विश्वका स्वतन्त्र सबै देशहरुको आ- आफ्नो नियम कानुन छ । ति राष्ट्रहरु सबैले आफैले बनाएको नियम कानुन अनुसार चल्छन् । सबै देशको आफ्नै धर्म छ , घोषित या अघोषित । तरविश्वको एकमात्र देश नेपाल जुन देशको मुल कानुन संबिधान सम्म विदेशीको निर्देशनमा बन्दैछ। विदेशीले जस्तो भन्यो त्यस्तै कुरा संबिधानमा लेखिदैछ । नेपाललाई धर्म निरपेक्ष मुलुकलेखिन लाग्नु पनि विदेशीकै इसारामा हो ।लोकतन्त्रको सुन्दर पक्ष भनेको जनमत हो । जनताहरुको आवाज सुनिन पर्ने हो । तर यहाँ एउटा सानो समुहले बोलेको चर्को आवाजलाइ सुनेरबहुसंख्यक नेपालीहरुको भावनालाई बन्धक बनाइदैछ । जनताहरुले के चाहन्छन् ती कुरा संबिधानमा लेखिदैन । विदेशीहरुले के चाहन्छन् , त्यो संबिधानमा लेखिदैछ । देश अनुसाररितिरिवाज, चाडपर्व, धर्म संस्कृती फरक- फरक छन् । विश्वमा कुनै मुश्लिम देश भनेर चिनिन्छ, कुनै क्रिश्चियन, त कुनै बुद्धिस्ट। इजरायललाई विश्वको एकमात्र यहुदि राज्य भनेरचिनिए जस्तै हाम्रो नेपाललाई पनि सदियौ देखि विश्वको एकमात्र हिन्दु राष्ट्र भनेर चिनिदै आएको छ । नेपाल सदियौ देखि स्वतन्त्र मुलुक हो। यो शान्त र राम्रो पहाडि धार्मिक मुलुक कुनैपनि विदेशीको गुलामी बनेको इतिहास छैन। तर यहि धार्मिक देश जुन सदियौ देखि विश्वको एकमात्र हिन्दु राष्ट्रको रुपमा चिनिदै आइरहेको थियो, हाल आएर विदेशीहरुको षडयन्त्र रनेपालका नेताहरुको स्वार्थको कारण रातारात बहुमत नेपाली जनताहरुको इच्छालाई र चाहनालाइ लात हान्दै नेपाललाइ धर्म निरपेक्ष राष्ट्र घोषणा गरियो । धर्म निरपेक्ष २०६२/२०६३ कोजन आन्दोलनको म्यान्डेट नै थिएन। जनलहर धर्म निरपेक्षको पक्षमा पटक्कै उर्लिएको थिएन। यदि त्यतिबेला त्यो आन्दोलन धर्म निरपेक्षको माग लिएर अगाडि बढेको भए, आन्दोलनमा सहभागी जनताहरु मध्ये दश प्रतिशत पनि सहभागी हुने थिएनन्। हिजो विश्वको कैयौ ठुला र शक्तिशाली भनिएका देशहरु साम्राज्यबादिहरुको अगाडि घुडा टेक्दा नेपालकुनै विदेशीको कब्जामा पर्न दिइएन। हाम्रा वीर पुर्खाहरुले यो देशको माटो र यो देशको धर्म जोगाए। यो नेपाली शान कहिल्यै झुकेन। अहिले आएर हाम्रो शान्त, सुन्दर र धार्मिक देश, पौराणिक कालमा ऋषि मुनिहरुको तपस्या स्थल, गौतम बुद्दको जन्मभुमी, नेपाल नेपालीहरुको हित नचाहने पश्चिमाहरुको अघोषित उपनिवेश भइरको छ। धर्म निरपेक्ष २०६२/२०६३ कोजन आन्दोलनको म्यान्डेट नै थिएन। जनलहर धर्म निरपेक्षको पक्षमा पटक्कै उर्लिएको थिएन। यदि त्यतिबेला त्यो आन्दोलन धर्म निरपेक्षको माग लिएर अगाडि बढेको भए, आन्दोलनमा सहभागी जनताहरु मध्ये दश प्रतिशत पनि सहभागी हुने थिएनन्। तीनिहरुले जे भन्यो त्यहि कुरा मात्र ठिक अनि जायज, तर यहि नेपाल देश भित्र बसोबास गर्ने असीप्रतिशत भन्दा बढि जनताहरुको चाहना हिन्दु राष्ट्र किन नहुने?
