We are delighted to show you a selection of clips of New Normal below. If you would like to know more or show the film, please get in touch with BOP via all@boptheatre.co.uk
तल 'New Normal' (न्यु नर्मल) का केही छानिएका क्लिपहरु (दृश्यहरू) तपाईंलाई देखाउन पाउँदा हामी हर्षित छौं। यदि तपाईं यस फिल्मको बारेमा थप जान्न वा यसलाई अन्यत्र प्रदर्शन गर्न चाहनुहुन्छ भने, कृपया all@boptheatre.co.uk मार्फत BOP सँग सम्पर्क गर्नुहोस्।
New Normal - Nepali Audio - BSL and English Captions न्यू नर्मल - नेपाली अडियो - ब्रिटिश सांकेतिक भाषा तथा अंग्रेजी क्यापसन
New Normal - Nepali Audio - NSL and Nepali Captions न्यू नर्मल - नेपाली अडियो - नेपाली सांकेतिक भाषा र नेपाली क्यापसन
New Normal - Nepali Audio - English Audio Description and English Captions न्यू नर्मल - नेपाली अडियो - अंग्रेजी अडियो विवरण तथा अंग्रेजी क्यापसन
New Normal - Nepali Audio - Nepali Audio Description and Nepali Captions न्यू नर्मल - नेपाली अडियो - नेपाली अडियो विवरण तथा नेपाली क्यापसन
Synopsis:
New Normal follows friends Aaravi, Minal, and Smriti as they navigate the past, present, and future after the unexpected arrival of people from the old world—Earth. Why have they come, and how will they adapt? When the trio meets Diya, they quickly realize that their world is about to change in ways they never imagined.
New Normal is an original play which has resulted from an exciting international collaboration between disabled artists in Nepal and Scotland. The play has been developed through 'Unwrap', a series of creative development workshops and weaves ideas and new writing from artists in both countries to create a truly collaborative new work of accessible theatre that explores how the tales we tell and the myths we build can define us and our societies. The play creatively embeds access provisions such as Nepali sign language, captioning and audio description.
About the Directors:
Morna is a disabled theatre-maker, facilitator, director, dramaturg and mentor- working across a multitude of theatre settings in Scotland and internationally since 2009. Morna is passionate about creating space for people who are currently under-represented within the arts to make the work they want to exist in the world.
Gunjan Dixit is a theatre practitioner, director, and educator specializing in applied theatre and socially engaged performance. A Chevening Scholar with a Master’s from the University of Leeds, she co-founded Phulbari Playback Theatre in Nepal. Her work fosters dialogue through artistic interventions, using theatre as a catalyst for social change.
Director's Note:
While we looked to the past and the present to explore the experience of disabled people in Scotland and Nepal, it was the future that became our focus as we started to explore what a more positive and equitable world would be like. This has led us to a unique place where we can bring together all our ideas and directly utilize new writing and personal stories from the group.
Morna McGeoch Fergus Arnott
“Access to theatre is not just about physical spaces; it is about having a voice in shaping narratives, reclaiming visibility, and driving cultural change. This work reinforced that creative access should not be an afterthought but an integral part of artistic practice, woven into storytelling and performance from the very beginning.”
