Mr. Sunil Rai
SMC chairman
9842155255
Mr. Dhirendra K. Rai
SMC Member
9825087224
Mr. Santosh Rai
SMC Member
9816378300
Mrs. Shitala Rai
SMC Member
9811072950
Mrs. Narada Khadka Chaulagain
SMC Member
9862120374
Mr. Balkumar Rai
SMC Member
N/A
Mr. Tara Rai
SMC Member
9812304610
Mr. Bakhat Bahadur Rai Chaulagain
Teacher Member
9842211171
Mr. Purna Bahadur Rai
Secretary Member
9862140692
(१) सामुदायिक विद्यालयको सञ्चालन, रेखदेख र व्यवस्थापन गर्नका लागि प्रत्येक विद्यालयमा देहायका सदस्यहरू रहेको एक विद्यालय व्यवस्थापन समिति रहनेछ :
(क) अभिभावकले आफूमध्येबाट छानी पठाएका कम्तीमा दुईजना महिलासहित चारजना –सदस्य
(ख) विद्यालय रहेको वडाको वडा अध्यक्ष वा वडा समितिले तोकेको सदस्य एकजना –सदस्य
(ग) विद्यालयका संस्थापक, स्थानीय बुद्धिजीवी, शिक्षाप्रेमी, विद्यालयलाई निरन्तर उल्लेख्य सहयोग गरेका वा दश लाखभन्दा बढी नगद वा जिन्सी सहयोग गरेका व्यक्तिहरूमध्येबाट विद्यालय व्यवस्थापन समितिले मनोनित गरेका एकजना महिला सहित दुईजना – सदस्य
(घ) शिक्षकहरुले आफूमध्येबाट छानी पठाएको शिक्षक प्रतिनिधि एकजना – सदस्य
(ड.) विद्यालयका प्रधानाध्यापक – सदस्य सचिव
बालक्लवको अध्यक्षलाई आवश्यकतानुसार आमन्त्रित सदस्यका रुपमा वैठकमाबोलाउन सकिनेछ । मनोनित सदस्यहरुको तीन वर्षे पदावधि रहने गरी घ र ङ वाहेकका सदस्यहरुबाट समितिको अध्यक्षछनोट गरिनेछ । कुनै पनि सरकारी वा गैह्सरकारी सेवामा कार्यरत शिक्षक र कर्मचारी भएको अवस्थामा समितिको अध्यक्ष हुन पाइनेछैन । चन्दादाताहरुवाट सदस्य छनौट गर्दा जसले दान दातव्य गरेको हो सोही व्यक्ति मात्र सदस्यका रुपमा राख्न सकिने छ ।
(२) सामुदायिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :
(क) विद्यालय सञ्चालनका लागि प्राप्त स्रोत साधनको परिचालन गर्ने,
(ख) विद्यालयको चल, अचल सम्पत्तिको लगत राख्ने, राख्न लगाउने र सुरक्षा गर्ने,
(ग) विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक तथ्याङ र विवरण अद्यावधिक गराई राख्ने,
(घ) विद्यालयको वार्षिक बजेट स्वीकृत गर्ने र त्यसको जानकारी वडा र नगरपालिकालाई दिने,
(ङ) विद्यालयमा स्वच्छ शैक्षिक वातावरण कायम राख्न राजनैतिक, धार्मिक वा साम्प्रादायिक भावनाको आधारमा विद्यालयको वातावरण धमिल्याउन नदिने,
(च) विद्यालयमा शिक्षक, कर्मचारी र विद्यार्थीकोपोशाक तोकी कार्यान्वयन गर्ने ।
(छ) प्रचलित कानुनबमोजिम शिक्षक सेवा आयोगबाट सिफारिस भएका शिक्षक पदका लागि योग्य उम्मेदवारलाई हाजिर गराई काममा लगाउने तथा नगरपालिकाबाट स्वीकृत दरबन्दीमा कर्मचारीको व्यवस्थापन गर्ने,
(ज) सम्बन्धित निकायबाट खटिएका शिक्षक तथा कर्मचारीलाई हाजिर गराई काममा लगाउने,
(झ) नगरशिक्षा समितिबाट तोकिएको रजिष्टर्ड लेखापरीक्षकबाट विद्यालयको वार्षिक लेखापरीक्षण गराउने,
ञ) लेखापरीक्षकको प्रतिवेदनअनुसार तत्काल आवश्यक कारबाही गर्ने र त्यसको प्रतिवेदन वडा शिक्षा समिति र नगरशिक्षा समितिमा पेस गर्ने,
(ट) तोकिए बमोजिमका क्षेत्रसँग सम्बन्धित वडा शिक्षा समिति,नगरपालिका र नगरशिक्षा समितिले दिएको निर्देशनहरूको पालना गर्ने,