राज्यको कुनै धर्म हुदैन, राज्यले कुनै पनि धर्मको संरक्षण गर्नु हुदैन भनेर कोहोलो मच्चाउने केहि कथित बिद्वानहरु लाई म प्रजातान्त्रिक मुलुक इजरायलको केहि उदाहरण दिन चाहान्छु! मैले बिगत सात बर्षदेखी काम गरिरहेको प्रजातान्त्रिक मुलुक इजरायल, यहाँका जनताहरुले पुर्ण रुपमा प्रजातन्त्रको अभ्यास गर्न पाएका छन्। कानुन सबैलाइ बराबरी रुपमा लागु हुन्छ।ठुलो सानोको कुनै भेदभाब रहदैन। भ्रष्ट्रचारको आरोपमा भुतपूर्व मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति समेत लाइ छोडिन्न र जेल परेका छन्। भुमध्य सागरको किनारामा अवस्थित सानो देशविश्वको एकमात्र अघोषित ‘यहुदि’ राष्ट्र हो। यहाँ सबै कुरा धार्मिक परम्परा अनुसार चल्छ। यहाँको समाज आधुनिक छ। तर आफ्नो धर्म र रितीरिबाज त्यागेका छैनन्। जन्मदेखीनमरुन्जेल सम्मका हरेक क्रियाकलाप धार्मिक आस्थामा चल्छ। बेलायतको नियम जस्तै इजरायलको प्रधानमन्त्री हुन यहाँको ‘सिनागग’ (हाम्रो हिन्दु धर्मको मन्दिर जस्तै) को सदस्यनभइकन प्रधानमन्त्री हुन पाँइदैन। गैर यहुदिहरु यहाँको प्रधानमन्त्री कहिल्यै हुन सक्दैनन्। अझ यहाँका कट्टर धार्मिक ब्यक्तिहरुलाइ त सरकारले धेरै कुरामा छुट दिएको छ। जोआजीबन धर्म अंगालेर बसेका छन् , तिनीहरुलाइ सरकारले काम नगरी मासिक रुपमा भत्ता उपलब्ध गराँउछ। अन्य प्रत्येक नागरीकले यहाँ उमेर पुगेपछि अनिवार्य आर्मी तालिम गर्नै पर्छ।तर धार्मिक ब्यक्तिहरुलाइ यो नियम बाध्यकारी छैन। विश्वको कुनै पनि कुनामा रहेका ‘यहुदिहरु’ हुन् तिनीहरु यो देशमा आउन चाहेमा यो देशको नागरिक बन्न खोजेमा निर्बाध रुपमाआउन पाउँछन्। यहाँ आइसकेपछि सरकारले उनीहरुको बसोबास र रोजगारीको ब्यबस्था गर्दिन्छ। देशको कुनै धर्म हुदैन, राज्यले एउटा धर्मलाई मात्र प्यारो गर्न पाउँदैन भनेर वकालतगर्नेहरुको लागी इजरायल दर्हौ झापट हुन सक्छ।अझ धेरै कुराहरु यहाँ छन्। इन्टरनेटमा खोजेर बुझ्न सक्नु हुनेछ। पश्चिमा मुलुकहरु अाफ्नो देशमा चाँहि धर्म अनुसार मानिसमाभेदभाब गर्ने अनि नेपालमा चाँहि बहुसंख्यक नेपालीहरुको चाहानाको हिन्दु राष्ट्र घोषणा हुन पर्ने कुराको माग राख्दा, किन टाउको दुखाइ ?
