Poems

सुस्केरा विसाउने थलो

यहाँ यस्तै छ... लेखकः डा. खगेन्द्रराज सापकोटा

१) यहाँ,

बर्षातको याममा

चउरभरि छरिएर उम्रिएका

पाते च्याउका बोटहरु झैं

व्यापारिक संस्था उम्रिएका छन् ।

बोटमुनि तप्कनीले

घाँसे झारहरु डढेर

मर्माहत बनेका छन् ।

२) यहाँ,

बनको राजा सिंह बनेर

गर्जदै ताऊमारे झै

गगन चुम्बी सदनबाट

गर्जीरहेछन बाघमुखाहरु,

चर्को न चर्को

पीरो न पीरो

गर्जाइको कारणले झस्किएर, भस्किएर

गाई र हरिणहरु गर्सिएका छन् ।

३) यहाँ,

पोखरी भित्रको इकोसिस्टममा

मत्स्य न्याय चले झै

न्यायालयको कुण्डभित्र

अर्थबाद र आफन्तबाद चल्दछ,

बिद्या कुशल भनाउदाहरुबाट

भुराहरु न्यायमा पिसिएर

वेदनाको छालमा हुत्तिएर

पीरको ज्यालामा जलिरहेछन् ।

४) यहाँ,

एउटा जड्याहाले

हुस्कि र ब्राण्डिको भरमा

मदमत्तमा नशा उत्रेर

झल्मलाउँदै कराएझै,

सत्ताको कुर्चि अड्याउनेहरु

रौं चिर्ने आश्वासनको भाषण दिन्छन्,

नशा लागेपछि

शुक्का प्यालामा

सेवकहरु ठगिएका छन् ।

५) यहाँ,

प्रत्येक आयोगहरुमा

भर्नाको सूचना बोकेर

आउँछन तिउनचखुवाहरु,

रातीराती उड्ने जुनकिरीझै

अन्र्तवार्तामा आशाको पोको बोकेर

आशातित चौकिदारहरु बस्छन्,

झिप्प झिप्प गर्ने जुनकिरीको उज्यालोमा

अदृश्य बनेर

भुसुनाहरु हराउँछन् ।

पढिदिनु भएकोमा तपाँइलाइ सादुवाद छ।