(ठ) विद्यालय सेवा क्षेत्रमा निरक्षरता उन्मूलन तथा आधारभूत शिक्षा सुनिश्चित गर्न पहल गर्ने,
(ड) तोकिएबमोजिम दरबन्दीका शिक्षक तथा कर्मचारीलाई विभागीय कारवाही गर्ने,
(ढ) विद्यालयको आन्तरिक स्रोतबाट खर्च व्यहोर्ने गरी नियुक्त वा बढुवा गरेका शिक्षकका लागि सेवा, सर्त र सुबिधा तोक्ने र तोकिएबमोजिमको पारिश्रमिक तथा सुविधाको व्यवस्था गर्ने,
(ण) विद्यालय शिक्षा एकै शिक्षण अवधिमा सञ्चालन गर्न प्रबन्ध मिलाउने,
(त) स्थानीय पाठ्यक्रम निर्माणका लागि विषय विज्ञ र सल्लाहकार मनोनयन गर्न सकिने छ,
(थ) विद्यालय शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावक आचारसंहिता बनाई लागु गर्ने,
(द) तोकिएबमोजिमका अन्य कार्य गर्ने ।
(३) यस ऐन भन्दा अगाडिको ऐनद्वारा गठित विद्यालय व्यवस्थापन समितिको पदावधि यो ऐन राजपत्रमा प्रकाशित भएको मितिले १५ दिनभित्र स्वतः विघटन भएको मानिनेछ ।
नयाँ विद्यालय व्यवस्थापन समिति गठन गर्दा पदावधि समाप्त भएको १५ दिनभित्रसमितिको गठन प्रक्रिया थालनी गरिनेछ |
समिति गठन नहुँदासम्म सामान्यतयाः पहिलेको समितिले बढीमा एक महिनासम्म कामकाज गर्न पाइनेछ |
Mr. Gyanendra Rai
PTA chairman
9824348018
Mr. Parbata Sundas
PTA Member
9829332832
Mrs. Satya Kala Rai
PTA Member
N/A
Mr Sabin B.K
PTA Member
N/A
Mr. Shyam B. Rai
PTA Member
N/A
Mr. Shakti K. Rai
PTA Member
N/A
Mr. Purna Bahadur Rai
Secretary Member
9862140692
शिक्षक अभिभावक संघको गठन, काम, कर्तव्य र अधिकार :
(१) सामुदायिक विद्यालयमा शिक्षक अभिभावकबीच सहकार्य तथा समन्वय गर्न प्रत्येक विद्यालयमा सबै अभिभावक र शिक्षकहरु रहेको एक शिक्षक अभिभावक संघ रहने छ ।र कार्य सञ्चालन र व्यवस्थापन गर्नका लागि देहायका सदस्यहरू रहेको एक शिक्षक अभिभावक संघको कार्यकारी समिति रहने छ :
(क) विद्यालयका अभिभावकमध्येबाट छनौट गरेको व्यक्ति – अध्यक्ष
(ख) अभिभावकले आफूहरुमध्येबाट छानी पठाएका कम्तीमा एकजना महिलासहित तीनजना –सदस्य
(ग) विद्यालय रहेको सम्बन्धित वडाका जनप्रतिनिधिहरु वडा समितिले मनोनयन गरेको एकजना – सदस्य
(घ) विद्यालयका संस्थापक, स्थानीय बुद्धिजीवी, शिक्षाप्रेमी, विद्यालयलाई निरन्तर उल्लेख्य सहयोग गरेका व्यक्तिमध्येबाट समितिले मनोनित गरेको एकजना महिला सहित दुईजना –सदस्य
(ङ) विद्यालयका शिक्षकले आफूमध्येबाट छानी पठाएका तहगत शिक्षक प्रतिनिधि दुईजना –सदस्य
(च) प्रधानाध्यापक – पदेन सदस्य
(छ) कार्यरत शिक्षकहरुमध्येवाट एकजना – सदस्य सचिव
समितिको वैठकमा विद्यालयले छानेको उच्चतम कक्षाको प्रथम छात्र वा प्रथम छात्रा मध्येवाट एकजनालाई पनि आमन्त्रित गर्नुपर्ने छ ।
(२) शिक्षक अभिभावक संघको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।
(क) विद्यालयमा स्वच्छ शैक्षिक वातावरण निर्माण गर्न विद्यालयलाईसहयोग गर्ने,
(ख) विद्यालयको सामाजिक परीक्षण गर्ने गराउने,
(ग) शैक्षिक गुणस्तर अभिबृद्धिका लागि सहयोग गर्ने,
(घ) विद्यालय भर्ना अभियान सञ्चालन गर्न विद्यालयलाई सहयोग गर्ने,
(ङ) तोकिएबमोजिमका अन्य कार्य गर्ने ,
(३) संस्थागत विद्यालयहरुले समेत बढिमा सात सदस्यीय शिक्षक अभिभावक संघको कार्यकारी समिति गठन गर्न सक्ने छन्।