Download Our Mobile App
पाठ १ : वीर पुर्खा (कविता) – वासुदेव त्रिपाठी | सम्पूर्ण प्रश्नोत्तर र व्याकरण अव्यास | Class 11 Nepali Guide | SBN ONLINE SCHOOL
२. दिइएका अर्थ दिने शब्द पाठबाट छानेर लेख्नुहोस् :
गिद्ध प्रजातिको ठूलो पंक्षी विषेश – गरुड
प्रवाह – वेग
डाम – डोब
गौँडा – नाका
पुरुषार्थ – पौरख
३. तल दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :
पर्वत
पर्वत जिल्ला सामान्य पहाडी जिल्ला सरहकै भौगोलिक बनावट भएको सुन्दर जिल्ला हो ।
तिर
हामी माछा मार्नको लागी तीरमा जान्छौं ।
बहादुर
तपाईं बहादुर र बलियो हुनुहुन्छ ।
सङ्केत
दयालु व्यक्तिको अनुहारमा सहानुभूतिको संकेत थियो ।
नभ
नभको सुन्दर दृश्य हेर्न म कौशीमा गए ।
समुद्र
समुद्रको पानी नमकीन थियो ।
पाषाण
पाषाण काललाई ढु्गा युग भनिन्छ ।
झन्डा
हरेक बिहान झण्डालाई पोल मा उठाइन्छ ।
४. दिइएका शब्दसँग मिल्ने अनुप्रासयुक्त शब्द खोज्नुहोस् ।
आँधी : बाँधी
वेग : भेग
खोला : होला
तराई : पराई
धारा : भारा
माटो : बाटो
रगत : जगत
गौरव : सौरव
यात्रा : जात्रा
१. कविता पढी दिइएका प्रश्नको उत्तर दिनुहोस् ।
क) कवितामा कतिवटा श्लोक छन् ?
कवितामा चारवटा श्लोक छन् ।
ख) कुन कुन पङ्क्तिमा सबैभन्दा बढी पद रहेका छन् ?
पहिलो पङ्क्तिमा सबैभन्दा बढी पद रहेका छन् ।
ग) समान पदसङ्ख्या भएको श्लोक कुन हो ?
समान पदसङख्या भएको श्लोक दोस्रो हो ।
घ) कुन पङ्क्तिमा सबैभन्दा कम पद रहेका छन् ?
तेस्रो पङ्क्तिमा सबैभन्दा कम पद रहेका छन् ।
ङ) कवितामा प्रयोग भएका नदी र स्थानको सुची बनाउनु होस् ?
नदी : टिस्टा, रावी, वेत्रावती, हिमनदी
स्थान : हिमाल, पहाड, तराई, काँगडा, डिगर्चा
२. ‘ वीर पुर्खा ‘ कविताको पहिलो श्लोक पढी त्यसलाई गद्यमा रुपान्तरण गर्नुहोस् ।
वीर पुर्खाको साहसलाई विश्वका कुनै पनि शक्तिले रोक्न सकेन । उनीहरुको आइपर्ने कुनै खोला, पहाड एवम् आधीले उनीहरुको वीर यात्रा छेक्न रोक्न सकेन । वीर पुर्खाको वेग गरुडझै थियो जुन कुनै आकाशले बाध्र सकेन । वीर पुर्खाको पौरखले तराई, पहाड र हिमाललाई एक बनाई नेपालको रचना
भयो ।
३. कविता पढी विषयको क्रम मिलाएर लेख्नुहोस् ।
ख) वीर पुर्खाको गतिलाई खोला र आँधीले रोक्न सक्दैन ।
ङ) पुर्खाको पौरखले नेपालको पहाड र तराईलाई जोडेको छ ।
घ) काँगडा र कलङ्गाले नेपालको इतिहास बोलेको छ ।
ग) वेत्रवेतीमा किनारमा नेपालीको पौरखको चिनो छ ।
क) वीर पुर्खाको रगत नेपालीको नसा नसामा छ ।
४. दिइएको कवितांश पढ्नुहोस् र सङ्क्षिप्त उत्तर लेख्नुहोस् ।
क) माथिको कवितांशमा हाम्रा पुर्खाहरुको बारेमा के भनिएको छ ?
नेपाली साहित्यका जाज्वल्यमान प्रतिभा कवि प्रा.डा वासुदेव त्रिपाठीद्वारा लिखित ‘वीर पूर्खा’ नामक कविता राष्ट्रप्रेम र देशभक्तिको भावनाले ओतप्रोता एक ऊकृष्ट रचना हो । यस कवितामा हाम्रा वीर पुर्खाहरूको त्याग, समर्पण र साहसको बारेमा विशेष चर्चा गरिएको छ । हाम्रा पुर्खाहरूले ज्यानको बाजी लगाएर सिङ्गो नेपाल निर्माण गरेका हुन् । उनीहरु शत्रुसँग कहियै पनि डराउन र हार्न जानेनन । शत्रुहक हाम्रा पुर्खाको नाम सुनेर काम्थे । हाम्रा पुर्खाको विजय यात्राको गतिलाई कुनै खोला, पहाड र आँधीले रोक्न सकेन ।
हाम्रो देशको इतिहासको पानामा वीर पुर्खाको तातो रगत बगेको छ । उनीहरू ऊतरमा तिब्बतको डिगन डिगर्चासम्म पुगेका थिए । वेत्रवती किनारमा हाम्रा पुर्खाको चिनो छ । उनीहरूको बहादुरी साँच्चै नै अद्भूत छ । उनीहरुको कौशलता, युद्ध चातुर्य र बाहादुरीको परिणाम स्वरूप विशाल र अखण्ड नेपाल बनेको हो । विदेशीसँग युद्ध गर्ने क्रममा उपाधुनिक मेसिन गन र तरबारका सामु नेपालीहरूले खुकुरी, गुलेली र ढुङ्गाको भरमा युद्ध जितेका थिए । हाम्रा पुर्खाको बहादुरी साँच्चै नै प्रशंसनीय र उल्लेखनीय भएको कुरा कविताँशमा बताइएको छ ।
ख) हामीले हाम्रा पुर्खाको गौरव कसरी जोगाउन सक्छौ ?
नेपाली साहित्यका विशेष प्रतिभा कवि वासुदेव त्रिपाठी ( वि.सं १९९९) द्वारा रचित ‘वीर पुर्खा’ कवितामा हाम्रा वीर पुर्खाको गौरवगान गरिएको छ । साँच्चै नै उनीहरूको बहादुरी, साहस, समर्पण, बलिदान र देशको रक्षाका लागि योगदान कदरयोग्य र गौरव गर्न लायक थियो ।
हामीले पनि हाम्रा पुर्खाको गौरव जोगाउनु पर्छ। हामी सधै देशको रक्षाका निम्ति एकजुट भएर लाग्नुपर्छ। हामी परिआएको खण्डमा शत्रुको घाटी काट्न पछि पर्नु हुँदैन । हामी नेपालीहरू अहिलेसम्म कसैको सामु घोडा टेकेको छैनौ र टेक्न पनि हुँदैन। हामीले नेपाललाई कहिल्यै पनि खण्ड हुन दिनु हुँदैन । हामीले हाम्रो सार्वभौमिकता र स्वाभिमान सदा कायम गर्नुपर्छ । वीर पुर्खाले देखाएको बाटोमा लाग्नु हाम्रो प्रमुख दायित्व हो । देशद्रोही र भष्टचारीलाई कडा भन्दा कडा सजाय दिनु नै पहिलेको आवश्यकता देखिन्छ । हाम्रो देशका निर्माता वीर पृथ्वीनारयण शाहले घुस लिने र दिने देशका शत्रु हुन् भन्ने भनाइलाई अग्रसर गर्दै देशका भ्रष्ट व्यक्तिलाई देश निकाला गर्नुपर्छ । हामीले एक हात जमिन पनि छिमेकी देशलाई मिच्न दिनु हुँदैन । हाम्रा वीर पुर्खाको बहादुरले आर्जेको जमिन ; लिम्पियाधुरा, कालापानी र नालापानी दिनानुदिन मिचिदा पक्कै पनि पुर्खाको आत्माले शान्ति पाउन सकेको छैन । त्यसकारण वर्तमान परिपक्षमा राजनैतिक, कूटनीतिक र आवश्यक परे युद्ध नै किन नहोस हामीले देशलाई रक्षा र माया गरेर देशको सिमाना जोगएर पुर्खाकी गौरव जोगाउन सकिन्छ।
ग) `सागर तरी संसारभरि वीर गोर्खा रगत बग्यो ।´ यस कथनको तात्पर्य के हो ?
वासुदेव त्रिपाठीद्वारा रचित ‘वीर पुर्खा’ कवितामा हामा पुर्खाको बलिदान, त्याग र बहादुरीको चर्चा गरिएको छ। हाम्रा वीर पुर्खाको विजय यात्राको गतिलाई कुनै खोला, पहाड र आधीले रोक्न सकेको थिएन। हाम्रा पुर्खामा आकाशमा स्वतन्त्र उड़ने गुरुड़को जस्तो वग थियो । उत्तरमा तिब्बतको डिगर्चा, पश्चिमको राबी नदी र साथसाथै काँगडा, कलङ्गा, टिस्टा, गङ्गा, वेत्रावतीको किनारमा हाम्रा वीर पूर्खाको बहादूरीको गीत गुन्जिरहेको छ। उनीहरूले जहाँ टेक्यो त्यहाँ जीत निश्चत नै हुन्थ्यो । हाम्रा वीर पुर्खाले धेरै टाढासम्म पुगेर तातो रगत बगाउँदै शत्रूलाई परास्त गरेका थिए । प्रथम र दोस्रो युद्धमा हाम्रा वीर पुर्खाको योगदान उल्लेखनीय छ । उनीहरूको साहस बहादुरिको प्रशंसा संसारभरि गरिन्छ ।
५. तलको कवितांश पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् ।
क) नेपालीहरुको कस्तो पौरखले नेपालको रचना भएको हो ?
नेपालीहरुको अदम्य साहस, देशभक्ति एवम् वीरताले र खोलाको गति जस्तो, आधी र गरुडको वेग जस्तो नेपालीहरूको पौरखले पहाड, हिमाल र तराइलाई एक वनाई नेपालको रचना भएको हो ।
ख) कवितांशका आधारमा हाम्रा वीर पुर्खाको गौरव गाथाको वर्णन गर्नुहोस् ?
कुनै पहाड वा खोलाले हाम्रा वीर पुर्खाको पाइलालाई रोक्न सकेन । आँधीको वेगले पनि उनीहरूको यात्रालाई रोक्न सकेन । गरुडको वेग जस्तो पुर्खाको यात्रालाई कसैले छेक्न सकेन आफ्ना अगाडि बढेका पाइलालाई नरोकी आफ्नै पौरखले यस देशको निर्माण हाम्रा पुर्खाले गरेका हुन् भनी उनीहरूको गौरव गायाको वर्णन गरिएको छ ।
६. `वीर पुर्खा´ कविताको चौथो श्लोकलाई मुख्य आधार बनाई दिइएका प्रश्नहरुको उत्तर दिनुहोस् ।
क) नेपालीहरुको वीरता कसरी गुन्जिएको छ ?
सत्रुहरूले नाका थुनेर पनि वीर नेपालीहरूलाई छेक्न सकेका छैनन्। आफ्नो देश र जनताका लागि वीर नेपालीले आफ्नो रगत बगाउन पछि हटेका छैनन् भन्दै नेपालीहरूको वीरताको प्रशंसा गरेका छन्।
ख) चन्द्रसूर्य ध्वजामा कस्तो गौरव अङ्कित छ ?
नेपाल राष्ट्र निर्माण गर्ने वीर गोर्खालीहरूले आफ्नो रगत बगाएका थिए भन्ने गौरव गाथा चन्द्रसूर्य ध्वजामा अक्ति छ ।
७. दिइएको कवितांशको व्याख्या गर्नुहोस् ।
प्रस्तुत कवितांश कक्षा ११ अनिवार्य नेपाली किताबको वीर पर्खा कविताबाट साभार गरिएको हो । यस कविताका रचनाकार कवि वासुदेव त्रिपाठी (वि.स १९९९) हुन् । हाम्रा वीर पुर्खाको बलिदान, साहस, बहादूरी र पौरखको कारणले नै सिंगो नेपाल जुट्न सकेको कुरा बताउने क्रममा माथिको अशं आएको हो।
हाम्रा वीर पुर्खाको विजय यात्राको गतिलाई कुनै खोला, पहाड र आधौले रोक्न सकेको थिएन । उनीहरूमा आकाशमा स्वच्छ्न्द उड़ने गरुडको जस्तो वेग थियो । उनीहरूलाई देखेर शत्रुको पनि खुट्टा काम्ने गर्थ्यो । उनीहरू मर्न तयार भए तर हार्न कहिल्यै जानेनन् । नेपालको इतिहास फर्केर हेर्दा यो देशमा कुनै पनि शक्तिले आफ्नो साम्राज्य खडा गर्न सकेन। न त कुनै साम्राज्यवादी शक्ति सामु घुँडा टेवन पयो । हाम्रो देश नेपाल यतिकै निर्माण भएको होइन । पृथ्वीनारायण शाह, बलभद्र कुँवर लगाप्तका हजारौ नेपालीको त्याग, बलिदान र सत्प्रयासबाट बनेको हो । शुरवीर पौरखी पुर्खाले हिमाल, पहाड र तराईलाई जोडेर नेपाल बनाएका हुन् ।
अतः हाम्रा पुर्खाले देशलाई जुटाउन पुऱ्याएको योगदान साच्चै नै उल्लेखनीय थियो । उनीहरुको वेग गतिका सामु सत्रुहरू फिक्का रहेको विचारा प्रकट भएको प्रस्तुत कविता, देशप्रेमको भावनाले ओतप्रोत भएको ऊकृष्ट कविता हो।
८. दिइएका बुँदाका आधारमा ‘वीर पुर्खा” कविताको समीक्षात्मक टिप्पणी गर्नुहोस् ।
टिप्पणी
‘वीर पुर्खा’ कविता कवि वासुदेव त्रिपाठी (वि.सं १९९९) द्वारा रचिएको कविता हो । उनले यस कवितामा राष्ट्रप्रेमको भावनाले ओतप्रोत भएर अथवा देशभक्तिको भावनाले अभिप्रेरित भइ यो कविता रचना गरेका हुन।
हाम्रा पुर्खामा आकाशमा स्वच्छन्द उड़ने गरुडको जस्तो वेग थियो । उनीहरुको यात्रालाई कुनै खोला, पहाड आँधीले रोक्न सकेको थिएन । हाम्रा शुरवीर पौरखी पुर्खाले तराई, पहाड र हिमाललाई जोडेर नेपाल बनाएका हुन् । उनीहरुकै कारणले आज नेपाल विश्वमानचित्रमा अट्न सफल भएको छ । हाम्रा वीर पुर्खाको बहादूरीको गीत टिस्टा र राबी नदी तथा काँगडा, कलागी र गंगा सम्म अहिले पनि गुन्जिरहेको छ । उनीहरुको पौरखी पाइला ऊतरमा तिब्बतसम्म पुगेको थियो । उनीहरूको विजय यात्रालाई मित्रताले मात्र रोकेको थियो । छिमेकी मुलुकसँगक व्यापारलाई मजबूत बनाउन हाम्रा पुर्खाले मितेरी साइनो र विभिन्न सन्धिहक गरेका थिए । हाम्रा पुर्खाको सामर्थ्य कसैले रोवन सकेनन । नेपाली भूमिमा मात्र नभएर विश्वयुद्धमा समेत विश्वका अकृष्ट वीर गोर्खालीका रूपमा आफ्नो पहिचान बनाएका थिए। आज पनि वीर पुर्खाको रगत हाम्रो नसा नसामा बगिरहेको छ।
यस कविताको शीर्षक ‘वीर पूर्वां’ अभ्यन्त सार्थक देखिएको छ किनभने यस कवितामा हाम्रा वीर पुरवले हाम्रो स्वाभिमान, सार्वभौमिकता र अखण्डता रक्षाका लागि पुर्याएको विशेष योगदानको चर्चा गरिएको छ। चार श्लोक रहेको कवितामा प्रत्येक श्लोक असाध्यै राम्रा छन् । तृतीय पुरुषमा लेखिएको कविताको यात्रा भाषा अत्यन्त सरल छ। राष्ट्रप्रेम र देशभक्तिको भावनाले ओतप्रोत यस कविता अत्यन्त उत्कृष्ट रचना हो ।
९. दिइएको अनुच्छेद पढी मुख्य मुख्य बुँदाहरु टिप्नुहोस् ।
– इतिहासकारले सत्य घटनालाई रोचक बनाउन काल्पनिक कुरालाई जोड्नु,
– मानिसलाई मनोरञ्जन दिलाउने साधनको रूपमा पहिले इतिहासलाई साहित्यको एक अग मान्नु,
– इसापूर्व पाँचौँ शताब्दीतिर केही चिन्तकहरू इतिहासलाई तथ्यपूर्ण बनाउन प्रयत्नशील हुनु,
– प्रथम इतिहासकार हेरोडोटसले इतिहासलाई कथा र दन्त्यकथाभन्दा अलग ढड्गले लेख्ने प्रयत्न गर्नु,
– अरिस्टोटलले इतिहासलाई दार्शनिक चिन्तनका रूपमा लिनु, मध्यकालमा इतिहासलाई धर्मसंग गासेर अध्ययन र परिभाषा गर्नु,
– सोह्रौ सत्रौं शताब्दीमा युरोपमा आएको पुनजांगरणले इतिहास लेखनलाई तथ्यपूर्ण बनाउनु,
– आधुनिक युगमा प्राचीन इतिहासको खोजीको प्रक्रिया तीव्र भई इतिहास एउटा छुट्टै विधाका रूपमा स्थापित हुनु।
१०. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नहरुको जवाफ दिनुहोस् ।
क) भाषा भनेको के हो ?
भाषा भनेको त्यस्तो व्यवस्था हो, जसका सहायताले समाजका व्यक्तिहरु आफ्नो विचार विनिमय गर्दछन् ।
ख) भाषाका विशेषताहरु बताउनुहोस् ।
भाषाका विशेषताहरु सिर्जनात्मकता, यादृच्छिकता, सान्दर्भिकता, द्वैधता, मौखिकता, श्रावणिकता आदि हुन् ।
ग) `वाक्प्रतिक´ र `यादृच्छिक´ शब्दको अर्थ लेखी वाक्यमा प्रयोग गर्नुहोस् ।
वाक्प्रतिक: बोलीले कुनै वस्तुलाई चिनाउने काम
भाषा वाक्प्रतिकको व्यवस्था हो।
यादृच्छिक: स्वतः विकसित र स्थापित हुने
भाषा यादृच्छिक हुन्छ ।
घ) यस अनुच्छेदको पहिलो वाक्यलाई संयुक्त वाक्यमा बदल्नुहोस् ।
भाषा यादृच्छिक वाक्प्रतिहरुको व्यवस्था हो त्यसैले यसको सहायताले समाजका व्यक्तिहरु आफ्नो विचार विनिमय गर्दछन् ।
१. कथ्य नेपालीमा नभएका वर्णहरु कुन कुन हुन् लेख्नुहोस् ।
क) कथ्य नेपालीमा नभएका स्वर वर्णहरु : ई, ऋ, ऎ, औ, अं, अ: हुन् ।
ख) कथ्य नेपालीमा नभएका व्यञ्जन वर्णहरु : ञ, ण, ष, श, क्ष, त्र, ज्ञ हुन् ।
२. दिइएका लेख्य वर्णहरुको उच्चारण कस्तो हुन्छ, लेख्नुहोस् :
३. दिइएको कवितांशबाट गाढा वर्ण टिपी तिनको उच्चारण स्थान छुट्टाउनुहोस् ।
४.`काँगडा र कलङ्गाको ढुङ्गा माटो बोल्छ होला´पङ्क्तिमा रहेका सग्ला व्यञ्जन वर्णलाई उच्चारण स्थानका आधारमा पहिचान गरि सुचीबद्ध गर्नुहोस् ।
५. दिइएको अनुच्छेदबाट पाँचवटा सघोष र पाँचवटा अघोष वर्ण खोजी लेख्नुहोस् ।
सघोष वर्ण : य, र, ल, भ, म ।
अघोष वर्ण : क, थ, त, ख, प ।
६. दिइएको पङ्क्तिबाट पाँचवटा अल्पप्राण र पाँचवटा महाप्राण पहिचान गर्नुहोस् ।
अल्पप्राण : ग, व, त, च, ल ।
महाप्राण : स, ह, ख, भ, घ ।
७. दिइएका वर्णहरुको उच्चारण स्थान र प्राणत्वको पहिचान गर्नुहोस् । (क, झ, ट, त, फ, ह)
८. उच्चारण प्रयत्न र घोषत्वका आधारमा दिइएका वर्णहरुको पहिचान गरी लेख्नुहोस् । (ख, छ, स, न, य, ब)
९. उच्चारण स्थान र घोषत्वका आधारमा दिइएका व्यञ्जन वर्गको वर्गीकरण गर्नुहोस् । (घ, द, छ, ह, फ, य)
१०. उच्चारण प्रयत्न र प्राणत्वका आधारमा दिइएका व्यञ्जन वर्णको वर्गीकरण गर्नुहोस् । (म, स, ठ, ज, थ, र )
पाठ २ : गाउँको माया (कथा) – इस्माली | सम्पूर्ण प्रश्नोत्तर र व्याकरण अव्यास | Class 11 Nepali Guide | SBN ONLINE SCHOOL
१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् ।
क) कोला = खेतको गरो
ख) आर्द्र = नरम ; रसिलो
ग) क्रीतदास = पैसा दिएर दास बनाएको
घ) ओरहा = पूर्ण नपाकेको मकै, गहुँलाई पोलेर तयार पारेको खानेकुरा
ङ) ठालु = गाउँबस्तीमा आफ्नो हैकम जमाउने मान्छे
२. दिइएका अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस् ।
क) स्वतन्त्र = उन्मुक्त
ख) कपडाको भकुन्डो = गिर
ग) अड्काउ = अल्झो
घ) भिन्न हुनाको अभाव = पृथक्ताबोध
ङ) अर्काको काम गरिदिएबापत पाइने परिश्रमिक = वनी
च) इज्जत = अभिमान
३. दिइएका शब्दहरुको अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् ।
क) नौटङ्की
विक्रेताको नौटंकी हामीलाई नयाँ सामान किन्ने प्रलोभनमा थियो ।
ख) रिहर्सल
हामीले ६ दिनको लागि नित्यको रिहर्सल गरेका थियौं ।
ग) हुटहुटी
रामलाई आफ्नो परिवार भेट्न पाउदा हुटहुटी भैरहेको थियो ।
घ) आली
किसानहरु आलीमा बसेर चिया पिउदै छन् ।
ङ) अन्तराल
छोटो अन्तरालपछि चलचित्र सुरु हुदै छ ।
च) कृपापात्र
परिछन जस्ता धेरै जनताहरू अझै मालिकको कृपापात्र बनेर बसेका छन् ।
छ) नासो
बाबु बाजेले छोडेर गएको नासोलाई आजपनि परिछन जस्ता व्यक्तिहरूले निरन्तरता दिएका छन् ।
ज) रण
परिछन जस्ता गरिब र खेत मालिकहरूबीच रण भएको थियो ।
झ) मानसपट
परिछन, बुधना र रामदरसको मानसपटमा सदा वनी कसरी बढाउन सकिन्छ भन्ने कुरा खेलिरहन्छ ।
४. दिइएका टुक्काहरुको प्रयोग गरी एउटा अनुच्छेद तयार पार्नुहोस् ।
परिछन, बुधना, वखतवहादुर र कृष्ण मिल्ने गाउँका साथी हुन् । परिछन अर्काको घरमा हली बसेको छ। भोलि यस कार्यको बिँडो परिछनको छोरोले थाम्छ । परिछनले आफ्नो पाखुरी वजारेकै भरमा मालिकलाई खुसी बनाएको छ । आफ्ना गरिब साथीहरूको परिश्रम मेहेनत देखेर कृ्ष्णजी लाजले पानी पानी भएको थियो । जमिनदारहरूले गरिव जनतालाई केही क्रण दिएर उनीहरूलाई जीवनभर आफ्नो बसमा पार्थे । अर्काको घरमा बसेर काम गर्ने भए पनि परिछन, बुधना, रामदरस, कृष्ण साथीहरूसँग हातेमालो गर्थे ।
५. कक्षामा छलफल गरेर माथिका बाहेक अरु प्रचलित दशवटा टुक्का खोजेर लेख्नुहोस् ।
नाक काट्नु , खुट्टा तान्नु , कानमा तेल हाल्नु , रातो मुख लगाउनु , कन्सिरी तात्नु , श्रीगणेश गर्नु , हावा लाग्नु , सुइँको पाउनु , टाउको खानु , आलु खानु ।
१. `गाउँको माया´ कथा पढी दिइएका प्रश्नहरुको उत्तर दिनुहोस् ।
क) यस कथामा कतिओटा अनुच्छेद छन् ?
यस कथामा १४ ओटा अनुच्छेद छन् ।
ख) सातौं अनुच्छेदमा कतिओटा वाक्य छन् ?
सातौं अनुच्छेदमा २ ओटा वाक्य छन् ।
ग) कृष्णको प्रवेश कुन अनुच्छेदमा भएको छ ?
कृष्णको प्रवेश तेस्रो अनुच्छेदमा भएको छ ।
घ) `म´ पात्र किन गाउँ गएको हो ?
गाउँको मायाले गर्दा म पात्रा गाउँ गएको हो ।
ङ) कथामा आदि, मध्यम र अन्त्यका मुख्य मुख्य घटना टिपोट गर्नुहोस् ।
आदि भाग
– दुई वर्षदेखि आफ्नो गाउँ ज्ञान चाहेका कृ्ष्ण यसपटक गाउँ गएका छन् ।
– गाउँको मायाले र त्यहांको वातावरणले उनलाई धेरै नै तानेको थियो ।
– आफ्ना धेरै साथीहरू गाउँमा गरिवीका कारण अर्काको घरमा हली वसेर जिविकोपार्जन गरिरहेका छन् ।
– कृष्णले राम्रो पढाइका कारण उ सहर गएर पढ्न पाएको छ ।
मध्य भाग
-. कृष्णको घर आउँदा वाटामा आफ्नो पुरानो साथी परिछनसँग भेट हुन्छ ।
– परिछन गरिब भएकै कारण अर्काको घरमा काम गरेर जिविको पार्जन गर्छन् ।
– आफूले काम गरेको पारिश्रमिक वढाउनुपन्यो भनी मालिकविर्द्ध आवाज उठाउंदा मालिकहरूले उनीहरूलाई नै फुटाएर पारिश्रमिक नवढाएकोमा अत्यन्तै दु:खी भएका छन् ।
अन्त्य भाग
– यसरी मालिकहरूले गरिवलाई गरेको थिचोमिचो विरुद्ध संधै लाडरहने कुरा परिल्लनले कृष्णलाई सुनाए ।
– यस्तो अन्याय अत्याचार सहेर पनि परिछन जस्ता मानिस त्यसको विरुद्धमा लडिरहेछन् ।
– आफ्नो गाउँमा भएको अन्याय, अत्याचार, शोषण, गरिवीलाई समेटेर एउटा नाटक लेख्न परिछनले कृष्णलाई अनुरोध गरेका छन् ।
– यसरी धेरैबेर आफ्नो पुरानो साथीसंग गफ गरेर कृष्ण आफ्नो घरतर्फ लागेका छन् ।
२. गाउँको माया कथाका आधारमा दिइएका घटनाक्रमलाई क्रमबद्ध रुपमा लेख्नुहोस् ।
ग) `म´ पात्र करिब दुई वर्षपछि आफ्नो गाउँले जीवनका अनेक घटना सम्झिदै गाउँतिर फर्किनु,
ङ) परिछनले जयरामजीकी भनी बोलाएको आवाजले `म´ पात्र झस्किनु,
छ) परिछनसँग गाउँका अनेक दुखसुखका कुराकानी गर्नु,
झ) परिछन खोला छेउको कुवामा पानी लिन जानु र `म´ पात्रले खोलाका राम्रा नराम्रा पक्षमा सोच्नु,
क) पानी लिएपछि परिछनले गाउँका ठालुका कारण गाउँमा तीन पाटी भएको कुरा सुनाउनु,
घ) तिमी गाउँमै भए ठालुहरुले यसरी सताउन नसक्ने कुरा परिछनले `म´ पात्रलाई बताउनु,
ख) `म´ पात्राले तिमीहरुकै कारणले गाउँ प्रगतिको पथमा छ भन्दै राम्रो कामको श्रेय परिछनलाई दिएर सम्मान प्रकट गर्नु,
च) महावीरजीको झन्डा मेलामा गाउँकै घटनाहरु राखेर परिछनले `म´ पात्रलाई नाटक लेख्न अनुरोध गर्नु,
ज) गाउँमा टेक्न नपाउँदै एउटा गहन जिम्मेवारी पाएको कुरा सोच्दै `म´ पात्र घरतिर लाग्नु ।
३. गाउँको माया काथाका संवादका क्रममा अन्य भाषाबाट आएका केही वाक्यहरु पनि छन् । छलफल गरि ती वाक्यहरुको अर्थ पत्ता लगाउनु होस् ।
क) “जब उतर गए रण पे तो पिछे हटना क्योँ ?”
कुनै कामको थालनी गरिसकेपछि पूरा नगरी पछाडि हट्नु हुन्न ।
ख) “ह गोलो , फुर्ती से चाल बढाके ।”
श्रमरत हुदाँ फुर्तीले पाइला अगाडि बढाउनुपर्छ ।
ग) “गाई चारवाहा टुअर-टापर, भैँस चारवाह चोर । बाकरी चारवाह छिनर-छानर, ताके चार ओर।”
गाई भैंसी वा बाख्रा चराउँदा नै किन नहोस् सधै चनाखो भई चारैतिर हेर्नुपर्छ ।
४. “जमाना थियो….उनीहरुसँग मिसिन्थेँ “काथांश पढी सोधिएका प्रश्नहरुको सङ्क्षिप्त उत्तर दिनुहोस् ।
क) `म´ पात्रलाई पढाउनुपर्छ भनी उत्साह भर्ने को थिए ?
`म´ पात्रलाई पढाउनुपर्छ भनी उत्साह भर्ने `म´ पात्रको गाउँका छिमेकीहरु थिए ।
ख) परिछनको नियति कसरी पुस्तान्तरण भएको हो ?
आथिर्क अवस्था कम्जोर भएकाले परिछनको नियति पुस्तान्तरण भएको हो ।
ग) यस अनुच्छेदमा प्रयुक्त लोकगीतको अंशले दिने विचारप्रति आफ्नो धारणा व्यक्त गर्नुहोस् ।
यस अनुच्छेदमा शिक्षा र चेतनाको कमी भएका ग्रामीण सरल नागरिकहरु गाई, भैंसी वा बाख्रा चराउँदा जुनसुकै बेलामा पनि चनाखो भएर हेर्नुपर्ने नत्र गाई, भैंसी वा बाख्राले खेतेपातीमा क्षति पुर्याउन सक्ने भनी गोठाले जीवनको सरल ग्रामीण जीवनको सङ्केत गरेको पाइन्छ ।
घ) `म´ पात्रले परिछन लगायतका बालदौंतरीसँग सम्बन्ध सुधार्न के के गर्यो होला ?
`म´ पात्रले परिछन लगायतका बालदौंतरीसँग सम्बन्ध सुधार्न विद्यालय विदा परेको बेला कहिले ओराहा खाने, कहिले गिर खेल्ने, कहिले कपर्दी खेल्ने वा त्यस्तै केही निहुँ पारेर उनीहरुसँग मिसिने, खेल्ने गर्थे ।
ङ) यस अनुच्छेदको मुख्य सन्देश के हो ?
यस अनुच्छेदको मुख्य सन्देश आफ्ना बाल्यकालका साथीलाई कहिलै बिर्सिनु हुदैन भन्ने हो ।
५. दिइएको कथांश पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् ।
क) खोलाले रुवायो भन्ने कुरा मात्र गर्दा कसरी अन्याय हुन्छ ?
खानेपानीको आपुर्तिदेखि लिएर गाईवस्तुलाई खुवाउने र खेतीबारीम सिँचाइ गर्ने गाउँलेहरु खोलामानै निर्भर छन् । तेसैले खोलाले पुर्याउने सामान्य असरभन्दा खोलाको फाइदा नै बढी भएकाले खोलाले रुवायो भन्ने कुरा गर्दा अन्याय हुन्छ ।
ख) `म´ पात्रका खोलासँगका बालअनुभुति कस्ता छन् ?
खोलामा बाढी आएको बेला गाई, भैसीको पुच्छर समातेर बाढी तरेको, खोलामा उर्लेर भेलबाढी आएको बेला रमाउँदै खोलाको किनारमा बसेर बाढीको आनन्द लुटेको आदि जस्ता म पात्रका खोलासँगका बालअनुभुतिहरु अत्यन्त रमाइला एवम् अविस्मरणीय छन् ।
६. दिइएको कथांश पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् ।
क) कृष्णलाई सबैले किन सम्मान गरेका हुने ?
‘गाउँको माया’ कथाको प्रमुख पात्र कृष्ण शिक्षित, देशप्रेमी, जन्मभूमिलाई औधी माया गर्ने व्यक्ति हो। ऊ पढेलेखेको भएता पनि उ भित्र कति पनि घमण्ड छैन। उसले सबैलाई एउटै नजरले हेर्छ। सधै सकारात्मक सोच्ने र अरूको हित मा काम गर्न तयार कृष्णलाई सबैले सम्मान गर्नुको मुख्य कारण ऊ भित्र भएको सद्गुण नै हो। गाउँलेहरुले उसलाई अभिमान र इज्जतका रुपमा हेर्छन्।
ख) पढेलेखेका मान्छेले गाउँ छोड्यो भने गाउँमा कस्तो असर पर्छ ?
पढेलेखेको मान्छेले गाउँ छोडे भने गाउँमा अशिक्षित धनी व्यक्ति र गाउँका ठूला व्यक्तिले एकलौटी रजाइँ गर्छन्। यस्तो रजाइँको चपेटामा गाउँ का गरिब वर्ग पर्छन्। कथाको सन्दर्भमा पनि कृष्ण एक पढेलेखेको मान्छे भएतापनि गाउँमा अनुपस्थित रहनाले समाजको गरिब वर्गलाई अगुवाई गर्ने व्यक्तिको अभाव भएको छ। यसकारण परिछन जस्ता गरिब वर्गका व्यक्ति आफ्नो साउन र गाउँका ठूला व्यक्ति दमन अत्याचार र एकलौटी रजाइँ चपेटामा परेका छन्।
७. व्याख्या गर्नुहोस् :
क) हाम्रा गाउँमा पनि साच्चैका मान्छेहरु रहेछन् जो जीवनलाई बुझ्दै छन् ।
प्रस्तुत कथांश कक्षा ११ अनिवार्य नेपाली किताबको ‘गाउँको माया’ भन्ने सामाजिक यथार्थवादी कथाबाट साधार अवतरण गरिएको हो । समाजका सूहम विषयलाई केन्द्रमा राखेर साहित्य रचना गर्ने कथाकार इस्माली द्वारा यस कथा लेखिएको हो । प्रस्तुत भनाई दुई वर्ष पछि आफ्नो गाउँ फर्केको कृष्ण भाइले पठाएको चिठी सम्झदै गाउँमा समाज परिवर्तनका संकेत देखिन थालेछन्, साथसाथै गाउँका मानिस बुमने भइसकेका कुराको बोध गर्ने क्रममा आएको अभिव्यक्ति हो।
यस कथाको मुख्य पात्र कृष्ण पैसा कमाउन विदेशिएका थिए। आफु गाउँमा हुदा सबै कुरा परम्परागत र सामान्य भए पनि विस्तारै गाउँमा आधुनिकता र विकास आउन थालेको कुरा थाह पाएपछि कृष्ण निकै खुसी छन् । गाउँको सुरबद् समाचारले परदेशीको मनमा पर्ने प्रभाव यसमा व्यक्त भएको छ । आफ्नो गाउँ पनि केही हो र यहाँ केही हनसक्छ भन्ने उर्जा उसको मनमा पलाएको छ । गाउँमा केही राम्रो काम भयो गाउँलेकै जीवन सार्थक हुन्छ भन्ने उसको बुझाइ छ । गाउँ अब विकासको बाटो तर्फ लम्कने कुरामा ‘म’ पात्र कृष्ण आशावादी छन् ।
यसरी माथिको कथाशंमा जन्मभूमि प्रतिको प्रेम भाव व्यक्त भएको छ । विदेश जानुको साटो पढेलेखेका युवाहरू गाउँलाई विकास तर्फ लग्नुपर्छ र परम्परागत जीवनशैलिलाई आत्मसाथ गर्दै आधुनिकता को यात्रामा लम्कनुपर्छ भन्ने भाव प्रष्ट पार्न खोजिएको छ।
ख) तिम्रो पाखुरीले खोलाको धारलाई फर्काउँछ भने गाउँको इज्जत माथी नउठाउला त ?
प्रस्तुत कथांश कक्षा ११ अनिवार्य नेपाली किताबको ‘गाउँको माया’ भन्ने सामाजिक यथार्थवादी कथाबाट साभार गरिएको हो । समाजका सूक्ष्म विषयलाई केन्द्रमा राखेर साहित्य रचना गर्ने कथाकार इस्लामीद्वारा यस कविता लेखिएको हो। गाउँमा कृष्ण जस्तो पढेलेखेको मानिस नभएकाले साहुले गरिबमाथि अत्याचार गरेको भन्ने परिछनको भनाइको प्रतिउत्तर दिने क्रममा कृष्णद्वारा मात्रिको कथन अभिव्यक्ति भएको हो।
यस कथाको सहायक पात्र परिछन मजदुर, किसान र विपन्न गरिब वर्गको प्रतिनिधि हो। ऊ लगायत सम्पूर्ण गरिववर्ग गाउँमा समानता र विकाश चाहन्छन तर दुर्भाग्यवस गाउँमा रहेका ठूलाहरूले गाउँलाई कब्जामा लिएका छन्। उनीहरूले गरिबवर्ग माथि अत्याचार गर्दै आएका छन् । वास्तवमा गाउँ परिछनहरुको दुःख, कष्ट, मिहेनत र उनीहरुले प्रयोग गर्ने हरिया, खुर्पा, कोदालो र पाखुरीका बलमा बाचेको छ । गाउँका इज्जत र अभिमान भनेको परिछन हुन्। त्यस कारण खोलाको धारलाई फर्काउन सक्ने सामर्थ्य भएका किसान र गरिब वर्गले गाउँमा हुँदै आएको वर्गीय द्वन्द्वको विरुद्धमा आवाज उठाउन सक्नुपर्छ भनिएको छ ।
त्यसैले प्रस्तुत कथांशमा कृष्णले परिछन लगायतका गाउँलेहरुको शक्ति र सामर्थ्यको बोध गराउँदै जसरी कृपकको पाखुरीले खोलाको धारलाई मोड्न सक्छ त्यसैगरी गाउँको विकाश एवम् इज्जत पनि मथि उठाउन सक्छ भन्दै परिछन जस्ता परिश्रमी पौरखी कृपकहरुको प्रशंसा गरेका छन् ।
८. समीक्षात्मक उत्तर दिनुहोस् :
क) `गाउँको माया´ कथामा कस्तो समाजको चित्रण गरिएको छ ?
सामाजिक यथार्थवादी कथाकार इस्मालीद्वारा लेखिएको ‘गाउँको माया’ कथामा वर्गीय समाजको चित्रण गरिएको छ । समाजमा एउटा वर्ग जमिनदार सम्पन्न छ भने अर्को वर्ग गरिब, अर्काको घरमा हली बसेर वा वनी गरेर खाने परिछन जस्ता विपन्न छन् । सम्पन्न वर्गले विपन्न वर्गलाई सदा अन्याय, अत्याचार, शोषण गरिरहन्छ । विपन्न वर्ग आफ्नो वर्गको हक हितमा लडिरहेको छ। विपन्न वर्ग एकत्रित भई सम्पन्न वर्गको विरोध गरेको सम्पन्न वर्गले मन पराउँदैन । सम्पन्न वर्ग विपन्न वर्गलाई ‘फुटाउ र राज गर’ भन्ने सिद्धान्तमा लागेको छ तर विपन्न वर्ग आपनो ज्याला, बनी बढाउन प्रयासरत छन् । तसर्थ यस कथामा समाजको वर्गीय द्वन्द्वको चित्रण गरिएको छ ।
ख) गाउँको माया कथाका आधारमा दिइएको पात्रहरुको चरेचित्रण गर्नुहोस् ।
अ) कृष्ण :
कृष्ण ‘गाउँको माया’ कथाका मुख्य पात्र हुन् | उसकै केन्द्रीयतामा यो कथाको कथावस्तु सिर्जित छ। ऊ कथामा सुरुबाट नै समाज परिवर्तनको सोच र चिन्तन बोकेको स्थिर पात्र हो। ऊ समाजका हरेक व्यक्ति दुःख र पीडा बुझदै समाजका शोषकर समान्त वर्गको अत्य गरौँ, गरिव विमुख व्यक्तिलाई स्वतन्त्र हक र अधिकार प्रदान गर्नुपर्छ भन्ने मान्यता राखेको अनुकूल प्रकृतिक पात्र हो । उसले गाउँ समाजको गरिव बर्गको उत्थानको निम्ति संघर्ष गर्नुपर्छ, गरिवहरूको आवाजलाई बुलन्द गर्नपर्छ भन्ने मान्यता राख्थे। कृष्णको भूमिका कथामा सुरुदेखि अन्तिमसम्म उतिकै संवल रूपमा रहेको छ। उसलाई मुल पात्रका रूपमा लिन सकिन्छ।
ख) परिछन :
परिहन ‘गाउँको माया’ कथाको पात्रको रुपमा आएका छन् । परिहन एक अशिक्षित पात्र हुन । उनी एक गरिब र अशिक्षित पात्र भएता पनि समाज परिवर्तको सोच र चिन्तन बोकेको गतिशील पात्र हुन् । उनले व्यक्तिको सहयोग भएमा सामाजिक परिवर्तन हुन्छ अनि आड भरोसा हुन्छ भन्ने सोच राख्छन्। आफ्नो गाउँलाई साहु, महाजन एवम् ठुला तथा मालिकहरूको एकलौती रजाईबाट मुक्त पार्नुपर्छ भन्ने प्रगतिवादी सोच भएको पात्र हुन्। सामन्तीहरूको शोषण, दमन, अन्याय, अत्याचार हटाएँर र समनतामूलक समाज निर्माणको चाहना राख्ने वर्गीय वणीय मुक्तिका चहना राख्ने पात्रको रूपमा परिछन देखिन्छन्।
९. दिइएको गद्यांश पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् ।
क) निबन्धकारको मतका आधारमा अनाथालय भएको र नभएको समाजको अन्तर बताउनुहोस् ।
निबन्धकारको मतका आधारमा अनाथालय भएको समाजमा दया, माया, सेवा र सहयोग भावना जाग्दछ भने अनाथालय नभएको समाजमा व्यभिचार, पाप एवं सामाजिक कुकृत्यहरु भएका हुन्छन् ।
ख) हामी अनाथ, गरिब र बिरामीलाई के कसरी सहयोग गर्न सक्छौ ?
