2021 FEBRUARY 21
What does it mean to be born again?
हैन, यो नयाँ जीवन भनेको के आमाको कोखबाट फेरी जन्मिनु भनेको हो? के यसको मतलब अर्को जुनी लिनु भनेको हो?
नयाँ जीवनको सुरुवात
तपाईको विचारमा अहिले यस संसारमा सबैभन्दा ठूलो अश्चार्य कर्म के हो? मेरो विचारमा कुनै पनि व्यक्ति येशूमा नयाँ गरी जन्मिनु नै सबै भन्दा ठूलो अश्चार्य कर्म हो। येशू ख्रीष्टमा विश्वास गर्नु चाहिँ नयाँ जीवनको सुरुवात हो। यो कस्तो हुन्छ भन्ने हामीलाई लाग्न सक्छ। यसको विषयमा हामी हेर्नेछौं।
नयाँ जीवनको पाउनु भनेको एउटा बिउ छरेर त्यहाँबाट बिउ उम्रेको जस्तै हो। कुनै एक जना किसानले चैत्र बैषाख महिनामा मकै छर्छ। जब त्यो मकै जमिन मुनी पर्छ, त्यसको पाँच वा छ दिनमा ठिक तापक्रम पाएपछि यो अंकुरण हुन थाल्छ। यति खेर नै हामी पूरानो र नयाँ जीवन एकै ठाउँमा देख्न सक्छौँ। यहा नयाँ बिरुवाको शुरु हुन्छ। त्यसपछि बिस्तारै त्यहाँबाट टुसा उम्रिन शुरु हुन्छ। त्यो टुसा बढ्दै जान्छ। जब जब त्यो टुसा बढ्दै जान्छ, यसको आफ्नै जराहरु पनि बढ्दै जान्छ। यसरी अब पूरानो बिउ हराउँदै जान्छ र नया बिरुवाको रुपमा बृध्दि हुन्छ। हाम्रो ख्रिष्टियन जीवन पनि यसरी नै परमेश्वरभित्र, पवित्र आत्माको शक्तिले, प्रभु र येशको रगतको कारण, नयाँ जन्म पाएका हुन्छौँ।
जसरी मकैको बिरुवामा कसरी यो हुन्छ भन्ने हामीले सबै देख्न सक्दैनौ तर काम भईरहेको चाल पाउछौ, त्यसरी नै हाम्रो नया जन्म कसरी हुन्छ हाम्रो आँखाले देख्न सक्दैनौ तर यसको काम हामी चाल पाउन सक्छौँ।
नयाँ गरी जन्मिनु
जसरी जीवनको सुरुवात जन्मबाट हुन्छ, त्यसैगरी नयाँ जीवनको सुरुवात पनि जन्मबाट नै हुन्छ। यसलाई हामी आत्मिक जन्म भनेर बुझ्दछौं। तर यो कसरी सम्भव छ? यो कसरी हुन सक्छ? यो नयाँ जीवन भनेको आमाको कोखबाट जन्मिने हो? वा हामीहरू चिरपरिचित भए जस्तै अर्को जुनी लिने हो? यस्तै प्रश्न लिएर इस्राएलका शास्त्रीहरूमध्ये एक जना निकोदेमस नामका व्यत्ति येशूसँग भेट गर्न गएका थिए। तिनी राति येशूकहाँ गएर भने, गुरुज्यू, हामी जान्दछौं तपाईं परमेश्वरबाट आउनुभएको शिक्षक हुनुहुन्छ, किनकि परमेश्वर साथमा हुनुभएन भने तपाईंले गर्नुभएका यी चिन्हहरू कसैले गर्न सक्दैन।”
येशूले तिनलाई जवाफ दिनुभयो, “साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन।” अचम्म मानेर निकोदेमसले येशूलाई भने, मानिस बुढो भएपछि कसरी जन्मन सक्छ र? के त्यो आफ्नी आमाको कोखमा दोस्रो चोटि पसेर जन्मन सक्छ र?”
येशूले यसरी जवाफ दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माव्दारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दन। शरीरबाट जन्मेको शरीर हो र पवित्र आत्माबाट जन्मेको आत्मा हो। त्यसपछि उहाँले भन्नुभयो, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस् ।
निष्कर्षः
यस ब्यक्तिले नयाँ गरी जन्मिने विषयमा बुझेको हामी देख्दछौं। येशूले भन्नुभए अनुसार नयाँ गरी जन्मिनु भनेको चाहिँ येशू ख्रिष्ट र उहाँको सुसमाचारमा विश्वास गर्नु हो र जब हामी परमेश्वरमा विश्वास गरी बप्तिस्मा लिन्छौं, पवित्र आत्माले हाम्रो आत्मालाई नयाँ तुल्याउनुहुन्छ। यसरी नयाँ जन्म पाई हामी परमेश्वरको छोराछोरी हुन सक्छौ। अब यो मानिसले त आफ्नो प्रश्नको जवाफ पाउनुभयो र विश्वास गर्नुभयो। अब तपाईको पालो!
मङ्गलबहादुर तामाङ BA, MTh, PhD(std)
The Top blog posts on Gospel
What is Grace? अनुग्रह के हो ?ख्रिष्टियनहरूको लागी र बाइबलमा भएका विषयहरूमध्ये एकदमै महत्वपूर्ण एउटा शब्द छ, त्यो हो , अनुग्रह । त्यसो भए, अनुग्रह के हो ?
What does it mean to be born again ? हैन, यो नयाँ जीवन भनेको के आमाको कोखबाट फेरी जन्मिनु भनेको हो? के यसको मतलब अर्को जुनी लिनु भनेको हो?