बनाउन आवश्यक व्यवस्था गर्ने,
प्रदेश र स्थानीय तहको आवश्यकता अनुसार कानुनी र संरचनागत सुधार गर्ने