हामी अनाथ, गरिब र बिमारीलाई आफुले सकेको चन्दा दिएर लगायत विभिन्न खानेकुराहरु, लत्ताकपडा दिएर सहयोग गर्न सक्छौ ।
ग) अनाथालयप्रति तपाईंको धारणा कस्तो छ ?
अनाथ पनि यसै देशका नागरिक भएकाले राज्यले नै उनीहरुको गास, बाँस र कपासको व्यवस्थापनको लागि अनाथालयहरु खोली व्यवस्थित गर्नुपर्छ अनि हामीले पनि सक्दो सहयोग गर्नुपर्छ भन्ने मेरो धारणा छ ।
घ) `समाजमा बिगार्नेभन्दा सपार्ने धेरै छन् ´ भन्नुको तात्पर्य के हो ?
`समाजमा बिगार्नेभन्दा सपार्ने धेरै छन् ´ भन्नुको तात्पर्य यस समाजमा नकारात्मक सोच भएका, सामाज बिगार्ने मानिसहरुभन्दा असल, सज्जन, समाजको भलो चिताउने मानिस नै धेरै हुन्छन् हो ।
१०. दिइएको अनुच्छेद पढी सारांश लेख्नुहोस् ।
नेपालको जमिन
नेपालमा दुई प्रकारको जमिन ; धान रोपिने खेत र पाखावाली लगाउने बारी छन् । उर्वराशक्तिका आधारमा जमिन अब्बल, दोयम , सीम र चाहार गरी चार प्रकारको छ । सिँचाइको सुविधा र मलिलो भुमि अब्बल, अब्बलभन्दा कमसल दोयम, दोयमभन्दा कमसल सिम र आकाशको भर पर्नुपर्ने जमिन चाहार हो ।
अनुच्छेदको शब्द सङ्ख्या – १३६
एक तृतीयांश शब्द सङ्ख्या – ४५
सारांश शब्द सङ्ख्या – ४५
१. रेखाङ्कन गरिएका शब्द मूल वा व्युत्पन्न के हुन् , पहिचान गरेर लेख्नुहोस् ।
क) मूल शब्दहरु
भाइ, हामी, काम, धोखा, चार, धान, फूल
ख) व्युत्पन्न शब्दहरु
उथलपुथल(उथल + उथल)
रोपाइँ( रोप् + आइँ)
राम्रै(राम्रो + ऐ)
अगुवा(अगि + उवा)
धनी (धन + ई)
केरकार(केर + कार)
झगडाफसाद(झगडा + फसाद)
एकता(एक + ता)
२. दिइएको अनुच्छेदमा मूल र व्युत्पन्न शब्द पहिचान गरी सुची बनाउनु होस् ।
क) मूल शब्दहरु
आठ, नौ, वर्ष, उमेर, पुर्खा, काल, पनि, सीप, आफू, गीत
ख) व्युत्पन्न शब्दहरु
बालक(बाल + क),
लेखपढ(लेख + पढ)
बाल्यकाल(बाल्य + काल)
गाउन(गाउँ + न)
विद्यालय(विद्या + आलय)
परिश्रम(परि+ श्रम)
मिठा(मीठो+ आ)
सङ्गीत(सम् + गीत)
शब्दस्रोत
१. दिइएको कथांशमा गाढा अक्षरमा लेखिएका शब्दहरु तत्सम, तद्भव र आगन्तुक के हुन् छुट्याउनुहोस् ।
तत्सम शब्दहरु
पङ्क्ति, आगन्तुक, एक, शान्ति ,भङ्ग
तद्भव शब्दहरु
आँखा(अक्ष), हात(हस्त), हल्ला(कोलाहल), रिस(रोप)
आगन्तुक शब्दहरु
अखबार, लिफाफा , कागज, वावा
२. दिइएका शब्दहरु ध्यानपुर्वक पढ्नुहोस् र तत्सम, तद्भव र आगन्तुक शब्दहरुको बेग्लाबेग्लै सुची बनाउनु होस् ।
तत्सम शब्दहरु
पृथ्वी, अग्नि, वायु, ऋषि, ज्ञान, प्रज्ञा, ऊर्जा , छात्र
तद्भव शब्दहरु
जेठ(जेष्ठ), साउन(श्रावण), असार(अषाढ), बाटो(वत्र्म), सासू(श्वश्रू), ससुरा(श्वसुर), आगो(अग्नि)
आगन्तुक शब्दहरु
पसल, पटुवा, ढाट, कदर, ढेवा, जागिर, दिल, हाकिम, पाइप
३. दिइएको अनुच्छेदबाट तत्सम शब्द पहिचान गरी सुची बनाउनु होस् ।
अनुभूति, नदी, हृदय, सभ्यता, हिमाल, चित्ताकर्षक, भावनात्मक, जन्मभुमि, रुप, भूमि
४. दिइएको अनुच्छेद पढी तद्भव र आगन्तुक शब्द छुट्याएर लेख्नुहोस् ।
तद्भव शब्दहरु
अँध्यारो(अन्धकार), रात(रात्रि), खेत(क्षेत्र), हात(हस्त), बाटो(वत्र्म), काँध(स्कन्ध), गाउँ(ग्राम), मानिस(मानुष), सबै(सर्व) ।
आगन्तुक शब्दहरु
लालटिन, जर्नेल, साहेब, रेडियो, मोबाइल , लाइट, थर्मस, चिया, सिकार, भेल
सङ्केत सुची
१. प्रश्नहरु
क) माथिको शब्दकोशका नमुना पानामा दिइएका शब्दहरुले के कस्ता अर्थ दिएका छन् लेख्नुहोस् ।
अँगार
दाउरा आदि ज्वलनशील वस्तु मिलेर कोइला भइ निभेको तर खरानी नभईसकेको कालो वस्तु, अङ्गगार, अङार ।
अँगेठी
आगो ताप्नाका निमित्त प्रयोग हुने माटो वा धातुको भाडो ,मकल, अटल, बोर्सी ।
अँगेर
पोथ्रो होचो हुने, पात रातो रातो तथा सानो र गेडा रातो हुने एक प्रकारको विषालु वनस्पति ।
अँजुली
दुई उत्ताना हत्केला जोडी औलाहरु केही कुप्र्याएर खिची वा बटुको जस्तो खोपिल्टो परिएको स्थिती ।
अँचेला
खेतका गराका छेउमा माटो थुपारी बनाइएको आलीको माथिल्लो भाग ।
अँचेटिनु
च्यापिनु ।
अँगालो
आत्मियता वा निकटता जनाउन एक अर्काको कँधमा हात राख्ने काम ।
ख) शब्दकोश हेरी माथिको शब्दकोशको नमुना पानामा छड्के अक्षरमा दिइएका सङ्क्षिप्त शब्दका पूरा रुप लेख्नुहोस् ।
निपा : निपात
ना : नाम
क. क्रि : कर्मवाच्य क्रिया
वि : विशेषण
टु : टुक्का
स. क्रि : सकर्मक क्रिया
पे.क्रि : प्रेरणार्थक क्रिया
पू.स : पूर्वसर्ग
ग) शब्दकोश हेरी दिइएका शब्दको अर्थ लेख्नुहोस् ।
अकेला = साथमा कोही नभएको , एक्लो
पिन्चे = धेरै बेर रुने बानी भएको
एकाघर = अलग नभएको
जातक = बालख, शिशु
रोहबर = देखादेख, भेटघाट
ठाँट = चकचकी, रवाफ, सान
घडा = माटाको गाग्रो , घैँटो
चैत्य = बौद्ध धर्म मान्नेहरुको एक किसिमको मन्दिर
पँधेरो = पानीको धारो वा कुवा भएको ठाउँ
यथार्थ = वास्तविक, सत्यमा आधारित
घ) दिइएका शब्दहरुलाई शब्दकोशको क्रममा लेख्नुहोस् ।
अ) कंश कपडा कृष्ण क्रम क्षति मस्त शारीरिक
आ) आँधी आफू इश्वर उर्लनु ऊर्जा एउटा ऐश्वर्य
इ) ज्ञान तिम्रो त्रास मानसिक मूल मृत्यु व्यवहार
ई) अँध्यारो अचानो आँधी उपकार उपहार अपेक्षा ओठशब्दभण्डार
पाठ ३ : संस्कृतिको नयाँ यात्रा (आत्मपरक निबन्ध) – सुधा त्रिपाठी | सम्पूर्ण प्रश्नोत्तर र व्याकरण अव्यास | Class 11 Nepali Guide | SBN ONLINE SCHOOL
१. उस्तै अर्थ आउने शब्दहरुको जोडा मिलाउनुहोस् ।
प्रतिष्ठा : इज्जत
एकाकार : एकै किसिमको
उत्पीडन : पीडा दिइएको
विद्रोह : ठूलो विरोध
कार्यान्वयन : विधिपूर्वक व्यवहारमा ल्याउने काम
प्रवाहशील : निरन्तर बगिरहने
२. दिइएका अर्थ मिल्ने पदावलीहरु पाठबाट खोजेर लेख्नुहोस् ।
क) जीवनलाई पवित्र पार्ने काम : जीवनबोध
ख) समुद्रको जहाजमा बसेर यात्रा गर्ने : नाविक यात्रा
ग) एउटै मात्र संस्कृति : एकल संस्कृति
घ) यात्रालाई प्रत्येक्ष हेर्ने दर्शक : यात्राको साक्षी
ङ) सांस्कृतिक हिसाबले प्राप्त गर्ने न्याय : साँस्कृतिक न्याय
च) विचलित नहुने यात्रा : अविचलित यात्रा
छ) सबैको हग लाग्ने सन्तति : साझा सन्तति
३. शब्दकोश हेरेर दिइएका शब्दहरुको अर्थ लेख्नुहोस् ।
स्मृति : स्मरण , सम्झना
जिज्ञासा : कुनै कुरा जान्ने इच्छा
जीववैज्ञानिक : जीव विज्ञानसम्बन्धी अध्ययन गर्ने व्यक्ति
प्रगति : उन्नति , विकास
सामेल : भेला, तोकिएको ठाउँमा उपस्थित हुने काम
दमन : चिचोमिचो, दबदबाउ
मनुष्यत्व : मनुष्य हुनुको भाव, मानवता
दमित : दमन गरिएको, दविएको
बाहिष्कार : खारेजी, निष्कासन
४. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् ।
उदात्त
सबैका आ आफ्ना आमाबाबु उदात हुन्छन ।
अनुभूति
मलाई विज्ञान विषय लिनुको अनुभूति भई सक्यो ।
सुनिश्चितता
सरकारले अझैँ पनि कक्षा ११ को पाठ्यक्रम सुनिश्चित गरेको छैन ।
दमक
हाम्रो समाजमा अझैँ पनि गरिबलाई दमक गरिन् छ ।
पङ्खफुका
अहिलेको यस्तो समयमा हामिले पङ्खफुका गर्नु हुदैन् ।
निर्मित
राम मन्दिरमा रामको मूर्ति निमित गरिएको छ ।
न्यायपूर्ण
हामीले सधें न्यायपूर्ण काम गर्नु पर्छ ।
अविचलित
हमी अविचलित भएर काम गर्यौ भने एकदिन अवश्य सफल हुनेछौँ ।
५. दिइएका विषयक्षेत्रका शब्दहरु खोजेर लेख्नुहोस् ।
क) नेपाली चाडपर्वहरु
तिज, दसैं, तिहार, पुर्णिामा, ल्होसार, माघी आदि ।
ख) नेपाली नृत्यहरु
साकेला, लाखे, देउडा, सोरठी आदि ।
ग) नेपालका भाषाहरु
नेपाली, मैथिली, भोजपुरी, थारु, कुमाले, माझी, नेवारी आदि ।
घ) नेपालीका पोसाक
दौरा, सुरुवाल, ढाकाटोपी, चोली, पटुका, धोती आदि ।
ङ) नेपाली खानाका स्थानीय परिकार
दाल, भात, रोटी, तरकारी, अचार, खीर आदि।
२. दिइएका प्रश्नहरुको उत्तर दिनुहोस् ।
क) माथिको पाठ कति अनुच्छेदमा संरचित छ ?
माथिको पाठ आठ अनुच्छेदमा संरचित छ ।
ख) पाठको दोस्रो अनुच्छेदमा कुन विषयलाई मुख्य भाव वा विचार बनाइएको छ ?
पाठको दोस्रो अनुच्छेदमा जीवनयात्राको क्रममा बहुजातीयतामा फक्रेको नेपाली कला र संस्कृतिको विषयलाई मुख्य भाव बनाइएको छ ।
ग) पाठको छैटौं अनुच्छेदमा कस्ता विषय वस्तुलाई प्रस्तुत गरिएको छ ?
पाठको छैटौं अनुच्छेदमा सांस्कृतिका नाममा आउने विकृतिको अन्त्य हुनुपर्ने कुरालाई प्रस्तुत गरिएको छ ।
घ) निबन्धको पाँचौं अनुच्छेदमा कतिवटा वाक्यहरु छन् ?
उत्तर निबन्धको पाँचौं अनुच्छेदमा २२ ओटा वाक्यहरु छन् ।
३. पाठको अन्तिम अनुच्छेद पढ्नुहोस् र अनुच्छेदका आधारमा पाँचओटा प्रश्न बनाउनुहोस् ।
क) विरगंजमा कस्तो खाल्को संसृति पाहिन्छ ?
ख) `वसुधैव कुटुम्वकम्´ को अर्थ के हो?
ग) निबन्धकारको स्मृतिमा के कुरा ताजै छ ?
घ) हामी कस्तो संस्कृति निर्माणको समयमा छौँ ?
ङ) नयाँ पुस्ताका निबन्धकारले कस्तो उज्यालो ज्योति देखेकी छन्?
४. पाठको आधारमा उपयुक्त विकल्प छानी खाली ठाउँ भर्नुहोस् ।
(क) जब म यो नै संस्कृति हो भनेर बुझ्न थालेँ, त्यति बेलासम्म र पनि यी पर्व मेरो जीवन र मनोविज्ञानमा सदैव रहिरहेका छन्।
(ख) नेपालको लामो इतिहास र सभ्यताले निर्माण गरेका यी साझा संस्कृति मेरै संस्कृति थिए?
(ग) मनुष्य जीवनको सार्थकता भन्नु नै चेतना हो।
(घ) मैले यस यात्रामा सामेल भएर आवाज दिएँ।
(ङ) मनुष्यको मनुष्यत्व र मानवको मानवता नै सबैभन्दा ठूलो कुरा हो।
५. ” जीवन एउटा प्रवाहशील ………तरखरमा थिएँ ” निबन्धांश पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् ।
क) जीवनलाई किन यात्रा भनिएको हो ?
नेपालको पूर्वी पहाडी भेगमा जन्मेकी सुधा त्रिपाठी द्वारा लेखिएको एक आत्मपरक निबन्ध हो ‘संस्कृतिको नयाँ यात्रा’। उनले यस निबन्धमा जिबनलाई यात्रा भनेकी छन्। जीवन एक नदी हो। जसरी नदी दौडिरह्नछ, त्यसरी नै जीवनको यात्रा पनि दौडिरहेको हुन्छ। जीवन जिउने क्रममा कहिले सुख को यात्रा चल्छ भने कहिले दुःखको यात्रा चल्छ। त्यसैले जीवनलाई यात्रा भनिएको हो ।
ख) अनुच्छेदका आधारमा म पात्रलाई चिनाउनुहोस् ।
म पात्र पहाडको एक दुर्गन गाउँमा जन्मिएकी हुन्। उनी पछि आफ्नो शिक्षाको कारणले गर्दा काठमाडौँ पुगिन्। उनले आफ्नो जीवनलाई विभिन्न यात्राको चरणसँग तुलना गरेकी छिन् । साथै उनले आफूलाई फुलबारीको विरुवाको रुपमा उभ्याएकी छिन, जो बिस्तारै फुल्ने र कक्रने तर्खरमा छ ।
ग) नेपाली जीवनलाई किन विविधताको सुन्दर साङ्लो भनिएको हो ?
जीवनमा विभिन्न जातजाती, धर्म, संस्कृति एवम् विविधतामय पहिचानमा एकीकृत भएर बसोवास गरेका नेपालीलाई अनुभव गर्न पाएकाले नेपाली जीवनलाई विविधताको सुन्दर साङ्लो भनिएको हो ।
घ) अनुच्छेदमा नेपालमा रहेका कुन कुन संस्कृति उल्लेखित छन् ?
अनुक्षेदमा नेपालको लामो इतिहास र सभ्यताले निर्माण गरेका सम्पूर्ण साझाँ संस्कृति उल्लेखित छन्। जस्तै काठमाडौंको नेवार, मुस्ताङको थकाली, पूर्वको किराँत, उत्तरको शेर्पा, तराईको मधेसी, पश्चिमको मगर र थारु साथै दार्चूला, कर्णाली हुँदै काठमाडौँ उपत्यकाको कञ्चनजङ्घाको काखसम्मको संस्कृत उल्लेखित छन् ।
६. दिइएको निबन्धांश पढी सोधिएका प्रश्नहरुको उत्तर लेख्नुहोस् ।
अ) जीवनमा आलोचनात्मक हुन के गर्नुपर्छ ?
जीवनमा आलोचनात्मक हुन प्रश्न गर्नुपर्छ । प्रश्नबाट नै तथ्य थाहा हुन्छ र तथ्यबाट नै सत्य बोध हुन्छ । प्रश्न गर्ने बानीले मानिसलाई विवेकसिल बनाउँछ र बुद्धि दिन्छ । त्यसैले जीवनमा आलोचनात्मक हुन प्रश्न गर्ने बानी बसाल्नु पर्छ ।
आ) निबन्धांशमा कस्तो संस्कृतिको परिकल्पना गरिएको छ ?
निबन्धांशमा कुनै पनि वर्ण, रङ, जात, धर्म, वर्ग, लिङ्गका आधारमा विभेद नगरी सबैको मूल्य र मान्यता अटाउन सक्ने विभेदरहित, न्याय र समतामुलक , सुन्दर, शान्त र साझा संस्कृतिको परिकल्पना गरिएको छ ।
७. दिइएको निबन्धांश पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् ।
अ) संस्कृति भनेको के हो ?
संस्कृति भनेको हाम्रो परिचय, पहिचान एवम् अनुभूति हो । संस्कृति हामी नेपाली हौँ भनी हाम्रो मौलिक पहिचान दिने आधार हो ।
आ) संविधानले सुनिश्चित गरेका सांस्कृतिक विषयहरु के के हुन् ?
संसृतिको नाममा वर्ण, रङ, जात, धर्म, वर्ग, लिङ्ग, सम्प्रदायका आधारमा हुने विभेदको अन्त्य हुनुपर्छ । हरेक समुदायले आफ्नो भाषा लिपी , संस्कृत, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण गर्न पाउनु पर्छ भने जस्ता कुराहरु संविधानले सुनिश्चित गरेका सांस्कृतिक विषयहरु हुन् ।
८. उत्तर लेख्नुहोस्:
क) नेपालमा के कस्ता सांस्कृतिक विविधता छन् ?
नेपाल बहुजाति, बहुभाषी, बहुधर्मालम्बीहरुको सम्मिश्रण भएको सांस्कृतिक विविधतामय सुन्दर फुलबारी हो । यहाँ काठमाडौंको नेवार संस्कृति, मुस्ताङको थकाली संस्कृति, पूर्वको किरात संस्कृति, उत्तरको शेर्पा संस्कृति, तराई मधेसको मधेसी संस्कृति, पश्चिमको मगर र थारु संस्कृति जस्ता सांस्कृतिक विविधता छन् ।
ख) श्रम र संस्कृति कसरी अन्तरसम्बधित हुन्छन् ?
श्रमिक वर्गले श्रम गरेर जीवन यापन गर्छ । श्रमिक वर्गको आफ्नो संस्कृति हुन्छ । उनीहरूको संस्कृति श्रममा नै फल्ने, फुल्ने र फक्रने गर्छ । लोकजीवन, लोकसंस्कृति, लोककथा तिनका जीवनका संस्कार थिए, संस्कृति थिए र आत्मा धिए । यसरी श्रम सँगसँगै संस्कृति जन्मने भएकाले श्रम र संस्कृति अन्तरसम्बन्धित हुन्छन् ।
ग) न्यायपूर्ण संस्कृतिको निर्माण कसरी गर्न सकिन्छ , निबन्धका आधारमा लेख्नुहोस् ।
वर्ग, जाति, धर्म, लिइग आदिका कुनै पनि आधारमा विभेद हुने कार्य समाज र राज्यले गर्नु हुँदैन । समाजमा यस प्रकारको यात्रामा सविधानले महिला र पुरुषलाई समान अधिकार दिई त्यसलाई कार्यान्वयन गर्ने हो भने न्यायपूर्ण संस्कृतिको निर्माण गर्न सकिन्छ ।
९. व्याख्या गर्नुहोस् :
क) नेपालको लामो इतिहास र सभ्यताको निर्माण गरेका यी साझा संस्कृति मेरै संस्कृति थिए, मेरो देशका सम्पत्ति थिए र मेरा ती सबै मित्रहरु एकै फुलबारीका साझा फुलहरु थिए ।
प्रस्तुत गद्यांश कक्षा ११ को नेपाली विपय अन्तर्गत पर्ने ‘संस्कृतिको नयाँ यात्रा’ नामक निवन्धबाट साभार गरिएको हो । यस निबन्धका लेखक सुधा त्रिपाठी हुन् । यस निबन्धमा उनले आफू स्वयमलाई ‘म’ पात्रको नामले चित्रण गरी जीवनलाई एक गतिशील यात्राको रुपमा व्याख्या गरेकी छन् । आफूलाई संस्कृतिको यात्रा हेर्ने प्रत्यक्ष दर्शीका रुपमा आएर सांस्कृतिक विभेद अनत्य हुनुपर्छ भन्ने कुरालाई तिबन्धका माध्ययमले विस्तृत रूपमा वर्णन गर्न खोजेको पाइन्छ ।
माथि दिइएको वाक्यांशले हामीलाई के भन्न खोजेको छ भने प्राचीन कालदेखि नै चलायमान यस जीवन प्रक्रियामा विभिन्न संस्कृतिले स्थान ओघटदै आएको पाइन्छ। दार्चुला, कर्णाली हुँदै काठमाडौँ उपत्यका देखि कञ्चनजङ्घाको काखसम्मको संस्कृति एकजनाको मात्र नभएर सम्पूर्ण नेपालीको हो । ती सम्पूर्ण संस्कृतिले सांस्कृतिक विविधता कायम गरेकाले राष्ट्रको गौरव बन्न पुगेको छ । नेपाल सांस्कृतिक विविधताले भरिपूर्ण राष्ट्र भएकाले पनि यहाँ व्यक्ति अनुसार, संस्कृति फरक रहेको पाइन्छ । तर जसले जुन संस्कृति अनुसरण गरेको भएतापनि सबै व्यक्तिहरू नेपाली गौरवको एकीकृत छायाँमा बसेका छन्। त्यसैले ‘म’ नामक पात्र त्रिपाठीले सांस्कृतिक विविधतामय एकता भएको नेपाललाई एउटा फुलबारीको सप्तरङ्गी फुल भनेकिछन्। साथ साथै ती फुल मध्य आफु पनि एक रहेको भन्दै आफूलाई उभ्याएकी छन् ।
अतः आफू स्वयम्, ‘म’ पात्र रहि चित्रण गरि यस निबन्धमा त्रिपाठीले जीवनलाई एक गतिशिल यात्रासँग तुलना गरी, तुलनात्मक ढङ्गले नेपाली सांस्कृतिक विविधतामय एकतालाई सरल शैलीमा रचना गरेको पाउन्छ ।
ख) संस्कृतिका नाममा…………………………………..भेद विकृति हुन् ।
प्रस्तुत गद्यांश कक्षा ११ को नेपाली पाठ्यपुस्तक अन्तर्गत पर्ने ‘संस्कृतिको नयाँ यात्रा’ नामक निवन्धबाट साभार गरिएको हो । यस निबन्धका लेखक सुधा त्रिपाठी हुन् । उनि सम्पूर्ण नेपालीको मस्तिष्कमा बस्न सफल भएकी छन् | मुख्यत सांस्कृतिक रचना गर्न मन पराउने भगकाले नै धेरै जसो उनका कृतिहरु संस्कृतिसँग मैं सम्बन्धित हुने गर्छन । उनले यस निबन्धमा पनि ‘म’ पात्रको चित्रण गरी मानवीय जीवनलाई सांस्कृतिक यात्रासँग तुलला गरेर नेपालमा विद्यमान संस्कृतिको महत्त्व साथै यसमा रहेका विकृतिलाई हटाउनुपर्छ भन्ने कुरालाई छर्लङ्ग पारेकी छिन् ।
माथि दिइएको वाक्यांशले हामीलाई के भन्न खोजेको छ भने जसरी सम्पूर्ण विषयवस्तुको सवल र दुर्बल पक्ष हुन्छ, त्यसरी नै नेपालमा विद्यमान संस्कृतिको पनि केही दुर्बल पक्षहरु रहि आएको पाइन्छ । अहिलेको यो विकसित समयमा आएतापनि संस्कृतिका नाममा गरिने विभेदहरू दुर्गम गाउँमा अझै व्यापक नै छन् | पखपरागत अवधारणालाई अनुशरण गरेकै कारण ती विभेदको अन्त्य भएको छैन । संस्कृतिका नाममा गरिने विभेदले समाजलाई विकृतिको मार्गमा लगिरहेको छ। त्यसैले हामी सम्पूर्ण नेपालीहरु एकिकृत भई त्यस्ता विवेद एवम् विकृतिलाई परै पन्छाएर अघि बढ्नुपर्छ। यसरी ‘म’ पात्रको चित्रण गरेर सांस्कृतिक विवेदलाई अन्त्य गर्ने कुरालाई विस्तृत रूपमा वर्णन गरिएको पाउछ ।
अतः बिबन्धमा बहुतै सरल वाक्यको प्रयोग गरी जीवन एक सांस्कृतिक यात्रा हो भन्ने कुरालाई छर्लङ्ग पार्टी खोजीएको पाइन्छ ।
१०. समीक्षात्मक उत्तर लेख्नुहोस्:
क) नेपालमा विद्यमान संस्कृतिका सबल र दुर्बल पक्षको चर्चा गर्नुहोस् ।
सुधा त्रिपाठीद्वारा रचियको यस ‘संस्कृतिको नया यात्रा’ निबन्धमा मुख्यतय संस्कृतिको सबल पक्षलाई केन्द्रित गरिएको छ। हामीलाई थाहा नै छ नेपाल एक भौगोलिक, जातीय, धार्मिक, सांस्कृतिक, लैडगिक, विविधता भएको एक समृद्ध मुलुक हो । यद्यपि उक्त विविधता बीच पनि सहिष्णुताका साथ जीवन गरेको एकताको स्थितिले नै प्रष्ट पार्दछ कि हामी हाम्रा विविध संस्कृतिका बीच पनि उदार र गुणग्राही रहदै, आएका छौं । लामो समयदेखिको यो विविधतालाई स्वीकार गर्दै गाब्यता दिनु नै अहिले नेपाली समाजमा विद्यमान संस्कृतिको एकदम सबल पक्ष हो । तर संस्कृतिको आजको अवस्था सम्म आइपुग्ने समर समयावदीका बीच विभिन्न विषमता, निर्भद र बहिष्कारको अवस्था उत्पन्न भएको छ । ति विसंदहरू अझैँ पनि नेपाली सांस्कृतिक समाजमा विद्यमान रहेका पाइन्छन् । यो नै अहिलेको संस्कृतिको दुर्बल पक्ष रहेको पाइन्छ । यसरी दुर्बल भन्दा सबल पक्षहरू प्रसस्त रूपमा रहको हुनाले नेपाली संस्कृति विद्यमान छ ।
ख) `सांस्कृतिक रुपमा न्यायपूर्ण समाजले मात्र समतामूलक समाजको निर्माण गर्न सक्छ´ विवेचना गर्नुहोस् ।
दुर्गम ठाउँमा जन्मेपछि नेपाली साहित्यीक जगत्मा अविस्मरणीय भूमिका निर्वाह गरेकी साहित्यकार ‘सुधा त्रिपाटी’ ले रचेको यस निबन्धमा साहित्यीक यात्राको कुरालाई छर्लङ्ग पारिएको छ । भूगोल, जात, धर्म, भाषा, लिङ्ग, वर्ग, संस्कृति आदिका आधारमा विविधता भएको हाम्रो देशमा विविध खालका विकृतिहरू रहेका छन् ।
संस्कृति समाज वा राष्ट्रको धरोहर हो । हरेक मानिसहरुको आ-आफ्नै प्रकारका संस्कृति हुन्छन् । ती संस्कृतिमा समानता र न्याय भएन भने समाजले प्रगति गर्न सक्दैन । महिला भएकै कारण अपहेलित हुन्, गरिव भएकै कारण सांस्कृतिक पहुँच नहुनु, ग्रामीण भेगमा बसोबास गर्ने भएकै कारण साँस्कृतिक पहुँच नहुनु, समाजविकासका वाधक हन् । हामी बाचेको पृथ्वी साझा हो, हाम्रा भावना साझा छन् । तसर्थ संस्कृतिका नाममा लिङ्ग, वर्ग, रङ, भूगोल, जाति, धर्मका आधारमा हुने भेद विकृति हुन् । यस्ता विकृतिहरूलाई संविधानले पनि स्थान दिनु हुँदैन । संविधानले कानुन विपरीत मानेका विषयहरूलाई हामीले कार्यान्वयनमा ल्याउन जरुरी छ । तसर्थ सांस्कृतिक रूपमा सबैलाई न्याय गर्ने परिपाटीले मात्र सबैको सम्मान गर्ने समतामूलक समाजको निर्माण गर्न सक्छ ।
११. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् ।
क) संस्कृतिभित्र के के लुकेका हुन्छन् ?
संस्कृतिभित्र कुनै पनि जातजतिका लवाइखवाइ, विशभूषा, भाषा, दर्शन, मान्यता र विश्वास लुकेका हुन्छन् ।
ख) बहुजातीय मुलुकका के कस्ता विशेषता हुन्छन् ?
बहुजातीय मुलुकका सांस्कृतिक विविधता, सांस्कृतिक सम्पन्नता, जातीय पृथक्ता, जातीय सद्भाव, राष्ट्रिय एकता, धार्मिक एवं सांस्कृतिक मेल जस्ता विशेषता हुन्छन् ।
ग) `संस्कृति मधुरस हो, सभ्यता धार हो´ भन्नाको तात्पर्य के हो ?
जसरी विनाधार मधुरस भण्डारण हुन सक्दैन ठीक त्यसैगरी सभ्यता भएन भने संस्कृति पनि फक्रन सक्दैन, नेपालीहरुको साझा सभ्यता र संस्कृति मेलका कारण नेपाल मधुरसले भरिपूर्ण मौरीको घार जस्तै बनेको छ भन्नुनै यसको तात्पर्य हो ।
घ) `पृथक्ता´ र `अभ्यागत´को अर्थ लेख्नुहोस् ।
पृथक्ता : भिन्नता
अभ्यागत : पाहुना, अतिती
१२. दिइएको अनुच्छेद पढी चारवटा मुख्य बुँदाहरु टिप्नुहोस् र एक तृतीयांशमा सार लेख्नुहोस् ।
बुँदाहरु:
१. पुर्खाको विगत, हाम्रो वर्तमानको व्यवहार नै भोलिका सन्तानको साँस्कृतिक धरोहर बन्नु,
२. आमाबुबा, गुरु, पाहुना, वनस्पतिलाई देवत्वकरण गरी आदर गर्ने संस्कृति हाम्रो अमूल्य निधि हुनु,
३. छोराछोरीलाई संस्कारयुक्त शिक्षा दिएमा संस्कार र संस्कृतिको संरक्षण हुने,
४. परोपकारी बनाउने संस्कार र संस्कृति हाम्रो प्राण भएकाले यसको संरक्षण गर्नुपर्ने ।
सारांश
नेपाली संस्कृति
पुर्खाको विगत र हाम्रो वर्तमान नै भोलिका सन्ततिको सांस्कृतिक धरोहर भएकाले छोराछोरीलाई सम्पत्तिको सट्टा संस्कारयुक्त शिक्षादीक्षा दिएर संस्कार र संस्कृतिको निर्माण गर्नुपर्छ । आमाबुबा, गुरु, पाहुना, वनस्पतिलाई देवत्वकरण गरी आदर गर्ने संस्कृति हाम्रो अमूल्य निधि हो । परोपकारी बनाउने संस्कार र संस्कृती हाम्रो प्राण भएकाले हामीले यसको संरक्षण गर्नुपर्छ ।
दिइएको अनुच्छेदको शब्द सङ्ख्या : १६२
एक तृतीयांश शब्द सङ्ख्या : ५४
सारांश शब्द सङ्ख्या : ५४
पदवर्ग: नाम
१. दिइएको अनुच्छेद पढी नाम वर्गका शब्दको पहिचान गर्नुहोस् ।
हुल, भिक्षु , स्तूप, परिक्रमा, सहर, भीमसेन, स्तम्भ, मन्जु, स्वयम्भू, प्राङ्गण, वुवा, खुशी, व्यक्त, नारायणहिटी, दरबार, सिंहदरबार, हनुमानढोका, एयरपोर्ट, कीर्तिपुर,महिमा, काठमाडौं, दृश्य, हात, प्रसाद, झोला, बाँदर ।
२. दिइएका शब्दहरुबाट एउटै उपवर्गमा पर्ने नामहरुको सुची बनाउनु होस् ।
क) व्यक्तिवाचक नाम
गोपाल, काठमाडौं, कर्नाली, रामायण, मुनामदन, तिहार, होली, तिज, धरमपुर, दसैँ
ख) जतिवाचक नाम
फूल, गाई, माछो, किताब, घर, विद्यालय, जुत्ता, औंठी, टोपी, साइकल, कार
ग) समूहवाचक नाम
वथान, लहर, चाङ, खात, फौज, झुप्पो
घ) द्रव्यवाचक नाम
रगत, कुहिरो, ढुङ्गा, माटो, सुन, चाँदी, चामल, पानी, शोभिता, तेल
ङ) भाववाचक नाम
रिस, बसाइ, चोरी, युद्ध, मुर्ख्याइँ, प्रेम, घृणा, मानवता, शिक्षा, पढाई, जवानी, गरिबी, बाल्यावस्था
३. दिइएको अनुच्छेदबाट बिसओटा नाम शब्द टिप्नुहोस् ।
नेपाल, पर्व, नारी, रुप, गौरा, महिला, व्रत, भगवान्, शिव, पार्वती, पुजा, सुख, समृद्धि, कामना, नदी, घर, पोखरी, चना, गहुँ, मकै ।
४. पाठको पहिलो अनुच्छेदमा रहेका नाम शब्दहरु टिप्नुहोस् ।
वाल्यकाल, दसैँ, स्मृति, हृदय, नेपाल, पहाड, गाउँ, संस्कृत, महिना, बुबा, आमा, झरना, कोसी, नदी, लेखनाथ, बाढी, झरी, पहिरो, हिलो, धर्ती, पुर्खा, लुगा, पिङ, खाना, केरा, कुराउनी, मासु, चिउरा, परिकार, दक्षिणा, बालिका, तिहार, खुशी, जीवन आदि ।
पदवर्ग: सर्वनाम
१. दिइएको अनुच्छेदमा नामको सट्टामा उपयुक्त सर्वनाम पद प्रयोग गरि पुनर्लेखन गर्नुहोस् ।
क) आमाबुबाले छोराछोरीलाई पढ्नका लागि धनगढी पठाए । उनीहरु त्यहाँ बसी धेरै पढे । छोरी पढीसकेपछी गाउँ फर्की । उसले गाउँमा एउटा विद्यालय खोली । केही वर्षपछि छोरो पनि गाउँमै फर्क्यो । उसले पनि त्यस विद्यालयमा पढाउन थाल्यो । आमाबुबा खुशी हुनुभयो ।
ख) मेरी छोरी ज्ञानुले व्यवस्थापनामा स्नातक गरिन् । उनी आफ्नो गाउँमा गइन् । उनले गाउँमा उद्योग खोलिन् । उद्योगमा धेरै मानिसले जागिर पाए । उनीहरुको आर्थिक स्थिति सुध्रियो ।
२. दिइएका सर्वनामलाई मिल्दाजुल्दा उपवर्गमा सूचीकृत गर्नुहोस् ।
क) पुरुषवाचक सर्वनाम
अ) प्रथम पुरुषवाचक : म, हामी
आ) द्वितीय पुरुषवाचक : तँ ,तिमी, तपाई ,तपाईंहरु
इ) तृतीय पुरुषवाचक : ऊ, त्यो, उनी, उनीहरु, उहाँ, उहाँहरु
ख) दर्शकवाचक सर्वनाम
यो, यी, यिनीहरु, त्यो, ती, तिनीहरु
ग) सम्बन्धवाचक सर्वनाम
जो, जे, जुन, जेसुकै, जोसुकै, जुनसुकै
घ) प्रश्नवाचक सर्वनाम
को, के, कुन, केही, कोही, कुनै
ङ) निजवाचक सर्वनाम
आफू, आफैं, स्वयम्, निज, अरु
३. दिइएको गद्यांश पढी दशवटा सर्वनाम टिप्नुहोस् ।
म, हामी, तिमी, उनीहरु, तपाईं, को को, ऊ, जोसुकै, तँ, यस, आफै ।
४. दिइएका सर्वनामलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् ।
त्यो
राम घर गएकाले त्यो आज स्कुल आएन ।
तिनीहरु
सीता र गिता त घरमै थिए फेरि तिनीहरु पढ्न किन आएनन् ।
यी
यी भ्रष्टाचारी नेताहरुले गर्दा आज देशमा अशान्ति फैलिएको छ ।
स्वयम्
आफ्नो अधिकारका लागि आफू स्वयम् लड्नु पर्छ।
जे
तिमीलाई जे इच्छा लाग्छ,तिमी त्यही गर ।
को
तिमी को हौँमैले त चिनिन नि ।
के
तिमी खानामा के खान्छौ ।
आफू
परिवर्तन गर्दा पहिला आफूबाट सुरुवात गर्नुपर्छ ।
उहाँ
बुबालाई खाना खान बोलएको उहाँ अझै आउनु भएको छैन ।
कोही
साथीहरुलाई खेल्न बोलाएको कोही पनि आएनन् ।
प्रत्येक
हामी प्रत्येक नेपालीको मनमा आफ्नो देशको लागि सम्मान हुनुपर्छ ।
अरु
हामीले अरुको देखासिखि गर्नुहुदैन ।
सबै
हाम्रो देश नेपाल, नेपालीहरुको साझा फुलबारी भएकाले सबैले यसको संरक्षण गर्नुपर्छ ।
केही
तिमी बिरामी छौ त्यसैले तिमी बासी खानेकुरा केही नखाऊ ।
हजुर
बुबा यहाँ पो हुनुहुदो रहेछ, मैले त हजुरलाई घरमा खोजीराथे ।
पदवर्ग – विशेषण
१. दिइएको गद्यांशबाट विशेषण शब्द पहिचान गरी लेख्नुहोस् ।
एक, दुइटा, त्यस, एउटा, ठुलो, चलाख, कमजोर, धुर्त, मेरा, यो, धमिलो, प्रिय, सफा, सानो ।
२. दिइएका पदावलीबाट विशेषण शब्द छानी तिनलाई उपवर्गमा वर्गीकरण गर्नुहोस् ।
क) गुणबोधक विशेषण
सेतो, बलियो, गतिलो, बुझक्कड, चड्दो, शीतल, सांस्कृतिक, नैतिक, मलिलो
ख) सङ्ख्याबोधक विशेषण
लाखौं, पाँच, सयौं, सप्त
ग) परिमाणबोधक विशेषण
प्रशस्त, अलिकति, थोरै, सबै
घ) सार्वनामिक विशेषण
यो, त्यो, यी, ती
ङ) भेदक विशेषण
उसको, मेरो, तिम्रो
३. दिइएको अनुच्छेदबाट दशओटा विशेषण शब्द पहिचान गरि टिपोट गर्नुहोस् ।
मेरो, सेता, हरियो, उर्वरशील, विविध, अनेक, सयौं ,मेहनती, यस, वीर, स्वच्छ, प्राकृतिक, नेपालको ।
४. ` संस्कृतको नयाँ यात्रा´ निबन्धबाट पाँचवटा विशेषण शब्दहरु टिप्नुहोस् ।
मेरो, एक,निलो, मीठो, यी, दुर्गम, गतिशील, साझा, सबै, वास्तविक, हाम्रो, नयाँ ।
पदवर्ग – क्रिया
१. दिइएको गद्यांशबाट क्रियापद पहिचान गरी लेख्नुहोस् ।
झुके, वने, सकेनन्, सजिए, बनेनन् , सकेनौँ, पोलिए, बद्लिए, बहकिए, मिसिए, लरबरियो, रह्यो ।
२. दिइएका क्रियापद प्रयोग गरी आफूलाई मनपर्ने विषयमा छोटो अनुच्छेद लेख्नुहोस् ।
मेरो भाइले सरकारी जागिर खान्छ । उसले सरकारी स्कुलमा नै पढ्यो । अहिले भाइ विद्यालयमा पढाउन गएको छ । उसके असल शिक्षक बनी नाम कमाओस् भन्ने मेरो चाहाना छ । भाइ विद्यालयबाट कतिखेर आउला भनी म उसैको पर्खाइमा बसेको थियो । भाइ विद्यार्थीसँगै बाटोमा हिड्दै थियो भनेर श्यामले भन्न नपाउँदै आँगनीमा टुप्लुक्क आइपुगेको भाइले श्याम झुट बोल्छन् भनी रिसाएझै गर्दा श्याम त डराएर जुरुक्कै उठेछ ।
३.दिइएका क्रियापदलाई मिल्दो उपवर्गमा वर्गीकरण गर्नुहोस् ।
१. अर्थप्रधानताका आधारमा
क) मुख्य क्रिया
सुन्छ, पढ्छ,हाँस्छ, भयो, रुदैँ, हुन्छ, ल्याउँछ, बनाउँछ, आइ, गएको, हुनु, उम्रँदै, वाङ्गिन्छ, भुतभुताउनु, छापेको, फरफरायो, कलकलाउँछ, लेख्छ, दियो, पढ्ने, भएको, भिजाउँदै, गर्दछौं, सुनिन्छ ।
ख) सहायक क्रिया
छ, हाल्छ, सक्यो, पगे, हो, थियो, छन् , सकेछ ।
२. बनोटका आधारमा
क) सरल क्रिया
सुन्छ, पढ्यो, ल्याउँछ, सक्यो, बनाउँछ, भयो, खोज्यौँ, वाङ्गिन्छ, फरफरायो, कलकलाउँछ, लेख्छ,दियो, गर्दछौ, सुनिन्छ ।
ख) जटिल क्रिया
भनिहाल्छ, रुदै छ, आइसक्यो, आइपुगे, गएको हुने छ, उम्रँदै छ, भुतभुताएको छ, छापेको थियो, पढ्ने छ, भएको छ, भिजाउँदै छ, लेखिसकेछ ।
३. कर्मका आधारमा
क) सकर्मक क्रिया
सुन्छ, पढ्यो, ल्याउँछ, बनाउँछ, खोज्यौ, लेख्छ, दियो, पढ्ने छ, भिजाउँदै छ, गर्दछौ ।
ख) अकर्मक क्रिया
हाँस्छे, दगुर्छन्, रुँदै छ, आइसक्यो, छ, हो, उम्रँदै छ, फरफरायो, कलकलाउँछ, भएको छ, सुनिन्छ ।
४. दिइएको अनुच्छेदबाट बाह्रओटा क्रिया टिप्नुहोस् ।
पर्दै छ, भएको छ, ल्यायो, हरायो, वगायो, पुर्यो, आएछ, सुन्छु, हेर्छु, छुन्छ, रुवाउँछ, पर्छन्, बन्दछ ।
५. `संस्कृतिको नयाँ यात्रा´ निबन्धको दोस्रो अनुच्छेदबाट पन्ध्रओटा क्रियापद टिप्नुहोस् ।
हो, रहेछौ, रहेछ, पुगेँ, भयो, थालेँ, पाएँ, मनाउँथ्यौ, मनाउँथे, गाउँथे, गर्थे, बताउँथे, भएँ, बुझेँ, गरेँ, थिए ।
पाठ ४ : योगमाया (राष्ट्रिय जीवनी) | सम्पूर्ण प्रश्नोत्तर र व्याकरण अव्यास | Class 11 Nepali Guide | SBN ONLINE SCHOOL
१. दिइएका शब्द र अर्थ बिच जोडा मिलाउनुहोस् :
क) जलसमाध
पानीमा डुबेर गरिने प्राणत्याग
ख) बडाहाकि
राना शासनका समयमा र त्यसपछि पनि केही समय जिल्लाको सर्वोच्च प्रशाशक
ग) आर्य समाज
अनातन धर्ममा उदारता ल्याउन चलाइएको एक धार्मिक सम्प्रदाय
घ) वैधव्य
विधवा हुनाको भाव
ङ) हठयोग
पतञ्जलिद्वारा प्रतिपदित योग ( यम, नियम आदि) द्वारा शरीरलाई धेरै कष्ट दिएर चित्तवृत्तिलाई अन्तर्मुखी पार्ने योगको एक विधि
च) प्रताडना
पीडा
छ) विचारी
मुद्दामामिलाको निचोड खिचेर न्यायाधीशलाई अवगत गराउने व्यक्ति
ज) पञ्चाग्नि
वरिपरि पाँच किसिमका अग्नि बालेर गरिने तपस्या
२. पाठपढी गाडा गरिएका पदावलीको सट्टामा मिल्ने शब्द छानेर लेख्नुहोस् :
क) सन्यासी
ख) परम्परागत
ग) शास्त्रार्थ
घ) अग्निसमाधी
३. दिइएका शब्द प्रयोग गरी वाक्य बनाउनुहोस् :
स्वसिकाइ
योगमायाले स्वसिकाइ बाट नै आफ्नो ज्ञानको क्षितिजलाई फराकिलो बनाइन् ।
विद्रोह
योगमायाले अध्यात्म, मनावता र सामाजिक परिवर्टनका लागि विद्रोह गरिन् ।
सञ्जाल
योगमायाका विषयमा लेखिएको उपन्यासका बारेमा सामाजिक सञ्जालमा निकै चर्चा भयो ।
धाराप्रवाह
योगमाया धाराप्रवाहरूपमा बोल्न सक्थिन् ।
योगसाधना
योगमाया योगसाधना गर्ने महिला हुन् ।
निराहार
योगमायाले योगसाधना गर्दा निराहार विधिलाई समेत अपनाएकी थिइन् ।
वर्णाश्रम
योगमायाले छुवाछूत र वर्णाश्रम जस्ता अव्यवहारिक चलनको विरोध गरिन् ।
स्वेच्छिक
अग्निसमाधि लिन योगमायाका भक्तजनहरूले स्वेच्छिक रूपमा नाम लेखाएका थिए ।
यज्ञस्थल
यज्ञस्थललाई पवित्र स्थान मानिन्छ ।
स्मृति
आज योगमाया हाम्रा स्मृतिमा मात्र रहेकी छिन ।
४. दिइएका शब्दहरु प्रयोग गरि एउटा अनुच्छेद लेख्नुहोस् ।
सासूससुरा भएको घर सबै दृष्टिकोणबाट राम्रो हुन्छ । बुहारीलाई सारोगारो हुँदा घरमा सासुससुराले हेर्ने गर्नुहुन्छ । नन्द आमाजूको उमेर र भाउजू वा बुहारीको उमेर समूह मिल्ने भएकाले उनीहरु मित्र साथी जस्तो व्यवहार हुन्छ । सम्धी र जेठान घरका इज्जतिला पाहुना हुन्। भदा भदैले पनि कहिलेकाही माइतीको तिर्सना मेट्छन् ।
१. पाठ पढ्नुहोस् र दिइएका प्रश्नहरुकोभन्नुहोस् :
क) योगमायाको जीवनी कति अनुच्छेदमा संरचित छ ?
