सीमित सरकारको सिद्धान्तलाई स्थापित गरी नागरिकलाई शासनको मालिक र राजनीतिक तथा अन्य सार्वजनिक पात्रलाई सेवकको दर्जा दिइएको,
सङ्घीयताको बारेमा विभिन्न बुझाइ भए पनि यसको अस्तित्वलाई नागरिकले सहमति जनाएको,
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग पूर्ण रूपमा क्रियाशील रहेको,
प्रदेश मन्त्रालयले जिल्ला एकीकृत कार्यालय स्थापना गर्नु पर्नेमा मन्त्रालयगत रुपमा सङ्गठन विस्तार गरेको,
प्रदेशहरूमा सार्वजनिक सेवा र विकासका लागि भन्दा पनि राजनीतिक व्यवस्थापनको उद्देश्यले सङ्गठन विस्तार गर्ने Leviatha प्रवृत्ति बढ्न गएको,
प्रदेशले आफ्नो मूल संरचना बलियो बनाउनु पर्नेमा क्यान्टिलिभर सङ्गठन थपेको,
वित्तीय सुशासनको जोखिम बढेको,
सङ्घ, प्रदेश र स्थानीय तहका योजनाहरू एक आपसमा दोहोरोपनाको सिकार बनेको,
विनियोजन कुशलता र समन्यायिकताका सवालहरू सङ्घीयतामा पेचिलो हुँदै गएको,
सङ्घीय निजामती सेवा ऐन नआउँदा प्रदेश तथा स्थानीय तहको जनशक्ति व्यवस्थापनमा जटिलता उत्पन्न भएको,
सङ्घ, प्रदेश र स्थानीय तह (अन्तर्सम्बन्ध) ऐन, २०७७ ले सङ्घ, प्रदेश र स्थानीय तह बिचको समन्वय र अन्तर्सम्बन्ध संवैधानिक आयामलाई व्यावहारिक खाका प्रदान गरेको,
सरकारका तीन तहहरू एक अर्को मातहतका अङ्ग नभएर संविधान र कानुनका सीमामा बाँधिएका सहयोगी र परिपूरक संरचना हुन् भन्ने स्पष्ट पारेको,
प्राचीन युगदेखि नेपालले अपनाउँदै आएको सहिष्णुतालाई अक्षुण्ण राख्न सकियोस् भन्ने विषयमा ध्यान पुर्याइएको,
Horizontal Linkage र Vertical Linkage सुदृढ गराउन विभिन्न व्यवस्थाहरू गरेको,
प्रमुख प्रशासकीय अधिकृतले सङ्घ र स्थानीय तह बिच सेतुको काम गरेको,
प्रदेश मन्त्रालयका सचिवका रुपमा वरिष्ठ सहसचिवलाई खटाउने अभ्यास कार्यान्वयनमा आएको,
कानुन, नीति र योजना तर्जुमामा तीन तह बिचको सम्बन्धको आयामलाई स्पष्ट पारिएको,
सङ्घले आफ्नो एकल वा साझा अधिकारका विषयमा कुनै कानुन वा नीति बनाउँदा प्रदेश तथा स्थानीय तहको एकल अधिकार अतिक्रमण गर्न नपाउने व्यवस्था गरेको,
सहकारी सङ्घीयताका आयामहरूलाई संरचनागत रूपमा आन्तरिकीकरण गरिएको,
प्रदेश सरकार र स्थानीय तहको बिच उल्लेखनीय दोहोरोपना आएको,
सशर्त रकममा तल्लो तहको सरकारलाई खर्च एकाइको व्यवहार रहने गरेको,
बजेट पारित गर्ने समयपछि माथिल्लो तहबाट हुने पटके निकासा वित्तीय सुशासनको दृष्टिले उपयुक्त भएको,
साझा अधिकारक्षेत्रका विषयमा बन्नु पर्ने सबै कानुनहरू निर्माण हुन नसक्दा यसको व्यवस्थापनमा कठिनाइ उत्पन्न भएको,
अन्तर तहमा आएका मुद्दाहरू, गुनासोहरू र भविष्यमा आउन सक्ने मुद्दाहरूलाई समय मै सम्बोधन गर्दै लैजानु पर्ने,
अन्तर तह सम्बन्धमा बाझिएका कानुनहरूको अध्ययन गरी बाझिएका वा प्रदेश तथा स्थानीय तहको क्षेत्राधिकारमा प्रवेश गरेका सङ्घीय कानुन परिमार्जन गर्ने,
आफ्नो शक्ति विस्तार गर्ने लेभियाथान प्रवृत्तिभन्दा सन्निकटताको सिद्धान्तलाई अवलम्बन गर्ने,
प्रदेश तथा स्थानीय तहको खर्च आवश्यकता र राजस्व सम्भाव्यताको वस्तुगत आधारमा वित्तीय हस्तान्तरणको परिमाण निर्धारण गर्ने,
अन्तर प्रदेश समन्वय परिषद्लाई क्रियाशील बनाउने,
राजनीतिक दलका बिचमा सङ्घीयताको सन्दर्भमा समान बुझाइ राख्ने,
राज्यसत्ताको दायराभन्दा बाहिर रहेको संस्थाले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने,
राजनीतिक दलहरूले आपसी सहकार्य गर्ने,