के तपाईले “चार आत्मिक नियमहरू” बारे सुन्नभएको छ?सारा जगत् प्राकृतिक नियमभित्र रहेजस्तै तपाई र परमेश्वरको सम्बन्ध पनि आत्मिक नियमभित्र रहेको हुन्छ ।नियम - १ परमेश्वरले तपाईलाई प्रेम गर्नुहुन्छ, यसैले उहाँसँग तपाईको जीवनको निम्ति उदेकको सुन्दर योजना छ ।परमेश्वरको प्रेम“किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस तर त्यसले अनन्त जीवन पाओस् ।” (यूहन्ना ३ः१६)परमेश्वरको योजनायेशू ख्रीष्ट भन्नुहुन्छ, “म त तिनीहरूले जीवन पाऊन् र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ ।” (यूहन्ना १०ः१०)तर मानिसहरूमा किन यस्तो प्रशस्तको जीवन छैन त ?