योगमायाको जीवनी नौ अनुच्छेदमा संरचित छ ।
ख)चौथो अनुच्छेदमा कतिवटा वाक्य छन् ?
चौथो अनुच्छेदमा २५ ओटा वाक्य छन् ।
ग) दोस्रो अनुच्छेदमा योगमायाको जीवनी कुन अवस्थामा वर्णन छ ?
दोस्रो अनुच्छेदमा योगमायाको जीवनीको वाल्यकालीन, वैवाहिक र पारिवारिक अवस्थामा वर्णन छ ।
घ) योगमायाको जलसमाधिको सन्दर्भ कुन अनुच्छेदमा छ ?
योगमायाको जलसमाधिको सन्दर्भ आठौं अनुच्छेदमा छ ।
२. दिएका वाक्यहरु जीवनको कुन अनुछेदमा छन्, पत्ता लगाउनुहोस :
क) चौथो अनुछेदमा
ख) तेस्रो अनुछेदमा
ग) सातौ अनुछेदमा
घ) सातौ अनुछेदमा
ङ) नवौ अनुछेदमा
३. दिएका मितिमा योगमायाको जीवनसंग सम्बन्धित कुन कुन घटना भएको हुन्, भन्नुहोस् :
(क) वि.स १९२५ : जन्म भएको एक वर्ष पछाडिको समय
(ख) वि.स. १९७३ : छोरी नैनकला र भाइका साथ मझुवावेंसी पुग्नु
(ग) वि.स. १९८२ : दास प्रथाको अन्त्य भएको घोषणा
(घ) वि.स. १९८८: उफौलीटारको योगमायाको कुटी अरुण खोलाले बगाएको
(ङ) वि.सं. १९९२ : आफ्ना अनुयायीसहित खाम्पालुङ हिमाल पार गरी तपस्या गरेकी
(च) वि.सं १९९३ : श्री ३ जुद्धसमसेरसंग भेटी आफ्ना माग राखेकी
(छ) वि.सं. १९९५ : आफ्ना माग पूरा नगरे आफ्ना तमाम भक्तसहित अग्निसमाधि लिने घोषणा गर्नु
(ज) वि.सं. १९९७ : भोजपुरकै उच्च पहाडी क्षेत्र चायाबोटे सिरान तोरीबारीको छेउको अग्लो थुम्कामा बसेर तेइस दिनसम्म तपस्या गरिन्
(झ) वि.सं. १९९८ : अरुण नदीमा गई जलसमाधि लिइन्
४. दिइएका आधारमा घटनाक्रम मिलाएर लेख्नुहोस् :
झ) विधवा हुनु र पुनर्विवाह हुनु,
ग) भागेर माइती जानू,
घ) आसामबाट फर्कनु,
ङ) आर्यसमाजी हुनु,
च) दीक्षा लिई सन्यासी बन्नु,
ञ) उफ्रौलीटारमा कुटी बनाउनु,
ज) निराहर, अल्पहार र जलाहार भएर तपस्या गर्नु,
छ) दासप्रथा, सतिप्रथाका विरुद्ध आवाज दिनु,
क) अग्निसमाधिको घोषणा तर असफल,
ख) जलसमाधिको तयारी र सफलता,
५. पाठको चौथो अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नहरुको छोटोदिनुहोस् :
क) योगमायाले कुटी बनाएको ठाउँहरुको नाम लेख्नुहोस् ।
योगमायाले कुटी बनाएको ठाउँहरुको नाम मझुवावेँसी, उफ्रौलीटार र गौडिनी हो ।
ख) मानिसहरु योगमायासँग प्रभावित हुनुको कारण के हो ?
ज्ञान, अनुभवका आधारमा पण्डितहरूसंग शास्त्रार्थ गर्ने, धाराप्रवाह प्रवचन दिनसक्ने खुबी भएका कारण मानिसहरू योगमायासंग प्रभावित हुन्थे ।
ग) योगमायाले किन तपस्या गरेकी हुन् ?
साधनाको प्राप्ति र सबै प्रकारका मोहबाट मुक्त हुन योगमायाले तपस्या गरेकी हुन् ।
घ) `उनी कहिले निराहार , कहिले जलाहार , कहिले अल्पहार तपस्यागर्थिन् ´ भन्नुको तात्पर्य के हो ?
यसको तात्पर्य योगमायाले जीवनका सबै प्रकारका लोभ र मोहबाट उन्मुक्ति एवं समाज सुधारको चाहना पूरा गर्नका लागि कहिले केही पनि नखाई, कहिले पानी मात्र खाई, कहिले थोरै मात्रै खाई कठोर तपस्या गर्थिन् भन्नू हो ।
ङ) योगमायाले जलसमाधि नलिएको भए आन्दोलनले कस्तो स्वरुप लिन्थ्यो होला, अनुमान गरि लेख्नुहोस् ।
योगमायाले जलसमाधि नलिएको भए आन्दोलनले शसस्त्र आन्दोलनको रूप लिन्थ्यो होला ।
६. `योगमाया छुवाछूतरहित ………..अविस्मरणीय रहेको छ´ जीवनीको अंश पढी सोधिएका प्रश्नहरुकोदिनुहोस् ।
क) योगमाया कस्तो समाजको खोजीमा लागिन् ?
योगमाया छुवाछुतरहित, शोषणरहित र भ्रष्टाचाररहित समाजको खोजीमा लागिन् ।
ख) तत्कालीन समाजले आफ्नो विचारलाई आविस्कार गरेपछि उनले कसरी विद्रोह गरिन् ?
तत्कालीन समाजले आफ्नो विचारलाई अस्वीकार गरेपछि उनले सामूहिक जलसमाधि लिएर विद्रोह गरिन् ।
ग) योगमायाको सम्मानमा के कस्ता कामहरु भएका छन् ?
योगमायाको सम्मानमा उनको स्मृतिमा `सर्वाथ योगवाणी´ नामक कृतिका साथै अनुसन्धानात्मक कृतिहरु र `योगमाया´शीर्षकको उपन्यास प्रकाशन गर्ने जस्ता कामहरु भएका छन् ।
७. दिइएको जीवनीको अंश पढी सोधिएका प्रश्नहरुकोदिनुहोस् ।
क) योगमायाको धर्मसम्बन्धी मान्यता कस्तो रहेको थियो ?
योगमाया तत्कालीन सामन्ती समाजमा धर्मका नाममा व्याप्त शोषण, दमन, अन्याय, अत्याचार, कुरिती जस्ता धार्मिक विकृति र विसङ्गतिको खुलेर विरोध गर्थिन । पूजा, आराधना, भजन, प्रसाद वितरण र ग्रहणमा विनाभेदभाव सबैलाई धार्मिक गतिविधिमा सम्मान सहाभागी गराउनुपर्छ भन्ने योगमायको धर्मसम्बन्धी मान्यता रहेको छ ।
ख) पाठसमेतका आधारमा योगमायाले गरेका सुधारका प्रयासहरुको वर्णन गर्नुहोस् ।
योगमाया समाज सुधारका लागि अथव सङ्घर्ष एवं सचेत क्रान्ति गर्ने ऐतिहासिक योगसाधना हुन्। उनले ध्यान, तपस्या र सामाजिक व्यवहारका माध्यमबाट सती प्रथा, छुवाछुत जस्ता कुरितीहरूबाट उन्मुक्त न्याय समातामूलक, विभेदरहित समाज निर्माणका लागि सचेत विद्रोह गरेकी छिन् । उनले सबैलाई सबै धार्मिक गतिविधिमा समान सहभागी गराएकी छिन । लैङ्गिक, जातीय, वर्गीय, धार्मिक, सांस्कृतिक, आर्थिक सबै खालका विभेद पनि वर्णाश्रमको घोर विरोध गरी विभेदरहित आदर्श सभ्य, न्याय र समतामूलक समाजका लागि अग्नि समाधिको प्रयास देखि जलसमाधि लिएर सचेत विद्रोह तथा अनौठों क्रान्ति गरेकी छिन् ।
८. उत्तर दिनुहोस् :
क) योगमायाको बाल्यकाल र किशोरावस्था कस्तो रह्यो ?
योगमायाको जन्म वि. सं १९२४ मा भएको थियो । सामाजिक परम्पराअनुसार ७ वर्षको कलिलो उमेरमा नै उनको विवाह भयो । पति भनेर चिन्न नपाउँदै विवाह गरेको दुई वर्षमा उनी विधवा भइन | बाल स्वभाव र गुणका आधारमा उनले घरपरिवार र समाजको तिरस्कार भोग्नुपयो । यही कारण उनी शारीरिक र मानसिक यातनाको समेत सिकार भइन् । यसरी अत्याचारका सबै खाले स्वरूपलाई सहदै उनी चौध वर्षको उमेरसम्म घरमै बसिन । माइत आएर पनि सामाजिक प्रचलनअनुसार उनलाई आफ्नै घरमा फर्काउन प्रयत्न गरियो । उनी घर र माइती दुवै छोडेर आसाम पुगिन र त्यहाँ गएपछि उनले फेरि विवाह गरिन् । विवाहको केही वर्षपछि उनको पतिको फेरि मृत्यु भयो । योगमायाको बाल्यकाल र किशोरावस्था यस्तो रह्यो ।
ख) योगमाया कसरी अध्यात्मिक विषयमा आकृष्ट भइन् ?
योगमायाको पहिलो पतिको मृत्युपछि उनी शारीरिक र मानसिक यातनाको सिकार भईन । घर र माइतीबाट उपेक्षित भएकाले उनी विस्तारै विद्रोह गर्दै आसाम पुगिन । उनमा विद्रोहको चेतना पलाउन थाल्यो । उनले आसाम पुगेर फेरि विवाह गरिन् । उनीहरुबाट नैनकला नामकी छोरी जन्मिइन्। त्यसपछि योगमाया सामाजिक क्रियाकलापमा सहभागी हुन थालिन् । त्यस समयमा सबैभन्दा प्रचलित सामाजिक गतिविधिका रूपमा पूजा प्रार्थना आदि रहेका थिए । उनले यस्ता क्रियाकलापमा सक्रिय सहभागिता जनाउँदै नेतृत्वको भूमिका निर्वाह गरिन् । यसरी योगमाया आध्यात्मिक विषयमा आकृष्ट भइन् ।
ग) योगमायाको साधना र तपस्याको बारेमा उल्लेख गर्नुहोस् ।
योगमाया सन्यासी भएपछि उनले तपस्याका निराहार, जलाहार, अल्पहार जस्ता विधिहरूको प्रयोग गरिन । उनमा धारातवाह प्रवचन दिन सक्ने खुबि थियो । भोजपुर आसपासका धेरै मानिसहरू उनको प्रवचन सुन्न आउन्थे । उनी उफ्रौलीटारको फराकिलो जमिनमा सरिन र भक्तजनहरूलाई समेट्ने गरी कटी पनि निर्माण गरिन् । उनले शरीरलाई मौसम र वातावरणअनुसार समायोजन गर्न कहिले कैयौ दिन अरुण नदीमा आधा शरीर डुबाएर बस्थिन्, कहिले गर्मी याममा पञ्चारित ताप्थिन । यस्ता कठोर तपस्याले उनलाई दृड बनाउँथ्यो । उनले भोजपुरकै उच्च पहाडी क्षेत्रमा चायाँबोटे सिरान तोरीबारीको छेउको अग्लो थुम्कामा बसेर २३ दिनसम्म तपस्या गरिन् । यी साधना र तपस्याको मुख्य र उद्देश्य जीवनको लोभ र मोहबाट मुक्त हुँदै समाजको सुधारको चाहना थियो ।
घ) योगमायाको अग्निसमाधिको योजना कसरी असफल भयो ?
योगमायाको अग्निसमाधि हुनुभन्दा एकदिन पहिले नै धनकुटाबाट वडाहाकिम साधव समसेरको नेतृत्वमा खटिआएको र भोजपुरबाट समेत खढिएको ठूलो फौजले घेरा हाली उक्त अग्निमाथि प्रतिबन्ध लगायो । त्यसैले योगमायाको अग्निसमाधिको योजना असफल भयो ।
ङ) योगमायाको जेवनीबाट पाइने शिक्षा के हो ?
जस्तो सुकै कठिन परिस्थिति आए पनि हाम्रो हामी कहिल्यै पछाडी हट्नु हुँदैन, अगाडि बढ्नुपर्छ अनि मात्र हाम्रो जीवन सुन्दर र शान्त बन्न पुग्छ भन्ने कुरा जीवन उनको जीवनीबाट शिक्षा पाउन सकिन्छ । उनले औपचारिक शिक्षा हासिल गर्न नसकेपनि स्वअनुभव र स्वसिकाइकाका माध्यमबाट धेरै ज्ञान प्राप्त गरिन। उनले योगसाधना, ध्यान, चिन्तनद्वारा समाजलाई नयाँ बाटो, विकासतर्फ लगिन। योगमायाको जीवनीबाट हामीले नराम्रो व्यवहार प्रति विरोध गर्नुपर्छ, स्वसिकाइ र स्वअनुभवद्वारा पनि धेरै कुराहरुको ज्ञान प्राप्त गर्न सकिन्छ भन्ने शिक्षा प्राप्त गर्न सकिन्छ ।
९. व्याख्या गर्नुहोस् :
क) यी तपस्याका विविध ……………………
…………चाहना राख्नु थियो ।
प्रस्तुत गद्यांश कक्षा ११ को नेपाली पाठ्यपुस्तकमा सङ्कलित `योगमाया´ नामक जेवानीबाट लिइएको हो । यस जीवनीका लेखक यसै पाठ्यपुस्तकका लेखक हुन् । प्रस्तुत व्याख्यांश योगमायाको योगसाधनाको चर्चा गर्ने प्रसङ्गमा आएको हो ।
योगमायाको विवाह सामाजिक प्रचलन अनुसार ७ वर्षको उमेरामा भएको थियो । विवाह भएको २ वर्ष उनको पतिको मृत्यु भयो । उनी किशोरावस्थामै समाजको र घरपरिवारको तिरस्कारले गर्दा शारीरिक र मानसिक यातनाको समेत सिकार भइन् । समाज र घरपरिवार बरले धेरै अत्याचार गर्न थालेपछि उनी आसाम भन्ने ठाउँमा गइन् । त्यहाँ उनको दोस्रो विवाह भयो । विवाह गरेको केही वर्षपछि फेरि उनको पतिको मृत्यु भयो र अकस्मात डोटेल थरका एउटा व्यक्ति आइपुगे। ती व्यक्तिले विवाहको प्रस्ताव राखे तर उनले स्वीकार गरिन् । उनीहरूको ‘नैनकला’ नामकी छोरी पनि जन्मिइन । पहिला चुपचाप बस्ने योगमाया विवाहपछि सामाजिक क्रियाकलापमा पनि सहभागी हुन थालिन् । यसैबिच उनी प्युठानको स्वर्गद्वारीमा रहेको महाप्रभु अभयानन्द द्वितीकहाँ पुगी दिक्षा लिइन् र सन्यासी बनिन् । सन्यासी बनेपछि घरायसी वातावरण त्याग गर्नुपर्ने भएकोले उनी कुनै शान्त ठाउँमा कुटि बनाएर एक्लै बस्न थालिन । जीवनका लोभ र मोहबाट मुक्त भइन् र उनले समाज सुधारको चाहना राख्न थालिन् । समाजमा भएको विभिन्न कुरिती, कुसंस्कृति, धार्मिक, सामाजिक, प्रशासनिक, आर्थिक तथा राजनीतिक क्षेत्रका विकृतिहरू प्रति विरोध गर्न थालिन र ती कुरिती हटाउन थालिन् ।
त्यसैले योगमायाले आफ्नो समाजसुधारको चाहानालाई मुर्त रुप दिन जीवनमा लोभ र मोह बाट मुक्त भइ कठोर भन्दा कठोर तपस्याका विभिन्न मोडहरुलाई अङ्गाल्दै विद्रोह गरीन् । यसबाट व्यक्तिगत स्वार्थबाट माथी उठी राष्ट्रिय स्वार्थलाई सर्वोपरि ठान्नुपर्ने सन्देश पाईन्छ ।
१०. सत्यनिष्ठा र समतामूलक समाजको स्थापनामा योगमायाले दिएको योगदानको चर्चा गर्नुहोस् :
योगमाया योगसाधना , तपस्या , ध्यान र सामाजिक व्यवहारका माध्यमबाट सती प्रथा, दास प्रथा, छुवाछूत जस्ता कुरीती र कुसंस्कारबाट मुक्त न्याय र समातामूलक विभेदरहित समाज निर्माणका लागि सचेत विद्रोह गर्ने नेतृत्व हुन् । योगमाया समाज सुधारका लागि अथक संघर्ष गर्ने एक सचेत ऐतिहासिक योगसाधना हुन् । योगमायाको योगसाधना र तपस्याको मुख्य उदेश्य नै साधना प्राप्ति र जीवनका सबै प्रकारका लोभ र मोहबाट उन्मुक्त भइ समाजमा व्याप्त धर्मिक, सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रका विकृति र विसङ्गतिको अन्त्य गरी छुवाछूतरहित, शोषणरहित, भ्रष्टाचाररहित न्याय र समतामूलक समाज निर्माणको चाहना थियो । योगमायाले सानैदेखि भोगेका विकृति र विसङ्गतिका कारण आर्थिक समाजिक संजालबाट मुक्त भइ वैराग्य चेतलाई सार्थकता प्रदान गर्न नै योग साधना र तपस्या गर्न योजना बनाएकी हुन् । तपस्याका लागि आफ्नै जन्मथलो उपयुक्त ठानी मझुवावेँसीमा पुगेकी हुन् । उनी त्यही सामाजिक पूजा, पुराण , चौतारीमा प्रयोग गर्नुका साथै समाजमा पुरुषहरुसँग शास्त्रार्थ वहस गर्ने गर्थिन् । यसै क्रममा महाप्रभु अभियानन्दसँग दिक्षा लिई सन्यासी बनी कुटी बनाएर एक्लै बसी योगसाधना गर्न थालिन् । उनले निराहार, जलाहार, अल्पहार जस्ता तपस्याका विधिहरु अपनाउँथिन् । कैयौं दिन अरुण नदीमा आधा शरीर डुबाएर बस्थिन् त कहिले गर्मी याममा पञ्चाग्नि ताप्थिन्। यसरी योगमायाले कठोर योगसाधना र तपस्या गर्नुको उदेश्य साधना प्राप्ति , मोहबाट उन्मुक्ति र समाज सुधार गरी सत्यनिष्ठा र न्यायमूलक समाज निर्माण गर्नु थियो ।
११. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नहरुकोलेख्नुहोस् ।
क) सञ्चारका माध्यम तथा यातायतका साधनाले संसारलाई कसरी नजिक बनाएको छ ?
सञ्चार माध्यमका साधनले संसारका कुनाकुनामा तुरुन्तै सम्पर्क गरी घरैमा बसी बसी कुराकानी गर्न, विश्वमा भएका घटनाहरूको समाचार हेर्न र सन्न सक्ने भएर संसारलाई नजिक बनाएको छ ।
ख) यन्त्रमानवले मानिसलाई कसरी सघाउँछ ?
यन्त्रमानले मानिसलाई वैज्ञानिक, औद्योगिक, घरायसी आदि विविध क्षेत्रमा मानिसले जस्तै काम गरेर सघाउँछ।
ग) वैज्ञानिक क्षेत्रमा भएको आशातीत प्रगतिले मानव जीवनलाई कस्तो बनाएको छ ?
वैज्ञानिक क्षेत्रमा भएको आशातीत प्रगतिले मानव जीवनलाई धरायसी कामदेखि लिएर कृषि, उद्योग वाणिज्य आदि क्षेत्रमा सुखी, सम्पन्न र सुविधायुक्त बनाएको छ ।
घ) `वैज्ञानिक´ र `अनुसन्धान´ शब्दको निर्माण प्रक्रिया देखाउनुहोस् ।
वैज्ञानिक : ( विज्ञान + इक )
अनुसन्धान : ( अनु + सन्धान )
१२. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नहरुकोदिनुहोस् :
क) सरकारले किन निषेधाज्ञा जारी गरेको छ ?
सरकारले महामारीको समय भएकाले निषेधाज्ञा जारी गरेको छ ।
ख) जयमङ्गलले कसरी सनाखत गरेर हिँड्छ ?
जयमङ्गलले हदम्यादको कुरै नबुझी सनाखत गरेर हिँड्छ ।
ग) माथिको पाठमा `ऊ´ भनेको को होला ?
माथिको पाठमा ऊ भनेको जयमङ्गल हो ।
घ) शब्दकोशको सहायता लिई माथिका पाठमा आएका गाढा शब्दहरुको अर्थ लेख्नुहोस् ।
निषेधाज्ञा
कुनै सङ्कटको स्थितिमा मालसमानको आयातनिर्यात परिवहनमा प्रतिबन्ध लगाइने सरकारी आदेश
इजलास
अदालत, न्यायालय
कायलनामा
कसुर वा गल्ती स्वीकार गरी लेखिदिने कागत, अपराध
गैरन्यायिक
न्यायको विपरीत भएको
उत्प्रेषण
तल्लो तहको अदालतले गरेका कारवाईको पुनरावलोकन गर्ने समादेश
मुल्तबी
अर्को कारवाहीको टुङ्गो लागेपछि किनारा लगाउने गरी स्थगित गरिएको मुद्दामामिला
जमानी
जमान गर्ने व्यक्ति
हदम्याद
आखिरी म्याद
सनाखत
अड्डाखानामा सम्बन्धित व्यक्तिका सामुन्ने यो काम मैले गरेको हु भन्ने लेखी गरिने सहीछाप
पेटबोली
निवेदनपत्र , फिरादपत्र
वन्दसवाल
व्यक्तिको वकपत्र
सकारनामा
मन्जुरनामा
दरपिठ
अड्डाअदालतमा दर्न लगिएका फिराद वा नालिस
महामारी
सङ्क्रामक
हाजिरजमानी
कुनै अपराधमा लागेको मानिस अड्डाले खोजेको बखत हाजिर गराउँला भनी बिचको मानिसले आफू जमानी भइ लेखिदिने कागज
नामयोगी
१. दिइएका वाक्यमा नामयोगी पहिचान गरी लेख्नुहोस् ।
क) उनीहरुसित बन्दुक छ ।
सित
ख) छानामाथि घिरौंला छ ।
माथि
ग) रमेश घाटतर्फ लाग्यो ।
तर्फ
घ) रुखबाट पात झर्यो ।
बाट
ङ) ऊवाहेक कोही बोलेलन् ।
वाहेक
च) जीवनभरि सुख पाइएन ।
भरि
२. दिइएको जीवनीको अंशबाट दशओटा नामयोगी टिप्नुहोस् ।
अनुसार, सम्म , बाट , सँग , पछि , बाहिर, सहित, प्रति, माथि, पट्टी ।
३. `योगमाया´ पाठबाट दशओटा नामयोगी टिपी वाक्यमा प्रयोग हर्नुहोस् ।
सम्म : मेरो घरबाट विद्यालयसम्म पुग्न एक घण्टा पैदल हिडेर जानुपर्छ ।
बाट : रुखबाट पात तल खस्यो ।
सित : रामले पैसा नभएर आफ्नो साथीसित सापट माग्यो ।
सँग : हामी आफ्नो हकमा लड्दा कोहीसँग पनि डराउनु हुँदैन ।
वाहेक : सीतावाहेक कोही बोलेनन् ।
भरि : आज रातभरि पानी पर्यो ।
तर्फ : हरि सथीको घरतर्फ लाग्यो ।
माथि : टेबलमाथि किताब छ ।
समेत : घरबाट आमासँग बहिनी समेत पोखरा आएकी रहेछिन् ।
अनुसार : तिमी मैले भनेअनुसार काम गर ।
क्रियायोगी
१. दिइएका क्रियायोगी पहिचान गरी लेख्नुहोस् ।
हिजो, पारि, भर्खर, त्यता, ढिलो, ज्यादै, बिस्तारै, डराइडराइकन, पढ्न आदि ।
२. दिइएको अनुच्छेदबाट बाह्रओटा क्रियायोगी टिप्नुहोस् ।
अस्ति, निकै, ढिलो, घर, गल्लीमा, यत्रतत्र, राति, अबेर, लडखडाउँदै, त्यहाँ, ज्यादै, राम्ररी ।
३. पाठमा प्रयुक्त दसओटा क्रियायोगी टिपी वाक्यमा प्रयोग गर्नुहोस् ।
घरमै : योगमाया मानिसक र शारीरिक यातना सहदैँ १४ वर्षसम्म घरमै बसिन् ।
माइत : सासू र नन्दको यातना सहन नसकेछि योगमाया माइत गएकी थिइन् ।
पलाउन : योगमायामा बिस्तारै विद्रोहको चेतना पलाउन थाल्यो ।
पुगेर : योगमाया आसाम पुगेर एक्लो महशुस गरिन् ।
फर्काउन : योगमायालाई आफ्नै घर फर्काउन प्रयत्न गरियो ।
नपाउँदै : योगमाया पति भनेर चिन्न नपाउँदै विधुवा भइन् ।
गर्न : योगमायाले नयाँ समाजको निर्माण गर्न धेरै तपस्या गरेकी थिइन् ।
खुलेरै : चन्द्र समसेरको दासप्रथा उन्मुलनको घोषणालाई योगमायाले खुलेरै प्रशंसा गरीन्।
बिस्तारै : योगमायाले बिस्तारै विद्रोहको आवाज उठाउन थालिन् ।
जमिनमा : उफ्रौलिटारमा रहेको फराकिलो जमिनमा योगमाया सरिन् ।
संयोजक
१. दिइएका वाक्य पढी संयोजक पहिचान गर्नुहोस् ।
क) र
ख) तापनि
ग) एवं
घ) वा
ङ) अनि
च) तर
२. योगमाया पाठबाट दशओटा संयोजक टिपोट गर्नुहोस् :
र, तथा, त्यसैले, तर, भन्ने, पनि, भनि, तथापि, अनि, जहाँ-त्यहीँ ।
३. दिइएका संयोजक राखी वाक्य बनाउनुहोस् ।
नत्र : तिमी पढ्न जानेभए जाऊ नत्र म बुबालाई भनिदिन्छु ।
किन्तु : देश विकासका लागि असल नेता हुनुपर्छ किन्तु देशमा असल नेताको अभाव देखिन्छ ।
यद्यपि : यद्यपि मेरो घर घोराही होइन , तर म त्यहीँ बस्ने गर्छु ।
पनि : म पनि तिमीसँग खेल्न जान्छु ।
किनभने: राम आज पढ्न गएको छैन किनभने ऊ बिरामी छ ।
कि…कि : कि काम गर कि राम्रोसँग पढ ।
तथापि : राम विदेश जान्छु भन्थ्यो तथापि व्यवसाय गरेर बसेछ ।
न….न : न तिमी राम्रोसँग पढ्छौ न व्यवसाय गर्छौ ।
भान्ने : पढेर जागिर नै गर्नुपर्छ भन्ने सोचाइ गलत हो ।
४. किन्तु , त्यसैले, जब…तब, किनभने, जहाँ …त्यहाँ प्रयोग गरी आफ्ना परिवारका बारेमा एक अनुच्छेद लेख्नुहोस् ।
म परिवारको पहिलो सदस्य हुँ किन्तु मैले पारिवारिक दायित्व अझै पनि बोध गर्न सकेको छैन । मेरो बुबा जागिरे हुनुहुन्छ त्यसैले मलाई आर्थिक समस्या पनि परेको छैन । जब बाबा अफिसबाट घर फर्किनुहुन्छ तब सधैं फलफूल किनेर ल्याउनुहुन्छ । हामी शनिबार घुम्न जान्छौं किनभने बाबाको अफिस छुट्टी हुन्छ । हामी जहाँ घुम्न जान्छौं त्यहाँ मैले कुनै न कुनै सामान किनेकै हुन्छु ।
विस्मयादिबोधक
१. दिइएका वाक्य पढी विस्मयादिबोधक पहिचान गर्नुहोस् ।
क) आहा!
ख) हरे!
ग) छ्या!
घ) आत्था!
ङ) स्याबास!
२. दिइएका खाली ठाउँमा मिल्ने विस्मयादिबोधक राखी वाक्य पूरा गर्नुहोस् ।
क) उफ्! कस्तो गर्मी ।
ख) धिक्कार! तिम्रो यो जिन्दगीलाई ।
ग) आहा! कति सुन्दर अक्षर ।
घ) आत्थु! कति चिसो हावा ।
ङ) छि:! कस्तो दुर्गन्धित कोठा ।
३. दिइएका विस्मयादिबोधक राखी वाक्य बनाउनुहोस् ।
क) आम्मा धन्नै लडेको ।
ख) स्याबास! तिमीले राम्रो काम गर्यौ ।
ग) आब्बुइ! कति ठूलो सर्प ।
घ) छिछी! कति फोहोर कोठा ।
ङ) ऐया! कस्तो पेट दुख्यो ।
निपात
१. दिइएका वाक्य पढी निपात पहिचान गर्नुहोस् ।
क) पो
ख) त
ग) रे
घ) लौ
ङ) क्यार
२. दिइएको खाली ठाउँमा मिल्ने निपात राखी वाक्य पूरा गर्नुहोस् ।
क) खै , मलाई केही थाहा छैन ।
ख) ल , आजलाई बिदा ।
ग) ऊ त आजै आउँछ ।
घ) ऊ डाक्टर नै हुन चाहन्छ ।
ङ) तँलाई पो केही चाहिँदैन ।
च) तिमी पनि हिजो आयौ र ?
छ) उनीहरु सहरमै बस्छन् रे ।
३. दिइएका निपातहरुलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् ।
रे : तिम्रो त आजकल अनलाइनबाट पढाई हुन्छ रे ।
क्यारे : भाइ त आज खेल्न जान्न क्यारे ।
है : नानू चाडै घर जाऊ है ।
अरे : श्याम त विदेश गयो अरे ।
नि : मपनि तिमीसँग जान्छु नि ।
पो : तिमीलाई पो केही चाहिदैन ।
ज्यादै : आज म ज्यादै खुशी छु ।
ला : ला भात बसाएर भाहिर आएको भित्र भात त डढेछ ।
खै : खै मैले राखेको सामान कता छ ।
पदवर्गसम्बन्धि थप अभ्यास
१. रेखाङ्कन गरिएका पदहरुको पदवर्ग पहिचान गरी लेख्नुहोस् ।
क)
स्याबास : विस्मयादिबोधक
नै : निपात
भन्ने : संयोजक
विश्वास : नाम
त्यो : विशेषण
झलझली : क्रियायोगी
ख)
तिर : नामयोगी
फर्केर : क्रियायोगी
सक्छ : क्रियापद
अरुहरु : सर्वनाम
अनौठो : विशेषण
र : निपात
ग)
प्रचुर : विशेषण
तापनि : संयोजक
यिन : सर्वनाम
सम्म : नामयोगी
राम्ररी : क्रियायोगी
शङ्का : नाम
घ)
गरिबको : विशेषण
माथी : क्रियायोगी
सुन्दर : विशेषण
किनभने : संयोजक
सँग : नामयोगी
ङ)
वाटाभरि : क्रियायोगी
सामल : नाम
अनि : संयोजक
आइपुगेर : क्रियायोगी
हामी : सर्वनाम
कहाँ : क्रियायोगी
भाग्यो : क्रियापद
च)
अग्ला : विशेषण
कलकल : क्रियायोगी
सँग : नामयोगी
सबै : विशेषण
पर्यटक : नाम
स्वागत : नाम
र : निपात
छ )
अरु : सर्वनाम
सर्वथा : क्रियायोगी
हुन्छ : क्रियापद
तर : संयोजक
पूर्वक : नामयोगी
यो : विशेषण
यिनी : सर्वनाम
ज )
आहा : विस्मयादिबोधक
यहाँ : सर्वनाम
असाध्यै : क्रियायोगी
सुनाउनुभयो : क्रियापद
भनेर : संयोजक
उन : सर्वनाम
रुपायन
२. दिइएको अनुच्छेदलाई स्त्रीलिङ्गमा परिवर्तन गर्नुहोस् :
भान्जी बजार गइन् । उनले त्यहाँ साथीहरुलाई भेटिन् । साथीहरुसँग धेरै बेर कुराकानी गरीन् । कुराकानी कै क्रममा उनले समय वितेको पत्तै पाइनन् । उनी हतार हतारकिनमेल गरेर घर फर्किन् ।
३. दिइएको अनुच्छेदलाई तृतीय पुरुषमा परिवर्तन गर्नुहोस् :
उनीहरु समयमै विद्यालय पुगे । विद्यालयमा पुगेर उनले सबै सामानकोनिरीक्षण गरे । त्यसपछि शिक्षकको निर्देशनअनुसार उनीहरुले परियोजना कार्य गर्न थाले । यश क्रममा उनीहरुले नयाँ नयाँ वैज्ञानिक तथ्यहरु फेला पारे ।
पाठ ५ : साथीलाई चिठी (चिठी) | सम्पूर्ण प्रश्नोत्तर र व्याकरण अव्यास | Class 11 Nepali Guide | SBN ONLINE SCHOOL
१. दिइएका अर्थसँग मिल्ने शब्द पाठबाट खोजेर लेख्नुहोस् :
क) मलेसियाको मुद्रा : रिङ्गेट
ख) विदेश : परदेश
ग) नागरिक नभएको अवस्था : अनागरिक
घ) मर्न लागेकालाई बचाउने : मृतसञ्जीवनी
ङ) सफा : कञ्चन
च) उथलपुथल : उद्वेलित
छ) कार्य गर्ने क्षमता भएको : सामर्थ्य
ज) जन्मेको ठाउँ : जन्मथलो
२. दिइएका शब्दहरुको अर्थ चिनेर जोडा मिलाउनु होस् :
क) रहर : इच्छा , एक किसिमको दाल
ख) काम : कम्प , कार्य
ग) पत्र : चिठी , तह
घ) कडी : सानो कडा वा मुन्द्रो , जुक्ती
ङ) अन्तर : भिन्नता , भित्री हृदय
३. दिइएका अनेकार्थी शब्दहरुको एकभन्दा बढी अर्थ लेख्नुहोस् :
मास : महिना , एक प्रकारको दाल ।
खरी : एक प्रकारको रुख , लेख्न प्रयोग गरिने सेतो पत्थर , मादल तबला आदिमा लगाउने मसला ।
ताल : पोखरी , चाल , बाजाको मात्रा , मौका ।
खाग : गैँडाको नाकमाथिको मूल्यवान अङ्ग , अग्राख , जान्नेसुन्ने ।
फेरी : हरिणको सिङको बाजा , प्रदक्षिणा ।
साँचो : सत्य , ताल्चा खोल्ने साधन ।
कछाड : छोटो धोती , पहाडको तल्लो भाग ।
अर्थ : मतलब , प्रयोजन , धन ।
चरण : तह , पाउ , श्लोकको एक पङ्क्ति ।
काल : समय , मृत्यु ।
४. दिइएका पदावलीलाई अर्थ स्पष्ट हुने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
कहाली लाग्नु
मलाई बुढापाखाको कहानी सुन्दा कहाली लाग्छ ।
टपाटप टिप्नु
तिहारलाई राखेको फूल भाइले टपाटप टिपेछ ।
महिना मर्नु
बुबाले महिना मरेपछि मोबाईल किनिदिन्छु भन्नुभयो ।
रोइकराइ गर्नु
रामले रोइकराइ गरेर घुम्न जान्छु भनी बुबालाई फकायो ।
वितृष्णा पलाउनु
सीतालाई सधै घरमा झैझगडा सुन्न परेपछि पढ्न पनि वितृष्णा पलाउन थाल्यो ।
हातमुख जोड्नु
धेरै नेपालीहरुलाई हातमुख जोड्नको समस्याले विदेशीनु परेको छ ।
उजुरी गर्नु
सीतामाथि हातपात भएपछि रामुकाकाले प्रहरीमा उजुरी गर्नुभयो ।
श्रम स्वीकृति लिनु
वैदेशिक रोजगारमा जानका लागि श्रम स्वीकृति लिन आवश्यक छ ।
अवैधानिक
गाँजाको व्यापार गर्नु अवैधानिक काम हो ।
बदला लिनु
हरिको साथीसँग झगडा भएपछि बदला लिनलाई मौक किरेर बसेको छ ।
सहारा बन्नु
हामी सबै बुढेसकालमा आमाबुबाको सहारा बन्नु पर्छ ।
१. पाठ पढी दिइएका प्रश्नहरुको उत्तर दिनुहोस् :
क) चिठीमा कतिवटा अनुच्छेद रहेका छन् ?
