काठमाडौं, असार २० – ‘टिभिएस् जुपिटर एसएलसी प्रिन्सेज २०१५ पाचौं सँस्करण’ को उपाधि कपन काठमाडौंकी १६ वर्षीया अन्जु भण्डारीले हाँसिल गरिन् । शनिवार साँझ राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न सो प्रतियोगितामा आफ्ना ४७ जना प्रतियोगीलाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन् । एयुत्सु स्कुलबाट एसएलसी परीक्षा उच्च श्रेणीमा पास गर्न सफल भण्डारीले ग्लोबल कलेज लफ म्यानेजमेन्टमा उच्च शिक्षाको लागि भर्ना भइसकेकी छिन् । एसएलसी प्रिन्सेजको उपाधि जितेबापत उनलाई सुरेश रायमाझीले टिभिएस जुपिटर स्कुटर प्रदान गरे । भने क्याम्पियन एकेडमीको तर्फबाट रु चार लाख बराबरको उच्च शिक्षाको लागि छात्रावृत्ति पाइन भने, फेसन सेन्टर भाटभटेनीद्धारा १० हजार बराबरको साडी, फ्लाइ स्काई एयरहोस्टेज एकेडमीको तर्फबाट रु २५ हजारको निशुल्क तालिम उनले विभिन्न उपहार प्राप्त गरिन् साथै अन्य उपहारहरु पनि हात पारिन् ।
उत्कृष्ट पाँचको चयनपछि अन्तिममा सोधिएका यदि भूकम्पपछिको अवस्थामा एसएलसी प्रिन्सेजको बिजेताको नाताले तपाइको भुमिका कस्तो हुनुपर्छ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिएर अन्जुले यो उपाधि जितेकी हुन् । यो उपाधिले आफुलाई जीवनमा अझ धेरै सफलता हाँसिल गर्ने प्रेरणा मिलेको उनले बताईन् ।
सिजन मिडियाद्धारा आयोजित सो प्रतियोगितामा ‘फस्ट रनर अप’ को उपाधि हाडीगोकी १५ वर्षीया तेजस्वी कोइरालाले जितिन् । त्रिभेनी स्कुलबाट एसएलसी परिक्षा पास गरेकी कोइरालाले उपाधिसँगै चिर्योस च्वाइस अवार्ड पनि हात पारिन भने ल्यापटप विभिन्न फ्लाइ स्काई एयरहोस्टेज एकेडमीको तर्फबाट रु २५ हजारको निशुल्क तालिम उनले विभिन्न उपहार प्राप्त गरिन् साथै अन्य उपहारहरु पनि हात पारिन ।
कार्यक्रममा सेकेन्ड रनरअपको उपाधि बालाजुकी १६ वर्षीया सुद्धता थापाले हाँसिल गरिन् । उनले उपाधिसँगै विभिन्न उपहार प्राप्त गरेकी थिईन् । थापाले ‘डिस्टीङसन अर्वाड ’को उपाधि पनि सो प्रतियोगितामा हात पारिन ।
त्यस्तै थर्ड रनरअप सुवानी कर्मचार्य मिस पपुलरअवार्ड सहित विजेता भइन भने फोर्थ रनरअप सिम्रन श्रेष्ठले मिस पर्सनालीटीको अवार्ड सहित जित हासिल गरिन भने विभिन्न उपहारहरु प्राप्त गरिन ।
‘टिभिएस् जुपिटर एसएलसी प्रिन्सेजको पाचौं सँस्करण’मा अन्य विभिन्न उपाधि पनि राखिएको थियो । जस अन्तर्गत ‘व्युटिफुल आईज’को उपाधि अलविना सुवेदीले हाँसिल गरिन् । ‘फेसबुक मल्टिमिडिया’को उपाधि खुस्व’ आलेले प्राप्त गरिन । ‘अर्गनाईजर च्वाईस अवार्ड’ प्रतिक्षा लामाले जितिन् । यस्तै ‘वेष्ट ड्रेस र वेष्ट हेयरकोे उपाधि असीना देउलाले हाता परिन् ।
यसैगरी सो कार्यक्रममा ‘मिस डिसिप्लेन’ को उपाधि एलिसा बज्रचार्यले प्राप्त गरिन भने ‘मिस फेन्डसिप’ को सिम्रन श्रेष्ठले हाँसिल गरिन् । ‘बेष्ट वाक’ को उपाधि मनिसा लामाले पाईन भने ‘मिस स्माइल’ को उपाधि सिजु श्रेष्ठले हाँसिल गरिन । यस्तै ‘मिस फोटोजेनिक’ को उपाधि पुजा गदालले प्राप्त गरिन् । ‘मिस फिजिकल’को उपाधि शताब्दीका गिरीले पाईन् ।
एजुकेशन अर्वाड सुरक्षा श्रेष्ठले हात पारिन ,वेष्ट स्कीन शितल साहले हात पारिन भने मिस ट्यालेन्टको अर्वाड करिष्मा लामाले हात पारिन ।
एसएलसी उतिर्ण गरेका र अब कलेज पढ्ने तरखरमा लागेका किशोरीहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिको लागि सिजन मिडियाले गत ५ वर्ष देखि निरन्तर यो प्रतियोगिता गर्दै आएको आयोजक संथाका अध्यक्ष प्रदीपराज वन्तले कार्यक्रममा बताए ।
यो प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए । सो कार्यक्रममा मनोरञ्जन प्रधान तुल्याउन विभिन्न कलाकारले नृत्य एव् गीत समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रमको निर्णायकमा चलचित्र निर्देशक आकाश अधिकारी, सञ्चारकर्मी विजय पौड्याल, मेगा बैंककी विजनेश डेभलपमेन्ट अफिसर रभिना देशराज श्रेष्ठ, नामी कलेजका फाउण्डर याङ्कीला नामी र शुभतारा स्कुलका शिक्षक प्रेम गुरुङ थिए ।
- See more at: http://www.ratopati.com/2015/07/05/245543.html#sthash.I3s65P7E.dpuf