मलाई हो,कहिल्यै नटुट्ने साथ खोजेको छु
चम्किलो पूर्णीमाको रात खोजेको छु
धेरैले धोका पाएको बयान गर्छन
यहाँ धोका नदिने प्रेमको जात खोजेको छु
पीडैपिडामा जीवन छटपटिएको छ
सहयोग गर्ने दरिला हात खोजेको छु
दिन सक्ने भए प्रस्ताव गरें
मैले त अजम्बरी माया को प्रीत खोजेको छु