चिठीमा सातवटा अनुच्छेद रहेका छन् ।
ख) चिठीको आदि , मध्य र अन्त्य भागमा कस्ता विषयवस्तु छन् ?
चिठीको आदि भागमा वैदेशिक रोजगारी प्रतिको मोह देखाइएको छ भने मध्य भागमा वैदेशिक रोजगारीले दिएको क्षणिक सुखको अनुभव सुनाइनुका साथै अन्त्य भागमा स्वदेश प्रतिको मोह देखाइएको छ ।
ग) पुर्णविक्रमले सुरुका दुईतीन वर्ष विदेशमा कसरी बिताए ?
पुर्णविक्रमले सुरुका दुईतीन वर्ष विदेशमा मोजमस्तीमा र रमाइलो गर्दै बिताए ।
घ) पुर्णविक्रम कस्तो सपना बोकेर विदेश गएका थिए ?
पुर्णविक्रम परदेशमा रहेको सुनको बोटबाट टपाटप पैसा टिपेर चाँडै धनी भइन्छ भन्ने सपना बोकेर विदेश गएका थिए ।
ङ) चिठीमा के कस्ता अङ्गहरु हुन्छन् , लेख्नुहोस् ।
चिठीमा मिति , ठेगाना, सम्बोधन , शिस्टाचार, विवरण, समापन र खामको नमुना जस्ता अङ्गहरु हुन्छन् ।
२. `दिनहरु ……..हुने छु ´, चिठीको अंश पढी खाली ठाउँमा छुटेका शब्द भर्नुहोस् :
क) दुई महिनापछि काममा फर्कंदा कम्पनीले पनि राखेन ।
ख) त्यति वेला मात्र मलाई थाहा भयो, देश र परदेशको अन्तर ! नागरिक हुनु र अनागरिक हुनुको अन्तर !
ग) जीवनप्रति वितृष्णा पलाइरहेको थियो ।
घ) छिट्टै नेपाल फर्केर आफ्नै माटोमा परिश्रम गरी जीवन निर्वाह गर्ने विचारमा छु ।
ङ) अवको तीन महिनाभित्र म आफ्नो जन्मथलो, आफ्ना आमाबुबाको काख र प्रियजनहरुको माझमा हुने छु ।
३. `अहिले म सम्झन्छु ………सार्थक बनाउँछु´ चिठीको अंश पढी दिइएका प्रश्नहरुको उत्तर लेख्नुहोस् :
क) नेपालको जलराशिमा कस्तो सामर्थ्य रहेको छ ?
नेपालको जलराशिमा संसारकै मानिसहरुको प्यास मेटाउने सक्ने सामर्थ्य रहेको छ ।
ख) हाम्रो देशको विकासले गति लिन नसक्नुको कारण के हो ?
देशका जनताको दृढ इच्छाशक्ति र इमानदार प्रयत्न नभएकाले हाम्रो देशको विकासले गति लिन नसकेको हो ।
ग) परदेशमा सिकेको सिपले कसरी देश विकास गर्न सकिन्छ ?
परदेशमा सिकेको सिप आफ्नै देशमा प्रयोग गर्नुको साथै आरुलाई समेत सिकाई सोरोजगारको वातावारण सिर्जना गरेर देश विकास गर्न सकिन्छ ।
घ) देश विकासको मूल मन्त्र के रहेछ ?
देश विकासको मूल मन्त्र हरेक जनताले हातेमालो गर्दै अगाडि बढ्नुपर्छ रहेछ ।
ङ) म पात्र किन घर फर्कन चाहेको हो ?
वैदेशिक रोजगार प्रति वितृष्णा भएर म पात्र घर फर्कन चाहेको हो ।
४. दिइएको चिठीको अंश पढी प्रश्नहरुको उत्तर दिनुहोस् :
क) म पात्रले गरेका सही र गलत निर्णय के के थिए ?
म पात्रले गरेको सही निर्णय वैदेशिक रोजगारी छोडेर आफ्नो गाउँ, परिवार, देश सम्झेर फर्किनु हो । पैसा कमाउने आशामा विदेशिनु , विदेशिएपछि घरपरिवारलाई बिर्सनु , पैसा वचत नगर्नु जस्ता म पात्रका गलत निर्णयहरु थिए ।
ख) म पात्रको घर फर्कने निर्णयप्रति तपाईंको धारणा लेख्नुहोस् ।
म पात्रले आदर्शको मार्गलाई अङ्गाली घर फर्कने निर्णय गर्नु समसामयिक परिवेशमा विदेशिन हतार गर्ने, युवाहरुलाई समेत आफ्नो गाउँठाउँ आफैले बनाउनुपर्छ भन्ने देशभक्ति भावना जागृत गराएको पाइन्छ ।
५. पुर्णविक्रमको ठाउँमा तपाईं हुनु भएको भए के गर्नुहुन्थ्यो , आफ्नो विचार प्रस्तुत गर्नुहोस् ।
यदि पुर्णविक्रमको ठाउँमा म भएको भए , पैसा कमाउने लोभमा परेर आफ्नो स्वर्गभन्दा प्यारो देश र देवतासमान आमाबुबालाई छाडेर पुर्णविक्रम जस्तो म विदेश जाने थिएन । आफ्नो पढाई सकेर आफ्नै देशको सेवा गर्थे । यदि वैदेशिक रोजगारीमा जानै पर्ने बाध्यता आइपरेको भएपनि केही समय गएर पैसा कमाएर ल्याई आफ्नै देशमा स्वरोगार बनेर केही गर्थे । विदेशमा जाने रहर भएका अरु युवाहरुलाई पनि सम्झाइबुझाइ गरेर देश विकासमा हात जुटाउन आग्रह गर्थे । विदेशमा गएर हेला पाउनु भन्दा स्वदेशमै बसेर देशको लागि केही असल काम गर्थे । विदेशमा गएर सिकेका सिपहरूलाई पनि स्वदेशमा आएर सिपको सदुप्रयोग गर्थे ।
६. तपाई सुरज हुनुभएको भए चिठीको प्रतिउत्तर कसरी दिनुहुन्थियो लेखनुहोस् :
मिति: २०७७-०१-२६
पोखरा, गण्डकी प्रदेश
नेपाल ।
प्रिय मित्र पूर्णविक्रम,
धेरै धेरै माया अनि मिठो सम्जाना !
म यहाँ कुशल छु । तपाई पनि कुशलमंगल नै हुनुहुनछ भन्ने आशा राख्दछु । हजुरले पठाएको पत्र गत महिना पाए । पत्र पढिसकेपछि म हर्सले गद्गद् भए ।
केहि समय बाटो बिराएको मेरो मित्रको आखाँ खुलेछ र भ्रमको पर्दा हटेछ । तपाईंले आफूले विदेशमा सिकेका सिपलाई यहाँ आएर प्रयोग गर्छु भन्नुभएको कुरा सारै मन पन्यो । तपाईं यहां आउनुहोस् मैले सक्ने आर्थिक सहयोग म गर्नेछु । यहांका युवाशक्तिलाई विदेश जान ठिक रहेनछ भन्ने सन्देश दिनुभयो भने हाम्रो गाउँ छिट्टै विकास हुनेछ । यहाका युवापुस्तालाई केही सिप सिकाएर रोजगार दिने नया उपायहरू खोजौला । यहाँ तपाई आउने कुरामा सबै गाउँले खुसी भएका छन् । तपाईं कहिले आउनुहुन्छ र भेट होला भन्ने आशाले म विचलित भएको छु ।
ढिलै भए पनि मैले सम्भाएका कुरा तपाईले मनन गर्नु भएछ साह्रै खुसी लागेको छ । स्वदेश र विदेशको अन्तर पनि राम्रैसँग बोध गर्नु भएछ । विदेशमा गएर साह्रै दुःख पनि पाउनु भएछ, जुन कुरा सुन्दा अति नरमाइलो लाग्यो । हजुरको घर फकने निर्णय सुन्दा अत्यन्तै खुसी लागेको छ । हजुरको यो निर्णय अत्यन्त स्वागतयोग्य छ । अब स्वदेश फर्किन कति पनि ढिलो नगर्नुहोला । चिठी पनि लेख्दा लेख्दै धेरै लामो भएछ, अरू कुरा भेटमा गरौंला आजलाई यतिमै कलम बन्द गर्छु ।
उही तिम्रो साथी,
सुरज नेपाल
७. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् :
क) मूल्याङ्कन भनेको के हो ?
मूल्याङ्कन भनेको शैक्षिक उद्देश्यहरु कुन हदसम्म प्राप्त गर्न सकियो भनी किटान गर्ने प्रक्रिया भएकाले यो शिक्षण सिकाइको अभिन्न अङ्ग हो ।
ख) निर्माणात्मक र निर्णयात्मक मुल्याङ्कन बिच के फरक छ?
निर्माणात्मक मूल्याङ्कन कार्यक्रम सञ्चालन सँगसँगै औपचारिक र अनौपचारिक रुपमा जुनसुकै समयमा मूल्याङ्कन गरी पृष्ठपोषण दिन मिल्छ भने निर्णयात्मक मूल्याङ्कन शिक्षण सिकाइ कार्यक्रमको अन्त्यमा विद्यार्थीको उपलब्धि वा स्तर निर्धारण गरी प्रमाणपत्र प्रदान गरिन्छ । येही नै निर्माणात्मक र निर्णयात्मक मुल्याङ्कन बिच के फरक छ ।
ग) प्रमाणपत्र दिने परीक्षा किन आवश्यक छ ?
प्रमाणपत्र दिने परीक्षा शैक्षिक उद्देश्यबमोजिम विद्यार्थीले उपलब्धि हासिल गर्न सके वा नसकेको निर्णय लिई स्तर निर्धारण गरेर प्रमाणपत्र प्रदान दिन आवश्यक छ ।
घ) `पाठ्यक्रम ´र `पृष्ठपोषण´ को अर्थ लेख्नुहोस् ।
पाठ्यक्रम : शिक्षण सिकाइको पूर्ण योजनाको दस्तावेज
पृष्ठपोषण : कुनै काम कुरामा पछाडि बसेर सहायता पुर्याउने काम
८. गाउँको विकासका लागि पर्यावोरणमैत्री सडक आवसेक छ भन्ने खुलाउदै साथीलाई चिठी लेख्नुहोस् ।
मिति: २०७७-०१-२६
पोखरा, गण्डकी प्रदेश
नेपाल ।
प्रिय साथी अभिवादन !
जीवनमा धेरै सम्झना छ ।
म यहाँ सन्चै छु । तिमी लगायत तिम्रो सम्पूर्ण परिवार पनि त्यहाँ सन्चै छ भन्ने कामना गर्दछु । तिमीले पठाएको चिठी मैले हिजो मात्र प्राप्त गरेँ । पत्रमार्फतु तिमीले गाउँको विकासका लागि पर्यावरणमैत्री सडक कति आवश्यक छ भन्ने कुरा जान्न चाहेका रहेछी पत्र पढ्दा खुसी लाग्यो । आझ यो पत्र तेही सिलसिलामा लेख्दै छु ।
सम्पूर्ण जैविक र अजैविक वस्तुहरूको सामूहिक अन्तरसम्बन्ध नै वातावरण हो । पर्यावरणले ब्रह्माण्डमा रहेका सम्पूर्ण मानिस जीव, निजीव वस्तुहरू पशुपक्षी, रुख विरुवा, माटो, पानी, पहाड भूमि आदिलाई सन्तुलनमा राख्छ । हर अभिषेक हामीले विकासको नाममा कहिलयै वातावरणलाई प्रत्यक्ष अप्रत्यक्ष असर पर्ने कार्य गर्नुहुदैन । गाउँको विकास गर्ने नाममा हामीले कहिल्यै रुखविरुवा काट्नु हुँदैन । यदि काट्नै परे पनि सडक वरपर विरुवा रोपिहाल्नुपर्दछ । हामीले बाटो नजिक ठूलाठूला फ्याक्ट्री, मिल खोल्न दिनु हुँदैन । हामीले निर्माण गरेका बाटाहरू धूलो मैलो हुनु हुँदैन । बाटोको धूलोले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्दछ ।
त्यसैले समाज विकास गर्ने क्रममा पर्यावरणमैत्री ढङ्गले विकास गर्न आवश्यक छ । पर्यावरण जोगाउँदै विकास गर्नु अपरिहार्य छ । आजलाई यति नै बाँकी अर्को पत्रमा लेखौला । पत्र पाएपछि पर्यावरण जोगाउँदै कसरी विकास गर्न सकिन्छ ? तिमीलले जानेका उपाय बताउँदै जवाफ फर्काउँछौ भन्ने आशा गर्दछु ।
तिम्री प्यारी साथी
सुनबी पोखरेल
९. दिइएको अभिनन्दन पत्र पढ्नुहोस् र साहित्यका क्षेत्रमा योगदान गरेका कुनै एक व्यक्तिलाई प्रधान गरिने अभिनन्दन पत्रको नमुना तयार पार्नुहोस् :
अभिनन्दन पत्र
श्री राम चरण ज्यू,
तपाईंले नेपाली साहित्यको अध्ययन, अनुसन्धान तथा अन्वेषणको क्षेत्रमा प्रेरणादायी र उत्प्रेरक भूमिका खेल्दै आइरहनु भएको छ । नेपाली साहित्यका कविता, नाटक, निबन्ध, कथा र उपन्यासका माध्यमबाट तपाईले दिनुभएको योगदानको कदर गर्दै यो अभिनन्दन पत्र प्रदान गरिएको छ । तपाईंको उर्जाशील जीवनयात्रा, साहित्य क्षेत्रमा सक्रियता र अनवरत साधना सबैको लागि प्रेरणादायी बनोस् । तपाइँको यही अद्वितीय, अनुपम र अव्यक्त दीर्घ साधनाप्रति नतमस्तक हुँदै र सुस्वास्थ्य, सक्रिय दीर्घजीवनका लागि हार्दिक शुभकामना ब्यक्त गर्दै तपाइँको हार्दिक सम्मानका साथ यो अभिनन्दन पत्र प्रदान गर्दछौं ।
साहित्य समाज, नेपाल
१०. सामाजिक क्षेत्रमा योगदान पुर्याउने कुनै एक व्यक्तित्वको योगदानको कदर गर्दै प्रदान गरिने सम्मान पत्रको नमुना तयार पार्नुहोस् :
सम्मान पत्र
श्री राम चरण ज्यू,
तपाईले यस भक्तपुर नगरको सामाजिक क्षेत्रमा आइपर्ने हरेक प्रकारका समस्याहरूको समाधानका लागि प्रेरणादायी र उत्प्रेरक भूमिका खेल्दै आइरहनु भएको छ । सहयोगी, मिलनसार र भक्तपुर नगरकै अभिभावकका रूपमा तपाईंले दिनुभएको योगदानको कदर गर्दै यो सम्मान पत्र प्रदान गरिएको छ । तपाईंको उर्जाशील जीवनयात्रा, सामाजिक क्षेत्रमा सक्रियता र प्रेरण व्यक्तित्व सबैका लागि प्रेरणादायी बनोस् ।
मध्यपुर ठिमी नगरपालिका, भक्तपुर
१. दिइएको अनुच्छेद पढी कुन कुन लेख्य चिह्न प्रयोग भएका छन् , पहिचान गर्नुहोस् :
उद्धरण चिह्न
अर्धविराम चिह्न
विस्मयसूचक चिह्न
अल्पविराम चिह्न
प्रश्नचिह्न
२. दिइएका वाक्यहरुमा आवश्यक ठाउँमा आवश्यक चिह्न प्रयोग गर्नुहोस् ।
क) मैले घर बाटो फूल मान्छे र गाडीहरुको चित्र बनाएको छु ।
मैले घर, बाटो, फूल, मान्छे र गाडीहरुको चित्र बनाएको छु ।
ख) तिमी यहाँ बस चकचक नगर
तिमी यहाँ बस , चकचक नगर ।
ग) हामीले सुखदुःख रातदिन जीवनमरण जस्ता आइरहने गइरहने कुरा हुन् भन्ने बुझ्नुपर्छ ।
हामीले सुख-दुःख , रात-दिन , जीवन-मरणजस्ता आइरहने-गइरहने कुरा हुन् भन्ने बुझ्नुपर्छ ।
घ) तिमी र उसले के काम गर्यौ ।
तिमी र उसले के काम गर्यौ ?
ङ) अहा कति सुन्दर जीवन
अहा! कति सुन्दर जीवन ।
च) अग्लो होचो टाढा नजिक वर पर आदि विपरीतार्थी शब्द हुन्
अग्लो – होचो , टाढा – नजिक , वर – पर आदि विपरीतार्थी शब्द हुन् ।
छ) म तुरुन्तै फर्किहाल्छु उसले भन्यो
” म तुरुन्तै फर्किहाल्छु ” उसले भन्यो ।
ज) मेरो देशको नाम हो नेपाल
मेरो देशको नाम हो – नेपाल ।
झ) क्रियाहरुलाई कर्मप्रदानताका आधारमा दुई किसिममा बाँड्न सकिन्छ :
क) सकर्मक ख) अकर्मक
क्रियाहरुलाई कर्मप्रधानताका आधारमा दुई किसिममा बाँड्न सकिन्छ :-
क) सकर्मक ख) अकर्मक
ञ) उक्ति कथन दुई किसिमका हुन्छन् प्रत्यक्ष र अप्रत्यक्ष कथन
उक्ति कथन दुई किसिमका हुन्छन् – `प्रत्यक्ष र अप्रत्यक्ष कथन ।´
ट) ले बाट द्वारा प्रथम विभक्ति हुन सक्छन्
ले , बाट , द्वारा प्रथम विभक्ति हुन सक्छन् ।
ठ) मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन यो सुक्ति देवकोटाको हो
“मानिस ठुलो दिलले हुन्छ , जातले हुँदैन ।” यो सुक्ति देवकोटाको हो ।
ड) हरि तिमी के गर्दै छौ
हरि! तिमी के गर्दै छौ ?
३. उचित लेख्य चिह्नहरु प्रयोग गरी दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
ओहो! भोलि त परीक्षाफल प्रकाशित हुने दिन । मेरो जिपिए कति आउने होला ? व्यर्थै परीक्षा आउने बेलामा पनि फुटबल खेल्ने भइटोपलेको । बुबाले त सम्झाउँदै हुनुहुन्थ्यो ,” पढाइ पहिलो कुरा अनिमात्र अरु कुरा आउँछन् ” भनेर तर त्यतिबेला वास्ता गरिएन । राम, हरि, गोपाल र शिवले कर गरेपछि खेल्नै पर्यो । न त फुटबल नै जितियो न त पढाइमा नै ध्यान दिन सकियो तर के नै बिगारेको छु र । ( कोल्टे फेर्दै ) धत! अब चिन्ता गरेर के फाइदा र । ” निर्णय गर्न गल्ती गरे पछुताउनु पर्छ” गुरुले भन्नुभएको थियो । त्यस्तै भएजस्तो छ, खैर जे भयो भयो । अब चाहिँ यस्तो नगर्नुपर्ला । ( बत्ती निभाउँछ र सुत्छ )
४. दिइएका चिह्नहरु प्रयोग गरी एउटा अनुच्छेद तयार पार्नुहोस् :
ओहो! भोलि त परीक्षाफल प्रकाशित हुने दिन । मेरो जिपिए कति आउने होला ? व्यर्थै परीक्षा आउने बेलामा पनि फुटबल खेल्ने भइटोपलेको । बुबाले त सम्झाउँदै हुनुहुन्थ्यो ,” पढाइ पहिलो कुरा अनिमात्र अरु कुरा आउँछन् ” भनेर तर त्यतिबेला वास्ता गरिएन । राम, हरि, गोपाल र शिवले कर गरेपछि खेल्नै पर्यो । न त फुटबल नै जितियो न त पढाइमा नै ध्यान दिन सकियो तर के नै बिगारेको छु र । ( कोल्टे फेर्दै ) धत! अब चिन्ता गरेर के फाइदा र । ” निर्णय गर्न गल्ती गरे पछुताउनु पर्छ” गुरुले भन्नुभएको थियो । त्यस्तै भएजस्तो छ, खैर जे भयो भयो । अब चाहिँ यस्तो नगर्नुपर्ला । ( बत्ती निभाउँछ र सुत्छ )
पाठ ६ : त्यो फेरि फर्कला ? (मनोवैज्ञानिक कथा) – भवानी भिक्षु | सम्पूर्ण प्रश्नोत्तर र व्याकरण अव्यास | Class 11 Nepali Guide | SBN ONLINE SCHOOL
१. तल दिइएका शब्दहरुको विपरीत अर्थसँग जोडा मिलाउनुहोस् :
सुदूर = निकट
कृतज्ञता = कृतध्नता
वेदना = खुसी
प्रदीप्त = अन्धकार
अतीत = भविष्य
मूक = सस्वर
प्रवाह = स्थिर
२. गाढा शब्दको अर्थ पहिचान गरी चिनो लगाउनुहोस् ।
क) निरन्तर
ख) बेवास्ता
ग) असजिलोपन
घ) मन ठेगानमा नभएको अवस्था
ङ) ज्यादै प्रतीक्षा गरिएको
च) सुनसान
३. दिइएका अर्थहरुको पर्यायवाची शब्द पाठबाट खोजेर लेख्नुहोस् ।
क) असजिलोपन = सङ्कोच
ख) सुक्खा = शुष्क
ग) लजालु = लज्जावन्त
घ) रुवाई = रुदन
ङ) पर्खाइ = प्रतीक्षा
च) धुलोपीठो = चूर्णविचूर्ण
छ) व्यक्त नभएको = अव्यक्त
ज) वज्रभन्दा पनि = बज्रादपी
४. पाठमा रहेको " जाने बखतमा ………… त्यो आएन !" कथांश पढी दिइएका प्रश्नहरुको उत्तर दिनुहोस् :
क) "ता" प्रत्यय लागेका चारवटा शब्द खोज्नुहोस् ।
उदासिनता, शून्यता, प्रसन्नता र उत्फुल्लता ।
ख) चारवटा उपसर्ग व्युत्पन्न शब्द पहिचान गरी लेख्नुहोस् ।
उत्तर; दुष्कल्पना, असुविधा, प्रकार र प्रदीप्त ।
ग) यस अनुच्छेदमा प्रयुक्त दसओटा तत्सम शब्दहरुको सूची बनाउनुहोस् ।
यात्री, भयानक, प्रतीक्षा, शून्य, आशा, भावना, दुष्कल्पना, नित्य, प्रकार र प्रदीप्त ।
५. शब्दकोशको सहायता लिई दिइएका शब्दको अर्थ लेख्नुहोस् र वाक्यमा प्रयोग गर्नुहोस् :
पर्यन्त : अन्तिम सीमा, हद
आश्रममा जीबन पर्यन्त सिकाईलाई सीप र ज्ञानका लागि सहयोग कार्यक्रम गरिएको छ ।
निस्तब्ध : सुनसान
निस्तब्ध अन्धकार वनमा रामले बजाएको भोइलिनको स्वर अलौकिक तवरले गुञ्जन थाल्यो ।
उद्विग्न : कुल, चिन्तित
पानीले बाली नाश भएको देखेर बुबा उद्विग्न हुनुभयो ।
उल्लास : आनन्द
हामी सबै साथीहरु मिलेर घुम्न गएको उल्लास म कहिल्यै भुल्न सक्दिन ।
क्लान्त : थाकेको
आमालाई क्लान्त अवस्थामा देखेर रुन मन लाग्यो ।
शिथिल : थकित
आज दिनभर बारीमा काम गरेकाले म शिथिल भएको छु ।
मधुरिमा : मिठास
श्रेयाको गीतको मधुरिमा म मन्त्रमुग्ध भए ।
विषद् : ठुलो, फराकिलो
रोसनका लागि मेरो मनमा विषद् माया र ममता छ ।
सामन्जस्य : मेलमिलाप
हामी सबैमा सामन्जस्यको भावना हुनुपर्छ ।
उत्सर्ग : त्याग
गरिवीका कारढ मैले कतिपय सपनाहरु उत्सर्ग गरेको छु ।
अभ्यन्तर : भित्री मन
रामले अभ्यन्तर देखि नै सीतालाई प्रेम गर्छु भन्यो ।
विलुप्त : लोप भएको
दाजु विलुप्त हुनुभएको पनि दस वर्ष हुन लग्यो ।
१. "त्यो फेरि फर्केला ?" कथा पढी दिइएका प्रश्नहरुको उत्तर दिनुहोस् :
क) कथा कति अनुच्छेदमा संरचित छ ?
कथा ५२ अनुच्छेदमा संरचित छ ।
ख) कथाको सबैभन्दा लामो अनुच्छेद कुन हो ?
कथाको सबैभन्दा लामो अनुच्छेद ३८औ अनुच्छेद हो ।
ग) कथाको कुन अनुच्छेदमा पुग्दा सानी र यात्रीको भेट भएको छ ?
कथाको ४४औ अनुच्छेदमा पुग्दा सानी र यात्रीको भेट भएको छ ।
घ) संवादको प्रयोग नभएका अनुच्छेदहरु पाठमा कतिओटा छन् ?
उत्तर; संवादको प्रयोग नभएका अनुच्छेदहरु पाठमा १८ ओटा छन् ।
२. "त्यो फेरि फर्केला ?"कथा पढी दिइएका घटनाक्रम मिलाई लेख्नुहोस् :
ख) एकदिन साझको समयमा एउटा यात्री आएर यहाँ बास पाइन्छ भनेर सानीलाई सोध्नु,
च) आमाले बास बस्न अनुमति दिनु,
झ) आमाको स्वीकृति र यात्री बाँस बस्ने निश्चिति भएपछि सानी खुसी हुनु,
ठ) यात्रीको बासका लागि सानी सक्रिय भएर लाग्नु र भित्रभित्रै यात्रीप्रति आकर्षित हुनु,
क) यात्री सुतेपछि सानी यात्रीका कल्पनामा डुबुल्की मार्नु,
ण) अनायास सानी यात्री सुतेको ठाँउमा पुग्नु र यात्री निश्चिन्त सुतिरहेको हुनु,
घ) यात्री बिदा भएर गएपछि प्रत्येक दिन यात्रीलाई सम्झिनु,
ग) समयक्रममा सानीको विवाह हुनु,
ङ) पन्ध्रौं दिनसम्म उत्साहपूर्वक रुपमा सानी बस्नु तर यात्री नफर्कनु,
छ) सानीकी आमाको स्वर्गे भएपछि सानी त्यहाँ गएर आमाको पेसा अँगालेर बस्नु,
ज) एकदिन अचानक त्यहीँ यात्री आएर बास माग्नु,
ञ) सानीले प्राणपर्यन्तसम्म पर्खेको यात्रीले कुराकानीको क्रममा तिमी त बुढी भइसकिछ्यौ भन्नू,
ढ) बिहान हुनेबित्तिकै पहिले झैँ यात्री हिड्नु,
ड) आफुले मात्र यात्रीको प्रतीक्षा गरेको तर यात्रीले त्यस्तो कुनै आग्रह, अनुराग नभएको थाहा पाउनु,
ट) सानीको दीर्घ प्रतीक्षा समाप्त हुनु
३. "विचारधारा अर्कैतिर …………………… ओछ्यानमा लडी ।" कथांश पढी सोधिएका प्रश्नहरू उत्तर दिनुहोस् :
क) सानी के कारणले निस्तब्ध भई ?
सानीले त्येस यात्रीको श्रीमती होली भन्ने कुरा सम्झिएर निस्तब्ध भई ।
ख) यात्री सुतेको देखेपछि सानीलाई कस्तो लाग्यो ?
यात्री सुतेको देखेपछि सानीलाई यात्रीलाई प्राप्त गर्ने डर युक्त लोभ भयो ।
ग) टुकी बालेपछि सानीलाई किन डर लाग्यो ?
टुकी बालेपछि आमा वा यात्रीले थाहा पाउने हुनकि भनेर सानीलाई डर लाग्यो ।
घ) सानीको मनोदशा कसरी परिवर्तन भएको छ ?
यात्रीप्रतिको आकर्षण प्रस्तुत गर्न नसकेता पनि यात्रीलाई नहेरी नहुने उत्सुक्ताले सानिको मनोदशा परिवर्तित भएको छ ।
४. दिइएका कथांश पढी सोधिएका प्रश्नहरू उत्तर दिनुहोस् :
क)
अ) सानीको प्रतीक्षाले उसको कस्तो मनस्थितिलाई देखाएको छ ?
सानीको प्रतीक्षाले उसको यौन मनस्थितिलाई देखाएको छ । युवा यात्रीप्रतिको अव्यक्त प्रेमाकर्षणका कारण दमित यौन कुण्ठाको शिकार बनेकी सानीको दमित यौनेच्छालाई उद्घाटन गरी सानीको अवचेतन मनले चेतन मनमा पारेको प्रभावका कारण जीवनमा आएका मनोदशा एवं विक्षिप्त मानसिक उतारचढावलाई प्रस्तुत गरिएको छ । यसरी यस कथाले सानीको अतृप्त यौनेच्छा, प्रणय, वासना एवं कुण्ठित, विक्षिप्त, विचलित अतृप्त यौन कुण्ठाले ग्रसित मानसिक उतारचढावको रतिरागयुक्त यौनमनोविज्ञान प्रस्तुत गरेको छ ।
आ) सानीको जीवनमा के कस्ता उतारचढावहरु देखिन्छन् ?
सानीको जीवनमा धेरै ठूला ठूला मनोवैज्ञानिक उतारचढावहरु देखिन्छन् । विवाह गरेर पोइको घरमा गएपछि पनि सानीले कुनै क्षण त्यो एक रात बास बस्न आएको यात्रीलाई विर्सन सकेकी छैन । अर्काकी श्रीमती भएपछि पनि त्यो यात्री आउला र आफूलाई लग्ला भन्ने तृष्णारूपी आशाले सानीलाई छाडेको छैन । जसको प्रतीक्षा गरेकी छे उसलाई प्राप्त गर्न सकेकी छैन यसरी सानीले आफूले सोचे जस्तो जीवन भोग्न पाएकी छैन । अतः सानीको जीवनमा तृष्णा, मोह, आशक्ति, कुण्ठा, छटपटी, बेचैनी, देखावटीपन, तिव्र इच्छा, चाहना, निराशा जस्ता उतारचढावहरु देखिन्छन् ।
ख)
अ) सानीको प्रतीक्षा कसरी समाप्त भयो ?
आमाको मृत्युपछि माइतमै पुरानै पेसा चलाइ बस्ने क्रममा यात्रीको पुनरागमन हुन्छ तर सानीको एकतर्फी प्रेमाशक्ति यात्रीलाई भने आभाष समेत हुदैन । अतः यात्रीले सानीप्रति कुनै प्रेमभाव, आग्रह, अनुराग नराखेको कुरा थाहा पाएपछि सानीको प्रतीक्षा समाप्त भयो ।
आ) यस अनुच्छेदमा सानीको कस्तो मनोविज्ञान प्रस्तुत भएको छ ?
यस अनुच्छेदमा आफू पहिले जस्तै छु भन्ने मनोविज्ञान सानीमा रहेको छ तर जब यात्रीले तिमी त बुढी भइछ्यौ भन्दा सानी यथार्थमा आएकी छिन् । सानीले आफूलाई सधै यौवना नारी नै सम्झिरहने, आफ्नो उमेर पनि कटेको थाहा पाइनन् । अतः आफ्ना सोचाइ, इच्छा, आकाङ्क्षा पूरा नहुँदा सानी शिथिल, क्लान्त, गलेजस्तो, बिरामी भएजस्तो विक्षिप्त मनोविज्ञानको चित्रण गरिएको छ ।
५. व्याख्या गर्नुहोस् :
क) समस्त जगतमा …………………………….. रहन जान्थ्यो ।
प्रस्तुत गद्यांश कक्षा ११ को नेपाली पाठ्यपुस्तक अन्तर्गत पर्ने ‘त्यो फेरि फर्कला ?’ मनोवैज्ञानिक कथाबाट साभार गरिएको हो। यस कथाका लेखक भवानी भिक्षु हुन् । यस कथामा कथाकी प्रमुख नारी पात्र सानीको अवचेतन मनको अतृप्त वासना, दमित यौन कुण्ठा, आवेग र संवेगका उतारचढावलाई सुन्दर चित्रण गरिएको छ । नारीको मनोविज्ञानलाई यस कथाले मार्मिक ढङ्गले प्रस्तुत गरेको छ ।
नारी जातिलाई ममता, मायाकी खानी मानिन्छ । नारीमा सहनशक्ति पनि ज्यादै हुन्छ नारीको ममताका कारण एउटा परिवार एउटा सूत्रमा बाँधिन सक्छ त्यो ममता नहुने हो भने परिवार विखण्डित हुनसक्छ । नारीले संसारमा ममता नवाडेको भए यो विश्व मरुभूमि जस्तै हुने थियो । जस्तोसुकै दुःख सहेर भएपनि नारीले माया बांडेकी हुन्छे । आफ्ना सारा इच्छा, आकाङ्क्षा र मनोकामनालाई थाती राखी एउटी नारीले आफ्नो त्याग र उत्सर्ग देखाउन पनि पछि पर्दिनन् । त्यो फेरि फर्केला? कथामा पनिसानीको विवाह भएको छ । घरमा लोग्नेसहित परिवार छ तर पनि उसल त्यो यात्रीलाई पर्खिन छोडेकी छैन । उसले आफ्नो परिवारको सम्पूर्ण जिम्मेवारी पूरा गरेकी छे घरमा सबैलाई गर्ने माया ममतालाई कमी आउन दिएकी छैन । ऊ त्यो एक रात वास वस्न आएको यात्रीलाई पनि त्यति नै माया गर्छे जति घरका उसका अन्य सदस्यहरू हुन् । तसर्थ सानीको माध्यमबाट कथाकारले समस्त जगतमा नारी कै महान ममता छरिन नगएको भए यो विशाल विश्व शुष्क रुख झै निर्जीव काठ मात्र रहन जान्थ्यो भनेर देखाएका छन् ।
ख) प्रेम जीवनको …………………………………… अस्तित्वको विलुप्ति ।
प्रस्तुत गद्यांश कक्षा ११ को नेपाली पाठ्यपुस्तक अन्तर्गत पर्ने ‘त्यो फेरि फर्कला ?’ मनोवैज्ञानिक कथाबाट साभार गरिएको हो । यस कथाका लेखक भवानी भिक्षु हुन् । यस कथामा कथाकी प्रमुख नारी पात्र सानीको अवचेतन मनको अतृप्त वासना, दमित यौन कुण्ठा, आवेग र संवेगका उतारचढावलाई सुन्दर चित्रण गरिएको छ । नारीको मनोविज्ञानलाई यस कथाले मार्मिक ढङ्गले प्रस्तुत गरेको छ ।
संसार प्रेममा अडेको छ । प्रेमकै कारण यो ससार यति रमणीय भएको छ । मानिसको जीवनलाई अगाडि बढाउनका लागि सधै पवित्र प्रेमको आवश्यकता पर्दछ । सानो हुन्जेलसम्म आमाको पवित्र प्रेमले मानिसलाई जीवन अगाडि बढाउन सहयोग गर्दछ । बढ्दै जाँदा साथीभाइ र समाजको प्रेमले सही गोरेटोमा हिडाउँछ । जब यौवन अवस्थामा पुग्छ तब उसलाई पति/पत्निको पवित्र प्रेमको आवश्यकता पर्दछ । यसरी मानव जगतमा मात्र नभएर यश संसारका हरेक प्राणीलाई प्रेमको आवश्यकता पर्दछ । प्रेमका लागि मानिसले ठूला ठूला त्याग गरेका हुन्छन् । आफूले त्याग गर्दा पनि त्यो प्रेम प्राप्त नभए पनि मानिसको आफ्नो अस्तित्व नै विलुप्त हुँदै जान्छ ।
यस कथामा एक दिन वास बस्न आएको यात्रीलाई प्राप्त गर्ने सानीको उत्कट इच्छा छ । आफ्नो विवाह भएपछि पनि उसैलाई प्रेम गरेकी छे । उसले जीवनको उत्तरार्धसम्म त्यस यात्रीको प्रतीक्षा गरेकी छे तर यात्रीले सानीप्रति कुनै प्रेमभाव, आग्रह, अनुराग नराखेको कुरा थाहा पाएपछि सानीको प्रतीक्षा समाप्त भएको देखाएर कथाकारले प्रेम जीवनको बाटो हो र उत्सर्ग त्यसको अन्तिम लक्ष्य, त्यस लक्ष्यसम्म पुगेपछि पाइन्छ आफ्नो अस्तित्वको विलुप्ति हुन्छ भनेर पुष्टि गरेका छन् ।
७. उत्तर दिनुहोस् :
क) दिइएका सन्दर्भका आधारमा सानीको चरित्र चित्रण गर्नुहोस् :
(अ) कथागत भुमिका
(आ) पारिवारिक स्थिति
(इ) शारीरिक स्थिती
(ई) मानसिक स्थिति
(उ) आर्थिक स्थिति
सानी
सानी यस कथाकी प्रमुख नारी पत्र एवम केन्द्रीय पात्र हो । सम्पूर्ण कथावस्तु सानीको सेरोफेरोमा रचिएको छ । सानीले एक छोरी, बुहारी, पत्नी र प्रेमिका भएर यस कथामा भूमिका निर्वाह गरेकी छे । विवाहपूर्व नै माइतमा आमासँगै भट्टी पसल चलाएर बसेकी सानीको पारिवारिक अवस्था निम्नवर्गीय नै देखिन्छ । भर्खरै यौवनको सिढीमा उक्लिदै गरेकी सानीको मनमा नयाँ नयाँ इच्छा र आकाङ्क्षा पलाइरहन्छन् । सानीको वैशालु मनले यात्रीप्रति अनुराग देखाउँदै उसको विचलित मानसिक स्थितिको चित्रण गरिएको छ । पुष्ट शरीर वान्की मिलेको अनुहार भएपनि जीवनको पछिल्लो चरणमा बुढ्यौलीका सङ्केतहरू देखिएका छन् । सानीको मानसिक स्थिति विक्षिप्त छ । आर्थिक अवस्था कमजोर हुनु, पहाडको विकट स्थानमा सामान्य होटल गरे तापनि होटलमा फाट्ट फुट्ट मात्र मानिस आउनाले उसको आर्थिक अवस्था कमजोर देखिएको छ ।
ख) "त्यो फेरि फर्केला?" कथाले कस्तो मनोविज्ञान प्रस्तुत गरेको छ ?
"त्यो फेरि फर्केला?" कथा भवानी भिक्षुद्वारा रचिएको यौन मनोवैज्ञानिक कथा हो । यस कथामा कथाकी प्रमुख नारी पात्र सानीको अवचेतन मनको अतृप्त वासना, दमित यौन कुण्ठा, आवेग र संवेगका उतारचढावलाई सुन्दर चित्रण गरिएको छ । मानिसको अवचेतन मनमा रहेको इच्छा आकाङ्क्षा कसरी, कुन रूपमा प्रकट हुन्छ भन्ने कुरालाई यहाँ प्रस्तुत गरिएको छ । नारीमनका यौनजन्य क्रियाकलाप स्वस्थ र प्रेममय रूपमा कसरी बाहिर निस्कन्छन् र तिनले उनीहरूलाई कसरी प्रत्यक्ष असर गरेको हुन्छ भन्ने कुरालाई यस कथामा मनोवैज्ञानिक ढड्गले प्रस्तुत गरिएको छ । यौनआकाक्षाले जीवनमा कस्तो कस्तो इच्छा जागृत हुन्छ र त्यसका लागि मानिसले के कस्तो व्यवहार गर्दछ भन्ने कुरालाई समेत यहाँ चर्चा गरिएको छ । प्रेम एकतर्फी हुँदा पनि समस्या आउछ भन्ने मनोविज्ञानलाई कयामा सानीका माध्यमबाट प्रस्तुत गरिएको छ । समग्रमा सानीको माध्यमबाट नेपाली नारीहरुको दमित र कुण्ठित मनोविज्ञानको प्रस्तुति येस कथामा पाइन्छ ।
ग) "त्यो फेरि फर्केला?"कथामा सामाजिक,आर्थिक र प्राकृतिक परिवेशको चित्रण कसरी गरिएको छ ?