Gunjan Dixit
सारांश:
'न्यु नर्मल' (New Normal) ले साथीहरू आरवी, मिनल र स्मृतिको कथा प्रस्तुत गर्दछ, जसले पुरानो संसार—पृथ्वीबाट—मानिसहरूको अप्रत्याशित आगमनपछि विगत, वर्तमान र भविष्यको सामना गर्छन्। उनीहरू किन आएका हुन्, र उनीहरू कसरी यहाँको वातावरणमा घुलमिल हुनेछन्? जब यी तीन जनाको भेट दियासँग हुन्छ, उनीहरूले छिट्टै महसुस गर्छन् कि उनीहरूको संसार उनीहरूले कहिल्यै कल्पना नगरेको तरिकाले बदलिनेवाला छ।
'न्यु नर्मल' (New Normal) एउटा मौलिक नाटक हो, जुन नेपाल र स्कटल्याण्डका अपाङ्गता भएका कलाकारहरू बीचको एक रोमाञ्चक अन्तर्राष्ट्रिय सहकार्यको प्रतिफल हो। यो नाटक 'Unwrap' (अनर्याप) नामक रचनात्मक विकास सम्बन्धी कार्यशालाहरूको शृङ्खलामार्फत तयार पारिएको हो। यसले दुवै देशका कलाकारहरूका विचार र नयाँ लेखनलाई उनेर पहुँचयोग्य नाटक (accessible theatre) को एक यस्तो पूर्ण सहकार्यात्मक नयाँ सिर्जना तयार पारेको छ, जसले हामीले भन्ने कथाहरू र हामीले निर्माण गर्ने मिथकहरूले हामी र हाम्रो समाजलाई कसरी परिभाषित गर्न सक्छन् भन्ने कुराको खोजी गर्दछ। यस नाटकले नेपाली साङ्केतिक भाषा, क्याप्सन (लिखित संवाद) र अडियो विवरण (audio description) जस्ता पहुँचसम्बन्धी सुविधाहरूलाई रचनात्मक रूपमा समावेश गरेको छ।
निर्देशकहरूबारे:
मोर्ना सन् २००९ देखि स्कटल्याण्ड र अन्तर्राष्ट्रिय स्तरमा विभिन्न रङ्गमञ्च (थिएटर) क्षेत्रहरूमा काम गर्दै आएकी एक अपाङ्गता भएकी नाट्यकर्मी (theatre-maker), सहजकर्ता (facilitator), निर्देशक, ड्रामाटर्ग (dramaturg) र मेन्टर (mentor) हुन्। मोर्ना कला क्षेत्रमा हाल कम प्रतिनिधित्व भएका (under-represented) व्यक्तिहरूका लागि उनीहरूले संसारमा हेर्न वा प्रस्तुत गर्न चाहेको काम सिर्जना गर्न सक्ने वातावरण (स्थान) निर्माण गर्न कटिबद्ध छिन्।
गुञ्जन दीक्षित 'एप्लाइड थिएटर' (applied theatre) र सामाजिक रूपमा जोडिएका प्रस्तुतिहरूमा विशेषज्ञता हासिल गरेकी एक नाट्यकर्मी (theatre practitioner), निर्देशक र शिक्षाविद् हुन्। युनिभर्सिटी अफ लिड्सबाट स्नातकोत्तर गरेकी चिभनिङ स्कलर (Chevening Scholar), उनले नेपालमा 'फूलबारी प्लेब्याक थिएटर' को सह-स्थापना गरेकी हुन्। उनको कामले रङ्गमञ्चलाई सामाजिक परिवर्तनको संवाहक (catalyst) को रूपमा प्रयोग गर्दै कलात्मक हस्तक्षेपमार्फत संवादलाई बढावा दिन्छ।
"हामीले स्कटल्याण्ड र नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको अनुभव बुझ्न विगत र वर्तमानलाई हेरेको भए तापनि, अझ सकारात्मक र समतामूलक संसार कस्तो हुन सक्छ भन्ने सोच्न थालेपछि हामीले हाम्रो नाटकको कथावस्तुका लागि भविष्यलाई रोज्यौं। यसो गर्दा हामीले हाम्रा सबै विचारहरू र समूहका व्यक्तिगत कथाहरूलाई एकसाथ समाहित गर्न सक्यौं।"
मोर्ना म्याकजिओच फर्गस अर्नोट
"रंगमञ्चमा पहुँच भनेको केवल भौतिक स्थानहरूको कुरा मात्र होइन; यो कथावस्तु निर्माणमा आफ्नो आवाज राख्ने, आफ्नो उपस्थिति पुनर्स्थापित गर्ने, र सांस्कृतिक परिवर्तन ल्याउने कुरा हो। यस नाटकको निर्माणले पुष्टि गर्यो कि सिर्जनात्मक पहुँच कुनै पनि कलाका माध्यममा पछिबाट थपिने कुरा होइन, बरु यो कलात्मक अभ्यासको अभिन्न अंग हुनुपर्छ, जुन सुरुदेखि नै कथा भन्ने र प्रस्तुतिमा बुनिएको हुनुपर्छ।"
गुञ्जन दीक्षित