शुद्धाशुद्धि सम्बन्धि जानकारी

तपाईंले उबुन्टुलाई नेपालीमा समायोजन गर्नुको मुख्य उद्देश्य भनेको तपाईं-हामीजस्तै नेपाली प्रयोगकर्ताले, तपाईंको परिवार र साथीभाइले, आफ्नै भाषामा सजिलैसँग प्रयोग गर्न सकून् भन्ने हो । उबुन्टु धेरैखाले व्यक्तिहरूले प्रयोग गर्छन्, जस्तै सरकारी कर्मचारी, गाउँ गाउँका विद्यालयका शिक्षक, विद्यार्थी र कर्मचारी, पसले, पत्रकार, लेखक, आदि । तसर्थ, सकेसम्म बुझिने गरि सरल भाषामा शुद्ध तरिकाले समायोजन गर्नु सबैको जिम्मेवारी हो । समायोजन जति राम्रो भयो त्यति नै प्रयोगकर्तालाई सजिलो हुने भएकाले निम्नानुसारका नियमहरू सबैले पालना गरिदिनुहोस् । यसो गर्दा तपाईँले गर्नुभएको अनुवाद प्रयोगकर्ताले राम्रोसँग बुझ्न सक्छन् ।

थप जानकारीको लागि यो जानकारी एकपटक हेर्नुहोस् । यो पेजमा निरन्तर नयाँ बुँदाहरू थपिने भएकाले मौका मिलाएर हर्ने गर्नुहोस् । केहि टिप्पणी, प्रश्न वा सुझाव भए तल कमेन्ट गर्नुहोस् ।