"त्यो फेरि फर्केला?" भवानी भिक्षुद्वारा लेखिएको एक उत्कृष्ट मनोवैज्ञानिक कथा हो । यस कथामा कथाकी प्रमुख नारी पात्र सानीको अवचेतन मनको अतृप्त वासना, दमित यौन कुण्ठा, आवेग र संवेगका उतारचढावलाई सुन्दर चित्रण गरिएको छ । नारीको मनोविज्ञानलाई यस कथाले मार्मिक ढङ्गले प्रस्तुत गरेको छ ।
यस कथामा सामाजिक, आर्थिक र प्राकृतिक परिवेशको चित्रण गरिएको छ । मधेशबाट यात्रीहरु चितलाङको बाटो हुदै काठमाडौँ आउने प्रसङ्गको चर्चा गरिएबाट यस कथामा राणाकालीन समाजको सामान्य जनजीवनको चित्रण गरिएको छ । मार्खुको बाटोमा होटेल गरेर बस्ने सानी र उसकी बुढी आमाको माध्यमबाट पहाडी जीवनका कष्टकर अवस्थाहरुको सजीव चित्रण पाइन्छ । वर्गीय विभेदकै कारण नेपाली ग्रामीण समाजमा आर्थिक असमानता रहेको देखिन्छ । धनीहरुले सुविधा सम्पन्न होटलहरु खोले पनि गरिवहरु भट्टी पसल खोली जीवन यापन गर्ने गरेको र त्यसमा पनि एकल महिलाहरुको वाध्यात्मक अवस्था रहेको पाइन्छ । यस कथामा सामाजिक र आर्थिक रुपमा पछि परेको समाज भएपनि, प्राकृतिक रुपमा सुन्दर रहेको पाइन्छ । स्वच्छ, शान्त, प्रदूषणरहीत, हरियालीका साथै सूर्यको सुनौलो किरणले हिमालमा देखिने स्वर्णीम दृश्य, वनपाखा पखेरा एवं खोलाहरुको प्राकृतिक सङ्गीतले प्राकृतिक सुन्दरताले भरिपूर्ण मनोरम प्राकृतिक परिवेशको चित्रण गरिएको पाइन्छ । तसर्थ "त्यो फेरि फर्केला?" सामाजिक, आर्थिक र प्राकृतिक परिवेशको चित्रणलाई मनोवैज्ञानिक ढंगबाट प्रस्तुत गरिएको छ ।
घ) "त्यो फेरि फर्केला?"कथाको शीर्षक सार्थकता पुष्टि गर्नुहोस् ।
"त्यो फेरि फर्केला?" भवानी भिक्षुद्वारा लेखिएको एक उत्कृष्ट मनोवैज्ञानिक कथा हो । यो कथा कथावस्तुका आधारमा सार्थक छ । यस कथामा कथाकी प्रमुख नारी पात्र सानीको अवचेतन मनको अतृप्त वासना, दमित यौन कुण्ठा, आवेग र संवेगका उतारचढावलाई सुन्दर चित्रण गरिएको छ । नारीको मनोविज्ञानलाई यस कथाले मार्मिक ढङ्गले प्रस्तुत गरेको छ ।
मधेशबाट यात्रीहरु चितलाङको बाटो हुदै काठमाडौँ आउने प्रसङ्गको चर्चा गरिएबाट यस कथामा राणाकालीन समाजको सामान्य जनजीवनको चित्रण गरिएको छ । मार्खुको बाटोमा होटेल गरेर बस्ने सानी र उसकी बुढी आमाको माध्यमबाट पहाडी जीवनका कष्टकर अवस्थाहरुको सजीव चित्रण पाइन्छ । एक दिन युवा यात्री आफ्नै घरमा बास वस्न आएपछि सानीमा रतिरागयुक्त काम वासना जागृत भई युवाप्रति आशक्तियुक्त अव्यक्त एकतर्फी प्रेम गर्छे जसका कारण उसमा मानसिक विचलन आउँछ । दमित यौन कुण्ठाको शिकार बन्दछे । यात्री भोलिपल्ट नै गए पनि उसकै अनन्त प्रतीक्षामा बसिरहन्छे । आफ्नो अमूक प्रेम यात्री त्यो कहिले फर्कला ? भनी उसकै बाटो हेरिरहन्छे । विवाह गरेर पोइको घरमा गएपछि पनि सानीले कुनै क्षण त्यो एक रात बास बस्न आएको यात्रीलाई विर्सन सकेकी छैन । अर्काकी श्रीमती भएपछि पनि त्यो यात्री आउला र आफूलाई लग्ला भन्ने तृष्णारूपी आशाले सानीलाई छाडेको छैन । मन नलागी नलागी विवाह गर्नु परेको छ विवाह गरेपछि पनि उसले एउटा यात्रीलाई सदा सम्भिरहेकीहुन्छे । उसको प्रतीक्षाको समाप्तिसँगै कथानक पनि समाप्त भएको छ । यसरी समग्र कथावस्तुको केन्द्रीय मर्मअनुसार कथाको शीर्षक राखिएकाले त्यो फेरि फर्कला ? कथाको शीर्षक सार्थक देखिन्छ ।
८. आफ्नो घरमा बास बस्न आइपुगेको यात्रीका लागि सानीले गरेको दीर्घ प्रतीक्षा तपाईलाई कस्तो लाग्यो, कथात्मक सन्दर्भका आधारमा विश्लेषण गर्नुहोस् ।
प्रस्तुत गद्यांश कक्षा ११ को नेपाली पाठ्यपुस्तक अन्तर्गत पर्ने ‘त्यो फेरि फर्कला ?’ मनोवैज्ञानिक कथाबाट साभार गरिएको हो। यस कथाका लेखक भवानी भिक्षु हुन् । यस कथामा कथाकी प्रमुख नारी पात्र सानीको अवचेतन मनको अतृप्त वासना, दमित यौन कुण्ठा, आवेग र संवेगका उतारचढावलाई सुन्दर चित्रण गरिएको छ । नारीको मनोविज्ञानलाई यस कथाले मार्मिक ढङ्गले प्रस्तुत गरेको छ ।
यस कथामा तराईबाट काठमाडौँ आउने क्रममा विच बाटोमा रहेको चितलाङ नजिकैको मार्खु र त्यही ठाउँमा होटल व्यवसाय गरेर बसेकी सानीका जीवनमा आएको उमेर मिल्दो यात्री र उसले पारेका प्रभावलाई यस कथामा चित्रण गरिएको छ । सानी पहिलो नजरमै युवा प्रति आकर्षित भएकी छे । यात्री भोलिपल्ट नै गए पनि उसकै अनन्त प्रतीक्षामा बसिरहन्छे । आफ्नो अमूक प्रेम यात्री त्यो कहिले फर्कला ? भनी उसकै बाटो हेरिरहन्छे । विवाह गरेर पोइको घरमा गएपछि पनि सानीले कुनै क्षण त्यो एक रात बास बस्न आएको यात्रीलाई विर्सन सकेकी छैन ।
तसर्थ आफ्नो घरमा बास बस्न आइपुगेको यात्रीका लागि सानीले गरेको दीर्घ प्रतीक्षा मलाई उमेरमा भएको प्रेम जस्तो लाग्यो । यौषनावस्थामा प्रवेश गर्दा भएको प्रेमले जीवनभर प्रभाव पार्छ भन्ने कुरालाई सानीको जीवनबाट पुष्टि हुन्छ ।
९. दिइएका अनुच्छेद पढी कुनै चारवटा प्रश्न निर्माण गर्नुहोस् :
१) हरियाले हातमा के लिएर उभिरहेको थियो ?
२) सलाम कसलाई छोडेर कहाँ र किन गएको थियो ?
३) बुधन करिस्माको छेउमा गएर के गर्यो ?
४) यस अनुच्छेदमा प्रयोग भएका मानव र जनावरको नाम लेख्नुहोस् ।
१०. दिइएको अनुच्छेद पढी अन्त्यमा सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् ;
क) मनोविज्ञान के हो ?
मनोविज्ञान भन्नाले मनोभाव र मानसिक अध्ययनको विज्ञान हो भन्ने बुझिन्छ।
ख) व्यक्ति कस्तो वातावरण निर्माण गर्न खोज्छ ?
व्यक्तिले आफ्नो चाहना अनुसारको वातावरण निर्माण गर्न खोज्छ ।
ग) सामाजिक र भौतिक वातावरणले मनोविज्ञानमा कसरी प्रभाव पार्छ ?
सामाजिक र भौतिक वातावरणले उत्तेजनाको रुपमा काम गर्ने भएकाले यिनले मनोविज्ञानमा प्रभाव पर्छन् ।
घ) "संवेग" र "तज्जन्य" शब्दको अर्थ लेख्नुहोस् ।
संवेग = आवेग
तज्जन्य = तत्कालिन
३. दिइएका शब्दहरु शुद्ध पारी सार्नुहोस् :
तापनि, प्रतीक्षा, सम्मुख, भरिया, सुकुल, क्रीडा, चौथाइ, शृङ्खला, सुदूर, निर्जीव, अभीसिप्त, उद्विग्न , अतीत, नैराश्य, समष्टि, नीरव, कष्टप्रद, निस्तब्ध, अविराम, विश्वास, विहा, चञ्चल, सामञ्जस्य, अङ्ग, चूर्ण , यस्तै, हृदय, क्षीण, प्रत्यक्ष, जिज्ञासा, संस्कृति, भण्डार, दुष्कल्पना, उत्साह, गृहिणी, अनन्तकालीन , वज्रप्रहार, अभ्यन्तर ।
४. दिइएका शब्दहरु कुन कुन शुद्ध र कुन कुन अशुद्ध छन्, पहिचान गर्नुहोस् :
शुद्ध शब्दहरु :
भाउजू, तनहुँ, कति, कोशी, चरिनङ्ग्रे, शिरीष, क्लिष्ट, राष्ट्रिय, इन्साफ, सङ्घ, सम्बन्ध, क्षत्रिय, कृत्रिम, सन्देश, शुभ ।
अशुद्ध शब्दहरु :
जेठाजू, पुर्बेली, बर्षेनी, उर्दु, हात्ति, जुलुश , विभुति, आशिर्वाद, केन्द्रिय, प्रशंशा, माथी, वाकस, इन्द्रेणी, किर्तीपुर, बिकास, वाधा, वेरुजु, छ्यमा, एसरी, कर्तव्वे, एस, रिण, पृय, सहीद, लान्छना, बृहत, सभासद ।
अशुद्ध शब्दहरुको शुद्ध रुप :
जेठाजू, पुर्वेली, वर्पेनी, उर्दू, हात्ती, जुलुस, विभूति, आशीर्वाद, केन्द्रीय, प्रशंसा , माथि, बाकस, इन्द्रेनी, कीर्तिपुर, विकास, बाधा, बेरुजु, क्षमा, यसरी, कर्तव्य, यस, ऋण, प्रिय, सहिद, लाञ्छना, वृहत्, सभासद् ।
५. वर्णविन्यास मिलाई पुनर्लेखन गर्नुहोस् :
अ)
वायुमण्डलको संरचनामा भूमिका निर्वाह गर्ने ग्यासहरुको अनुपतमा फेरबदलले र मूलतः कार्वनडाअक्साइडको मात्रा बढ्नाले पृथ्वीको तापक्रम बढ्न थालेको छ ।
आ)
त्यो तृष्णा, त्यो अनन्तकालीन प्रतीक्षा, त्यो दिनहुुँको अभ्यस्त निराशाको धक्का त्यसको सासमा मिसिएको थियो ।
इ)
यसै प्रकारले नित्य नयाँ नयाँ कल्पनाहरु त्यसको आशालाई प्रदिप्त तुल्याउदै दिनहरु बिताउदै गए। अन्ततः त्यो चिर अभिप्सित पन्ध्रौं दिन पनि आयो ।
६. पदयोग र पदवियोग मिलाई पुनर्लेखन गर्नुहोस् :
अ)
भरियाले डोकाबाट भाडाहरु झिकिसकेको थियो । सानीले माथिबाट तुरुन्तै एउटा सानोपित्ले गाग्री ल्याइदिई । त्यो समेत लिएर भरिया खोलातिर गयो ।
आ)
हुनसक्छ – यतै कतै हलो जोतिरहेको होला अथवा घाँस खुर्किरहेको होला । नभन्दै सिमलको आडबाट परिछन टुप्लुक्क देखा पर्यो, जोत्दा जोत्दैको हलगोरु अड्याएर उ हस्याङफस्याङ गर्दै मतिर लम्कदै थियो ।
इ)
यात्री चाहिने बिहानै उठेर गइ हाल्यो । सानीको आखामा आइसकेका र छचल्किरहेका मूक मोह र कुन्नि कस्ता अव्यक्त आकाङ्क्षाहरु त्यसलाई निकै टाढासम्म पहाडको टुप्पामा पुर्याई फर्के । कुन्नि केले हो त्यसको मन भारी हुँदै आयो । हृदयमा आद्र भावनाहरुमा गह्रुङ्गो प्रवाह बग्न थल्यो र त्यसको भित्र मनमा लगातर एउटा प्रश्न उम्लन थाल्यो – "त्यो फेरि फर्कला ?"
पाठ ७ : पर्यापर्यटनका सम्भावना र आयाम (वस्तुपरक निबन्ध) – तिर्थबहादुर श्रेष्ठ | सम्पूर्ण प्रश्नोत्तर र व्याकरण अव्यास | Class 11 Nepali Guide | SBN ONLINE SCHOOL
१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस्:
क) परिस्थितिक प्रणाली
परिस्थितिका कारण निम्तिने प्रणाली
ख) विहङ्गम दृष्टि
आकाशमा उडिरहेको चराले जस्तै कुनै कुरालाई हेर्ने काम
ग) तृणहारी
दुबो, पराल, खर आदि घाँसपात खाने
घ) कटिबन्ध
पृथ्वीका दुई ध्रुवका बिचका भुभागलाई हावापानी आदिका हिसाबले बाँडिने भाग
ङ) पर्यापर्यटन
विविधताका कारण हुने पर्यटन
च) जलक्रीडा
पानीमा गर्न सकिने विभिन्न खेल; मनोरञ्जन
छ) पर्यावरणमैत्री
वातावरण सुहाउँदो
ज) प्रतिकूल प्रभाव
पक्षमा नभएको प्रभाव
झ) हिमाच्छादित छाना
हिउँ नै हिउँले ढाकिएको छाना
२. दिइएका शब्दहरुको अर्थ शब्दकोशका सहायताले पत्ता लगाउनुहोस् :
लवज : भन्ने तरिका, बोल्ने तरिका
वायुमण्डल : हावाले ढाकेको भाग
संजाल : जालो
लीन : काममा एकाग्र भएर लागेको, तल्लीन
नभचर : आकाशमा बस्ने
अक्षांश : पृथ्वीको सतहमा पूर्वपश्चिम खिचिएका काल्पनिक रेखा
शीतोष्ण : समुन्द्र सतहबाट २००० देखि ३००० मिटरसम्मको भाग
सिमसार : हिलो र पानी भएको ठाउँ
३. पाठबात दशओटा आगन्तुक शब्द पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस् :
ग्रीक
ग्रीक भाषा संसारको पुरानो भाषामा पर्दछ ।
र्याफि्टङ
ठुलाठुला नदीमा र्याफि्टङ गरिन्छ ।
बोटिङ
तालतलैयामा बोटिङको व्यवस्था गर्न सकिन्छ ।
बन्जी जम्पिङ
मलाई बन्जी जम्पिङ गर्न खुब इच्छा छ ।
गल्फ
गल्फ खेल्न समथर भुभाग आवश्यक पर्छ ।
इकोफ्रेन्ड्ली
यहाँको वातावरण इकोफ्रेन्ड्ली छ ।
इकोटुरिजम
इकोटुरिजम प्रवर्द्धन गर्ने परियोजनाहरू अहिले चलिरहेका छन् ।
इकोलोजी
उहाँले इकोलोजीको सबै क्षेत्रहरु सिकाउनुहुन्छ ।
इकोसिस्टम
इकोसिस्टम बिग्रीएमा प्राणीको जीवन धरापमा पर्न सक्छ ।
मैदान
तराईमा धेरै ठुला ठुला घासे मैदानहरु छन् ।
४. पाठबाट पर्यटन र पर्यावरणसँग सम्बन्धित दश दशओटा शब्द पहिचान गरी लेख्नुहोस् :
पर्यटन
र्याफि्टङ, कायाकिङ, क्यानोइङ, बोटिङ, मत्स्यविहार, बाइक यात्रा, घोडसवार, रक क्लाइम्बिङ, हिउँचिप्लेटी, गल्फ
पर्यावरण
पोखरी, ताल, सिसिमसार, वनस्पति, घाँस, पात, पशुपन्छी, स्थलचर, जङ्गल, जलथर
१. दिइएका प्रश्नको उत्तर दिनुहोस् :
क) पर्यापर्यटन पाठ कति अनुच्छेदमा संरचित छ ?
पर्यापर्यटन पाठ दस अनुच्छेदमा संरचित छ ।
ख) सबैभन्दा लामो अनुच्छेद कुन हो र कति वाक्यमा संरचित छ ?
सबैभन्दा लामो अनुच्छेद नवौ हो र यो ९ वाक्यमा संरचित छ ।
ग) सबैभन्दा छोटो अनुच्छेदमा कति वाक्यहरु छन् र कुन हो ?
सबैभन्दा छोटो अनुच्छेदमा ३ वाक्यहरु छन र यो दशौ अनुच्छेद हो ।
२. दिइएका विषय सन्दर्भ कुन कुन अनुच्छेदमा छन् ?
अ) दोस्रो अनुच्छेद
आ) पाँचौ अनुच्छेद
इ) छैटौं अनुच्छेद
ई) पहिलो अनुच्छेद
उ) दसौं अनुच्छेद
ऊ) नवौं अनुच्छेद
३. पाठको दोस्रो अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् :
क) जलचरहरु के खाएर बाँच्छन् ?
जलचरहरु घाँस, पात, लेउ र झ्याउ खाएर बाँच्छन् ।
ख) जमिनले पोषण कसरी प्राप्त गर्दछ ?
जमिनले पशुपन्छी वा वनस्पति मरेर, सडेरपछि पोषण प्राप्त गर्दछ ।
ग) आहारको सन्जाल कसरी निर्माण हुन्छ ?
चक्रीय पारिस्थितिक प्रणालीद्वारा आहाराको सञ्जाल निर्माण भएको हुन्छ ।
घ) प्राणीहरु किन जन्मन्छ्न् र मर्छन् ?
परिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्नका लागि प्राणीहरु जन्मन्छन् र मर्छन् ।
४. दिइएको निबन्धांश पढी सोधिएका प्रश्नहरुको छोटो उत्तर दिनुहोस् :
क) पृथ्वी नै सबैको साझा घर हो, कसरी ?
पृथ्वी एक मात्र जीवित ग्रह हो । यहाँ जल स्थल, वायु, आकाश र तेज जस्ता पञ्चतत्त्वहरू छन् । यिनै तत्त्वहरुको बिचमा जलचर, स्थलचर, नभचर र सबै चराचरले आफ्नो जीवन बिताउने भएकाले पृथ्वी नै सबैको साझा घर हो ।
ख) वायुमण्डल प्रदुषणका कारण पृथ्वीको सतह अप्रत्यासित ढङ्गले तात्ने क्रमलाई लिएर किन चासो र चिन्ता बढेको छ ?
पृथ्वी एक मात्र जीवित ग्रह हो । पृथ्वीको परिस्थितिक प्रणालीमा गडबडी भएमा प्राणी र वन्स्पतिको अस्तित्व सङ्कटमा पर्छ । हाल वायुमण्डल प्रदूषणका कारण पृथ्वीको सतह अप्रत्यासित ढङ्गले तात्न थालेको छ, जलवायु परिवर्तन भएको छ, पारिस्थितिक प्रणाली नै बिथोलिएको छ, मानिस लगायत सम्पूर्ण प्राणी एवं वनस्पति जगत नै प्रभावित भएको छ । यो क्रम रोकिएन भने मानव अस्तित्व नै सङ्कटमा पर्ने भएकाले यसप्रति चासो र चिन्ता बढेको छ ।
५. दिइएको निबन्धांश पढी सोधिएका प्रश्नहरुको छोटो उत्तर दिनुहोस् :
क) पर्यटकीय गतिविधिका क्षेत्रहरु के के हुन् ?
पर्यटकीय गतिविधिका क्षेत्रहरु जल, स्थल र आकाश हुन् । पर्वतारोहण, पदयात्रा, जङ्गलसफारी, वन्यजन्तु अवलोकन, पर्वतीय बाइकयात्रा, घोडसवार, रक क्लाइम्बिङ, प्राकृतिक गुफा अन्वेषण, हिउँ चिप्लेटी, जलक्रीडा, न्याफ्टिड, बोटिङ, मत्स्य विहार, पर्वतीय उडान, पाराग्लाइडिङ हट एयर बेलुन, बन्जी जम्पिङ आदि पर्यटकीय गतिविधिका क्षेत्रहरू हुन् ।
ख) पर्यापर्यटनका निम्ति आचारसंहिता कसलाई र किन आवश्यक छ ?
पर्यापर्यटनका निम्ति आचारसंहिता पर्यटन व्यवसाय गर्ने र पर्यटक भएर आउने दुवै पक्षलाई आवश्यक छ । हामीले गर्ने प्रत्येक क्रियाकलापहरुले हाम्रो पारिस्थितिक प्रणालीमा प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले हाम्रो पारिस्थितिक प्रणालीलाई स्वस्थ र दीगो बनाइ राख्न पर्यटन व्यवसायमा संलग्न सम्पूर्ण व्यवसायीलाई पर्यावरणमैत्री नीति, नियम, कानुन र आचारसंहिताको पालना गर्न आवश्यक छ ।
६. उत्तर दिनुहोस् :
क) जलवायुका दृष्टिकोणले पृथ्वीलाई कसरी वर्गीकरण गरिएको छ ?
जलवायुका दृष्टिकोणले पृथ्वीलाई भूमध्यरेखाको उत्तर तथा दक्षिणतिर उष्ण, उपउष्ण, शीतोष्ण एवम् हिमाच्छादित ध्रुवीय कटिवन्धनहरू भनी वर्गीकरण गरिएको छ । हिमालय क्षेत्रमा १००० मिटरभन्दा होचो भागमा उष्ण जलवायु, त्यसभन्दा उच्च भूभागमा २००० मिटरसम्म उपउष्ण जलवायु, त्यसभन्दा उच्च क्षेत्रमा ३००० मिटरसम्म शीतोष्ण कटिबन्ध, त्यसभन्दा माथिको शीतप्रधान कटिबन्ध उपलेकाली ४००० मिटरसम्म र त्यहाँबाट ५००० मिटरसम्म हावापानी, ५००० मिटरभन्दा उच्च भागमा हिमाच्छादित क्षेत्र हुन्छ भनी वर्गीकरण गरिएको छ ।
ख) पर्यापर्यटनका विशेषताहरु उल्लेख गर्नुहोस् ।
पर्यापर्यटनका विशेषताहरु निम्न छन् :
– प्राकृतिक सम्पदाको संरक्षण र सम्वदनलाई आर्थिक रूपमा सहयोग मिलेको छ ।
– सांस्कृतिक सम्पदाको संरक्षण भएको छ ।
– अन्तर्राष्ट्रिय सद्भाव र भाइचारालाई उच्च बनेको छ ।
– मानिसहरुलाई यो व्यवसायबाट रोजगारी मिलेको छ ।
ग) जल, थल र आकाशमा हुने पर्यटकीय गतिविधिहरु उल्लेख गर्नुहोस् ।
जलमा हुने पर्यटकीय गतिविधिहरु : र्याफि्टङ, कायाकिङ, क्यानोनिङ, बोटिङ, मत्स्य विहार आदि ।
थलमा हुने पर्यटकीय गतिविधिहरु : पर्वतारोहण, पदयात्रा ,जङ्गलसफारी, वन्यजन्तु अवलोकन, पर्वत वाइक यात्रा आदि ।
आकाशमा हुने पर्यटकीय गतिविधिहरु : पर्वतीय उडान, ह्यन्ड ग्लाइडिङ, पाराग्लाइडिङ, हट एयर बेलून आदि ।
घ) नेपालको पर्यावरणको विविधतालाई निबन्धमा कसरी वर्णन गरिएको छ ?
नेपालको पर्यावरणको विविधताको वर्णन पाँचतले घरसँग तुलना गरेर गरिएको छ । भुईतलामा तराई, पहिलो तलामा चुरे मधेश तथा टारवेंसी दोस्रो तलामा पहाडी प्रदेश, तेस्रो तलामा पर्वतीय प्रदेश, चौथो तलामा उच्च पर्वतीय भाग र त्यसको शिरमा हिमाच्छादित छानाका रूपमा निबन्धमा वर्णन गरिएको छ । यसको उत्तरी मोहडामा बार्दली झै निस्किएको भोट प्रदेशको आकर्षण छ भन्ने कुरालाई यस निबन्धमा व्यक्त गरिएको छ ।
७. व्याख्या गर्नुहोस् :
क) पृथ्वीको ………………………….सङ्कटमा पर्छ ।
प्रस्तुत गद्यांश कक्षा ११ को नेपाली विषय अन्तर्गत पर्ने "पर्यापर्यटनका सम्भावना र आयाम" नामक निबन्धवाट साभार गरिएको हो । यस निबन्धका लेखक तीर्थबहादुर श्रेष्ठ हुन् । पृथ्वी हाम्रो साझा घर हो । यसलाई हामी सबैले संरक्षण गर्नुपर्छ भन्ने आशयलाई यस निबन्धाशमा व्यक्त गरिएको छ ।
पृथ्वी एक मात्र जीवित ग्रह हो । यहाँ बसोबास गर्ने सम्पूर्ण प्राणी र वनस्पतिहरु एकअर्कामा निर्भर छन् । यहां जल, वायु, आकाश र तेज जस्ता पञ्चतत्त्व छन् जसले जीवको अस्तित्वलाई बचाएको छ । यी पञ्चतत्त्वलाई हामी मानवल प्रदूषित गर्नुहुँदैन । पृथ्वीको परिस्थितिक प्रणालीमा गडबडी भएमा प्राणी र वन्स्पतिको अस्तित्व सङ्कटमा पर्छ । विकासका नाममा आज मानिसले प्रकृतिको विनास गर्दै छ । अब मानव समुदायले पृथ्वीको पारिस्थितिक प्रणालीलाई बिचोलिदियौं भने हाम्रो अस्तित्व सङ्कटमा पर्ने सम्भावना छ । मानिसले विकासका नाममा गरेको पर्यावरणीय विनासले सम्पूर्ण प्राणी जगत नै सङ्कटमा पर्न सक्छ ।
हाल वायुमण्डल प्रदूषणका कारण पृथ्वीको सतह अप्रत्यासित ढङ्गले तात्न थालेको छ, जलवायु परिवर्तन भएको छ, पारिस्थितिक प्रणाली नै बिथोलिएको छ, मानिस लगायत सम्पूर्ण प्राणी एवं वनस्पति जगत नै प्रभावित भएको छ । यो क्रम रोकिएन भने मानव अस्तित्व नै सङ्कटमा पर्ने भएकाले यसप्रति चासो र चिन्ता बढेको छ ।
ख) नयाँ पिँढिको ………………………. माग पनि हो ।
प्रस्तुत गद्यांश कक्षा ११ को नेपाली विषय अन्तर्गत पर्ने "पर्यापर्यटनका सम्भावना र आयाम" नामक निबन्धवाट साभार गरिएको हो । यस निबन्धका लेखक तीर्थबहादुर श्रेष्ठ हुन् । पृथ्वी हाम्रो साझा घर हो । यसलाई हामी सबैले संरक्षण गर्नुपर्छ भन्ने आशयलाई यस निबन्धाशमा व्यक्त गरिएको छ ।
नेपालमा गरिबी, सीमित रोजगारीका अवसरहरू भएकाले नयाँ पिँढि विदेश पलायन हुन्छन् । नेपालमा धेरै गाउँहरू छन् जहाँ श्रम बसाइँसराइलाई समुदायको संस्कृतिको रूपमा स्थापित गरिएको छ; अर्थात् केही समयको लागि कामका लागि विदेश जानु र केही पैसा लिएर फर्किनु येहाको चालचलन नै बनको छ । यी र यस्ता समस्याहरूको सम्बोधन हुने खालका योजनाहरू अब स्थानीय सरकार वा राज्यले गर्नुपर्छ । युवा पुस्तालाई पर्यटन व्यवसायको क्षेत्रमा आकर्षण गर्न सीप, तालिम एवं क्षमता अभिवृद्धिका लागि प्रशिक्षण एवं तालिमको व्यवस्था अनि लगानीको वातावरण सिर्जना गरी अवसरहरु दिन सक्नुपर्दछ । वा श्रमशक्तिलाई स्वदेशमै प्रयोग गरी देश विकासकै अभियानमा सरकार लागेमा नयाँ पिँढी स्वदेशमा नै बसी पर्यापर्यटनको विकासमा महत्वपूर्ण भूमिका खेल्ने छ । तसर्थ युवापुस्तालाई आफ्नो देशमा राख्न सके आफ्नो देशको विकास गर्न सकिन्छ भन्ने आशयलाई माथिको अपने व्यक्त गरेको छ ।
८. समीक्षात्मक उत्तर लेख्नुहोस् :
क) नेपालको पर्यावरणले पर्यटनलाई कसरी सहयोग पुर्याएको छ ?
नेपाल सुन्दर शान्त विशाल देश हो । आज संसारमा अस्तित्वमा रहेको १९५ देशहरु मध्ये नेपाल दक्षिण एसियामा पर्ने आफैंमा सानो तर विशाल राष्ट्र हो । नेपाललाई प्रकृतिले संसारका प्रायः विविधता प्रदान गरेको छ । नेपालमा पाइने यस्ता प्रकृतिक, साँस्कृतिक, भौगोलिक, जैविक तथा अन्य विभिन्न विविधताहरुले संसारका मानिसलाई आकर्षित गरेका छन् । जसका कारणले नेपालमा पर्यटन व्यवसायको विकासको सम्भावना निकै बढी छ ।
नेपाल आफैंमा रोचक, अनौठा र चाखलाग्दा रीतिरिवाज चालचलन रहेको देश हो । यहाँका रीतिरिवाज, चालचलन, संस्कृति, परम्परा, भेषभूषा, संस्कार, जैविक र भौगोलिक विविधताले सारा संसारलाई नै चकित तुल्याएको छ । आज नेपाल र नेपालीको बारेमा जानकारी प्राप्त गरेका मानिसहरु यहाँ नआई मान्दैनन् । संसारको सबैभन्दा होचो कालीगण्डकी नदीमा रहेको अन्ध गल्छी, सबैभन्दा अग्लो हिमाल सगरमाथा (८८४८ मी.) संसारको सबैभन्दा अग्लो पास थ्रोइ पास (५४१६ मी) र संसारमा शान्तिको ज्योति छर्ने शान्तिको अग्रदूत महामानव गौतम बुद्धले पनि नेपाल र नेपालीको गौरवलाई संसारभभरि चिनाएका छन् ।
अतः नेपालको पृथक भौगोलिक बनावट, हिउँले ढाकिएका श्रृंखलावद्ध हिमालहरु, विभिन्न किसिमका झरनाहरु, पाखा, पखेरा, टार, हरिया, जङ्गल झाडी, यहाँ रहेका नागवेदली नदीनालाहरु, खोच, कुनाकन्दराहरु संसारकै उच्च स्थानमा रहेका हिमताल, यहाँका प्राकृतिक जडीबुटीहरु, यहाँका मानिसहरुमा भएको पाहुनाप्रतिको आतिथ्य सत्कारको भावना, साँस्कृति विविधता, जातजाति, भेषभूषा कला सँस्कृति आदि कुराहरुले नेपालको पर्यावरणले पर्यटनलाई सहयोग पुर्याएको छ ।
ख) नेपालको पर्यापर्यटनको विकासमा स्थानीय, समुदाय तथा सरकारको भूमिका उल्लेख गर्नुहोस् ।
सामान्यतया पर्यटन भन्नाले एक ठाउँबाट अर्को ठाउँको भ्रमणमा सहायता गर्ने कार्यलाइ जनाउछ । नेपाल प्राकृतिक श्रोतले भरिपूर्ण, साँस्कृतिक सम्पदा र कलाकृतिको खानी, बहुजाति, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक राष्ट्र हो । पर्यटन क्षेत्रको राम्रो विकास हुन सकेमा नेपालको आर्थिक वृद्धि भई नेपालीहरुको जीवनस्तर उकासिन्छ । नेपालमा पर्यटकहरुका लागि उत्कृष्ट मानिएका पदयात्रा गर्ने ठाउँहरु छन् । यसका लागि स्थानीय, समुदाय तथा नेपाल सरकारले स्पष्ट कार्यनीति तथा रणनीति बनाई त्यसको कडाइका साथ कार्यान्वयन गर्नुपर्छ ।
नेपालमा राजनीतिक अस्थिरता छ । यहाँका प्रत्येक क्षेत्रमा आवश्यक भन्दा बढी राजनीति हावी भएको पाइन्छ । जसको कारणले पर्यटन व्यवसायमा सोचेअुनरुपकेा उपलब्ञिध हाँसिल हुन सकिरहेको छैन । यसका लागि देशमा राजनीतिक स्थिरता, यहाँको नेतृत्वमा दृढ इच्छा, यहाँ भएका जैविक विविधता, साँस्कृतिक विविधता र प्राकृतिक सुन्दरताको प्रचार प्रसार गर्नु आवश्यक छ । नेपाल सरकार पर्यटन व्यवसायी र संसारको विभिन्न कुना कुनामा रहेको नेपालीहरुले आफ्नो ठाउँबाट सक्दो पहल गरी पर्यटन विकासको लागि योगदान पुर्याउनु पर्छ । हामी सबैले एक सक्षम, समुन्नत र विकसित नेपालको निर्माण गर्नुपर्छ । आज जसरी हामीले यूरोप तथा अमेरिकाका देशहरुमा प्रवेश आज्ञा पाउँदा स्वर्गै जान पाएजस्तो खुशी हुन्छौं, त्यसैगरी संसारका विभिन्न राष्ट्रका मानिसहरुले नेपालमा प्रवेश आज्ञा प्राप्त गर्दा त्यतिनै खुशीको अनुभूति गर्ने नेपालको निर्माण गर्नु आजको आवश्यकता हो । यसरी हामी सबै नेपाली र स्थानीय, समुदाय तथा सरकारको थोरै संघर्षले नेपालको पर्यापर्यटनको विकासमा सहयोग पुराउन सकिन्छ ।
९. दिइएको अनुच्छेद पढी कुनै पाँचओटा प्रश्न निर्माण गर्नुहोस् ।
१. यार्सागुम्बा कस्तो जडीबुटी हो ?
२. यार्सागुम्बा कस्तो स्थानमा पाइन्छ ?
३. यार्सागुम्बाको स्वरुप सुरुमा कस्तो हुन्छ ?
४. यार्सागुम्बा के कारणले अनौठो जीव हो ?
५. यार्सागुम्बाबाट देशले कसरी फाइदा लिन सक्छ ?
१०. दिइएको अनुच्छेद पढी अन्त्यमा सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् :
क) भौतिक विज्ञानका प्रणेता को को हुन् ?
भौतिक विज्ञानका प्रणेता न्युटन, ग्यालिलियो र आइन्स्टाइन हुन् ।
ख) भौतिक विज्ञानका आधारमा शक्ति र बलमा के भिन्नता छ ?
भौतिक विज्ञानका आधारमा शक्ति भनेको कार्य गर्ने सामर्थ्यको नाप हो भने बल भनेको एकसमान गतिलाई बदल्ने एकाइ हो ।
ग) माथिको अनुच्छेदबाट दुईवटा तत्सम शब्द टिप्नुहोस् र तिनको बनोट देखाउनुहोस ।
समुद्रपारि : समुद्रदेखि पारि
जीवनजगत : जीवन र जगत
घ) भौतिक विज्ञानले कसरी प्रकृतिको व्यापक क्षेत्रलाई समेटेको छ ?
भौतिक विज्ञानले स्थान, काल, गति, विद्युत्, प्रकाश, ऊर्जा, भूगर्भ, खगोल, प्रकृति, जीवनजगत तथा ब्रह्माण्ड समेतको अध्ययन गरेकाले यसले प्रकृतिको व्यापक क्षेत्रलाई समेट्न सफल भएको छ ।
ङ) `भूगर्भ´ र `खगोल´ शब्दको अर्थ लेख्नुहोस् ।
भूगर्भ : पृथ्वीको भित्री तह
खगोल : आकाश, अन्तरीक्ष
११. दिइएको अनुच्छेद पढी चारवटा बुँदा टिप्नुहोस् र एक तृतीयांश सार लेख्नुहोस् ।
बुँदाहरु :
– नेपालको भूमिमा प्रशस्त खनिज सम्पदा पाइनु,
– नेपालका कतिपय नदी, खोलामा सुन र कतिपय खोला नदीका बगरमा चांदी पाइने,
– मुक्तिनाथमा युरेनियम जस्ता केहि बहुमुल्य खनिज पाइनु,
– खनिजहरुको आधुनिक तरिकाले उत्खनन, प्रशोधन र प्रयोग गर्न आवश्यक भएको ।
सारांश
खनिज पदार्थ
नेपालको भूमिमा प्रशस्त खनिज पाइन्छ । यहाँका कतिपय नदीमा सुन र नदीकिनार तथा बगरमा चांदी पाइन्छ । अझ मुक्तिनाथमा त युरेनियम जस्तो बहुमुल्य खनिज पनि पाइन्छ । नेपालका सातवटै प्रदेशमा विभिन्न खनिज सम्पदा भुगर्भमा लुकेर बसेका छ्न् । नेपालमा पाइने यस्ता विभिन्न प्रकारका खनिज पदार्थलाई आधुनिक तरिकाले उत्खनन, प्रशोधन र प्रयोग गर्न जरुरी छ ।
अनुच्छेदमा दिइएको शब्द सङ्ख्या : १६६
हुनुपर्ने शब्द : ५५
सारांश लेखिएको शब्द सङ्ख्या : ५५
१२. दिइएको अनुच्छेद पढ्नुहोस र सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् :
क) आधारभूत रुपमा अनुच्छेद कति किसिमका हुन्छन् ?
आधारभूत रुपमा अनुच्छेद आत्मपरक र वस्तुपरक गरी दुई किसिमका हुन्छन् ।
ख) कस्तो अनुच्छेदलाई आत्मपरक अनुच्छेद भनिन्छ ?
प्रथमपुरुष दृष्टिविन्दु प्रयोग भएको लेखकको निजि विचार प्रधान गर्ने अनुच्छेदलाई आत्मपरक अनुच्छेद भनिन्छ ।
ग) अनुच्छेदमा वस्तुपरक विषयलाई कसरी वर्णन गरिएको छ ?
अनुच्छेदमा वस्तुपरक विषयलाई तृतीयपुरुष दृष्टिविन्दु र तथ्यगत रुपमा वर्णन गरिएको छ ।
घ) आत्मपरक अनुच्छेद र वस्तुपरक अनुच्छेदबिचको मुख्य अन्तर के हो ?
आत्मपरक अनुच्छेदमा लेखकको विचार वा अनुभूतिलाई प्राथमिकता दिइन्छ भने वस्तुपरक अनुच्छेदमा सत्य तथ्य वस्तु वा घटनालाई आधार बनाइन्छ ।
१३. दिइएको अनुच्छेद आत्मपरक हो भन्ने आधार के के छन् ,पुष्टि गर्नुहोस् :
दिइएको अनुच्छेदमा प्रथम पुरुष दृष्टिविन्दु प्रयोग भएको छ । साथै प्रकृतिलाई मानिस जस्तै मानेर कञ्चनजङ्घा, पहाडी टार, जबरे खोलाको सङ्गीतको चित्रण गरिएको छ । पानीलाई अमृत मान्नु, आफ्नो गाउँलाई स्वर्ग ठान्नु जस्ता आधारले दिइएको अनुच्छेद आत्मपरक अनुच्छेद हो भन्न सकिन्छ ।
१४. दिइएको अनुच्छेद वस्तुपरक हो भन्ने आधार के के छन् ,पुष्टि गर्नुहोस् :
दिइएको अनुच्छेदमा तृतीय पुरुष दृष्टिविन्दु प्रयोग भएको छ । साथै सत्यतथ्यमा आधारित रहेर पहिले सूचनाका लागि पङ्क्षी, वाद्यवादनलाई प्रयोग गरि लेखकले तथ्यगत रुपमा विषयवस्तुको पुष्टि गरेको हुनाले दिइएको अनुच्छेद वस्तुपरक अनुच्छेद हो भन्न सकिन्छ ।
१. दिइएको अनुच्छेद पढी उपसर्ग लागेका शब्द पहिचान गर्नुहोस् :
विलक्षण, सम्पन्न, विशिष्ट, संरचना, अपार, विभिन्न, सुलभ, दुर्लभ, अनेक, प्रकृति, प्रदत्त, सम्पदा , अत्यन्त, समृद्ध आदि ।
२. दिइएको अनुच्छेदबाट दशओटा उपसर्ग व्युत्पन्न शब्द छानी निर्माण प्रक्रिया देखाउनुहोस् :
प्रतिवर्ष, अवलोकन, अतिथि, स्वागत, उपस्थिति, प्रतिकूल, प्रभाव, पर्यटन, सचेत, आधार ।
उपसर्ग आधार पद व्युत्पन्न शब्द
प्रति + वर्ष : प्रतिवर्ष
अब + लोकन : अवलोकन
अ + तिथि : अतिथि
सु + आगत : स्वागत
उप + स्थिति : उपस्थिति
प्रति + कूल : प्रतिकूल
प्र + भाव : प्रभाव
परि + अटन : पर्यटन
स + चेत : सचेत
आ + धार : आधार
३. `पर्यापर्यटनका सम्भावना र आयाम ´ पाठको पहिलो अनुच्छेदमा रहेका उपसर्ग व्युत्पन्न शब्द पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस् :
प्रतिवर्ष : प्रति + वर्ष, सम्बन्ध : सम् + बन्ध
सन्तुलन : सम् + तुलन, उपसर्ग : उप + सर्ग
प्रयोग : प्र + योग, अभिव्यक्ति : अभि + व्यक्ति
आधार : आ + धार, अध्ययन : अधि + अयन
अनुसन्धान : अनु + सन्धान, परिचर्चा : परि + चर्चा
निर्माण : निर् + माण, अनुसार : अनु + सार
परिवेश : परि + वेश, निर्जीव : निर् + जीव
प्रक्रिया : प्र + क्रिया, संहार : सं + हार आदि ।
५. दिइएका उपसर्ग लगाई शब्द निर्माण गर्नुहोस् :
अधि + कार : अधिकार ,
दुर् + गम : दुर्गम
दुस् + सहास : दुस्साहस
निस् + कपट : निष्कपट
प्र + माण : प्रमाण
अ + स्वीकार : अस्वीकार
उत् + पन्न : उत्पन्न
सु + गम : सगम
आ + कार : आकार
सम् + मान : सम्मान
६. अ, अन, कु, बे, ब, बद, गैर, ना, स उपसर्ग लागाई शब्द बनाउनुहोस् । यसरी बनेका शब्द प्रयोग गरी अनुच्छेद रचना गर्नुहोस् :
अ + विवाहित : अविवाहित
अन + मेल : अनमेल
कु + चेष्टा : कुचेष्टा
बि + चल्ली : बिचल्ली
बे + इज्जत : बेइज्जत
बद् + नाम : बदनाम
गैर + जिम्मेवार : गैरजिम्मेवार
ना + मर्द : नामर्द
स + चेत : सचेत
अनुच्छेद रचना :
अविवाहित रामले अनमेल विवाह गर्ने कुचेष्टा गरेकाले समाजले उसलाई कारवाही गरेपछि उसको बेइज्जत मात्र नभएर बदनाम नै भएपछि सचेत हुनुको साटो ऊ गैरजिम्मेवार बनी नामर्द झै कुलतमा सक्रिय भई बिचल्लीमा परेको देखिन्छ ।
पाठ ८ : लौ आयो ताजा खबर (लघु नाटक) – सुरेन्द्र नकर्मी | सम्पूर्ण प्रश्नोत्तर र व्याकरण अव्यास | Class 11 Nepali Guide | SBN ONLINE SCHOOL
१. दिइएका अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस् :
क) पत्रपत्रिका = अखवार
ख) मञ्चको छेउछाउको भाग = नेपथ्य
ग) रमित = तमासा
घ) विपत् = आपत्
ङ) एम्बुलेन्सले बजाउने आवाज = साइरन
२. दिइएका पदावली र अर्थको जोडा मिलाउनुहोस :
क) मधुरो प्रकाश – अलि अलि उज्यालो
ख) बस बिसौनी – बस चढ्न र ओर्लन रोकिने ठाउँ
ग) ताजा खबर – नयाँ समाचार
घ) निन्दनीय कार्य – निन्दा गर्नुपर्ने काम
ङ) जीवनको अध्याय – जिन्दगीको कालखण्ड
च) प्रस्थान गर्नु – बाहिर जानु
छ) भविष्यको लठ्ठी – भोलिको सहारा
३. दिइएका शब्दहरुको विपरीत अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस् :
बासी = ताजा
चहकिलो = मधुरो
दोष = निर्दोष
पराई = आफन्त
भाग्यमानी = अभागी
बन्धन = मुक्ति
अदृश्य = दृश्य
४. दिइएका आशय झल्कने उखान लघुनाटकबाट खोजेर लेख्नुहोस् :
क) इच्छाशक्ति भए जुनसुकै काम गर्न सकिन्छ
खाने मुखलाई जुँगाले छेक्दैन ।
ख) अरुलाई पर्ने समस्या तपाईंलाई पनि पर्छ
अरुलाई खाने बाघले तपाईंलाई पनि खान्छ ।
५. तपाईंले सुनेका / पढेका पाँचओटा उखान लेखी वाक्यमा प्रयोग गर्नुहोस् :
(क) नाच्न जान्दैन आँगन टेढो :
फुटबल खेल्न नसकेपछि मैदान राम्रो भएन भन्नु त नाच्न जान्दैन आँगान टेढो भने जस्तो भयो ।
(ख) अचानोको पीर खुकुरीले बुझ्दैन :
अचानोको पीर खुकुरीलाई के थाहा भनेजस्तै तीनै तहका सरकार तथा अन्य निकाय खासै व्यवसायीका समस्याप्रति गम्भीर भएको देखिएन ।
(ग) जुन जोगी आए पनि कानै चिरेका :
जुन जोगी आए पनि कानै चिरेको भनेझैँ नेपालका कुनै पनि स्थानीय निकायले विकाश तर्फ ध्यान दिएको पाइँदैन ।
(घ) आफू नमरी स्वर्ग देखिदैन :
आफू नमरी स्वर्ग देखिँदैन भनेझै विदेश नगइकन त्यहाँको दुःख बुझ्न सकिदैन ।
(ङ) नपत्याउने खोलाले बगाउँछ :
नपत्याउने खोलाले बगाउँछ भनेझै हरिको छोराले त सरकारी कोटामा डाक्टरी पढ्न पाउने भएछ ।
६. दिइएका टुक्काहरुलाई वाक्यमा प्रयोग गर्नुहोस् :
खरानी हुनु
ढुकुटीको पैसा नेताहरुले खरानी बनाएर छोड्ने भए ।
पेट पाल्नु
नेपालमा पेट पाल्नका लागि गारो भएर विदेश पलाएन हुने क्रम बढ्दो छ ।
कुरा खानु
बेलैमा बाबुको कुरा नखाएकाले मैले सारै दु:ख पाए ।
टाउको खानु
बहिनीले मिठाई मिठाई भनेर मेरो टाउको खाइछ ।
कुरा दोचार्नु
साथीहरुसँग घुम्न गएको कुरा छिमेकी काकीले त घरमा कुरा दोचारी सक्नु भएछ ।
आलु खानु
रामले त यो पालीको परीक्षामा आलु खाएछ ।
सपना चकनाचुर हुनु
हामीले आफ्नो बुबाआमाको सपना चकनाचुर पार्नु हुदैन ।
सपना पूरा हुनु
सरकारी जागिर पाएपछि रामेको सपना पूरा भयो ।
१. छोटो उत्तर दिनुहोस् :
क) यस लघुनाटकमा कस्तो विषयलाई प्रस्तुत गरिएको छ ?