आफ्नो धर्म, संकृति जोगाउन यहाँको सरकारले हर- सम्भब प्रयास गरेको छ । नेपालका नेता र सरकारहरु उल्टो हाम्रो धर्म, संस्कृती जोगाउन भन्दा मास्नमा तल्लीन छन्। नेपाल हिन्दुराज्य हुदाँ पनि अन्य धर्म प्रति कहिल्यै असहिस्णु बनेन । धर्ममा कठोरता कहिल्यै देखिएन। अपबाद बाहेक। राज्य सत्तामा गैर हिन्दु भएकै कारणले कसैले आफ्नो पहुँच गुमाएनन्। नयहाँ चर्च बनाउँन पाइदैन भनेर कसैले प्रतिबन्ध लगायो। न मस्जिदमा प्रार्थाना गर्न नै कसैले रोक्यो। विश्वमा कैयौ यस्ता देश छन्, जुन घोषित अघोषित रुपमा धार्मिक आस्थाकाआधारमा चलेका छन्। सबैलाइ थाहै भएको कुरा हो , अमेरिकाका प्रत्येक राष्ट्रिपतिले सपथको बेलामा बाइबल माथी हात राखेर कसम खान्छन्। बेलायतमा कुनै गैर क्रिश्चीयन त्यहाँकोप्रधानमन्त्री हुन पाउँदैनन्। नेपाल विश्वको एकमात्र हिन्दु राज्य हुँदा यहाँका तत्कालीन हिन्दु राजाका राजपरिषद स्थायी समितिका सभापती एकजना मुसलमान (मोहमद मोहसीन) थिए।अलग्गै धर्मको आधारमा कुनै बिभेद थिएन भन्ने यो एउटा आफैमा ठुलै उदाहरण होइन र? युरोपको घेरै देशहरुको पनि त्यस्तै अबस्था छ । पश्चिमा मुलुकहरु अाफ्नो देशमा चाँहि धर्मअनुसार मानिसमा भेदभाब गर्ने अनि नेपालमा चाँहि बहुसंख्यक नेपालीहरुको चाहानाको हिन्दु राष्ट्र घोषणा हुन पर्ने कुराको माग राख्दा, किन टाउको दुखाइ ? किन तिनीहरुलाइ नेपालधर्म निरपेक्ष हुन पर्यो? जो हाम्रो देश नेपालको नयाँ संविधानमा धर्मनिरपेक्ष लेखिनु पर्यो। धर्म परिवर्तनलाइ मौलिक हकमा समेटिनु पर्यो भनेर वकालत गरिरहेका छन्। तिनीहरुलेइजरायल लाई भन्न सक्छन्, राज्यको कुनै पनि धर्म हुदैन भनेर ? किन यहुदिहरुको मात्र संरक्षण गर्छौ, राज्यले एउटा मात्र धर्मको संरक्षण गर्न पाउँदैन सबै धर्मलाइ बराबरी हक- अधिकारदेउ भनेर? साउदि अरबमा गएर महिलाहरुलाई बुर्का नलागाइ हिड भनेर सार्वजनिक रुपमा भन्न सक्छौ? साउदी अरबमा धार्मिक स्वतन्त्रताको वकालत गर्ने माइकलाल जन्मेका छन्कोहि?
