म जीन्दगीको अस्तित्व खोज्न कहाँ जाउँ?
म जीन्दगीलाई बुझ्न कुन तीर्थ धाउँ?
म जीन्दगीलाई सुन्न कुन राग गाउँ?
म जीन्दगीलाई हेर्न कुन दुर्विन ल्याउँ?
मेरै यत्र तत्र छरिएका छन् जीन्दगीका अस्तित्वहरु
मेरै अन्तरस्थलमा ताण्डव गर्दैछन् यी जीन्दगीहरु
मेरा हरेक दिनका नगर परिक्रमामा म देख्दछु,
एउटै माटोमा उब्जेका विभिन्न विजहरु
एउटै हाजिर कपीमा हस्तक्षर गरेका भिन्न भिन्नै पानाहरु
सुकिला वस्त्र र नफुटेका हात गोडाहरु,
चर्कि्रएको मन, कचमचिएको जीन्दगीहरु,
रङ्गीएर हलक्क निर्बाध बढेका जवानीहरु,
रोगाएर जर्बरजस्ती थाक्रोमा उकालो चडेका ढलेको बैँशहरु,
अलपत्रसँग लत्रिदाँ निस्केको स्पन्दनको आँसुहरु
स्वर्णिम आसनमा बिराजमान भएका मृदुल मुस्कानहरु
एकान्तमा महसुुस गरेको मुर्च्छना र आघात चित्कारहरु
भीडभाडमा रेशमी रुमालले नाक पुछ्दै हिड्ने भलादमीहरु
अग्निलाई टेकेर वारपार गरेको फूलजस्तो पाउहरु,
फूलहरुलाई कुल्चेर यात्रा कोर्ने काडेँ जुत्ताहरु,
यसरी,
कतै जीवन कथा स्वइच्छाले र् श्री' भइरहेछ
कतै जीवन स्वइच्छाविनैे र् इतिश्री' भइरहेछ
कसैको चुल्ठो समातेर संसार सुसेली हाल्दै मच्चिदैछ,
कसैलाई दिव्यरथमा राखेर संसार परिक्रमा गराउँदैँछ
कोही दमित ,दास भई सांसारिक आँगन पोतिरहेका छन्।
कोही आफू दूधको पोखरीमा नुवाएको घोषित गर्दै छन्।
यी खम्बाहरु र भीत्ताहरुमा विभिन्न वाजाहरु घन्किरहेछ
यही जीवनको अस्तित्व मेरो जन्मेको भूमिमा पनि थियो
यही जीवनको अस्तित्व मेरो कर्मभूमिमा पनि छ ,
जीवनहरु त्यहाँ मात्रै ठोक्किएर,हुत्तिएर लड्ने होइन रहेछ
जीवनको रगतको खोला त यहाँ पनिबर्ग्दोरहेछ।
कुनै जीन्दगी लुछे पछि, भोगे पछि निकाल्ने ढकार बन्दोरहेछ,
कुनै जीन्दगी सधै सम्मोहित गर्न निलिने अमृत हुदोरहेछ,
कयौँ जीन्दगीहरुको अस्तित्व हराएका छन्,
कयौँ जीन्दगीको अस्तित्वहरु भेटाएका छन्
कयौँ जीन्दगीहरु ओख्खलीएर, नालीको डङ्गुरमा फयाँकिएका छन्
कयौँ जीन्दगीहरु म्ाहलमा अत्तरको वासनामा सजिएका छन्।
यो सृष्टिले यी अस्तित्वहरुलाई चलाइरहेका छन्
यी अस्तित्वहरुले सृष्टिको अस्तित्वलाई जर्गेना गरिरहेका छन्
हाँसो छ , रोदन छ
छल छ कपट छ,
आत्मिय छ विश्वास छ
रीस छ राग छ,
माया छ ह्दय छ,
र,
हाजीर कपी छ , हस्ताक्षर भीन्न भीन्न छ
श्री एउटा छ , इतिश्री बेग्लै छ।