यस लघुनाटकमा दुर्व्यसनीको विषयवस्तुलाई प्रस्तुत गरिएको छ ।
ख) यस लघुनाटकमा कति जना मञ्चीय पात्रहरु छन् ?
यस लघुनाटकमा ८ जना मञ्चीय पात्रहरु छन् ।
ग) यस लघुनाटकको पात्रका संवादमा कुन कुन भाषाको प्रभावदेख्न सकिन्छ ?
यस लघुनाटकमा शेर्पा, नेवारी र हिन्दी भाषाको प्रभाव देख्न सकिन्छ ।
घ) यस लघुनाटकमा कुन परिवेशलाई समेटिएको छ ?
यस लघुनाटकमा सहरिया परिवेशलाई समेटिएको छ ।
२. सबैभन्दा मिल्दो उत्तरमा रेजा (ठीक) लगाउनुहोस् :
क) सामाजिक
ख) सहरिया
ग) बहुभाषिक समाज
घ) दाह्री बाबा
ङ) एक
च) पत्रिका बेच्ने केटा
३. दिइएको संवाद कसले भनेको हो, वक्ता पहिल्याउनु होस् :
क) दाह्री बाबा
ख) नरहरि
ग) दीनदयाल
घ) दोर्जे
ङ) तुयुमै
च) कुमारका बुबा
छ) सलिम
ज) कुमारका बुबा
झ) दोर्जे
ञ) पत्रिका बेच्ने केटो
४. "पर्खनुस् ! जानुभन्दा ……..मिलेर गरौँ "नाट्यांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
क) `देश नबने हामी कोही बन्दैनौ´ भन्ने वाक्यको तात्पर्य खुलाउनुहोस् ।
देशको प्रगति, सम्रिधि र विकाश नभएसम्म हामीले सुख र खुसि पाउदैनौ भन्नु नै देश नबने हामी कोही बन्दैनौ भन्नुको तात्पर्य हो ।
ख) खुसी भएर बाँच्न के गर्नुपर्छ ?
खुसी भएर बाँच्नका लागि एकाअर्काको सुख दुःखमा मिलेर, साथ दिएर बाँच्नुपर्छ ।
ग) सामूहिक अभियान किन चलाइएको हो ?
सामूहिक अभियान दुर्व्यसनको जडलाई उखेली समाजबाट बिकृति विसंगति हटाउनका लागि चलाइएको हो ।
घ) कस्तो अभिभावकलाई कर्तव्यनिष्ठ अभिभावक भनिन्छ ?
आफ्नो सन्तान प्रति आफ्नो जिम्मेवारी पूरा गर्ने अभिभावकलाई कर्तव्यनिष्ठ अभिभावक भनिन्छ ।
५. दिइएको नाट्यांश पढी सोधिएका प्रश्नहरुको छोटो उत्तर दिनुहोस् :
अ)लघुनाटकमा आफन्तको आगमन भइरहनुको कारण के हो ?
दुई दिनदेखि बेखबर भई घर नफर्केको आफ्नो छोरा नै कतै समाचारपत्रमा छापिएअनुसारको बेवारिसे अवस्थामा भेटिएको एउटा युवकको लास आफ्नै छोराको होला भनेर आफन्तको आगमन भइरहेको हो ।
आ) मरेको वा नजन्मेको मान्छे राम्रो हुन्छ भन्ने भनाइसँग तपाईको सहमति वा असहमतिका बुँदाहरु लेख्नुहोस् ।
मरेको वा नजन्मेको मान्छे राम्रो हुन्छ भन्ने भनाइप्रति म असमत छु । किनकि :
– मरेको वा नजन्मेको मान्छेको कुनै मोल नै नभएकाले,
– धर्तिमा भौतिक उपस्तिति नभई उसको गुड पत्ता लगाउन नसकिने भएकाले,
तेसैले मरेको वा नजन्मेको मान्छे न त राम्रो हुन्छ न त नराम्रो नै ।
६. दिइएको नाट्यांश पढी सोधिएका प्रश्नहरुको छोटो उत्तर दिनुहोस् :
अ) यस नाट्यांशमा वक्ताले आफ्ना के कस्ता कमजोरी रहेको स्विकारेका छन् ?
यस नाट्यांशमा वक्ताले आफ्ना सन्तानप्रति आफ्नो कर्तव्य एवं जिम्मेवारी बोध नगर्नुका साथै रेखदेख एवं निगरानी नगरेकै कारण लागुपदार्थ दुर्व्यसनीको सिकार बन्न गएको वास्तविकतालाई स्विकारेका छन् । वक्ताले आफ्नो छोरासँगै बसी उसको पढाइको बारेमा कुरा नगरेको, छोराको साथीसङ्गतको बारेमा सोधखोज नगरेको, कहाँ के गर्छ भनी ख्याल नगरेको, छोराले मागेजति पैसा दिएपनि के कसरी खर्च गरेको छ भनी विचार नगरि केबल ब्यवसाय र बैठक भनी दौडधूप गरेको कुरा स्विकारेका छन् ।
आ) यस नाट्यांशमा व्यक्त समस्या कसरी समाधान गर्न सकिएला ?
यस नाट्यांशमा वक्ताले आफ्ना सन्तानप्रति आफ्नो कर्तव्य एवं जिम्मेवारी बोध नगर्नुका साथै रेखदेख एवं निगरानी नगरेकै कारण लागुपदार्थ दुर्व्यसनीको सिकार बन्न गएको समस्या व्यक्त गरेका छन् । आफ्नो सन्तानसँगै बसी उसको पढाइको बारेमा कुरा गर्ने, उनीहरुको साथीसङ्गतको बारेमा सोधखोज गर्ने, कहाँ के गर्छन् भनी ख्याल गर्ने, मागेजति पैसा दिएपनि के कसरी खर्च गरेको छ भनि विचार गर्ने र उनीहरुलाई माया र ममता दिएर रेखदेख गरेर मात्र नाट्यांशमा व्यक्त समस्या समाधान गर्न सकिएला ।
७. व्याख्या गर्नुहोस् :
क) दुर्व्यसनको जडलाई उखेल्ने काम एउटा व्यक्तिले मात्र सक्दैन ।
प्रस्तुत नाट्यांश कक्षा ११ को नेपाली विषय अन्तर्गत पर्ने ‘लौ आयो ताजा खबर’ नामक लघु नाटकबाट साभार गरिएको हो । यस नाटकका लेखक सुरेन्द्र नकर्मी हुन् । दुर्व्यसन अतेन्तै घातक हुने भएकाले यसको समधानका निमित्त सबै मिलि यसको जरो उखेल्नु पर्छ भन्ने आशयलाई यस नाटकमा प्रस्तुत गरिएको छ ।
दुर्व्यसनल व्यक्ति, परिवार, समाज र राष्ट्रकै लागि घातक हुन्छ । यसले मानिसको स्नायु र मस्तिष्कलाई प्रत्यक्ष रुपमा प्रभाव पारी शिथिल वा उत्तेजित बनाउछ । भविष्यका कर्णाधार एवं भोलिका देशका संवाहक युवावर्गलाई सचेत र सजग बनाई दुर्व्यसनीबाट जोगाउनु हामी सबैको दायित्व हो । दुव्यंसनलाई समाजबाट हटाउन एउटा व्यक्ति वा परिवार लागेर मात्र हुँदैन । यसको जगलाई उखेल्न हामी सबै लाग्न जरुरी छ । यसको नियन्त्रण गर्न सबैभन्दा महत्त्वपूर्ण भूमिका परिवार वा अभिभावकको हुन्छ । आफ्नो सन्तानसँगै बसी उसको पढाइको बारेमा कुरा गर्ने, उनीहरुको साथीसङ्गतको बारेमा सोधखोज गर्ने, कहाँ के गर्छन् भनी ख्याल गर्ने, मागेजति पैसा दिएपनि के कसरी खर्च गरेको छ भनि विचार गर्नु जरुरी छ । आफ्ना सन्तान दुर्व्यसनमा लागेको थाहा पाएमा उसलाई सम्झाइ बुझाई सुधार केन्द्रमा लगेर उपचार समेत गर्नुपर्छ । सामाजिक सचेतना अभियान चलाई युवावर्गलाई सशक्त रुपमा सहिघाभागी गराउनुपर्छ । हामी समाजका सबै व्यक्ति, प्रशासन, राज्य कानुन सम्मत तरिकाले लाग्ने हो भने दुर्व्यसनमुक्त समाज निर्माण गर्न सकिन्छ भन्ने भावलाई यस अंशमा व्यक्त गरिएको छ ।
ख) जब तिमी हाम्रो देशमा……….स्वच्छ हुन्छ ।
प्रस्तुत नाट्यांश कक्षा ११ को नेपाली विषय अन्तर्गत पर्ने ‘लौ आयो ताजा खबर’ नामक लघु नाटकबाट साभार गरिएको हो । यस नाटकका लेखक सुरेन्द्र नकर्मी हुन् । पत्रकारिताको मर्म र धर्मलाई वेंगित गरिएको उपयुक्त कथनमा देशका युवापुस्तालाई दुर्व्यसनबाट टाडा राखेर राष्ट्र निर्माणमा लग्न प्रेरित गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरी चेतनाको संवाहक बनेमा मात्र पत्रिकाको खबर ताजा र स्वच्छ हुने तथ्य प्रकट भएको पाइन्छ ।
युवाहरु भविष्यका कर्णाधार एवं भोलिका देशका संवाहक हुन् । हाम्रो देशमा युवाको खाचो छैन । युवावर्गलाई सचेत र सजग बनाई दुर्व्यसनीबाट जोगाउनु हामी सबैको दायित्व हो । हरेक युवाको राष्ट्र निर्माणमा ठुलो योगदान हुन्छ । युवाहरु सदा स्वस्थ, शिक्षित र उर्जाशील हुन जरुरी छ । युवा शक्ति कमजोर भएमा देश नै सङ्कटमा पर्छ । दुर्व्यसनल व्यक्ति, परिवार, समाज र राष्ट्रकै लागि घातक हुन्छ । दुव्यंसनलाई समाजबाट हटाउन पत्रपत्रिकाको ठुलो भूमिका हुन्छ । आजभोली बासी र मूल्यहीन समाचारहरु मात्र छापिएको देखिन्छ । हाम्रा पत्रपत्रिकाहरूमा युवा पुस्ता देश र जनताका लागि नयां नया कार्य गर्ने सोचका साथ अगाडि बढ्दै छन् भन्ने समाचार आउन जरुरी छ अब युवापुस्ताले दुर्व्यसनवाट मुक्त भएको खबर सबैले सुन्न जरुरी छ । राज्यको चौथो अङ्ग सञ्चार क्षेत्र भएको नाताले युवावर्गलाई सचेत र सजग बनाई दुब्यंसनीबाट जोगाउन लागुपदार्थको असरबारे सही जानकारी दिन सक्नुपर्छ । सामाजिक सचेतना अभियान तथा जनचेतनामूलक कार्यक्रम चलाई युवावर्गलाई सशक्त रुपमा सहभागी गराइएको, सबै मिली दुर्व्यसनको जरालाई उखेलेको, दुर्व्यसनमुक्त समाज निर्माण भएको, सभ्य र सुसंस्कृत समाज निर्माण भएको जस्ता सकारात्मक सन्देशले भरिएका समाचार पत्रिकाले सम्प्रेषण गर्नुपर्छ भन्ने आशयलाई माथिको अंशमा व्यक्त गरिएको छ ।
८. समीक्षात्मक उत्तर लेख्नुहोस् :
क) `लौ आयो ताजा खबर´ लघुनाटकको मुख्य पात्रको चरित्र चित्रण गर्नुहोस् ।
‘लौ आयो ताजा खबर’ लघुनाटकको मुख्य पात्र दारी बाबा हुन् । नाटकको सुरुदेखि अन्त्यसम्म देखा परेका दारीबाबा लेखकका मुखपात्र हुन् । उनि सांसारिक मोहबाट मुक्त भइ जीवन जगतलाई बोध गरेका पात्रको रुपमा देखिन्छन् । उनी कुटीमा बस्ने योगी हुन् । ठट्यौलो स्वभावका दारी बाबा सुरुमा बहुला जस्ता देखिए पनि समस्याको सही पहिचान गर्न सक्ने पुरुष पात्र हुन् । हामीले हाम्रा छोराछोरीको इच्छा, चाहानालाई ख्याल नगरी उनीहरूलाई समय नदिई एकोहोरी आफ्नो काममा मात्र व्यस्त भयो भने उनीहरू दुर्व्यसनमा पन सक्छन् भन्ने लेखकको आशयलाई दारीबाबाले नाटकमा प्रस्तुत गरेका छन् । यसरी नाटकका अधिकांश संवादमा दारीबाबाको चरित्रलाई नै देखाइएकाले उनी यस नाटकका प्रमुख पात्र हुन् ।
ख) `लौ आयो ताजा खबर´लघुनाटकमा व्यक्त मुख्य सन्देशमाथि प्रकाश पार्नुहोस ।
`लौ आयो ताजा खबर´लघुनाटक सामाजिक यथार्थवादी एवं प्रगतिवादी नाटककार सुरेन्द्र नकर्मीद्वारा रचित सामाजिक विषयवस्तुमा आधारित सन्देशमूलक रचना हो । यस नाटकका सामाजिक क्षेत्रमा देखा परेका विकृति रविसङ्गतिमाथि तिव्र आलोचना प्रकटगरी समाज सुधारको चाहना प्रकट गरिएको छ ।
दुर्व्यसन अतेन्तै घातक हुने भएकाले यसको समधानका निमित्त सबै मिलि यसको जरो उखेल्नु पर्छ भन्ने आशयलाई यस नाटकमा प्रस्तुत गरिएको छ । दुव्यंसनलाई समाजबाट हटाउन एउटा व्यक्ति वा परिवार लागेर मात्र हुँदैन । यसको जगलाई उखेल्न हामी सबै लाग्न जरुरी छ । यसको नियन्त्रण गर्न सबैभन्दा महत्त्वपूर्ण भूमिका परिवार वा अभिभावकको हुन्छ । आफ्नो सन्तानसँगै बसी उसको पढाइको बारेमा कुरा गर्ने, उनीहरुको साथीसङ्गतको बारेमा सोधखोज गर्ने, कहाँ के गर्छन् भनी ख्याल गर्ने, मागेजति पैसा दिएपनि के कसरी खर्च गरेको छ भनि विचार गर्नु जरुरी छ । समग्रमा यस लघुनाटकमा दुर्व्यसनीको सिकार बन्दै गैरहेको युवावर्गमा सचेतना फैलाउनु पर्छ, गलत पत्रकारिताको अभियानलाई बन्द गर्नुपर्छ, राजनीतिक पार्टीमा देखिने घिनलाग्दो षड्यन्त्र एवं फोहोर खेललाई जरैदेखि फ्याक्नु पर्छ, समाजमा रहेको विकृति एवंविसङ्गतिलाई गम्भीर आलोचना गर्दै स्वच्छ, शान्त सामाजको निर्माण गर्नुपर्छ भन्ने सन्देशहरु दिन खोजेको पाइन्छ ।
११. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् :
क) प्राणीशास्त्रले कुन विषयको अध्ययन गर्छ ?
प्राणीशास्त्रले चिकित्सा विज्ञान, नर्सिङ विज्ञान ,आयुर्वेद विज्ञान आदि विषयको अध्ययन गर्दछ ।
ख) जीवजन्तुको दोहनले प्रकृतिमा कस्तो असर पर्न सक्छ ?
जीवजन्तुको दोहनले जैविक विविधतामा ह्रास आई पृथ्वी नै सङ्कटमा पर्ने सम्मको असर पर्न सक्छ ।
ग) प्राणीशास्त्रको अध्ययनले हामीलाई कसरी प्रकृतिसँग नजिक बनाउँछ ?
प्राणीशास्त्रको अध्ययनले हरेक प्राणी यस धर्तीका अभिन्न अङ्ग हुन् र हामीले प्रकृति र प्राणीहरूको सुरक्षा गर्नुपर्छ भन्ने ज्ञान दिई हामीलाई प्रकृतिसँग नजिक बनाउँछ ।
घ) `दोहन´ र`पारस्पारिक´ शब्दको अर्थलेख्नुहोस् ।
दोहन = लुट्ने वा शोषण गर्ने काम
पारस्परिक = एक अर्कासंग सम्बन्धित
१. दिइएको अनुच्छेदबाट प्रत्यय लागेका शब्द पहिचान गरी सूची बनाउनुहोस् :
केटा( केटो + आ)
निन्दनीय (निन्द + अनीय)
कार्य ( कृ + य)
ढिस्का(ढिस्को + आ)
लिएर ( लि + एर)
पुग्ने( पुग् + ने)
हजारौँ (हजार + औँ)
जनता ( जन + ता)
दैनिक( दिन + इक)
गरी (गर् + ई)
गर्दा ( गर् + दा)
चलायमान (चलाउ + मान्)
२. दिइएको अनुच्छेदबाट प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस् :
अपनत्व = आफ्नो + त्व
भावना = भाव + ना
होइन = हु + इन
गरी = गर् + ई
मिलेर = मिल् + एर
पेटी = पेट + ई
कर्तव्य = कृ + तव्य
सामूहिक =समूह + इक
नागरिक = नगर + इक
गरौँ = गर् + औँ
भावक = भु + अक
४. दिइएका प्रत्यय लगाई एक एकओटा नयाँ शब्द निर्माण गर्नुहोस् :
अक्कड
भुल् + अक्कड = भुलक्कड
अत
लिख् + अत = लिखत
अन्त
भिड् + अन्त = भिडन्त
अन
चर् + अन = चरन
अनी
ढाक् + अनी = ढकनी
आइँ
बस् + आइँ = बसाइँ
आइ
बस् + आइ = बसाइ
आउ
घाट + आउ = घटाउ
आलु
बढ् + आलु = बढालु
आव
चुन् + आव = चुनाव
आवट
बन् + आवट = बनावट
आहा
बस् + आहा = बसाहा
अन्ते
उड् + अन्ते = उडन्ते
आरु
सिक् + आरु = सिकारु
एको
उड् + एको = उडेको
एनी
आगो + एनी = अगेनी
उवा
सुत + उवा = सुतुवा
इलो
झार् + इलो = झरिलो
आ
छाप् + आ = छापा
दो
बढ् + दो = बढ्दो
नु
पढ् + नु = पढ्नु
एर
सिक् + एर = सिकेर
उन्जेल
जित् + उन्जेल = जितुन्जेल
ओट
छान् + ओट = छनोट
ओ
हाँस् + ओ = हाँसो
इयार
हात + इयार = हतियार
इलो
मल + इलो = मलिलो
ई
धन + ई = धनी
ए
धनकुटा + ए = धनकुटे
औली
पुर्खा + औली = पुर्ख्यौली
एली
पूर्व + एली = पूर्वेली
पना
तितो + पना = तितोपना
ली
झापा + ली = झापाली
ले
गाउँ + ले = गाउँले
आडी
गफ + आडी = गफाडी
अरी
राम्रो + अरी = राम्ररी
आइँ/याइँ
मूर्ख + आइँ = मुर्ख्याइँ
आइ
काम + आइ = कमाइ
आली
लेक + आली = लेकाली
आलु
माया + आलु = मायालु
आन
सिर् + आन = सिरान
इङ्गर
पात + इङ्गर = पतिङ्गर
इया
सहर + इया = सहरिया
औटे
कुरा + औटे = कुरौटे
पाठ ९ : सफलताको कथा (रिपोर्ताजमूलक रचना) | सम्पूर्ण प्रश्नोत्तर र व्याकरण अव्यास | Class 11 Nepali Guide | SBN ONLINE SCHOOL
१. दिइएका योगसँग सम्बन्धित पारिभाषिक शब्दको अर्थ शब्दकोशका सहायताले लेख्नुहोस् :
यम : आठवटा योगमध्यको पहिलो चरण वा योग
नियम : अनुशासन
आसन : बस्ने ठाउँ
प्रणायाम : श्वास प्रश्वासमा लयवद्धताका साथ गरिने योग
प्रत्याहार : अष्टाङ्ग योग मध्यको पाँचौ योग
धारणा : विचार
ध्यान : चित्त एकाग्र पार्ने साधना योगमा रहने मनको स्थिति
समाधि : ब्रह्मा चिन्तनमा केन्द्रित हुने योग साधनाको आठौं वा अन्तिम अवस्था
२. दिइएका अर्थसँग मिल्ने शब्द पाठबाट खोजेर लेख्नुहोस् :
क) हलचल नगर्ने : स्थिर
ख) ओइलाएको : मलिन
ग) बौद्धस्मारक : स्तूप
घ) प्राचीन चिकित्साशास्त्र : आयुर्वेद
ङ) एकचित्त : एकाग्रता
च) कथाहिनता : अकथा
छ) एम.ए. वा सो सरह : स्नातकोत्तर
३. दिइएका शब्दहरुलाई अर्थ खुल्ने गरी वाक्य बनाउनुहोस् :
व्यग्र
भारतसँग वार्ता गर्न सरकारको व्यग्र प्रतीक्षा रहेको छ ।
चैत्य
लुम्बिनीमा विभिन्न देशहरुले चैत्यको निर्माण गरेका छन् ।
योग
योगले मानिसमा आफूभित्र रहेको रोगलाई निरोध गर्न सक्छ ।
स्नातक
(१०+२) तथा प्रविणता प्रमाणपत्र तह वा सो सरह को शैक्षिक तह उत्रिण गरेपछि स्नातक तहमा प्रवेश पाइन्छ ।
मनोचिकित्सा
मनोचिकित्साको मानववादी दृष्टिकोणले मानिसहरूलाई उनीहरूको सम्भावनालाई अधिकतम बनाउन मद्दत पुर्याउँछ ।
समग्रता
जीव र निर्जीवको समग्रतालाई नै वातावरण भनिन्छ ।
१. दिइएक प्रश्नहरूको उत्तर दिनुहोस् :
क) रिपोर्ताज कुन विषयमा लेखिएको छ ?
रिपोर्ताज योग साधना र यसको फाइदाको बारेमा लेखिएको छ ।
ख) रिपोर्ताजमा कति जना व्यक्तिको नाम उल्लेख भएको छ ?
रिपोर्ताजमा अमित, सुन्दर र युगेन्द्र गरि तीन जना व्यक्तिको नाम उल्लेख भएको छ ।
ग) रिपोर्ताज कतिओटा अनुच्छेदमा संरचित छ ?
रिपोर्ताज २५ अनुच्छेदमा संरचित छ ।
घ) रिपोर्ताजमा प्रयुक्त भाषाशैली कस्तो छ ?
रिपोर्ताजमा प्रयुक्त भाषाशैली निजात्मक छ ।
३. पाठका आधारमा जोडा मिलाउनुहोस् :
क) अमित ठाकुर – पत्रकार
ख) सुन्दर छन्त्याल – योगसाधनाका कारण पुनजीवन र सफलता पाउने व्यक्ति
ग) रत्न राज्यलक्ष्मी – अमित ठाकुरले पत्रकारिता पढेको क्याम्पस
घ) धुलिखेल – अमित ठाकुर फिचर स्टोरी खोज्न गएको ठाउँ
ङ) आरुबारी – काठमाडौमा सुन्दर छन्त्यालहरुको बसोबास रहेको ठाउँ
च) म्याग्दी – सुन्दरको जन्मथलो
छ) हृदयघात – सुन्दरका पिताको मृत्युको कारण
ज) क्यान्सर – सुन्दर छन्त्यालकी आमालाई लागेको रोग
झ) तौलिहवा – अमित ठाकुरको घर भएको ठाउँ
४. " योग ध्यान …….. ताँती सुरु भयो "रिपोर्ताजको अंश पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् :
क) ध्यान गर्नका लागि म पात्र कहाँ कहाँ पुगेको थियो ?
ध्यान गर्नका लागि म पात्र लुम्बिनीको स्तूप, चैत्य, पिपलको बोटमुनि, देवालयको खुला मैदान, पशुपती आदि ठाउँहरुमा पुगेका थिए ।
ख) गोठाटारले म पात्रलाई किन आकर्षित गर्छ ?
गोठाटारको शान्त, एकान्त र योगसाधनाको लागि अनुकुल वातावरणले म पात्रलाई आकर्षित गर्छ ।
ग) "हजारौं माइलको यात्रा एक सानो पाइलाबाट सुरु हुन्छ ।" भन्नुको तात्पर्य के हो ?
कुनै पनि महान कार्य वा ठुला ठुला कामको सुरुवात सानो योजनाबाट नै हुन्छ भन्नुनै हजारौं माइलको यात्रा एक सानो पाइलाबाट सुरु हुन्छ भन्नू हो ।
घ) योगले मानव जीवनलाई कसरी परिवर्तन गर्छ ?
योगले मनलाई एकाग्रता बनाई, नयाँ ऊर्जा र सकारात्मक सोच दिने भएकाले जीवनलाई परिवर्तन गर्छ ।
५. दिइएको रिपोर्ताजको अंश पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् :
क) सुन्दर छन्त्यालमा कसरी बाँच्ने इच्छाशक्ति जागृत भयो ?
योग र साधनाले मनमा रहेका विकारहरु हटाएकोले उनमा नयाँ सोच, चेतना, प्राणायाम, प्रत्याहार, धारणा र ध्यान हुँदै समाधिको यात्रा तय गरिने कुरा बुझेकाले मनको विकार हट्दै गई सुन्दर छन्त्यालमा बाँच्ने इच्छाशक्ति जागृत भयो ।
ख) योग साधनाले मानव स्वास्थमा पार्ने प्रभावहरु के के हुन् ?
योग साधनाले मानव स्वास्थमा पार्ने प्रभावहरु थुप्रै छन् । योग साधनाले मनलाई एकाग्र बनाइ चिन्तन र ज्ञानको विकास गर्नुका साथै मनका विकार हटाउन मद्दत गर्छ । योग चिन्तन, मनको एकाग्रता र समाधि तर्फको यात्रा हो । योगले नै मनको विकार हटाई आत्मिक एवं भौतिक शान्ति दिलाई सुखी र निरोगी जीवन बाँच्ने आधार खडा गर्दछ । योगले सहनशीलता, दुरगामि सोच र उदार विचार जस्ता जीवनोपयोगी कलाको विकास गर्दछ ।
६. म पात्रले सुन्दरको कथा प्राप्त गर्नका लागि गरेका प्रयत्नहरुलाई क्रमबद्ध रुपमा टिपोट गर्नुहोस् :
– धुलिखेल कार्यक्रममा जानू,
– सुन्दर र छन्त्यालको फोन नम्बर लिनु,
– सुन्दर छन्त्यालको घर आरुवारी जानु,
– दाजुभाइको सम्बन्ध विकास गर्नु ।
७. उत्तर लेख्नुहोस् :
क) रिपोर्ताजमा प्राकृतिक परिवेशको वर्णन कसरी भएको छ ?
रिपोर्ताजमा प्राकृतिक परिवेशलाई मानिसको मनको शान्तिसँग तुलना गर्दै वर्णन गरिएको छ । यसमा जङ्गल, एकान्त स्थल, ठूला चउर, आदिलाई शान्त, ज्ञान प्राप्त गर्ने स्थलका रूपमा वर्णन गरिएको छ । अमितलाई गोठाटार औधी मन पर्नुको कारण पनि प्राकृतिक परिवेश नै थियो । गोठाटारको शान्त वातावरणमा पात्रलाई राखेर एकान्त र शान्त परिवेशको सिर्जना गर्दै, त्यसको सकारात्मक प्रभावलाई चित्रण गरिएको छ । सुन्दरको घरबाट देखिने पहाडी चुचुरो, घामको प्रकाशले उज्यालो बनाएको आरुबारीको सुन्दर प्राकृतिक चित्रण यस रिपोर्ताजमा गरिएको छ । तसर्थ रिपोर्ताजमा प्राकृतिक परिवेशलाई सुन्दर, शान्त र आकर्षक ढङ्गले मानवीकरण गरि वर्णन गरिएको छ ।
ख) सुन्दर छन्त्यालको सफलताको कथा सङ्क्षिप्त रुपमा लेख्नुहोस् ।
सुन्दर छन्त्याल मध्यमवर्गीय परिवारमा सुखको वातावरणमा हुर्किएको व्यक्ति हो । उसको जन्म सरकारी अधिकृत बुबा र माध्यमिक तहको शिक्षक आमाको एक मात्र सन्तानको रूपमा भएको थियो । म्याग्दीको गाउँमा जन्मिए पनि सुन्दरले काठमाडौंको नाम चलेको विद्यालयबाट एस.एल.सी. पास गरी विज्ञान विषय लिई उच्च माध्यमिक तह उत्तीर्ण गरेका र सिभिल इन्जिनियरिङमा स्नातक गरेका थिए । उसको बाबुको अचानक हृदयघातका कारण मृत्यु भएपछि उसको पढाइमा रोकावट आएको छ । उसको आमा पनि बिरामी हुनुभयो । आमालाई जचाउँदा क्यान्सर लागेको रहेछ । डाक्टरको सल्लाह अनुसार दिल्लीमा गई उपचार गराउदा आमा ठिक हुनुभयो ऋणमा डुवेको यो सानो परिवारले आफ्नो पहाडको केही जमिन बेचेर ऋण तिर्यो त्यसपछि आमाछोरा एक दिन डा. युरेन्द्र झाको चिकित्साकेन्द्र नयाँ बानेश्वर गए । एकदिन डा. युरेन्द्र भाको चिकित्सा केन्द्रमा गई योग र ध्यानका विधि अपनाउँदा क्रमशः सुन्दरको मन शान्त हुन थाल्यो । योगको विषय बोध गर्दै गएपछि मनको विकार हटी बाँच्ने इच्छाशक्ति जागृत भयो । पहाडको जग्गा बेची ऋण तिरे भने बाँकी ऋण पौरख गरी तिर्ने आत्मविश्वास उनमा जाग्यो । निरन्तरको मिहिनेत र अध्ययनका कारण सुन्दरले प्राविधिक तर्फ अधिकृतमा नाम निकाले । यसरी सुन्दर तनावमुक्त जिन्दगी बिताउन सफल भए ।
ग) पाठको मुख्य उद्देश्य के हो ?
जीवन उतराचढावको सम्मिश्रण हो । जस्तो परिस्थिति छ त्यससग सहमत भएर अघि बढे जीवन स्वाभाविक रूपमा चल्छ। सुख र दु:ख भनेका मानिसका जीवनमा आइरहने घाम छायाजस्तै हुन् । सहमत हुन नसक्दा मानसिक चिन्ता सुरु हुन्छ आफ्नो मन आफैँ विस्तारै मान्छ भनियो भने यसले दुःख मात्र दिन्छ । जीवनमा आइपर्ने हरेक समस्यासँग जुधेर त्यसको समाधान निकाल्नु पर्छ । यसका लागि एकाग्रता चाहिन्छ । मनलाई सधैँ शान्त र स्थिर पार्नुपर्छ । इच्छाशक्ति भयो भने जस्तोसुकै समस्याबाट पनि मुक्ति पाउन सकिन्छ । गहिरो शान्ति ध्यानबाट प्राप्त हुन्छ र शारीरिक शान्ति योगाभ्यासबाट प्राप्त हुन्छ । अतः सुखी र निरोगी जीवनका लागि योगाभ्यास आवश्यक हुन्छ भन्ने भाव नै यस पाठको मुख्य सन्देश हो ।
८. व्याख्या गर्नुहोस् :
क) यो स्मृति भन्ने वस्तु पनि रमाइलो छ । स्मृतिले नै शब्दलाई जोड्छ र भत्काउँछ । स्मृतिले मानिसलाई मानिस बनाउँछ र पुनर्जीवित गर्छ ।
प्रस्तुत गद्यांश कक्षा ११ को नेपाली पाठ्यपुस्तकमा सङ्कलित सफलताको कथा शीर्षक रिपोर्ताजमूलक रचनाबाट साभार गरिएको हो । यस रिपोर्ताजमा योग र ध्यानले मानिसलाई शारीरिक तथा मानसिक शान्ति प्रदान गर्छ भन्ने भावलाई प्रकाश पारिएको छ ।
विगतका अनुभवको सम्झना नै स्मृति हो । विगतको स्मृति वर्तमानको सुखद पक्ष हो । यसको सम्झनाले मानिसलाई काम गर्ने ऊर्जा दिनुका साथै वर्तमानलाई रमाइलो र रङ्गिन बनाइदिन्छ । विगतले मानिसको वर्तमानलाई धेरै कुरा सिकाएको हुन्छ । विगतको अनुभव र अनुभूतिबाट पाठ सिकेर नै वर्तमानमा पाइला चाली भविष्यको गन्तब्य पछ्याउने प्रयास गर्नुपर्छ । विगतको जीवन भोगाइको स्मृतिले कहिले सुखद् अनुभूति दिलाउँछ त कहिले भावविह्वल पनि बनाउँछ । स्मृतिले मानिसलाई विगतका कमजोर पक्षहरु सुधार गरी सत्कर्ममा गतिशील बनाई पुनर्जीवित बनाउन सक्दछ । यस रचनामा पनि अमितलाई विगतको स्मृतिले आफ्नो लक्ष्य प्राप्तिका लागि पृष्ठपोषणको काम गरेको पाइन्छ । अतः मानवको जीवनमा स्मृतिको महत्त्वपूर्ण स्थान रहेको पाहिन्छ ।
ख) मनको शान्ति खोज्न टाढा जानुपर्दैन, यो तपाईं भित्रै छ । योगबाट यो प्राप्त हुन्छ ।
प्रस्तुत गद्यांश कक्षा ११ को नेपाली पाठ्यपुस्तकमा सङ्कलित सफलताको कथा शीर्षक रिपोर्ताजमूलक रचनाबाट साभार गरिएको हो । यस रिपोर्ताजमा योग र ध्यानले मानिसलाई शारीरिक तथा मानसिक शान्ति प्रदान गर्छ भन्ने भावलाई प्रकाश पारिएको छ ।
कुनै किसिमको मानसिक विकार नभएको अवस्था नै शान्ति हो । परिस्थितिसंग सहमत भइएन भने मानसिक चिन्ता सुरु हुन्छ र आफ्नो मन हो मिलिहाल्छ भनियो भने पनि यसले असर गर्छ । मानसिक चिन्ताले मानिसलाई चितामा पनि पुयाउन सक्छ । मानसिक चिन्ताले मानिसलाई विक्षिप्त बनाउछ । मनको शान्तिका लागि समग्रता र एकाग्रता चाहिन्छ । एकाग्रताले मनलाई शान्त र स्थिर बनाउँछ । गहिरो शान्ति ध्यानबाट प्राप्त हुन्छ र शारीरिक शान्ति योगाभ्यासबाट प्राप्त हुन्छ । योग र ध्यानबाट नै मानसिक विकार हटी जीवन सुन्दर बन्दछ । योगबाट नै तनावमुक्त भई तन र मन दुवै स्वस्थ र तन्दुरुस्त बन्न पुग्दछ । अतः सुख शान्तिको आधार नै मन भएकाले मानसिक रुपमा निरोगी बनी शारीरिक रूपमा स्वस्थ र तन्दुरुस्त बनी खुसी र सुखी जीवन बाँच्नका लागि योग साधना गर्नुपर्दछ । हामी मनको शान्ति खोज्न अन्यत्र जानु पर्दैन त्यो त हामीमगै हुन्छ । इच्छाशक्ति भएमा मानिसले आफूले आफूलाई बुझाउन सक्छ र जीवनलाई अगाडि बढाउन सहयोग मिल्छ भन्ने आशयलाई माथिको गद्यांशले व्यक्त गरेको छ ।
९. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् :
(क) स्वस्थ हुनु भनेको के हो ?
स्वस्थ हुनु भनेको रोग वा दुर्बलताको अभाव मात्र नभएर शारीरिक, मानसिक र सामाजिक रुपले पूर्ण तन्दुरुस्तीको अवस्था हो ।
(ख) देशका नागरिकको स्वास्थ्य स्थिति कुन कुन कुरामा निर्भर हुन्छ ?
देशका नागरिकको स्वास्थ्य स्थिति सुर्तीजन्य पदार्थको प्रयोगको स्थिति, उच्च रक्तचाप तथा मोटोपनको स्थिति, शुद्ध पानीको उपलब्धता, औसत आयु कुपोषणग्रस्त जनसङ्ख्याको प्रतिशतका साथै मृत्युको अवस्था आदि कुरामा निर्भर हुन्छ ।
(ग) चिकित्सा विज्ञान कसरी रोकथामतिर पनि केन्द्रित हुन थालेको छ ?
चिकित्सा विज्ञान विभिन्न किसिमका खोप, जनहितमा जारी हुने विभिन्न जनस्वास्थ्यसम्बन्धी सूचना, जानकारी, तालिम आदिको व्यवस्था गरी रोकथामतिर पनि केन्द्रित हुन थालेको छ ।
(घ) चिकित्सा विज्ञानमा कुन कुराले वढी महत्त्व पाएको छ ?
