साथीहरू नमस्कार,
जस्तोकी मैले तपाँइहरूको लागी काठदाउराको इस्टिमेट गर्ने क्यालकुलेटरको एक्सेलमा तयार गरेको टेम्प्लेट सेयर गरेको थिए । धेरै साथीहरूले त्यसलाइ प्रयोग गरेको देखेर मलाइ खुसी लागेको छ । पुरानो तरिकामा फिल्डमा गएर कपीमा डाटा इन्ट्री गरेर एक्सेलमा तयार गर्नु परेको थियो भने अव यस विधि भन्दा पनि स्मार्ट विधि तयार गरिएको छ । जसमा तपाँइहरू फिल्डमा मोवाइल फोन लिएर सिधै डाटा क्याप्चर गर्नुहुन्छ अनि ल्यापटपमा अाएर लगइन गरी अाफ्नो क्याप्चर गरीएको डाटा सहित अन्य विश्लेषण भएको तालीका एक्सेलमा प्राप्त गर्न सक्नुहुनेछ ।
फिल्डमा काम गर्ने वन प्राविधिक जस्तै रेन्जर, फरेष्टरहरूको लागी यो निशुल्क हो । प्रस्तुत प्रणाली प्रथम संस्करण भएकोले धेरै त्रुटि हुन सक्छ तापनी यो प्रणालीले कामगर्ने प्राविधिकका लागी धेरै सजिलो बनाइदिएको छ । त्रुटिहरू देख्नु भएमा कृपया अाैल्याइ यसलाइ अझ बढी परिस्कृत बनाउनको लागी अनुरोध समेत गर्दछु । यसका लागी छलफल गर्न छुट्टै सामाजिक संजाल क्लोज्ड ग्रुप हुनेछ ।
यस एपबाट क्यालकुलेसन भएका तथ्याँङ्कहरू ठिक छ वा छैन एक पटक रूजु गर्नुहुन अनुरोध गर्दछु । कुनै एरर देख्नुभएको खण्डमा जानाकारी दिनुहुन अनुरोध गर्दछु ।
यस प्रणाली हाल Beta version मा भएको हुँदा अर्को सुचना नभए सम्मको लागी अाफ्नो डाटा ब्याकअपको रूपमा डाउनलोड गरी रूजु गरी सुरक्षित गर्नुहोला।