ब्रिटेनमा किन प्रोस्टेन्टेट मात्र प्रधानमन्त्री हुन पर्ने किन क्याथोलिकहरु हुन सक्दैन भनेर आवाज किन उठाँउदैनौ? हिन्दु धर्मबाट क्रिश्चीयन हुने बित्तीकै त्यहि ब्यक्ति किन मन्दिर, गुम्बाजाँदैन? किन मन्दिरलाइ शैतान बस्ने घर भन्छ? किनकी तिनीहरुलाइ धर्म परिवर्तन गर्ने बेलामा त्यहि कुरा सिकाइएको हुन्छ। उनीहरुको मुख्य उद्देश्य ब्यक्तिलाइ धर्मको अभ्यासगराउनु होइन। धर्मको माध्यमबाट सहि मार्गमा हिडाउनु पनि होइन। उनीहरुलाइ हिन्दु धर्ममा आक्रमण गर्ने मानिस चाहिएको छ। लडाकुहरु चाहिएको छ। त्यसैले त धर्म परिवर्तन गरेकैभोलिपल्ट देखि उ चर्च प्रति बफादार रहि हिन्दु धर्मप्रति आक्रमक हुन्छ। नेपाल विश्वको एकमात्र हिन्दु राज्य हुँदा यहाँका तत्कालीन हिन्दु राजाका राजपरिषद स्थायी समितिका सभापतीएकजना मुसलमान (मोहमद मोहसीन) थिए। अलग्गै धर्मको आधारमा कुनै बिभेद थिएन भन्ने यो एउटा आफैमा ठुलै उदाहरण होइन र? नेपालले हिन्दु धर्मको मात्र संरक्षण गर्यो भन्नेहरुलाई सानो कुराको पनि हेक्का रैन्छ कि के हो ? बर्षौ देखी सानो संख्यामा रहेको अल्पसंख्यक मुसलमानहरु राज्यको लगानीमा साउदि अरबमा प्रत्येक बर्ष हज गर्न जान्छन्। त्यसकोबिरोध कहिल्यै कुनै हिन्दुले र हिन्दु संगठनहरुले गरेका छैनन्। यहाँ अलग धर्ममा आस्था राखेकै आधारमा कहिल्यै कुनै समुदाय प्रति, धर्म प्रती आक्रमण भको थियो न कुनै धर्म माथीअन्याए, अत्याचार। एउटा सच्चा हिन्दु बाटोमा चर्च देख्दा ढोग्दै हिड्छ, मज्जिदमा जान्छ प्राथार्ना गर्छ।
हिन्दु धर्मबाट क्रिश्चीयन हुने बित्तीकै त्यहि ब्यक्ति किन मन्दिर, गुम्बा जाँदैन? किन मन्दिरलाइ शैतान बस्ने घर भन्छ? म हिन्दु हुँ तर गुम्बामा ‘ॐ मणिपद्मे हूं’ भन्दै शिर निहुराएरपुजा गर्छु! कुनै पनि ब्यक्तिले या देशले बुद्ध धर्मको या बुद्धको अपमान गर्दा मेरो रगत उम्लिन्छ ! त्यसको आफ्नो तर्फबाट बिरोध गर्न कुनै कसुर बाकि छोड्दि ! जताततै बौद्धगुम्बाहरु स्थापना हुन् , हिन्दु धर्म मान्नेले बुद्ध धर्म अंगालुन् त्यसमा पनि मेरो बिरोध रहन्न! किनकी तिनीहरुलाइ धर्म परिवर्तन गर्ने बेलामा त्यहि कुरा सिकाइएको हुन्छ। उनीहरुकोमुख्य उद्देश्य ब्यक्तिलाइ धर्मको अभ्यास गराउनु होइन। धर्मको माध्यमबाट सहि मार्गमा हिडाउनु पनि होइन। उनीहरुलाइ हिन्दु धर्ममा आक्रमण गर्ने मानिस चाहिएको छ। लडाकुहरुचाहिएको छ। त्यसैले त धर्म परिवर्तन गरेकै भोलिपल्ट देखि उ चर्च प्रति बफादार रहि हिन्दु धर्मप्रति आक्रमक हुन्छ। म हिन्दु हुँ तर गुम्बामा ‘ॐ मणिपद्मे हूं’ भन्दै शिर निहुराएर पुजागर्छु! कुनै पनि ब्यक्तिले या देशले बुद्ध धर्मको या बुद्धको अपमान गर्दा मेरो रगत उम्लिन्छ ! त्यसको आफ्नो तर्फबाट बिरोध गर्न कुनै कसुर बाकि छोड्दि ! जताततै बौद्ध गुम्बाहरुस्थापना हुन् , हिन्दु धर्म मान्नेले बुद्ध धर्म अंगालुन् त्यसमा पनि मेरो बिरोध रहन्न!