चिकित्सा विज्ञानमा रोकथामलाई भन्दा रोग लागिसकेपछि उपचार गर्ने कुराले बढी महत्त्व पाएको छ ।
१०. विइएको अनुच्छेदबाट मुख्य मुख्य पाँचओटा बुँदा टिपेर सारांश लेख्नुहोस् :
बुँदाहरू
१. विचारहरूमध्ये निर्विचार सवैभन्दा राम्रो विचार हुनु,
२. निर्विचारको अभ्यासले परमानन्द प्राप्त हुनु,
३. जरुरत भन्दा बढी विषयमा दिल नलगाई मन खाली राखी प्रशान्तिको अभ्यासले दुःखदायी विचारले गर्ने आक्रमणबाट साधकलाई सुरक्षित राख्नु,
४. भयानक दुःखको परिस्थितिमा पनि यस्तो साधकले धैर्य नगुमाउनु,
५. आएका जुनसुकै तत्त्व फर्किएर जानलाई हो तसर्थ दुश्चिन्ताग्रस्त हुनुपर्ने कारण नहुनु,
सारांश
योग साधना र विचार
विचारहरूमध्ये सबैभन्दा राम्रो विचार निर्विचार हो र यमबाट परमानन्द प्राप्त हुन्छ । अरुभन्दा बढी विषयमा दिल नलगाई मन खाली राखी प्रशान्तिको अभ्यासले दुखदायी विचारको आक्रमणबाट साधक सुरक्षित हुन्छ । भयानक दुःखको परिस्थितिमा पनि यस्तो साधकले धैर्य गुमाउँदैन । आएका जुनसुकै वैचारिक तत्त्वहरू जानलाई हो तसर्थ दुश्चिन्ताग्रस्त हुनुपर्ने कारण छैन ।
जम्मा शब्द मङ्ख्या : १४०
साराश गर्नुपर्ने शब्दमङ्ख्या : ४७
साराश गरिएको शब्दसङ्ख्या : ४४
२. ‘सफलताको कथा’ पाठबाट दशओटा शब्दहरु टिप्नुहोस र ती शब्दहरुको निर्माण प्रक्रिया देखाउनुहोस् :
३. दिइएका प्रत्यय लगाई दुई दुईओटा शब्द निर्माण गर्नुहोस् :
४. दिइएका शब्दहरुको निर्माण प्रक्रिया देखाउनुहोस् :
पाठ १० : कृषिशालामा एक दिन (संवाद) | सम्पूर्ण प्रश्नोत्तर र व्याकरण अव्यास | Class 11 Nepali Guide | SBN ONLINE SCHOOL
१. तल दिइएका अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस्:
क) सोच्न लायक : माननीय
ख) बालीनाली : उपज
ग) अर्थपूर्ण : सार्थक
घ) पानीमा बसेर जीविका गर्ने प्राणी : जलचर
ङ) विषयुक्त : विषादी
च) बिउ छरेपछि माटालाई पातपतिङ्गरले छोप्नु : आच्छादन
छ) एउटै स्थानमा पाँच फरक उचाइ हुने वृक्ष लगाउने : पञ्चस्तरीय ढाँचा
२. दिइएका शब्दहरुको अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
गहुँत
गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिक अनुसन्धानले प्रमाणित गरिसकेको छ ।
उर्वर
नेपाल उत्परिवर्तन हुन सक्ने उर्वर भूमि भएको विज्ञहरूको मत छ।
स्थलचर
विश्वका जलचर, स्थलचर, नभचर सबै प्राणी निर्भीक महसुस गर्दै सल्बलाउन थालेका छन् ।
जलप्रबन्धन
बालीनालीका लागि जलप्रबन्धन सबैभन्दा मुख्य कुरा हो ।
कृषिविद्
कृषिविद् हरि दाहालले अब लगाइने हिउँदेबालीका लागि सरकारले बीउदेखि कृषिजन्य सामग्रीहरू सहयोग गर्नु पर्ने सुझाव दिए ।
प्रवर्धन
अहिलेसम्म पर्यटन प्रवर्धनमा कम प्राथमिकतामा परेका मुलुकमा अब पर्यटनको सम्भावना बढेको पाइएको छ ।
समृद्ध
देश समृद्ध हुन प्रदेश समृद्ध हुनुपर्छ ।
अभियन्ता
भारतीय नारीवादी अभियन्ता कमला भासिनको शनिबार बिहान ७५ वर्षको उमेरमा निधन भएको छ ।
महत्त्वाकाङ्क्षी
आर्थिक क्षेत्र विस्तार गर्ने चीनको महत्त्वाकाङ्क्षी सिल्क रोड भूराजनीतिक केन्द्रमा अफगानिस्तान छ।
ज्ञानशाला
राजविराजमा बालप्रतिभाहरुलाई पुरस्कृत गर्दै ज्ञानशाला दिवस मनाइएको छ ।
३. दिइएका पदावलीहरुको प्रयोग गरी एउटा अनुच्छेद तयार पार्नुहोस :
विकासका माध्यमबाट आफ्नो सामाजिक तथा आर्थिक अवस्था सुधार्न हामी नेपालीहरुले कृषि कर्ममा लाग्नुपर्छ । आजको कृषि प्रणाली परम्परागत हुनुहुँदैन । परम्परागत ज्ञानलाई आधुनिक प्रविधिसँग मिसाएर हामीले कृषि कार्यलाई एउटा उचाइमा पुर्याउनु पर्छ । राज्यले प्रत्येक स्थानीय तहमा एउटा कृषि क्याम्पस खोलेर प्रशस्त कृषि वैज्ञानिक तयार गर्नुपर्छ । कृषिकार्यमा हामीले रासायनिक मलको प्रयोग कम गर्दै प्राकृतिक वातावरण स्वच्छ हुने अनेक प्राकृतिक विरुवाहरु लगाउन जरुरी छ । यदि यसो गर्न सकेमा पर्यावरणको संरक्षणमा ठूलो टेवा मिल्ने थियो ।
१. `कृषिशालामा एक दिन´ पाठ पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् :
क) संवादमा कतिजना पात्रहरु सहभागी छन् ?
संवादमा ६ जना पात्रहरु सहभागी छन् ।
ख) सबैभन्दा धेरै पटक प्रश्न गर्ने विद्यार्थी कुन हो ?
सबैभन्दा धेरै पटक प्रश्न गर्ने विद्यार्थी म्हेन्दो हो ।
ग) यो संवाद कुन स्थानमा गरिएको हो ?
यो संवाद बद्री विश्वकर्मा कृषिशालाभित्र गरिएको हो ।
घ) कुन पात्रले खाद्यपदार्थलाई औषधि भनेको छ ?
डोल्मा गुरुमाले खाद्यपदार्थलाई औषधि भनेको छ ।
ङ) सबैभन्दा छोटो संवाद कस्ले बोलेको छ ?
सबैभन्दा छोटो संवाद हर्कध्वजले बोलेको छ ।
२. दिइएका भनाइहरु कसकसका हुन्, पत्ता लगाउनु होस् :
क) बद्री विश्वकर्माको
ख) रामभरोसको
ग) डोल्मा गुरुमाको
घ) गुरुध्वजको
ङ) भगतसिंहको
च) डोल्मा गुरुमाको
४. पाठमा रहेको `मैले प्रयोग……..हैन र ?´संवादांश पढी दिइएका प्रश्नहरुको उत्तर दिनुहोस् :
क) के गर्दा जमिन उर्वर बन्छ ?
रासायनिक मल र विषादीको प्रयोग नगरी घरमै निर्माण गरेको कम्पोस्ट मल तथा विषादीका रुपमा गहुँतको प्रयोग गर्दा जमिन उर्वर बन्छ ।
ख) पानीको स्रोत विषाक्त हुनाको कारण के हो ?
पानीको स्रोत विषाक्त हुनाको कारण रासायनिक मल तथा विषादीहरुको अत्याधिक प्रयोग हो ।
ग) संवादमा के कर्मलाई अपराध भनिएको छ ?
संवादमा खेतमा अत्याधिक रासायनिक मल तथा विषादीको प्रयोग गरी प्राणीहरुको जीवन रक्षाको आदर्शलाई भुल्ने कर्मलाई अपराध भनिएको छ ।
घ) प्रकृतिले हामीलाई कसरी सजाय दिइराखेको छ ?
प्रकृतिले हामीलाई अनेक प्रकारका रोगहरु उब्जाएर सजाय दिइराखेको छ ।
५. दिइएको संवादांश पढ्नुहोस् र सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् :
क) प्राकृतिक खेती गर्दा के फाइदा हुन्छ ?
प्राकृतिक खेतीले कीटनाशकहरू प्रयोग कम गर्छ, माटोको क्षय घटाउँछ, नाइट्रेट जमिनको पानी र सतहको पानीमा कम गर्छ, र पशु फोहोरलाई खेतमा पुन: प्रयोग गर्दछ । प्राकृतिक खेती गर्दा किसानको पैसा बजार जाँदैन । यसका लागि किसानले उत्पादन कार्यका लागि केही पनि किन्दैन तर उत्पादित अन्नबाली भने बेचिरहन्छ । प्राकृतिक खेती उत्पादनमा लागत कम छ तर उत्पादित वस्तुको मूल्य चाहिँ धेरै पाइन्छ । जलवायु परिवर्तन र बढ्दो विश्व जनसङ्ख्याका चुनौतीहरू सामना गर्दै भविष्यको प्राकृतिक कृषिको चुनौती यसको वातावरणीय फाइदाहरू कायम राख्नु, उत्पादन वृद्धि र मूल्य घटाउनु हुनेछ ।
ख) "मन परेको काममा कमाइ थोरै भए पनि चित्त बुझ्छ ।" यस कथनलाई पुष्टि गर्नुहोस् ।
मानिसको काम गर्ने कुरा इच्छा, चाहना र सन्तुष्टिसँग जोडिएको हुन्छ । त्यस्तो काम गर्दा जोस, जाँगर त हुन्छ नै साथमा थकानको पनि कमै महसुस हुन्छ । उ जस्तोसुकै समयमा पनि गर्न सक्दछ । आफ्नो चाहना अनुसारको काम छ भने त्यसमा रमाएर काम गर्छ । रमाएर गरेको काम सफल पनि हुन्छ । मन परेको काममा रमाउने मान्छे श्रमको मूल्य पैसामा तुलना गरी कहिल्यै दुःखी हुँदैन । कमाइ थोरै नै भए पनि सुख सन्तोषको अनुभूति गर्छ । त्यसैले मन परेको काममा थोरै कमाइ भएपनि आत्मसन्तुष्टि मिल्छ ।
६. दिइएको संवादांश पढ्नुहोस् र सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् :
क) हाम्रो मौलिक बिउबिजन कसरी जोगाउन सकिन्छ ?
नेपाल एक कृषि पराधीन देश हो । राष्ट्रको दुई-तिहाइ जनसङ्ख्याले अपनाउने कृषि पेसालाई राष्ट्रले सम्मानित बनाइ कृषि रणनीति अपनाउनुपर्छ । जैविक विविधताको संरक्षण गरी मौलिक विउविजको प्रयोगमा जोड दिँदै हाम्रा अथाह खाद्यान्नका आधारहरु लोप हुनवाट जोगाउनुपर्छ । परम्परागत ज्ञान र अनुभवलाई जोगाउँदै विउविजनको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ । सरकाले युवा पुस्ताका लागि कृषि क्षेत्रमा लाग्न सीप एवं तालिम प्रदान गरी अनुदानको व्यवस्था गर्नुपर्दछ । कृषि उपजको बजार ब्यवस्थापन गरी हौसला प्रदान गर्नुपर्दछ । अतः मौलिक बिउबिजनद्वारा उत्पादित उत्पादनको म्यादस्थापन गर्न सके हाम्रो मौलिक बिउबिजन जोगाउन सकिन्छ ।
ख) कृषिकर्मलाई सम्मनित कर्मका रुपमा स्थापित गर्न के के गर्नुपर्ला ?
कृषिकर्मलाई सम्मानित कर्मका रुपमा स्थापित गर्न राज्य र जनता दुबैको मुख्य भूमिका रहन्छ । कृषि कर्मलाई सम्मानित कर्मका रुपमा स्थापित गर्न निम्नअनुसार कार्य गर्नुपर्छ :
– युवा पुस्तालाई एवं आफ्ना सन्ततिलाई कृषि क्षेत्रमा लाग्न प्रेरित गर्नुपर्ला,
– सरकारले कृषि क्षेत्रको बजेट वृदी गर्नुपर्ला,
– कृषकको हौसला बढाउनका लागि तालिम दिनुर्पर्ला,
– कृषि उपजलाई उचित रुपमा निर्यात प्रवर्द्धनको ब्यवस्था गर्नुपर्ला,
– कृषि विद्यालय एवं विश्वविद्यालय खोली स्वरोजगार हुने वातावरण सिर्जना गर्नुपर्ला,
– कृषि विमाको उचित व्यवस्था गर्नुपर्ला ।
७. उत्तर लेख्नुहोस् :
क) कृषिकर्म किन मानवजातिको अस्तित्वसँग गाँसिएको छ ?
मानव जातिको अस्तित्व नै कृषिमा आधारित छ । कृषिबाट अन्न उत्पादन नगर्ने हो भने मानव जीवित रहन सक्दैन । मानव जातिलाई जीवन दिने र युगौयुगसम्म मानव जातिको विकासका लागि कृषि कर्म अनिवार्य छ । मानिसको बाच्ने आधार कृषिबाट उत्पन्न वस्तुहरु हुन् । मानव मात्रै होइन, संसारका सबै प्राणी कुनै न कुनै रुपमा कृषिमै आश्रित हुन्छन् । वैज्ञानिकहरुले जबसम्म नखाइकन बाच्न सक्ने प्रविधिको विकास गर्दैनन्, तबसम्म मानवको अस्तित्व कृषि कर्ममा नै अडिएको हुन्छ ।
ख) वनजङ्गल र कृषिको सम्बन्ध कस्तो छ ?
वनजङ्गल र कृषि एक अर्काका उपकारक बनेका हुन्छन् । वनजङ्गलका पात पतिङ्गरबाट कृषिले आवश्यक मल प्राप्त गर्छ भने कृषिमा गरिएको सिचाइवाट वनले पनि सिचाइ प्राप्त गर्छ । एउटा विरुवाले फ्याकेको मल अर्को विरुवाले ग्रहण गर्छ । वनभङ्गलका विरुवाहरुबाट निस्किएका बास्नाले कृषि बालीमा रोग लाग्दैन । गाईवस्तुले नखाने वनजङ्गलका पातहरूबाट कृषिका लागि औषधिबताउन सकिन्छ । यसै गरि कृषिका अन्नपात कुहिएर वनजङ्गलले पोषण प्राप्त गर्छ, त्यसैले वनजङ्गल र कृषिको सह अस्तित्व देखा पर्छ ।
ग) जैविक मल र औषधि कसरी बनाउन सकिन्छ ?
जैविक मल घरायसी सामग्रीहरुको प्रयोग गरी सजिलै बनाउन सकिन्छ । एउटा ठूलो भाडोमा दुईसय लिटर पानी, दश लिटर गहुँत, दश किलो गोबर, एक किलो गुँड, एक किलो दालको पिठो र वरपिपलको फेदको एक मुठी माटो राम्रोसँग मिसाएर तिन दिनसम्म ढाकेर राख्ने अनि विहान बेलुका लौराले चलाउनुपर्छ । तिन दिनपछि जैविक मल प्रयोग गर्नका लागि तयार हुन्छ । साथै गाईवस्तुले नखाने खालका दस बाह प्रकारका रुखका पातहरु र गहुत मिलाएर त्यसमा खोसार्नी, लसुन, वेसार, वोझो जस्ता जडीवुटी मिसाएर जैविक औसधि बनाउन सकिन्छ ।
घ) आच्छादन प्रक्रियाका फाइदाहरु बताउनुहोस् ।
आच्छादन प्रक्रियाका फाइदाहरु निम्न अनुसार छन् :
– बालीमा अनावश्यक झारपात नउम्रीनु,
– जमिनमा चिसोपन कायम रहनु,
– खेतमा अनावश्यक झारपात कुहिएर मल बन्नु,
– माटोको उर्वरा शक्ति बढ्नु,
– उत्पादन बढी हुनु,
– रासायनिक मल किन्ने पैसा बचत हुनु,
– स्वस्थ र ताजा खाद्यान्न उत्पादन हुनु ।
ङ) कृषि कर्मका बारेमा तपाईका विचारहरु प्रस्तुत गर्नुहोस् ।
कृषि क्रर्म मानवलाई बाच्नका लागि गरिने प्रमुख पेसा हो । कृषि कर्मका माध्यमबाट व्यक्तिले आफु मात्र होइन, संसारका सबै प्राणीलाई बचाइ रहेको हुन्छ । नेपालमा करिब दुई तिहाई जनसङ्ख्या कृषि क्षेत्रमा आश्रित छन् । नेपाल जैविक दृष्टिले समृद्ध मुलुक भएकाले प्राकृतिक परिवेशको विविधतालाई सम्बोधन गरी कृषि रणनीति अपनाउनुपर्छ । परम्परागत ज्ञान र अनुभवलाई जोगाउँदै बिउबिजनको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ । कृषि कर्मलाई सम्मानित कर्मका रुपमा स्थापित गर्नुपर्छ । कृषि मानिसहरुको बाच्ने आधार हो । त्यसैका माध्यमबाट मानिस मात्रै हैन, अरु प्राणीहरु पनि जीवित रहेका हुन्छन । त्यसैले कृषि कर्मलाई सबैले आफ्नो जीवनको अभिल अङ्ग मानेर अपनाउन पर्छ । किसानले मात्र कृषि गरेर पुग्दैन, हरेक मानिसले आआफ्ना खेतबारीहरुमा परिश्रम गरी आवश्यकता अनुसार कृषि कर्म गर्न सकेमा मानव जातिका लागि धेरै फाइदा हुनेछ ।
८. समीक्षात्मक उत्तर दिनुहोस :
क) दिगो कृषि पद्धतिका लागि के कस्ता कुरामा ध्यान पुर्याउनु पर्छ ?
कृषिलाई दिगो रुपमा विकास गर्नुपर्छ र यसका लागि विभिन्न पक्षले उचित ध्यान दिनुपर्छ भन्ने विचार ‘कृषिशालामा एक दिन’ भन्ने पाठवाट प्रस्तुत गरिएको हो । नेपालमा कृषिलाई कसैले पनि उपयुक्त पद्धति अनुसार विकास गर्न नसकेकोमा यसको विकासका लागि अपनाउनु पर्ने उपयुक्त विधिका बारेमा यस पाठमा केहि विचारहरु प्रस्तुत भएका छन् । दिगो कृषि पद्धतिका लागि परम्परागत ज्ञान र अनुभवलाई जोगाउनु पर्ने देखिन्छ । यसका लागि सरकारले भौगोलिक विविधतालाई मनन गरी जैविक विविधता एवं पारिस्थितिक प्रणालीलाई सम्बोधन गरी दीर्घकालीन कृषि रणनीति बनाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्छ । परम्परा देखि गरिदै आएका कृषिको वैज्ञानिक रुपमा विकास गरि भविष्यसम्म तिनीहरुको संरक्षण गर्नुपर्छ । सबैले कृषिकर्मलाई सम्मानित पेशाका रुपमा लिएर नयाँ नयाँ प्रविधि अपनाउदै अगाडि बढ्नुपर्छ । कुनै एउटा व्यक्तिको प्रयासले मात्र कृषिकर्म दिगो हुन सक्दैन । त्यसका लागि सामुहिक प्रयासको आवश्यकता पर्दछ । कृषिका अध्ययन र अनुसन्धानमा लागेका कृषि वैज्ञानिकहरु, नीति निर्माताहरु जिम्मेवार पदाधिकारीहरु तथा कृषि अभियन्ताहरुले युवा पुस्तालाई एवं आफ्ना सन्ततिलाई कृषि क्षेत्रमा लाग्न प्रेरित गर्नुपर्छ । त्यसैले हामी सबैले कृषिकर्मलाई उपयुक्त ठानेर सामुहिक रुपमा यसको विकास गर्न सकेमा कृषिको दिगो विकास हुन सक्छ र सम्भव पनि छ ।
ख) "वातावरण प्रदुषणको मूल कारण मान्छे नै भएकाले यसको समाधान पनि मानिसले नै गर्नुपर्छ ।" संवादांत्मक सन्दर्भ समेत ख्याल गरी आफ्ना तर्कहरु प्रस्तुत गर्नुहोस् ।
जलवायु एवं भूमिको भौतिक, रासायनिक, जैविक पक्षमा देखिएको अस्वाभाविक परिवर्तन अथवा जल, जमिन, हावा, ध्वनि, तापीय एवं रेडियोधर्मी प्रदूषणकै समग्र प्रदूषित अवस्था नै वातावरण प्रदूषण हो । प्रकृतिको वातावरण प्रदुषित हुनुको मुल कारण मानिसहरुनै भएकाले यसलाई संरक्षण गर्ने काम पनि मानिसको नै हो ।
प्रकृति आफैमा प्रदुषित हुने होइन, मानवले गरेका क्रियाकलापहरुबाट प्रकृतिको स्वरुपमा परिवर्तन आउछ र वातावरण प्रदुषित हुन्छ । वातावरण प्रदुषणको मुख्य कारण अव्यवस्थित बसोवास र वनजङ्गलको विनाश प्रमुख देखिन्छ । आणविक शस्त्रास्त्रको निर्माण एवं परीक्षण, रासायनिक मल, विषादीको प्रयोग, औद्योगिक क्षेत्र, अस्पतालहरुको फोहरमैला, वनजङ्गल विनाशका कारण भूमिप्रदूषण, उद्योगधन्दा, सवारी साधनको चर्को आवाज, सवारी साधनको चर्को आवाजले ध्वनि प्रदूषण, आणविक बिस्फोटन, कीटनाशक औषधी आदिको प्रयोगबाट पृथ्वीको तापमान बढ्न गई समग्र वातावरणीय प्रदूषण बढ्न गएको छ ।
मानवले सिर्जना गरेको यो समस्या मानवले नै समाधान गर्न पर्छ । जसका लागि प्रकृतिको हावापानी, वनजङ्गल आदिलाई संरक्षण गर्दै वातावरणको रक्षा गर्न सकिन्छ । वातावरणीय प्रदूषणसम्बन्धी समस्याहरु समाधान गर्नका लागि प्राकृतिक स्रोत र साधनहरुको विवेकपूर्ण प्रयोग गरी जैविक एवं पारिस्थितिक प्रणालीलाई मध्यनजर राखी दिगो विकासका सिद्धान्तलाई मनन गरी पर्यावरणीय सन्तुलन र पारिस्थितिक प्रणालीमा असर नपर्ने गरी विकासका गतिविधि एवं उद्योगधन्दाहरु सञ्चालन गर्नुपर्दछ । अतः वातावरण रक्षाका लागि रुख, बिरुवा लगाउने, पानीका मुहान संरक्षण गर्ने, सरसफाइ गर्ने जस्ता कार्यका माध्यमबाट प्रकृतिको संरक्षण गरी वातावरण जोगाउन सकिन्छ ।
९. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस्
:
क) नेपालले कस्तो वाणिज्य नीति अवलम्बन गरेको छ ?
नेपालले अन्तरास्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने र व्यापार व्यवसायको प्रवर्धन गर्ने उदेश्य लिएर आफ्नै स्रोतसाधनको प्रयोग गरी आर्थिक विकास र गरिबी निवारणको वाणिज्य नीति अवलम्बन गरेको छ ।
ख) राजस्वमा वृद्धि कसरी गर्न सकिन्छ ?
राजस्वमा वृद्धि लघु, घरेलु उद्योगलाई प्रोत्साहित गर्दै नेपाली माटो सुहाउँदो अर्थतन्त्र निर्माणतिर लगेर गर्न सकिन्छ ।
ग) देशको समृद्धिमा निजी क्षेत्रको भुमिका कस्तो हुन्छ ?
निजी क्षेत्रले आफ्नै देशमा रोजगार सिर्जना गर्न सक्ने र राज्यको अर्थव्यवस्थालाई मजबुद बनाउने भएकाले देशको समृद्धिमा निजी क्षेत्रको महत्त्वपूर्ण भुमिका हुन्छ।
घ) `जैविक विविधता र गरिबी निवारण ´पदावलीको अर्थ लेख्नुहोस् ।
जैविक विविधता : जीवनको विविधतामय अस्तित्व
गरिबी निवारण : गरिबी हटाउने कार्य
१. दिइएको गद्यांशमा रेखाङ्कन गरिएका पदावलीलाई एउटै समस्त शब्द बनाई लेख्नुहोस् :
भानिज दाइ – भान्दाइ
वाद र विवाद – वादविवाद
प्रत्येक दिन – प्रतिदिन
रोगले ग्रस्त – रोगग्रस्त
लोकको हित – लोकहित
अन्न र जल – अन्नजल
प्रत्येक वर्ष – प्रतिवर्ष
गाउँको पालिक – गाउँपालिका
हिमको आलय – हिमालय
जीवनरुपी गीत – जीवनगीत
कूपको मण्डुक – कूपमण्डुक
२. दिइएको अनुच्छेदका गाढा शब्दलाई विग्रह गरी देखाउनुहोस् :
सान्नानी – सानी नानी
पूजासाम्रागी – पूजाका लागि साम्रागी
बाटापारि – बाटो पारि
पीताम्बर – पीत छ अम्बर जसको
बाघचाल – बाघको चाल
नियमपूर्वक – नियम पूर्वक
आजभोलि – आज भोलि
धर्मकर्म – धर्म र कर्म
चक्रपाणि – चक्र छ पाणिमा जसको
दोधार – दुई धारको समूह
चौबन्दी – चार बन्दीको समूह
माखिबुट्टे – माखाको जस्तो बुट्टा भएको
पञ्चामृत – पाँच अमृतको समूह
फूलपाती – फूल र पाती
सयपत्री – सय पत्र छन् जसका
लालुपाते – लाल छ पात जसको
पल्लाघर – पल्लो घर
नीलकण्ठ – नील छ कण्ठ जसको
षड्दर्शन – छ दर्शनको समूह
अष्टाध्यायी – आठ अध्यायहरुको समूह
३. पाठबाट समस्त शब्द खोज्नुहोस् र ती शब्द कसरी बनेका हुन् , बताउनुहोस् :
भाइबहिनी – भाइ र बहिनी
स्नातकोत्तर – स्नातक उत्तर
पढेलेखेको – पढेको लेखेको
यतातिर – यता तिर
महत्वाकाङ्क्षी – महत्व आकाङ्क्षी
कृषिकर्म – कृषिको कर्म
फलफूल – फल र फूल
वरपिपल – वर र पिपल
गाईवस्तु – गाई र वस्तु
बोटविरुवा – बोट र बिरुवा
खेतबारी – खेत र बारी
खाद्यपदार्थ – खाद्य पदार्थ
४. समस्त शब्द भए विग्रह अनि विग्रहका अवस्थामा भए समस्त शब्द बनाउनुहोस् :
महाकवि – महान कवि
बाछिटा – बाङ्गो छिटा
फेदनटुप्पो – न फेद न टुप्पो
नवरस – नौ रसको ससमूह
दाजुभाइ – दाजु र भाइ
हाडेओखर – हाड जस्तो ओखर
हृष्टपुष्ट – हृष्ट र पुष्ट
ऋणनधन – न ऋण न धन
सप्तमातृका – सात मातृकाको समूह
बाढीपीडित – बाढीले पीडित
चौपाया – चार पाउ भएको
चरिनङ्ग्रे – चराको जस्तो नङ्ग्रा भएको
जुँगामुठा – मुठा जत्रा जुँगा भएको
बोकेदारी – बोकाको जस्तो दारी छ जसको
चन्द्रबिन्दु – चन्द्र जस्तो बिन्दु
लमकन्ना – लामा कान छन् जसका
कालीमाटी – कालो माटो भएको
लम्बोदर – लम्ब उदर भएको
लामखुट्टे – लामा खुट्टा भएको
पाठ ११ : रारा भ्रमण (दैनिकी) | सम्पूर्ण प्रश्नोत्तर र व्याकरण अव्यास | Class 11 Nepali Guide | SBN ONLINE SCHOOL
१. दिइएका पदावली र अर्थको जोडा मिलाउनु होस् :
विविधतायुक्त वैभव – भिन्नताले भरिएको सम्पत्ति
सञ्जीवनी बुटी – जीवन बचाउने औषधी
अवलोकन भ्रमण – विभिन्न दृश्यको अवलोकनका लागि गरिने भ्रमण
दिव्य अनुभूति – अलौकिक अनुभूति
शुक्ल पक्ष – कृष्णपक्ष पछिको पन्ध्र दिन
सदावहार वनस्पति – सधै हरियो हुने रुखविरुवा
२. दिइएका शब्दहरू प्रयोग गरी एउटा अनुच्छेद तयार पार्नुहोस् :
हामी पोखराबाट रारा तालको अनुपम सौन्दर्यको दृष्टिगोचर गर्नका लागि नेपाली भाषाको उद्गम स्थल सिँजा उपत्यका हुँदै दुई दिनको यात्रापश्चात् रारा पुगेका थियौ । गुल्जाररूपी रारा राष्ट्रिय निकुञ्ज नजिकै बसेर सदावहार वनस्पतिका वनऔषधीहरुको अनुपम रसायन र सम्मिश्रणबाट बनेको राराको जलमा बसले उन्मत्त भै छचल्किएका बेताल लहरहरु हेरी मन्त्रमुग्ध बनी आत्मालाई साक्षी राखी पुनः भेट्न आउने वाचा गरी आफ्नै गन्तब्य पोखरा फक्यौँ ।
३. दिइएका प्राविधिक तथा पारिभाषिक शब्दको अर्थ खोजेर लेख्नुहोस् :
क) दृश्यावलोकन, अनुभूति, पिरती, कविता ( मानविकी )
दृश्यावलोकन : देख्न वा हेर्न योग्य प्राकृतिक दृश्यहरु अवलोकन गर्ने काम ।
अनुभूति : मनोदशा, मनस्थिति, मनोरोग ।
पिरती : माया, प्रेम, स्नेह ।
कविता : कविको भाव वा कविकर्म,काव्य ।
ख) कच्ची, जिप, राजमार्ग, बसपार्क ( यातायात क्षेत्र )
कच्ची : कच्चा, धेरै समयसम्म नटिक्ने ।
जिप : हलुका र बलियो किसिमको मोटर, बसभन्दा सानो सामान्य कार ट्याक्सिभन्दा ठूलो ।
राजमार्ग : फराकिलो र लामो पक्की सडक,मूल सडक
बसपार्क : बस बिसाउने ठाँउ ।
ग) उपत्यका, चट्टान, पर्वत, क्षेत्रफल, हिमाल ( भूगोल )
उपत्यका : पहाडका फेदीमा समथर जमिन ।
चट्टान : एउटै ठुलो ढुङ्गाको पहाड वा ढिस्को ।
पर्वत : पहाड, शैल ।
क्षेत्रफल : कुनै जमिनको लम्बाइ र चौडाइको गुणबाट निस्कने वर्णात्मक परिमाण ।
हिमाल : नेपालको उत्तरी सिमाक्षेत्रमा वारपार पसारिएका टाकुराहरु सधैजसो हिउँले ढाकिरहने,उँचो पर्वतमाला ।
घ) खस राज्य, बस्ती, शासक, कार्यालय ( प्रशासन )
खस राज्य : प्राचीन क्षत्रीयको एक जातिको राज्य पश्चिम नेपालका खस जातिका मानिसको राज्य भएको स्थान ।
बस्ती : घरहरु भएको वा मानिस बस्ने ठाउँ ।
शासक : शासन गर्ने व्यक्ति, शासनकर्ता
कार्यालय : कुनै विशेष काम वा व्यवसाय गर्ने घर ।
ङ) होटल, खानपान, रिसोर्ट, भ्रमण ( पर्यटन )
होटल : मूल्य तिरेर खानपिन गरिने वा भाडा दिएर यात्रीहरु केही समय बस्ने, सुत्ने विश्रामस्थल ।
खानपान : खाने र पिउने काम ।
रिसोर्ट : होटेलसहिदको पार्क ।
भ्रमण : घुमफिर वा डुलफिर गर्ने काम ।
च) निकुञ्ज, संरक्षण, सदावहार, वनस्पति ( वनविज्ञान )
निकुञ्ज : बोटविरुवा, जनावर आदि वन्यसम्पदाको सुरक्षाका लागि निर्माण गरिएको स्थल ।
संरक्षण : जगेर्ना, राम्ररी गरिने रक्षा ।
सदावहार : वसन्त रितुमा जस्तै सधै हरावरा रहने ।
वनस्पति : वोटविरुवा ।
४. दिइएका शब्दहरु कुन कुन विषयक्षेत्रसँग सम्बन्धित छन्, पहिचान गरेर लेख्नुहोस् :
क) मानवीय क्षेत्र
ख) कृषि तथा वन क्षेत्र
ग) इतिहास क्षेत्र
घ) प्रशासन क्षेत्र
ङ) कानून क्षेत्र
च) चिकित्सा क्षेत्र
छ) उत्तर; विज्ञान र प्रविधि क्षेत्र
५. दिइएका विषय क्षेत्रका आधारमा समूह बनाई हरेक क्षेत्रका दस दसओटा खोज्नुहोस् र कक्षामा प्रस्तुत गर्नुहोस :
क ) शिक्षा
विद्यालय, पुस्तक, क्याम्पस, प्रधानाध्यापक, पुस्तकालय, प्रश्नपत्र, छात्रवृत्ति,निरीक्षक, उतीर्ण, केन्द्राध्यक्ष ।
ख) कृषि तथा वन क्षेत्र
अव्वल, दोयल, सिम, चहार, रोपाइँ, फडानी, छपान, वनपाले, सामुदायिक, वन, कुकाठ ।
ग) मानविकी र समाजिकशास्त्र
दृश्यावलोकन, अनुभूति, पिरती, कविता, विवाह, झैझगडा, जातजाति, धर्म, सापटी, मेलमिलाप ।
घ) व्यापार, वाणिज्य
नाफा, घाटा, आयव्यय, निक्षेप, निकासी, भौचर, पैठारी, विरेजु, राजस्व, तराजु ।
ङ) कानुनी तथा राजनीतिकशास्त्र
सचिव, मन्त्री, सरुवा, अध्यादेश, विद्येयक, जमानत, आन्दोलन, राजिनामा, सरजमिन ।
च) चिकित्सा
शल्यक्रिया, एक्सरे, अन्तरङ्ग, प्रशोधन, जीवानु, सरुवा रोग, महामारी, बहिरङ, कुपोषण ।
छ) विज्ञान तथा प्रविधि
विकिरण, विद्युतीकरण, तापक्रम, रकेट, वम, जोड, घटाउ, समीकरण,ऊर्जा, जीवकोश ।
ज) सञ्चार क्षेत्र
कम्प्युटर, रेडियो, इमेल, ईन्टरनेट, म्यासेन्जर, समाचार, सूचना, प्रविधि,पत्रमित्रता, संवाददाता ।
झ) जनप्रशासन
सचिव, अधिकृत, सरुवा, बढुवा, टिप्पणी, फिराद पत्र, मन्त्री खरिदार, सुब्बा, हाकिम ।
ञ) इन्जिनियरिङ
झोलुङ्गे पुल, आकासे पुल, कच्ची बाटो, पक्की घर, लम्बाइ ।
१. पाठका आधारमा उत्तर भन्नुहोस् :
क) दैनिकीलाई कस्तो ढाँचामा प्रस्तुत गरिएको छ ?
दैनिकीलाई यात्रावर्णनको ढाँचामा प्रस्तुत गरिएको छ ।
ख) दैनिकीमा प्रयोग भएको सबैभन्दा ठूलो र सानो अनुच्छेद संरचना कुन कुन हुन् ?
दैनिकीमा प्रयोग भएको सबैभन्दा ठूलो अनुच्छेद १९ औ हो भने सानो अनुच्छेद चाहिँ २५ औ अनुच्छेद हो ।
ग) दैनिकीको सुरुदेखि अन्त्यसम्मका संरचनालाई जोड्ने आधार के हो ?
दैनिकीको सुरुदेखि अन्त्यसम्ममा संरचनालाई जोड्ने आधार घटनाहरु हुन् ।
घ) दैनिकीको दोस्रो दिनका घटनाहरुको सूची बनाउनुहोस् ।
दैनिकीको दोस्रो दिनका घटनाहरुको सूची :
– जिपमा लामो समय बस्नु परेकाले धेरै थाकेर सूर्खेतको एक होटलमा बस्नु,
– भोलिपल्ट बिहान पाँच बजे त्यहाबाट राराको यात्रामा निस्कनु,
– कर्णाली नदीको तिरैतिर अगाडि बढ्नु,
– कालीकोट सदरमुकाम हुँदै नाग्मगाढावाट सिन्जा उपत्यका पुग्नु,
– सिन्जाको हरियो वातावरण हेर्दै हिड्नु,
– सिन्जामा खाना खाएर अगाडि बढ्नु,
– रारा राष्ट्रिय निकुञ्जको चेकपोस्ट हुँदै रारा नजिकैको रिसोर्टमा पुग्नु र त्यहाँ झोला बिसाउनु,
– बेलुका आगो तापेर बस्नु र त्यहाबाट रात्रीकालीन राराको दृश्यालोकन गर्नु,
– रिसोर्टमा चिया खादै नाचगान हेर्नू,
– तराईको गर्मीबाट गएकालाइ त्यहाँ चिसो हुनु ।
२. "बिहानै मिर्मिरे ……जागिरहँदो रहेछ " दैनिकी अंशका आधारमा दिइएका प्रश्नहरुको उत्तर दिनुहोस् :
क) रारा तालका बेताल लहरहरु कस्ता थिए ?
रारा तालका बेताल लहरहरु बैसले छचल्किएका र पिरती गाँस्न हतारिएका जस्ता थिए ।
ख) राराले शासकलाई पनि कसरी कवि बनाउन सक्दो रहेछ ?
राराले शासकलाई आफ्नो प्राकृतिक सौन्दर्यको जादुले कवि बनाउन सक्दो रहेछ ।
ग) राराको सुन्दरतालाई किन जादु भनिएको हो ?
रारालाई हेर्न आउने पर्यटकहरुको दिन चोर्न क्षेमता भएकाले राराको सुन्दरतालाई जादु भनिएको हो ।
घ) यस अनुच्छेदमा राराको प्राकृतिक सौन्दर्यको वर्णन कसरी गरिएको छ ?
यस अनुच्छेदमा बैसले छचल्किए जस्ता बेताल लहरहरु किनारसम्म आएर पर्यटकहरुसँग पिरती गाँस्न हतारिए जस्ता देखिने, पर्यटकको दिल चोर्न सदा जादु देखाउने क्षमता रारा तालमा छ भनी सौन्दर्यको वर्णन गरिएको छ ।
३. दिइएको दैनिकी अंशका आधारमा सोधिएका प्रश्नहरुको उत्तर लेख्नुहोस् :
क) सिँजा उपत्यकाको चिनारी दिनुहोस् ।
सिँजा उपत्यकाको वरिपरि रमणीय वस्तु र खेतीयोग्य जमिनलाई हिम नदीले सिँचाइ पुर्याउने सिजा उपत्यका एउटा ऐतिहासिक स्थल रहेछ । यसका बाइसे खस राज्यको राजधानी, नेपाली भाषाको उद्गम स्थलको रुपमा सिजाको ऐतिहासिकता झल्कन्छ । तसर्थ पवित्रता, खाद्यान्नको भण्डार भएको ऐतिहासिक भूमि नै सिँजा उपत्यकाको चिनारी हो ।
ख) लेखकले सिँजादेखि रारासम्मको यात्रा कसरी पूरा गरे ?
लेखकले सिँजादेखि रारासम्मको यात्रा मालिका बोतादेखि चट्टानलाई चिर्दै चौथा भन्ने ठाउँमा पुगी उकालिँदै घुच्चीको लेकमा रारा राष्ट्रिय निकुञ्जको चेक पोस्टमा पुगेपछि पिनागाउँ हुँदै रारा ताल नजिकैको सल्लेरीको जङ्गलमा पुगेपछि गाडी रोकेर झोला बोकी करिब एक घण्टा हिँडेर पूरा गरे ।
४. उत्तर दिनुहोस् :
क) पाठका आधारमा राराको परिचय दिनुहोस् ।
समुद्री सतहदेखि २८७२ मिटरको उचाइमा अवस्थित राराको लम्बाइ अधिकतम पाँच किलोमिटर र चौडाइचाँहि अधिकतम ३.२ किलोमिटर छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफल रहेको यो तालले विशालता, उच्चता र भब्यता प्रदर्शन गरेको छ । चारैतिर सदाबहार वनस्पतिले भरिएका पहाडले घेरिएकाले राराको पानी नै हरियो देखिन्छ । राराका बेताल लहरहरु बैँसले छचल्किएका अनि पिरती गाँस्न हतारिएका देखिन्छन् । यहाँका प्रत्येक जडीबुटीका जरालाई राराले नै अमृत प्रदान गरेको छ । स्वर्गको एक टुक्रा जस्तै देखिने यो ताल प्राकृतिक सुन्दरताले भरिएको एक अनुपम उपहार हो ।
ख) दैनिकी लेखकले पहिलो दिनको यात्रा कसरी पूरा गरे ?
बिहान साढे तीन बजे ब्युझिएका लेखक नित्यकर्म गरी चार बजे तिर पाँच जना साथीहरुसहित गुल्मी तल्ला फाँटबाट जिप चढी राराको यात्रा सुरु गरी रुद्रावती नदी तरी किनारै किनार हुँदै निस्किएका थिए । उनीहरुको टोलि मकुवा, चोरकाटे, उल्लीखोला, खैरेनीका फँटहरु छिचोल्दै रुद्रवेणी हुँदै रिडी पुगे । त्यसपछि अर्गली, जोर्ते, लगुवा, हार्थोक हुँदै करिब साढे सात बजे पाल्पा तानसेन पुगेर पकौडा, चुकाउनी र चिया खाएर नौ बजे बुटवल पुगेका लेखक साँझ चार बजे कोहलपुर पुगेका थिए । त्यसपछि हिडेको जिप ७५ किलोमिटर पार गरेर ९ बजेतिर सुर्खेत पुगी त्यहाँको बसपार्ककै एक होटलमा बास बसे । यसरी दैनिकी लेखकले पहिलो दिनको यात्रा पूरा गरे ।
ग) रारा पुगेर लेखक किन खुसी भए ?
गुल्मीबाट रारासम्मको यात्रा गर्ने क्रममा कर्णाली नदी किनार, अर्धकच्ची बाटो, फाँट, नागवेली घुम्ती बाटो, पूर्व पश्चिम राजमार्ग, कर्णाली राजमार्ग, सुन्दर उपत्यका, सिँजा उपत्यका, रमणीय बस्ती, खेत आदि दृश्यहरु देख्दा आनन्दको अनुभूति गरेका छन् । चारैतिर सदाबहार वनस्पतिले भरिएका पहाडले डिल लगाएजस्ता डाँडाहरुले घेरिएको रारा ताल देखेर उनि खुसी भए । साथै तालको गाढा हरियो पानीमा बैंसले छचल्किएका बेताल लहरहरुको मादकताले दिल चोरेकाले रारा पुगेर लेखक खुसी भए ।
घ) यस दैनिकीमा लेखकको कस्तो प्रकारको अनुभूति प्रस्तुत भएको छ ?
