दशैं: नेपालीहरूको महान् चाड
दशैं केवल एक चाड मात्र होइन, यो नेपाली जीवनको धड्कन हो। आश्विन शुक्ल पक्षको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म मनाइने यो पन्ध्र दिने पर्वले हाम्रो सामाजिक, सांस्कृतिक र आध्यात्मिक पहिचानलाई समेटेको छ।
दशैंको मूल आधार शक्तिको उपासना हो। दुर्गा भवानीका नौ वटा रूपको आराधना मार्फत् दशैंमा हामी असत्यमाथि सत्यको, अन्धकारमाथि प्रकाशको र दुष्ट पक्षमाथि शुभ पक्षको विजय मनाउँछौं। महिषासुरको संहार गरेर देवी दुर्गाले स्थापना गरेको न्यायको यो विजयगाथाले हामी भित्रका नकारात्मक शक्तिहरूलाई परास्त गरेर सकारात्मकताको बाटो देखाउने प्रेरणा दिन्छन्।
दशैंले छरिएका परिवारका सदस्यहरूलाई एकै ठाउँमा भेला हुने अवसर प्रदान गर्छ।मान्यजनका हातबाट टीका र जमरा ग्रहण गर्ने परम्पराले परिवार,नातेदार र पुस्ता-दर-पुस्ताको सम्बन्धलाई मजबुत बनाउँछ।दशैंले समाजमा एकता, भाइचारा र सद्भावनाको सन्देश फैलाउँछ। सानाले ठुलाको सम्मान गर्ने र ठुलाले सानालाई माया गर्ने यो संस्कार नेपाली समाजको मेरुदण्ड हो।
मालश्री धुन,दशैं गीत, नाच, खेल,जात्रा र परम्पराहरू सुन्ने,सिक्ने र सिकाउने यो पर्व हाम्रो सांस्कृतिक सम्पदाको संरक्षण र संवर्द्धनको लागि पनि अत्यन्त महत्वपूर्ण छ। पिङ खेल्ने, चंगा उडाउने, दौरा सुरुवाल टोपी लगाउने जस्ता परम्पराहरूले हाम्रो पहिचानलाई जीवन्त राख्न मदत गर्छन्।
संसारभर छरिएर ग्लोवलाइज्ड भइरहेको हाम्रो नेपाली जातिले आजको डिजिटल युगमा दशैं मनाउने पनि नयाँ नयाँ तरिका अपनाउन थालेको छ । कुनै स्थान विशेषमा बस्ने नेपालीहरू सामूहिक रूपमा भेला भएर नेपाली परिकार र गीत संगीतका साथ शुभकामना आदान प्रदान गर्ने प्रचलन बढ्दै गएको छ,विशेष गरी विदेशमा बस्ने नेपालीहरू माझ ।यसरी विदेशमा रहेको नेपाली समुदायमा एकातिर परम्परागत मूल्यहरू संरक्षण गर्ने र ती मूल्य मान्यता आफ्ना बालबच्चामा स्थानान्तरण गर्ने चुनौति छ भने अर्कातिर प्रविधिको सदुपयोग गरेर यसलाई अझ व्यापक बनाउने अवसर पनि छ। टाढाका आफन्तहरूसँग भिडियो कलमार्फत टीका लगाउने, सामाजिक सञ्जालमा शुभकामना आदानप्रदान गर्ने जस्ता नवीन तरिकाहरूले दशैंलाई अझ समसामयिक बनाएको छ।
वास्तवमा दशैं नेपालीहरूको पहिचान हो, गर्व हो र एकताको सूत्र पनि हो। जति नै आधुनिकता आए पनि हाम्रो मूल संस्कार र परम्पराको महत्व घट्दैन,परिवार, समाज र संस्कृतिको मूल्य भन्दा महत्वपूर्ण अरू केही छैन भन्ने सन्देश यो चाडले हामीलाई दिन्छ । यो पावन अवसरमा आउनुस् हामी सबै मिलेर दशैं मनाऔं ।नेपाली संस्कृतिको यो अमूल्य धरोहरलाई संरक्षण गर्दै हाम्रा सन्तति र भावी पुस्तालाई हस्तान्तरण गरौं।
शुभ विजयादशमी!
हाम्रो समुदायका लागि दशैं केवल चाड मात्र होइन, यो हाम्रो एकता र संस्कृतिको स्मरण हो । यसले परम्परालाई सम्मान गर्न, परिवारसँग माया बाँड्न, र समुदायमा खुशी फैलाउन प्रेरणा दिन्छ।
सम्पूर्ण NCRVA परिवारतर्फबाट तपाईं र तपाईंको परिवारलाई मंगलमय, आनन्दमय र समृद्ध दशैंको शुभकामना! ✨✨
Dashain (दशैं) is Nepal’s most cherished festival, celebrated with joy, devotion, and unity by Nepali communities across the world. Marking the victory of good over evil, it is a time when families gather, elders bless the younger ones with tika and jamara , and communities come together in prayer, feasts, and festivities.
Honors Goddess Durga’s triumph, symbolizing the power of truth and righteousness.
A time to reconnect with family 👨👩👧👦 and offer gratitude for peace and prosperity.
Elders bless the younger generation with tika 🔴 and jamara 🌿 as symbols of blessings and long life.
Tika & Jamara: Blessings shared across generations.
Kite Flying 🪁: Bright skies filled with colorful kites.
Family Gatherings: Delicious meals, music, and laughter.
Community Events: Cultural programs, dance, and festive games.
Our community celebrates Dashain not just as a festival, but as a reminder of unity and heritage. It is a time to reflect on traditions, share love 💖, and spread joy within our community.
✨ On behalf of the NCRVA family, we wish you and your loved ones a blessed, joyful, and prosperous Dashain!