किनकि बुद्ध धर्म नेपाली धर्म हो। नेपाली माटोबाट उत्पत्ती भएको धर्म हो! नेपाल बाहिर मैले आफ्नो परिचय दिदाँ, यदि कुनै विदेशीले नेपाल नचिनेको खण्डमा मैले, सगरमाथा बुद्ध रहिन्दु धर्म भनेर नेपाल चिनाउँछु। तर मलाइ विदेशी आयातित धर्म, बिखण्डणकारी धर्मस्वीकार्य छैन। जुन धर्मले हाम्रो सनातन धर्मलाइ होच्याउँछ! हामी नेपालमा बसोबास गरिरहेकातमाम ॐ कार परिवार प्रति असहिस्णु बन्छ, शैतानको नाम दिन्छ, अनि आफु बाइबलमा हात राखेर कसम खान्छ, नेपालमा राज्यको कुनै धर्म हुनुहुदैन भनेर वकालत गर्छ! त्यो नेपाली – नेपाली बिच बैमनश्यता पैदा गराउने बिखण्डनकारी धर्म मलाइ चाहिदैन! अधिकांश नेपाली त्यो धर्मको बिरोधी छन्। जस्ले दोस्रो धर्मको सम्मान गर्न सक्दैन। नेपालमा धार्मिकस्थायीत्वको लागि, नेपाल शान्ति र सम्बृद्दिको दिशामा अगाडि बढ्न, नेपाली नेपालीमा आपसी भाइचारा अगाडि बढाउन, र हाम्रो हिन्दु र बुद्ध धर्म र अल्पसंख्यक मुसलमानहरुकोभावना समेट्ने नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र लेखिनु जरुरी छ।
साथै धर्म परिबर्तन लाई मौलिक हकमा राखिनु कुनै हालतमा पनि हामीहरुलाई स्वीकार्य छैन । म लोकतन्त्रमा बिश्वास गर्छु, जनमत नै लोकतन्त्रको शासनको मुख्य आधार हो, नेपालीजनताहरुको फैसलालाई स्वीकार्ने हो, नेपाल धर्म निरपेक्ष या सापेक्ष रहने त्यो कुराको फैसला नेपाली जनताहरुलाई गर्न किन नदिने ? किन मुलुकमा जनमत संग्रह नगर्ने ? म लोकतन्त्रमाबिश्वास गर्छु, जनमत नै लोकतन्त्रको शासनको मुख्य आधार हो, नेपाली जनताहरुको फैसलालाई स्वीकार्ने हो, नेपाल धर्म निरपेक्ष या सापेक्ष रहने त्यो कुराको फैसला नेपालीजनताहरुलाई गर्न किन नदिने ?
किन मुलुकमा जनमत संग्रह नगर्ने ? फैसला जनताहरुलाई गर्न दिउन। यदि हैन , जनमत संग्रहमा नजाने हो भने, नेपाललाई अबिलम्ब हिन्दु राष्ट्र घोषणा गरी, मन्दिर गुम्बाहरुकोसंरक्षण र सम्बर्दन गरौ। विदेशी दलाल र बिखण्डणकारीहरुको दलदलमा नफसौ। नेपाल हिन्दुहरु र बोद्धमार्गीहरुको मुख्य धार्मिक गन्तब्य स्थल बन्न सक्छ। धार्मिक पर्यटकिय स्थलनेपाल हुन सक्छ। नेपाल र नेपालीहरुको सम्बृद्दिको अर्को पाटो धर्म हुन सक्छ। हिन्दु धर्मलाई खेलाची र हेला हैन जगेर्ना गरौ। ! जय हिन्दु राष्ट्र नेपाल !
लेखक
राम ढुंगाना ( अल्पमत )