विछोडको भयले झरेका आँशु
आश्वासनका तिम्रा हातले पुछिदिएको क्षण्
मेरो अफ्ठ्यारो बाध्यता
तिम्रो गहिरो भावना
सकेनौ तिमीले जित्न
र त म तिमीसँग छैन्
त्यो ढलेको मन्दिर देख्दा ठानेँ
हाम्रो सम्बन्ध ढलेछ
त्यहाँ बिताएका पलहरु पनि भएछन
गर्ल्याम गुर्लुम्म ।