समर ऋतु विद्यार्थीहरूलाई सिकाइ जारी राख्नका लागि उत्कृष्ठ समय हो। स्कूल वर्ष भरि सम्पन्न भएको सिकाइलाई सशक्त बनाउन विद्यार्थीहरू र परिवारहरूलाई मद्दत गर्न, डिपिएसले समर भरि विद्यार्थीहरूको सिकाइ जारी राख्नमा केन्द्रित स्रोतहरूको एउटा सेट विकसित गरेको छ। ती स्रोतहरूमध्ये धेरै स्रोतहरू किन्डरगार्टन देखि पाँचौँ ग्रेडसम्मका विद्यार्थीहरूका लागि निर्माण गरिएको छ, यद्यपि केही स्रोतहरू अन्य ग्रेडका लागि पनि उपलब्ध छन्। नयाँ स्रोतहरू उपलब्ध हुनासाथ यो सूची अपडेट हुनाले बारम्बार जाँच गर्नुहोला।
StoryBird (Multiple Languages) सुन्दर पाठ्य कथाहरू सिर्जना गर्न अध्ययनकर्ताहरूका लागि सहज-प्रयोग उपकरण हो। विद्यार्थीहरूले कथाहरूमा सहकार्य गर्न सक्छन्।
SpeakPipe भ्वाइस रेकर्डरले तपाईंको माइक्रोफोन प्रयोग गरी ब्राउजरबाट सिधै अडियो रेकर्डिङ सिर्जना गर्न अनुमति दिन्छ। यो रेकर्डिङ तपाईंको कम्प्युटरमा स्थानीय रूपमा उत्पादन हुन्छ र तपाईंले आफ्नो आवश्यकता अनुसार जति पटक पनि रेकर्ड गर्न सक्नुहुन्छ। तपाईंको रेकर्डिङलाई SpeakPipe सर्भरमा बचत गरी यसको लिङ्क प्राप्त गर्ने विकल्प हुन्छ जसकारण तपाईंले यसलाई इमेल मार्फत पठाउन वा वेबमा प्रयोग गर्न सक्नुहुन्छ।
Duolingo (Multiple Languages) एउटा अनलाइन प्रोग्राम हो जसले तपाईंलाई अङ्ग्रेजी, स्पेनी, फ्रान्सेली, जर्मन, इटालेली, पोर्चुगेली, ग्रीक, रसियाली, भियतनामी र अन्य भाषाहरू सहित विविध भाषाहरूमा नि:शुल्क पाठ र शिक्षण प्रदान गर्छ। दैनिक अभ्यासहरूमा भाषा ज्ञान निर्माण गर्नका लागि डिजाइन गरिएका व्याकरण र शब्दावली पाठहरू समावेश हुन्छन्।
K-12 DPS Ebook Library (SORA) (Multiple Languages) - स्कूल बन्द भएको अवधिमा, Denver Public Schools ले चार्टर स्कूल नेटवर्क सहित DPS का सबै विद्यार्थी र स्टाफलाई Sora eBook र अडियोबुकमा नि:शुल्क पहुँच प्रदान गर्नेछ। विद्यार्थी र स्टाफले आफ्नो DPS पत्यारपत्र प्रयोग गरी लगइन गरेर कुनै पनि कम्प्युटर, ट्याब्लेट वा स्मार्ट फोनमा 30,000 इ-पुस्तक र अडियोबुकहरूमा तुरून्तै पहुँच गर्न सक्नुहुन्छ।s.
K- 12 Denver Public Library (Multiple Languages)- तपाईंको घरबाट नै अनलाइन: बुक क्लब, कथा समय, किताब मनोरञ्जन र पुस्तकालय सेवाहरूमा संलग्न हुनुहोस्।
3- 12 Commonlit.org (Multiple Languages) एक गैर-नाफामूलक शिक्षा प्रविधि संस्था हो जो सबै विद्यार्थीहरू, विशेषत: शीर्षक I स्कूलका विद्यार्थीहरू, कलेज र त्यसपछिका अध्ययनमा सफल हुनका लागि उनीहरूलाई आवश्यक हुने पठन, लेखन, सञ्चार र समस्या-समाधान सीपहरूसँगै उत्तीर्न हुन्छन् भनी सुनिश्चित गर्न समर्पित छ।
Math Learning Center Family Resource (Multiple Languages) स्कूलहरू बन्द हुन सक्छन्, तर गणितको अध्ययन जारी रहन सक्छ! हामी गृह अध्ययनका लागि नि:शुल्क संसाधनहरू उपलब्ध गराउँदै छौं।
6-8 grade: Connected Mathematics - विद्यार्थीलाई गणित सम्बन्धी क्रियाकलापहरू उपलब्ध गराउँछ।
K-2- National Council Teachers Mathematics - (गणित विषयका शिक्षकहरूको राष्ट्रिय परिषद्) ले प्रत्येक विद्यार्थीका लागि उच्च गुणस्तरको गणित शिक्षण र अध्ययनका लागि वकालत गर्छ।
Youcubed (Multiple Languages) - विद्यार्थीहरूले यस वर्षमा CMP3 सँग मिलेर पूरा गरेका पाठहरूसँग अनुरूप खेलहरू र चलाखीसँगै भर्चुअल रूपमा अन्तरक्रिया गर्न सक्छन्।
Khan Academy (Multiple Languages) विद्यार्थीहरूले ग्रेड स्तरको गणित पाठ्यक्रम अनुसार सीपहरूको समीक्षा र अभ्यास गर्न सक्छन्।
छिटै आउँदै छ
विशेष शिक्षा संसाधनहरूले समरमा अध्ययनका लागि विद्यार्थीहरूलाई अवसरहरू प्रदान गर्छन्।
Community Resources - स्वास्थ्य, तन्दुरूस्ती, स्वस्थता, आर्थिक साक्षरता, स्टिम, कला, शिक्षण, खाना पकाउने, सल्लाह दिने, शैक्षिक सहायता, परामर्श, वकालत, थेरापीमा सेवाहरू प्रदान गर्ने समुदायका साझेदारहरू।
Summer Meal Program 2020 Distribution Sites- (समर खाद्य सेवा कार्यक्रमहरू) ले सबै बालबालिकालाई पोषणयुक्त ब्रेकफास्ट र लन्च खानाहरू प्रदान गर्छन्।
Fun Activities for Summer Learning- यो संसाधनले विशेष आवश्यकता भएका बालबालिकाका परिवार सहित सबै परिवारहरूका लागि बच्चाको अध्ययन र समर क्रियाकलापहरूमा कसरी सहायता गर्ने सम्बन्धी सुझावहरू दिन्छ।