राष्ट्रव्यापी ४० दिने उपवास प्रार्थना २०२६
चौथो दश दिन (विश्व व्यापी मण्डली तथा विश्वमा भएका मुलभूत विषयहरुका निम्ति प्रार्थना गरौँ)
चौथो दश दिन (विश्व व्यापी मण्डली तथा विश्वमा भएका मुलभूत विषयहरुका निम्ति प्रार्थना गरौँ)
दिन ३१: (३ मार्च २०२६/१९ फागुन २०८२)
मानव जातिका पापका निम्ति पश्चताप गरौं, कसैले पनि आफ्ना अधर्मका खातिर दण्ड नपाउन् । परमेश्वरमा पश्चताप गरी ख्रीष्ट येशूमा आ–आफ्ना पापबाट क्षमा पाउन् र पुनः पाप कर्म नगरुन् भनी प्रार्थना गरौं । (१ यूहन्ना १ः९; यशैया १ः १८)
दिन ३२: (४ मार्च २०२६/२० फागुन २०८२)
विश्वमा भइरहेका युद्ध, आतङ्कवाद, भोकमारी, महङ्गी, बेरोजगार, शरणार्थी समस्या जस्ता मुलभूत समस्या समाधानका निम्ति प्रार्थना गरौं । देश देश बिचको युद्ध रोकिन सकोस्, कुटनितिक वार्ताहरुबाट द्वन्दहरु समाधान होउन् र देश देशको बिचमा असल सम्बन्ध हुनसकोस् भनी प्रार्थना गरौं । (भजनसंग्रह ५५ः२२ ; एफिसी ३ः२०)
दिन ३३: (५ मार्च २०२६/२१ फागुन २०८२)
संसारका विभिन्न ठाउँहरूमा रहेर प्रभुको सेवा गरिरहेका व्यक्तिहरूका लागि प्रार्थना गर्नुहोस् । उनीहरूको सुरक्षा र आवश्यकताहरू पूरा हुन सकोस् साथै नेपाली मण्डलीहरूले पनि संसारका कुना कुनामा मण्डली स्थापकहरू पठाउन सक्षम बन्न सकून भनी प्रार्थना गरौं । (यशैया ५२ः७ ; लुका ९ः २) ।
दिन ३४: (६ मार्च २०२६/२२ फागुन २०८२)
विश्वका कतिपय देशहरू चरम खाद्यन्न संकष्टबाट गुज्री रहेका छन् । विकसित तथा सम्पन्न राष्ट्रले गरिब तथा विपन्न राष्ट्रहरू प्रति सहयोग र आपसी भाइचारा सम्बन्ध कायम राखुन् भनी प्रार्थना गरौं । (हितोपदेश १० ः४ ; उपदेशक ४ः१०)
दिन ३५: (७ मार्च २०२६/२३ फागुन २०८२)
विश्वका विभिन्न तह तप्काका प्रभावशाली अगुवाहरुले धार्मिकता र न्यायपूर्ण शाशन गर्न सकून भनी प्रार्थना गरौं । जसको प्रतिफल हरेक देशका नागरीकहरुले निर्धक्क र शान्तिपूर्ण भएर हरप्रकारले धार्मिक र आदरणीय जीवन विताउन सकौँ भनी प्रार्थना गरौं । (१ तिमोथी २ः १–२, प्रस्थान २२ः२८)
दिन ३६: (८ मार्च २०२६/२४ फागुन २०८२)
विश्वभर बढ्दै गइरहेको प्रदुषण, आणविक हात हतियारको उत्पादन, वितरण र भण्डारण नियन्त्रण हुन सकोस्, संम्बन्धित राष्ट्रहरू जिम्मेवार बनून्, यो पृथ्वी सबै जीवित प्राणीहरूका साझा घर सुरक्षित रहोस् भनी प्रार्थना गरौं । (भजनसंग्रह ३४ः १७ ; लेवीहरू २५ः१७)
दिन ३७: (९ मार्च २०२६/२५ फागुन २०८२)
विश्वभर भइरहेका मानवअधिकार उलब्घण, जस्तैः मानव तस्करी, बन्धक, चेलीबेटी बेचबिखन, आतङ्कवाद, निरब्कुश शासन आदि, अपराध नियन्त्रण र मानवताको भावना जागृत हुन सकोस् भनी प्रार्थना गरौं । (हितोपदेश २ः८ ; ३१ः ८,९)
दिन ३८: (१० मार्च २०२६/२६ फागुन २०८२)
विश्वभर रहेका ख्रीष्टको देह (मण्डली) को सुरक्षाका लागि प्रार्थना गरौं, सुसमाचार प्रचार, चेलापन र मण्डली स्थापना निरन्तर भइरहुन् । झुटा शिक्षाहरू प्रभावहिन बन्दै जाउन् भनी प्रार्थना गरौं । (भजनसंग्रह २७ः५ ; यशैया ५२ः७)
दिन ३९: (११ मार्च २०२६/२७ फागुन २०८२)
विश्वव्यापी मण्डलीका पास्टर अगुवा, मिशनरीहरू साथै उहाँहरूका परिवारका निम्ति प्रार्थना गरौं, उनीहरूको सुरक्षा र सबै आवश्यकताहरू प्रबन्ध हुन सकोस् भनी प्रार्थना गरौं ।
(गन्ती ६ः२४ ; हितोपदेश १०ः२२)
दिन ४०: (१२ मार्च २०२६/२८ फागुन २०८२)
संसारभर रहेका ख्रीष्टियन संघ संस्था, जस्तैः शैक्षिक संस्था, सामाजिक संघ संस्था, अनाथलय, बालगृह, बृद्ध आश्रम, महिला÷बालबालिका उद्धार तथा पुनःस्थापना केन्द्र, जस्ता संस्थाका सुरक्षा प्रवर्धन र प्रभावकारी सञ्चालनका निम्ति प्रार्थना गरौं अनि सबै कुराका लागि धन्यवाद सहित यो वर्षको उपवास प्रार्थनाको अन्त्य गरौं ।
(१ कोरिन्थी १४ः४० ; गलाती ६ः९)