WECOME TO
Shree Pashupati Secondary School
Temkemaiyung Rural Municipality-5, Khawa
Bhanjyang, Bhojpur
Temkemaiyung Rural Municipality-5, Khawa
Bhanjyang, Bhojpur
नयाँ आयामबाट विद्यालयलाई ऐतिहासिक सहयोग प्राप्त
टेम्केमैयुङ गाउँपालिका वडा नं. ५ निवासी श्री केशरमान राई ज्यू र श्री कृष्ण कुमारी राई ज्यूका स्वर्गीय सुपुत्र भिमराज राईको नाममा स्मृति मञ्च निर्माण गरिएको छ । उक्त मञ्चको नाम “स्वर्गीय भिमराज राई स्मृति मञ्च” रहनेछ भने करिब २ लाख ४६ हजार १०० सय रुपैयाँ लागतमा बनेको निर्माणाधीन मञ्च आजै विद्यालयलाई हस्तान्तरण गरिएको हो । यस कार्यक्रममा वडा नं.-५ र विद्यालय व्यवस्थापनक अध्यक्ष्य, सदस्यहरु, शिक्षक-अभिभावक एवम् अतिथि गणहरुले निर्माणकर्ताहरुलाई खादा, माला, अबिर र पुष्प गुच्छाहरुले सम्मान गरिएका छन् । यसका अतिरिक्त अबको आउने विद्यालयको वार्षिकोत्सव एवम् अभिभावक दिवसमा समेत स्मृति मञ्च निर्माण ज्यूहरुलाई विशेष सम्मान गरिने प्रतिबद्धता विद्यालयका वर्तमान वि.व्य.स. अध्यक्ष्य सुनील राई ज्यूले बताउनुभएको छ । विद्याको मन्दिर विद्यालयमा सहयोग गर्ने नयाँ आयाम थपिदिनुभएकोमा हामी विद्यालय परिवार सबैभन्दा धेरै आभारी रहेका छौ । धन्यवाद!
शैक्षिक भ्रमण २०८१
कक्षा ९ र १० का विद्यार्थीहरुले आयोजना गर्नुभएको "क्षेत्र भ्रमण र वनभोज २०८१" का केहि तस्वीहरु। सोचेको भन्दा धेरै रमाइलो र प्रभावकारी भएकोमा आयोजकलाई धेरैधेरै धन्यवाद साथै यस कार्यलाई नेतृत्व गरेर अगाडि बढाउनु हुने शिक्षक-शिक्षिका साथसाथै सम्पूर्ण अभिभावक ज्यूहरुलाई धेरै भन्दा धेरै धन्यवाद दिन चाहान्छौं। केहि छुटफुट भएमा क्षमा समेत माग्न चाहान्छौ। धन्यवाद!
"ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता"
भन्ने मुल नाराका साथ आज #राष्ट्रिय_शिक्षा_दिवस_२०८१ को अवसरमा विद्यार्थीहरुलाई समान गरिएका छन् । यस अवसरले विद्यार्थीहरुमा लुकेर रहेका विभिन्न अन्तरनिहित प्रतिभाहरु पहिचान गर्न सजिलो बनाएको छ। हामीले सुधार गर्नुपर्ने पक्षहरु धेरै छन् तथापि हामी अघि बढिरहेका छौ। धन्यवाद!
Image credit: Tayama Miss