गृह

२०७३ सालमा नेपालीहरूलाई एक पूर्णरूपमा अनुवादित उबुन्टु उपहार दिउँ ।

"सबै नेपालीले अपनत्व गर्ने सक्ने प्रविधी बनाउन लागी परौँ । हामी उहाँहरुको जीवनमा आउन सक्ने स्वतन्त्रता र सुविधा लागि उत्साहित छौँ ।

यो साँचो हो कि, यसमा धेरै समय र मेहिनेत खर्च हुन्छ ।  तर यो हामीले सुरु गर्नु पर्छ र अहिले नै सुरु गर्नु पर्छ ।"

स्थानीयकरण के हो?

स्थानीयकरण सरल भाषामा भन्नु पर्दा, भिन्न देश, भाषा र संस्कृतिमा लेखिएको सफ्टवेयरलाई आफ्नो भाषा र संस्कृतिमा ढाली अपनत्व महसुस गराउनु हो।  

यो प्राय, भाषिक बाधा हटाई, यस अद्भुत प्रविधिको पहुँच सबैमा पुर्‍याउन गरिन्छ ।   

के तपाईँ यस कार्यमा सहभागी हुन चाहनुहुन्छ ?

हामी सक्रिय रूपमा लन्चप्याड प्रयोग गरेर उबुन्टु अनुवाद गरिरहेका छौँ ।

यो समूहमा यहाँबाट सामेल हुनुहोस् ।