यस दैनिकीमा लेखकले बाटामा देखिएका र भेटिएका स्थानलाई आफ्नै अनुभवका आधारमा प्रस्तुत गरेका छन् । उनले राराको वर्णन पनि निजी अनुभूतिका आधारमा गरेका छन् । आफ्नो सपनाको गन्तब्य रारा तालमा पुग्दा रारा तालका बेताल लहरहरुलाई बैँसले छचल्किएका अथवा पिरती गाँस्न हतारिएका हुन् ठम्याउन गाहो परेको रोमाञ्चित अनुभूत गरेका छन् । यात्रा गर्ने क्रममा कर्णाली नदी किनार, अर्धकच्ची बाटो, फाँट, नागवेली घुम्ती बाटो, पूर्व पश्चिम राजमार्ग, कर्णाली राजमार्ग, सुन्दर उपत्यका, सिँजा उपत्यका, रमणीय बस्ती, खेत आदि दृश्यहरु देख्दा आनन्दको अनुभूति गरेका छन् । हाँको रमणीय प्राकृतिक वातावरण देख्दा गौरलूले छाती फुलाउँदै नेपाली हुनुको गौरव अनुभूति गरेका छन् । राराका छालहरु आफूसँग जिस्कँन आएको वा पिरती गाँस्न आएको श्रृङ्गारिक रसको अनुभूति गर्दछन् । घाम जुन बादल, पहाड, हिमालहरु राराका लहरमा हाम्फाल्दै अपूर्व आनन्द होला भनी प्रकृतिलाई मानवीकरण गरी आत्मिक आनन्दको रसानुभूति गरेका छन् । तसर्थ यस दैनिकीमा लेखकको निजी व्यक्तिगत अनुभूतिको प्रस्तुत भएको पाइन्छ ।
५. यस दैनिकीमा प्रकृतिलाई कसरी मानवीकरण गरिएको छ, वर्णन गर्नुहोस् ।
कुनै वस्तुलाई मानिसका जस्तै क्रियाकलापमा समावेश गराउनु वा मानवका रुपमा कल्पित तथा प्रस्तावित गर्ने काम नै मानवीकरण हो । यस दैनिकीमा प्रकृतिलाई मान्छेको जस्तै क्रियाकलापहरु गर्न लगाइएको छ । नदीनाला, ताल, पहाड, हिमाल, उपत्यका, वनजङ्गल, आगोपानी, बाटाघाटा, जुन, घाम आदिलाई मान्छेका जस्तै गतिविधि वा क्रियाकलापका रुपमा प्रस्तुत गरिएको छ । रद्रावती नदीको काख, रारा राष्ट्रिय निकुञ्जसँग जम्काभेट हुनु, सिँजा दङ्ग पर्नु, आगाको तातो र राराको चिसो बिचको द्वन्द्व चल्नु, राराको आँगनीमा पुग्नु, राराका छालहरु बैसले छचल्किएर पिरती गाँस्न आउनु, पर्यटकको राराले दिल चोर्नु, राराले मन पखाल्नु, रारा ताल पर्यटकसँग जिस्कनु, रारामा दिउँसो र राती, घाम र जुन पालो गरेर पौडी खेल्नु, रारालाई वरिपरीका पहाड र जङ्गलले पहरा दिनु आदि यस दैनिकीमा प्रकृतिलाई मानवीकरण गरिएका उदाहरण हुन् ।
६. दैनिकी पढी मुख्य मुख्य घटना टिपोट गर्नुहोस् ।
दैनिकीका मुख्य मुख्य घटनाहरु निम्न अनुसार छन् :
– २०७७ जेठ २३ गते विहान साढे तीन बजे उठ्नु,
– लेखकसहित छ जना टोली गुल्मीबाट रारासम्मको यात्राका लागि जिपमा हिड्नु,
– रिडी हुँदै पाल्पाको जोरधारामा पुगेर पकौडा, चुकाउनी र चिया खानु,
– नौ बजे बुटवलबाट हिडेको लेखकको टिम साझ चार बजे कोहलपुर र रातको नौ बजे सुर्खेत बसपार्क पुगी एउटा होटेलमा बस्नु,
– २०७७ जेठ २४ गते बिहान पाँचबजे सुर्खेतबाट निस्किएको टिम हिमाली चिसो बतास खादैँ कर्णालीको तिरैतिर जितेगाढ पुग्नु,
– कालिकोटको सदरमुकाम हुँदै सिँजाको रमणीय दृश्य हेर्दै त्यहाँ खाना खएर हिडेको टोली रारा राष्ट्रिय निकुञ्जको चेक पोस्ट हुँदै सल्लेरी जङ्गलमा जिप राखेर बाँस बस्ने रिसोर्टसम्म पुग्नु,
– २०७७ जेठ २५ गते पाँच बजे उठेर राराको प्राकृतिक सौन्दर्य हेर्नू,
– राराको पाँच किलोमिटर क्षेत्र हिडेर पूरा गर्नु,
– १०.८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको रारालाई हेरेर लेखक लगायत ६ जनाको टिम आफ्नो वासस्थान फर्कनु ।
७. तपाईं सहभागी भएको कुनै कार्यक्रमको वर्णन गर्दै एक दिनको दैनिकी तयार पार्नुहोस् ।
गोरखा दरवारको भ्रमण
२०७७ माघ १३ गते मङ्गलवार ।
गोरखा दरवारको घुम्ने इच्छा पहिलेदेखि नै जागेर आएको थियो । नववर्षको उपलक्ष्यमा वनभोजको आयोजना गरेको हुँदा केही शिक्षक अनि ११ र १२ का विद्यार्थीसाथीहरुको यो जमघट निकै रमाइलो भयो । गोरखा पुगेपछि पर्वप्रथम हामीले खाना बनाउने ठाउँ चयन गर्यौँ । त्यस ठाउँबाट हिमाल, पहाड र गोरखाको दृश्य छर्लङ्गै देखिन्थ्यो । खाना तयार गर्ने काममा मैले निकै सहयोग पुर्याएँ । साथीहरुले गीत गाउँने र रमाइलो गर्ने अन्य प्रसिद्ध हिमालहरु हेर्न उद्देश्यले अलि मास्तिर रहेको टावरमा गयौँ । टावरमा चढ्न सबै डराए तर म नडराई चढेपछि सबै टावरमा चढ्यौ र त्यहाँ वरिपरिको हिमालहरु हेरीयो । दुई बजेतिर हामीले खाना खायौँ अनि गुराँसका फुल र हरिया बुट्यानहरुसँग केहीबेर जिस्क्यौँ । प्रकृतिको काखबाट विमुख हुनुपरेको मैले सहरिया जीवनलाई धिक्कारेँ । त्यहीँको प्रकृतिमा सधैँ खेलिरहन पाए हुन्थ्यो जस्तो मलाई लाग्यो । गोरखा र त्यहाँको सौन्दर्यपूर्ण दृश्य नाचिरह्यो । आज साह्रै थाकिएकाले निद्रादेवीले स्वागत गर्न थालिन्् । मेरो मस्तिष्कमा गोरखाको रमाइलो दृृश्य नाचिरह्यो ।
१०. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नहरुको उत्तर लेख्नुहोस् ।
क) मिथिला लोककलामा महिलाको कस्तो भूमिका छ ?
मिथिला लोककलाको सुरुवात, सम्बर्द्धन संरक्षणमा महिलाको भूमिका महत्वपूर्ण रहेको छ ।
ख) अल्पना किन निर्माण गरिन्छ ?
घरमा आउँदा र निस्कँदा शुभसाइत हुन्छ भनी अल्पना निर्माण गरिन्छ ।
ग) मिथिला लोककलालाई के कसरी वर्गीकरण गरिएको छ ?
मिथिला लोककलालाई भित्तेचित्र, भूमिचित्र, पटचित्र, काष्ठचित्र, वास्तुचित्र, भाण्डचित्र र व्यक्तिचित्र गरेर वर्गीकरण गरिएको छ ।
घ) माङ्गलिक र द्योतक शब्दको अर्थ लेख्नुहोस् ।
माङ्गलिक : शुभ
द्योतक : उज्यालो पार्ने, प्रकाश पार्ने ।
११. दिइएको अनुच्छेदलाई चारओटा बुँदामा लेख्नुहोस् र उक्त बुँदाहरु समेटेर एक तृतीयांशमा सारांश लेख्नुहोस् ।
बुँदाहरु :
– ऋष्यशृङ्ग ऋषिले तपस्या गरेको भूमिसँग जोडिएकाले रेसुङ्गाको धार्मिक महत्त्व हुनु,
– ऋष्यशृङ्ग ऋषिले पुत्रेष्ठी यज्ञ गराएकाले दशरथलाई पुत्र लाब हुनु,
– ऋषिको दर्शन गर्न रेसुङ्गा जाँदा पानीको समस्या थाहा पाएपछि रामले बाण हानेर उक्त स्थानमा पानी निकालेका,
– योगी नरहरिनाथले एक महिना कोटीहोम गरेपश्चात् यसको पर्यटकीय र धार्मिक महत्त्व फैलनु ।
सारांश
राम लक्ष्मण
ऋष्यशृङ्ग ऋषिको तपोभूमि रेसाङ्गा तिर्थस्थलको रुपमा चिनिन्छ । ऋषिले पुत्रेष्ठी यज्ञ गराएका दशरथलाई पुत्र लाब भएको छ । ऋषिको दर्शन गर्न जाँदा रामले वाण हानेर उक्त स्थानमा पानी निकालेका थिए । योगी नरहरिनाथले एक महिना कोटीहोम गरेपश्चात् यसको पर्यटकीय र धार्मिक महत्त्व बढेको छ ।
जम्मा शब्द सङ्ख्या : १३३
सारांश गर्नुपर्ने शब्द सङ्ख्या : ४४
सारांश गरिएको शब्द सङ्ख्या : ४५
१. दिइएको अनुच्छेदबाट द्वित्व शब्द छानेर लेख्नुहोस् :
ससाना, गाडीसाडी, आलीआली, सानासाना, ठुलाठुला, आआफ्ना, धनसन, खानासाना ।
२. दिइएका शब्दहरुबाट द्विरुक्त शब्द बनाउनुहोस् :
घर : घरघर
बजार : बजारसजार
साथी : साथीसाथी
मान्छे : मान्छेमान्छे
पानी :पानीपानी
फूल : फूलसुल
हिमाल : हिमालसिमाल
चित्र : चित्रमित्र
किताब : किताबसिताब
गाडी : गाडीसाडी
सामान : सरसामान
गहना : गरगहना
झगडा : झै-झगडा
सापटी : सरसापटी
झल्को : झ-झल्को
ठूलो : ठुलोठुलो
थर्को : थथर्को
सर : सरासर
बर : बरबर
एक : एकएक
चार : चारचार
पैँचो : ऐचोपैँचो
बानी : आनीबानी
पैसा : पैसापैसा
चिया : चियासिया
तरकारी : तरकारीसरकारी
फोन : फोनसोन
बोली : बोलीसोली
टेबल : टेबलसेबल
कलेज : कलेजसलेज
लुगा : लुगासुगा
बजार : बजारबजार
३. दिइएक द्विरुक्त शब्दहरुलाई उस्तै उस्तै समूहमा सूचीबद्ध गरि निर्माण प्रक्रिया समेत देखाउनुहोस् :
हात हात : हात + हात
गर्गहना : गहना + गहना
खोला खोला : खोला + खोला
सर्सल्लाह : सल्लाह + सल्लाह
छोरी छोरी : छोरी + छोरी
गोदगाद : गोद + गोद
गाडी गाडी : गाडी + गाडी
आनीबानी : बानी + बानी
ससानो : सानो + सानो
झझल्को : झल्को + झल्को
दुधसुध : दुध + दुध
चोरचार : चोर + चोर
४. `रारा भ्रमण ´ बाट द्वित्व प्रक्रियाबाट बनेका दशओटा शब्दहरु टिप्नुहोस् र द्वित्व विच्छेद गर्नुहोस् :
किनारै किनार : किनार + किनार
हर्ल्याङहुर्लुङ : हर्ल्याङ + हर्ल्याङ
आआफ्नो : आफ्नो आफ्नो
आलोपालो : पालो + पालो
कुट्दाकुट्दै : कुट्दै + कुट्दै
छचल्किनु : छल्किनु + छल्किनु
सँगसँगै : सँगै + सँगै
तलतल : तल + तल
माथि मथि : माथि + माथि
फाट्टफुट्ट : फाट्ट + फाट्ट
सन्धि
१. दिइएका अनुच्छेदबाट सन्धियुक्त शब्द पहिचान गरी सन्धि विच्छेद गर्नुहोस् :
क) नरेश : नर + ईश
अत्याचार : अति + आचार
सूर्योदय : सूर्य + उदय
रुवाइ : रु + आइ
कमाइ : काम + आइ
ख) निष्काम : निष् + काम
दुराशय : दुर् + आशय
मानवोचित : मानव + उचित
२. दिइएका शब्दहरुको सन्धि विच्छेद गर्नुहोस् :
पुस्तकालय : पुस्तक + आलय
चन्द्रोदय : चन्द्र + उदय
सूक्ति : सूक्त + इ
नारीश्वर : नारी + ईश्वर
आज्ञानुसार : आज्ञा + अनुसार
देवर्षि : देव + ऋषि
नरेन्द्र : नर + इन्द्र
धीरेन्द्र : धीर + इन्द्र
उल्लेख : उत् + लेख
संवाद : सम् + वाद
उद्बोध : उत् + बोध
सङ्कीर्ण : सम + कीर्ण
सन्देश : सम् + देश
दिगम्बर : दिग + अम्बर
जगदीश : जगत + ईश
उल्लास : उत् + लास
सद्भावना : सत् + भावना
सन्न्यास : सत् + न्यास
यशोधरा : यस + धरा
पुनर्कथन : पुनर + कथन
मनोरञ्जन : मन + अञ्जन
हतियार : हात + इयार
ढकनी : ढक + अनी
पन्यालो : पानी + आलो
प्रेमर्षि : प्रेम + ऋषि
३. अन्तिम दिनको दैनिकीको चौथो अनुच्छेद पढी सन्धियुक्त चारवटा शब्द खोजी सन्धि विच्छेद गर्नुहोस् :
मादक : मद + अक
देखेर : देख् + एर
ठडिएका : ठाडो + एका
देखिने : देख् + इने
पाठ १२ : जलस्रोत र उर्जा (वक्तृता) | सम्पूर्ण प्रश्नोत्तर र व्याकरण अव्यास | Class 12 Nepali Guide | SBN ONLINE SCHOOL
१. दिइएका शब्द र अर्थ बीच जोडा मिलाउनुहोस् :
अथाह – ज्यादै धेरै
नौका – डुङ्गा
अलावा – अतिरिक्त
अख्तियार – नियम कानुनद्वारा दिइएको अधिकार
नित्य – सधैँ
सर्वेक्षण – कुनै विषयको तथ्यपूर्ण जानकारीका लागि गरिने निरिक्षण
निकाय – कुनै संस्था वा सदन
२. मिना अयरको वक्तृता पढी दिइएको खाली ठाउँमा मिल्ने शब्द भर्नुहोस् :
क) सम्पदाका
ख) हौस्याउने र अख्तियार
ग) नौका विहार
घ) चलायमान
ङ) जलस्रोतको
३. दिइएको शब्दहरुको उल्टो अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस् :
कृत्रिम : प्राकृतिक
विपन्न : सम्पन्न
प्राचीन : आधुनिक
साँघुरो : फराकिलो
आन्तरिक : बाह्य
सङ्कुचन : बिस्तार
कुरुप : सुन्दर
सदुपयोग : दुरुपयोग
व्यय : आय
अटुट : अटल
विष : अमृत
४. दिइएका शब्दहरुको अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
मञ्चासीन
मञ्चासीन महानुभावहरुको कुरामा मस्त–मगन भएर कतैबाट निकै चिसोपन मन सम्मै छिरेको अनुभुति भयो ।
द्रुततर
उपराष्ट्रपतिले द्रुततर आर्थिक विकास मुलुकको आवश्यकता रहेको बताएका छन् ।
सामर्थ्य
बाबुराम भट्टराईले गुट व्यवस्थापन गर्ने सामर्थ्य गुमाइसकेका छन् ।
खपत
हाम्रो देशमा उत्पादन गरेको विद्युत यहीँ खपत गर्नुपर्छ ।
पैनी
हामीले पैनीका माध्यमबाट खेतका गरा गरामा पानी पुर्याउनु पर्छ ।
उर्वरा
पाँगो माटोमा उर्वरा शक्ति बढी हुन्छ ।
अभियान
मेरो विद्यालयले आउदो हप्ता सरसफाइ अभियानको घोषणा गरेको छ ।
सङ्कट
कोभिड-१९ सङ्कट व्यवस्थापन सम्बन्धमा सरकारद्वारा अध्यादेश जारी गरिएको छ ।
गगनचुम्बी
हाम्रो देशका हिमालहरु गगनचुम्बी छन् ।
अन्नामृत
तराई क्षेत्रका फाँटहरुले हामीलाई अन्नामृत प्रदान गरेका छन् ।
निर्यात
विविन बैंकहरुले निर्यात कर्जा सुबिधा प्रदान गर्दछन् ।
५. तल दिइएका पदावलीहरु प्रयोग गरी अनुच्छेद लेख्नुहोस् :
प्रकृतिको सुन्दरताले भरिपूर्ण भएको हाम्रो देश नेपाल सानो छ तर यहाँ स्वर्गको अनुभव हुन्छ । खोलानाला, पहाड, वन, जङ्गल, वन्यजन्तु आदिका कारण यो देश पर्यटकीय गन्तव्य बन्न पुगेको छ । यसलाई हामीले देशोन्नतिको सिँढी बनाउनु पर्छ । यहाको सेतो सुन, पानी, कृषिजन्य उत्पादन र पर्यटन व्यवसायलाई विकास गर्न सके देशको छिट्टै काँचुली फेर्ने थियो । यहाँ एक पटक आएर प्रकृतिको छ्टालाई नियाल्ने पर्यटक फेरि आउन चाहन्छ । फेवाको फैलावट, राराको रमिता, गण्डकीको गहिराइ र चमत्कारी पानीले हाम्रो सम्पन्नताको ढोका खोल्दै छ । त्यसैले अब हामीले आफ्नो बारेमा होइन देशको बारेमा सोच्नुपर्छ ।
१. `जलस्रोत र ऊर्जा ´ पाठ पढी दिइएका प्रश्नहरुको उत्तर दिनुहोस् :
क) पहिलो वक्ता र दोस्रो वक्ताले कति कति अनुच्छेदमा आफ्नो प्रस्तुति राखेका छन् ?
पहिलो वक्ताले छ अनुच्छेदमा र दोस्रो वक्ताले आठ अनुच्छेदमा आफ्नो प्रस्तुति राखेका छन् ।
ख) वक्तृता सन्चालनको विधिलाई पाठमा कसरी प्रस्तुत गरेको छ ?
विद्यालयका प्रधानाध्यापकलाई कार्यक्रमको अध्यक्ष, तीन जना शिक्षकहरु निर्णायक, एक जना शिक्षक समय पालक, एक जना विद्यार्थी कार्यक्रम अनि प्रतियोगी राखेर क्रमशः प्रतियोगी विद्यार्थीहरुलाई उद्घोषकले बोलाएर आफ्नो वक्तृता प्रस्तुत गर्ने, अन्त्यमा निर्णायकले निर्णय सुनाउने र अध्यक्षले पुरस्कृत विद्यार्थीहरुलाई पुरस्कार वितरण गरी कार्यक्रम टुङ्याउने विधिलाई पाठमा प्रस्तुत गरिएको छ ।
ग) पहिलो वक्ताले जलस्रोतसम्बन्धी कुन कुन सन्दर्भलाई समेटेको छ ?
पहिलो वक्ताले जलस्रोतमा हिमाल, समुन्द्र, नदीनाला, झरना, तालतलैया, आफै पानी निस्कने मूलहरु, इनार, ट्युबवेल तथा वर्पादलाई समेटेको छ ।
घ) दुवै वक्ताले वक्तृताका समापन कसरी गरेका छन् ?
पहिलो वक्ताले सेतो सुनका रुपमा परिचित पानीलाई हामीले सही सदुपयोग गरेमा नेपालेको विकास गर्न सकिन्छ भनी वक्तृता समापन गरेका छन् भने दोस्रो वक्ताले जलस्रोतलाई सदुपयोग गर्न सके हामीले बेरोजगार हुनुपर्ने छैन भनी वक्तृता समापन गरेका छन् ।
ङ) नेपालमा उपलब्ध जकस्रोत के के हुन् ?
नेपालमा उपलब्ध जलस्रोतहरु हिमाल, नदीनाला, झरना, तालतलैया, आफै पानी निस्कने मूलहरु, इनार, ट्युबवेल, तथा वर्पाद आदि हुन् ।
२. `नेपालमा जलस्रोतको ……..वातावरण तयार गर्नुपर्छ´वक्तृतांश पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् ;
क) नेपाली जलराशिमा कति मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता छ ?
नेपाली जलराशिमा ८३ मेगावाट भन्दा बढी विद्युत् उत्पादन गर्ने क्षमता छ ।
ख) के गर्न सके देशको आर्थिक समृद्धि हुने सम्भावना छ ?
देशमा भएको जलस्रोतको सम्पूर्ण क्षमताको पचास प्रतिशत मात्रै विद्धुत उत्पादन गर्न सके देशको आर्थिक समृद्धि हुने सम्भावना छ ।
ग) विद्युतको खपत कसरी बढाउन सकिन्छ ?
राज्यले जलविद्युतसँग सम्बद्ध उद्योग, कलकारखानाहरु खोल्ने वातावरण बनाउने, घरायसी रुपकै विद्युतको खपत बढाउन हौस्याउने नीति अख्तियार गर्ने र आफ्नो देशमा उत्पादित विद्युत विदेश पुर्याउन सके विद्युतको खपत बढाउन सकिन्छ ।
घ) जल विद्युतीकरणका लागि नेपालको भूगोल किन उपयुक्त मानिएको छ ?
बाह्रै महिना परिरहने हिउँ नित्यनिरन्तर बगिरहने अथाह जलराशि र भिरालो भौगोलिक बनोटका कारण जल विद्युतीकरणका लागि नेपालको भूगोल उपयुक्त मानिएको छ ।
३. दिइएको वक्तृतांश पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् ;
क) जलस्रोत र ऊर्जाका क्षेत्रमा दिगो विकास कसरी गर्न सकिन्छ ?
जलस्रोत र ऊर्जाका क्षेत्रमा दिगो पूर्वाधार विकासका नीति, नीयम तथा योजनाहरु निर्माण गरी विदेसिने युवा शक्तिलाई प्रयोग गरेर कार्यान्वयन गर्नुपर्छ । राज्यले जलविद्युतसँग सम्बद्ध उद्योग, कलकारखानाहरु खोल्ने वातावरण बनाउने, घरायसी रुपकै विद्युतको खपत बढाउन हौस्याउने नीति अख्तियार गर्ने र आफ्नो देशमा उत्पादित विद्युत विदेश पुर्याउन सके जलस्रोत र ऊर्जाका क्षेत्रमा दिगो विकास गर्न सकिन्छ ।
ख) राष्ट्रको अर्थतन्त्र निर्माणमा सिँचाइको कस्तो भुमिका हुन्छ ?
राष्ट्रको अर्थतन्त्र निर्माणमा सिँचाइको महत्त्वपूर्ण भुमिका हुन्छ । नेपालमा स्तित ६ सय भन्दा बढी नदीहरु बाह्रै महिना निरन्तर बगिरहन्छन् । यिनै नदीनालाहरुलाई कुलो, पैनी वा नहर निर्माण गरेर भूमिमा पर्याप्त सिँचाइ पुर्याउन सके राष्ट्रले खाद्यान्नमा परिनिर्भर हुनुपर्दैन । सिँचाइको उचित व्यवस्थापन गरेर धर्तीको उर्वराशक्ति बढाई प्रशस्त खाद्यान्न उत्पादन गरी विदेशमा निर्यात गरी वैदेशिक मुद्रा आर्जन गरी राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन सक्छौं । सिँचाइलाई आधुनिक र प्रविधिमैत्री बनाउन सकेमा खाद्यान्नमा आत्मनिर्भर हुन सक्छौं । रोजगारका अवसरहरु सिर्जना हुन्छन् अनि राजस्वमा वृद्धि हुन्छ । तसर्थ सम्पूर्ण उर्वर भूमिलाई सिचाइ पुर्याउन सकेमा राष्ट्रको अर्थतन्त्र दह्रो हुनेछ ।
४. `जलस्रोत र ऊर्जा ´विषयक वक्तृताका दुवै वक्ताहरुले आफ्नो वक्तृतालाई प्रभावकारी बनाउन के कस्ता सहायक तर्क वा तथ्यहरु पेस गरेका छन्, दुवैको वक्तृताबाट कम्तिमा तीन तीनवटा बुँदाहरु टुप्नुहोस् :
पहिलो वक्ताका सहायक बुँदाहरु
– हामीले नेपाली भूमिमा सिचाई गरी धेरै खाध्यन्न पदार्थ उत्पादन गर्न सकिने र नेपालबाट विदेशीएका युवाहरुलाई आफ्नै देशमा काम दिलाउन सकिने,
– नेपालमा समुन्द्रबाहेक सबै प्रकारको पानीको स्रोत रहेको जसको सहि सदुपयोग गर्न सकेमा राज्यको विकास निश्चित हुने,
– नेपालमा ८३ हजार मेगावाट जलविद्युत उत्पादन गर्न सक्ने क्षमता भएको,
– भूमिमा सिँचाइ गरी पर्याप्त खाद्यान्न उत्पादन गर्न सकिने र नेपाली युवाहरुलाई आफ्नै भूमिमा काम दिन सकिने ।
दोसो वक्ताका सहायक बुँदाहरु
– नेपालमा पाइने कञ्चन सरी पानीलाई विश्वसामु बेची नेपाल सम्पन्न बन्न सक्ने,
– देशमा रहेको कृषियोग्य जमीनमा सिँचाइको व्यवस्था गर्न सकेमा नेपाली अर्थतन्त्रको मुहार फेरिने,
– जलस्रोतबाट हामीले देशमा विभिन्न कलकारखाना तथा उद्योगहरुको विकास पनि गर्न सकिने ।
५. माथिको `जलस्रोत र ऊर्जा ´वक्तृता विषय पढी त्यसमा अपुग विषयहरु के के हुन्, कक्षामा छलफल गरी लेख्नुहोस्:
जूलसीत र उर्जा वक्तृता विषयका अपुग विषयहरू निम्न अनुसार छन्:
क) नेपालबाट दिनदिनै हजारौंको सङ्ख्यामा विदेश जाने युवालाई सरकारले केहि अनुसन्धन दिई देशमै जलस्रोत तथा ऊर्जा क्षेत्रमा लगाउन प्रोक्साहन गर्नुपर्छ ।
ख) प्राकृतिक स्रोत साधनको प्रयोग गर्न सरकारी नीतिको महत्त्वपूर्ण भूमिका भएकाले उक्त क्षेत्रबाट नेपालको प्राकृतिक स्रोतहरू जस्तै वनजङ्गल, हिमाल, तालतलैया, झरना, आदिमा ध्यान दिई उक्त प्राकृतिक स्रोतको सदुपयोगमा विचार गर्नुपर्ने ।
ग) नेपाली जन्महानुभावहरूले पानी जलस्रोत र उर्जा जस्ता प्राकृतिक स्रोत तथा साधनको उत्पादनमा ठूलो भूमिका रहने र सबै तर्फबाट यसको पहल हुनुपर्दछ ।
६. नेपालको जलस्रोतले देशको समृद्धिको आधार कसरी तयार पार्छ, लेख्नुहोस् ।
हामीलाई थाहा छ कि नेपालमा भएको प्रचुर प्राकृतिक सम्पत्ति भनेको नै जलस्रोत हो । नेपालमा साना ठुला गरि ६ हजार भन्दा बडी नदीहरू छन् जसमा ६ सयभन्दा बढी नदीहरू बाह्रै महिना निरन्तर बगिरहन्छन् । यसबाट ८३ हजार मेगावाटभन्दा बढी ऊर्जा उत्पादन गर्ने क्षमता सुरक्षित छ । नेपालको जलस्रोतको सम्पूर्ण क्षमताको पचास प्रतिशतमात्रै विद्युत् उत्पादन गर्न सक्ने हो भने यस देशको आर्थिक उन्नति हुन त्यति समय लाग्दैन । राज्यले जलविद्युतसँग सम्बद्ध उद्योग, कलकारखानाहरु खोल्ने वातावरण बनाउने, घरायसी रुपकै विद्युतको खपत बढाउन हौस्याउने नीति अख्तियार गर्ने र आफ्नो देशमा उत्पादित विद्युत विदेश पुर्याउन सके जलस्रोत र ऊर्जाका क्षेत्रमा दिगो विकास गर्न सकिन्छ । हाम्रो देशमा उत्पादित जलविद्युत् विदेशसम्म पुयाएर वेच्ने वातावरण तयार गर्नुपर्छ ।
नेपालमा उपलब्ध रहेको बाह्रै महिना परिरहने हिउँ, नित्यनिरन्तर बगिरहने अथाह जलराशि र भिरालो भौगोलिक बनोटको सहमिलनबाट कुलो, पैनी वा नहर निर्माण गरेर खेतीयोग्य जमिनमा सिंचाइ सुविधा पुन्याएर धेरै अन्न, फलफूल उब्जनी गर्न सकिन्छ । सिँचाइको उचित व्यवस्थापन गरेर धर्तीको उर्वराशक्ति बढाई प्रशस्त खाद्यान्न उत्पादन गरी विदेशमा निर्यात गरी वैदेशिक मुद्रा आर्जन गरी राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन सक्छौं । सिँचाइलाई आधुनिक र प्रविधिमैत्री बनाउन सकेमा खाद्यान्नमा आत्मनिर्भर हुन सक्छौं । रोजगारका अवसरहरु सिर्जना हुन्छन् अनि राजस्वमा वृद्धि हुन्छ । तसर्थ सम्पूर्ण उर्वर भूमिलाई सिचाइ पुर्याउन सकेमा राष्ट्रको अर्थतन्त्र दह्रो हुनेछ ।
१०. दिइएका गद्यांश पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् :
क) संविधानलाई किन देशको मूल कानुन भनिएको हो ?
राजनीतिक तथा नागरिक अधिकार एवम् सामाजिक सांस्कृतिक अधिकारलाई नि:सृत गर्ने मानव अधिकारका मूलभूत मान्यताहरुलाई अङ्गीकार गर्ने हुनाले संविधानलाई देशको मूल कानुन भनिएको हो ।
ख) सबैके कानुनको परिपालना नगरे के हुन्छ ?
कुनै पनि व्यक्ति, संग्संस्था तथा अरु कसैले पनि कानुन पालना नगरे एक आदर्श, समृद्ध सभ्य, अनुशासित र मर्यादित समाज निर्माण गर्न सकिदैन ।
ग) अध्यादेशबाट निर्मित कानुन संसद बैठकबाट किन अनुमोदन गराउनुपर्छ ?
आवश्यक परेमा संसद नबसेको बेलामा नेपाल सरकारले देवानी र फौजदारी कानुन अध्यादेशमार्फत निर्माण गर्न सकिन्छ र त्यसलाई कानुनी मान्यता दिनको लागि संसद बैठकबाट अनुमोदन गराउनुपर्छ ।
घ) `सङ्घीय संसद´ र `अध्यादेश´ को अर्थ लेख्नुहोस् ।
सङ्घीय संसद : लोकतान्त्रिक तथा प्रजातान्त्रिक मुलुकहरुमा जनताद्वारा निर्वाचित सर्वोच्च संस्था ।
अध्यादेश : संसदको अधिवेशन नभएको बेला खास समयका निम्ति आवश्यक परेमा राष्ट्रको सर्वोच्च संस्थाबाट विशेष अधिकारको प्रयोग गरी जारी भएको आदेश ।
११. दिइएको अनुच्छेद पढी बुँदा टिपोट गर्नुहोस् ।
बुँदाहरु ;
– छ हजारभन्दा बढी खोलानाला भएकाले नेपाललाई नदीनालाको देश भनिनु,
– नेपालबाट १७० अरब क्युविक मिटर पानी गङ्गा नदीमा मिलेर बङ्गालको खाडीमा पुग्नु,
– एकातिर यति धेरै पानीलाई हामीले सदुपयोग गर्न सकेनौ भने अर्कोतिर हाम्रो देशको माटो देश बाहिर जाने क्रमलाई रोक्न नसक्नु,
– यसरी खेर गएको जलसम्पदालाई सदुपयोग गरी देश विकासमा लगाउनु पर्ने,
– देशको आर्थिक विकाश गरी विद्यमान खाद्यान्न, ऊर्जा र अन्य समस्याहरुको निराकरण गर्न विद्युत् शक्ति सर्वोपरि हुने,
– जलविद्युतको अलवा कोइला, ग्यास, खनिज, तेल आदि अन्य शक्तिलाई ऊर्जाको रुपमा प्रयोग गरी देशविकासमा लगाउनुपर्ने ।
१. दिइएका वाक्यबाट उद्देश्य र विधेय भाग छुट्याउनुहोस् :
क) उद्देश्य : युवाशक्ति
विधेय : छन्
ख) उद्देश्य : जल
विधेय : हुन्छन्
ग) उद्देश्य : बेरोजगारहरु
विधेय : आउने छन्
घ) उद्देश्य : अन्य वक्ता
विधेय : राख्नुहुन्छ
ङ) उद्देश्य : प्रधानाध्यापक
विधेय : टुङ्याउनुहुन्छ
२. दिइएका वाक्यबाट उद्देश्य र उद्देश्य विस्तार, विधेय र विधेय विस्तार खण्ड छुट्याएर देखाउनुहोस् :
क) उद्देश्य : बहिनी
उद्देश्य विस्तार : उसकी
विधेय : बस्दिनन्
विधेय विस्तार : निर्वाचन समितिमा
ख) उद्देश्य : ऊ
उद्देश्य विस्तार : धेरै दिनपछि मनलाई दरो पारी
विधेय : गई
विधेय : आँगनतिर
ग) उद्देश्य : मान्छे
उद्देश्य विस्तार : आज बिहान हिडेको
विधेय : पुगेछ
विधेय विस्तार : छिटै नै दार्चुला
घ) उद्देश्य : तिम्रो पहिरन
उद्देश्य विस्तार : गाउँमा
विधेय : देखिन्छ
विधेय विस्तार : गजबको
१. दिइएको अनुच्छेदका वाक्यहरुको लिङ्ग परिवर्तन गर्नुहोस् :
मेरी बहिनी विद्यालय गई । मेरो भाइ पनि विद्यालय गयो । बहिनी सरासर कक्षामा पसी । भाइ चाहिँ बाटामा साथीसँग कुराकानी गर्न थाल्यो । भान्जीले बाटोमै भाइलाई भेटिन् । बुबाले पनि भाइलाई बाटोमै भेट्नुभयो ।
२. दिइएका वाक्यलाई कोष्ठमा बताएअनुसार परिवर्तन गर्नुहोस :
क) जेठो छोरो आउँदै छ । ( स्त्रीलिङ्ग )
जेठी छोरी आउँदै छे ।
ख) उसकी बहिनी घरमा बसेकी छे । ( पुलिङ्ग )
उसको भाइ घरमा बसेको छ ।
ग) तिम्रा छोराहरु असल छन् । ( स्त्रीलिङ्ग )
तिम्री छोरीहरु असल छन् ।
घ) सानी नानी पानी भर्छिन् । ( पुलिङ्ग )
सानो बाबू पानी भर्छन् ।
३. दिइएको अनुच्छेदका वाक्यहरुको वचन परिवर्तन गर्नुहोस् :
हामीले गाउँमा हाम्रा पुराना साथीहरु भेट्यौँ । मैले धेरैबेर कुरा गरेँ । साथीहरुले आफ्ना प्रगतिका कथा सुनाए । तिमीहरु पनि एकछिनमा आइपुग्यौ । उनीहरुले तिमीहरुलाई चिनेनन् । तिमीले उसलाई बिर्सिएछौ ।
४. दिइएका वाक्यहरुलाई कोष्ठकमा बताएअनुसार परिवर्तन गर्नुहोस् :
क) सानो छोरो रोयो । ( बहुवचन )
साना छोराहरु रोए ।
ख) तिम्रा बहिनीहरु खेल्छन् । ( एकवचन )
तिम्री बहिनी खेल्छिन् ।
ग) त्यो फूल ओइलियो । ( बहुवचन )
ती फूलहरु ओइलिए ।
घ) असल मान्छेहरु नम्र हुन्छन् । ( एक्वचन )
असल मान्छे नम्र हुन्छ ।
५. दिइएका वाक्यहरुलाई कोष्ठकमा बताएअनुसार परिवर्तन गर्नुहोस् :
क) हामीले सर्प र बिच्छी देखेका छौँ । ( तृतीय पुरुष )
उनीहरुले सर्प र बिच्छी देखेका छन् ।
ख) हजुर किन हास्नुभयो ? ( प्रथम पुरुष )
म किन हाँसे ?
ग) उहाँ राम्ररी बोल्नुहुन्छ । ( प्रथम पुरुष )
म राम्ररी बोल्छु ।
घ) हामी ज्यादै दु:खी छौँ । ( द्वितीय र तृतीय पुरुष )
तिमीहरु ज्यादै दु:खी छौँ ।
उनीहरु ज्यादै दु:खी छन् ।
ङ) तिमीहरु होहल्ला गर्दै छौ । ( तृतीय र प्रथम पुरुष )
उनीहरु होहल्ला गर्दै छन् ।
हामी होहल्ला गर्दै छौ ।
६. कोष्ठकमा बताएअनुसार परिवर्तन गर्नुहोस् :
क) तँ भात खान्छस् । ( उच्च आदरार्थी )
हजुर भात खानुहुन्छ ।
ख) हजुर कहिले फर्किनुहुन्छ ? ( सामान्य आदरार्थी )
तिमी कहिले फर्किन्छौ ।
ग) तिमी सबैलाई चिन्छौ । ( उच्च आदरार्थी )
हजुर सबैलाई चिन्नुहुन्छ ।
घ) ऊ प्रथम हुन्छ । ( मध्यम आदरार्थी )
उनी प्रथम हुन्छिन् ।
ङ) धनीलाल गाउँमा बस्छ । ( उच्च आदरार्थी )
धनीलाल गाउँमा बस्नुहुन्छ ।
७. दिइएको अनुच्छेदका वाक्यहरुलाई करण भए अकरणमा र अकरण भए करणमा बदल्नुहोस् :
उनीहरु प्रदशनीमा गएनन् । हामी चाहिँ गयौ । तिमीहरु पनि गएछौ नि । उनीहरु कुनै पनि स्थलहरुको भ्रमण गरेनछ्न् । हामी त त्यत्तिकै बसेनौ । नयाँ नयाँ कुराहरु देख्यौ ।
८. कोष्ठकमा बताएअनुसार परिवर्तन गर्नुहोस् :
क) उनीहरु धेरै राम्रा छन् । ( अकरण )
उनीहरु कति पनि राम्रा छैनन् ।
ख) तिमी कहिल्यै नराम्रो बोल्दैनौ । ( करण )
तिमी सधै राम्रो छौ ।
ग) आज धेरै जाडो होला जस्तो छ । ( अकरण )
आज कति पनि जाडो होला जस्तो छैन ।
घ) पानी परेन र जाडो भएन । ( करण )
पानी पर्यो र जाडो भयो ।
ङ) उसले चिनेको मान्छे बाटामा भेट्यो । ( अकरण )
उसले चिनेको मान्छे बाटामा भेटेन ।
९. कोष्ठका सहायताले तलका वाक्यहरु (काल, पक्ष, भाव, वाच्य र प्रेरणार्थ ) परिवर्तन गर्नुहोस् :
क)म घरमै बस्छु । ( सामान्य भूत)
म घरमै बसेँ ।
ख) हामी चिठी लेख्छौ । (अपूर्ण भूत)
हामी चिठी लेख्दै थियौँ ।
ग) तँ त्यही बस्छस् । (पूर्ण भूत )
तँ त्यही बसेको थिइस् ।
घ) तिमीहरु गृहकार्य गर्छौ ।(अभ्यस्त भूत)
तिमीहरु गृहकार्य गर्थ्यौ ।
ङ) तपाईं पोखरा जानुहुन्छ । (अज्ञात भूत )
तपाईं पोखरा जानुभएछ ।
च) उनीहरु बजार गएछ्न् । (सामान्य वर्तमान)
उनीहरु बजार जान्छन् ।
छ)तिमी सधै डुल्थ्यौ । (अपूर्ण वर्तमान)
तिमी सधै डुल्दै छौँ ।
ज) नरेशले रुख ढाल्यो ।(पूर्ण वर्तमान)
नरेशले रुख ढालेको छ ।
झ) उहाँहरु यहाँ आउनुभयो । (सामान्य भविष्यत)
उहाँहरु यहाँ आउनुहुनेछ ।
ञ) उनी गट्टा खेल्थिन् । (अपूर्ण भविष्यत्)
उनी गट्टा खेल्दै हुनेछिन् ।
ट) सानी पाठ पढ्थिन् । (पूर्ण भविष्यत् )
सानीले पाठ पढेकी हुनेछिन् ।
ठ) उनीहरु खेल खेल्छन् । (सम्भावनाअर्थ)
उनीहरु खेल खेल्लान् ।
ड) तिमीहरु बजार गयौ । (आज्ञार्थ)
तिमीहरु बजार जाओ ।
ढ) तपाईं मिठाई खानुहोला । (अनुरोधार्थ)
तपाईं मिठाई खाइदिनुहोस् ।
ण) तँ फुटबल खेल्छस् । (इच्छार्थ)
तैले फुटबल खेलेस् ।
त) भाइहरु मेहनत गर्छन् । (प्रश्नार्थ)
भाइहरु मेहनत गर्छन् ?
थ) मैले पर्यटकहरु देखे । (कर्मवाच्य)
मद्वारा पर्यटकहरु देखिय ।
द) उनीहरु यतैतिर आऊन् । (भाववाच्य)
(उनीहरु )यतैतिर आइयोस् ।
ध) उनीहरुले घर बनाएका छन् ।(कर्मवाच्य)
उनीहरुद्वारा घर बनाइएको छ ।
न) तिमी कथाहरु पढौला । (प्रेरणार्थ)
शिक्षकले तिमीलाई कथाहरु पढाउनुहोला ।
प) ऊ घरमै बसोस् । (प्रेरणार्थ)
आमा उसलाई घरमै बसाउनुहोस् ।
फ) गुरुले तिमीलाई के के पढाउनु भएको छ ? (अप्रेरणार्थ)
तिमीले के के पढेका छौ ।
उक्ति
१. दिइएका कथनहरु प्रत्यक्ष वा अप्रत्यक्ष के हुन् छुट्याउनुहोस् :
क) प्रत्यक्ष कथन
ख) अप्रत्यक्ष कथन
ग) प्रत्यक्ष कथन
घ) अप्रत्यक्ष कथन
ङ) अप्रत्यक्ष कथन
च) प्रत्यक्ष कथन
२. दिइएका वाक्यहरुलाई अप्रत्यक्ष कथनमा बदल्नुहोस् :
क) समाजको अवस्था दयनीय छ भनी पूर्णमानले बतायो ।
ख) सन्तोषले गम्भीर हुँदै नेपालमा विकासको नयाँ परिभाषा चाहिएको छ, भन्यो ।
ग) परिभाषा बदल्दैमा समाजको समस्या समाधान हुँदोरहेनछ भनी सन्जीवले चिन्ता व्यक्त गर्यो ।
घ) उत्तर; समाज परिवर्तनका लागि आफू पनि खट्ने कुरा विमलाले उत्साहका साथ व्यक्त गरीन् ।
३. दिइएको अनुच्छेदलाई प्रत्यक्ष कथनमा बदल्नुहोस् :
आमाले छोरीलाई भन्नुभयो, "के गर्दैछ्यौ ?" छोरीले भनिन्, " वक्तृताका लागि सामग्री सङ्कलन गरिरहेको छु ।" आमाले भन्नुभयो, " म पनि वक्तृताको विषयमा चासो राख्छु ।" छोरीले आमालाई भनिन्, " नेपालको सिँचाइ स्थिति कस्तो छ ।"