सुनुवार (कोइँच) पोसाक प्राचिन समयमा फुल, फल, चराको प्वाख, दुम्सी काडा, बहुमुल्य पत्थरआदिको प्रयोक गर्ने गर्थे भने अहिलेको नया मोडन युग मा महिलाहरुले सुनका ढुग्री, मुन्द्री, पोते, बुलाकी, माडवाडी, चेप्टेसुन, बग्मुखे चादीका चुरा, चादीका कल्ली, कम्पनि-अठानी-चरानी माला, नौ-गेढी, गुन्युचोलो, पटुका, पच्छेउरि, कुप्नी, जालीरुमाल र पुरुषहरुले भने दौरा, सुरुवाल, भोटो, जालीरुमाल आदि लगाउने गर्दछन । प्राचिन युगमा आफैले बुनेर लगाउने गर्दथे ।
महत्तोपुर्ण
सुनुवार महिला, दिदि, बहिनिहरुलाई बिबहिता र अबिबहित गरगहनाहरु र सुनुवार पोशाक बाट सजिलै चिन्ना सकिन्छ। कारण: पहिले सुनुवार महिलाहरु थोरै भएकोले चोरेर लैजाने चलन थियो र उनीहरु बच्चामै बिबाह गर्ने चलन पनि थियो र नगर्ने हरु पनि बिबाहित जस्तै गरगहना र लुगा लगाएर आफुलाई बिबाहित जस्तै गर्थे।
नेपालको एक मात्रै जाति हो जुन आफ्नु सस्कृति परम्परा अनुसार लुगा र गरगहनाले बिबहित र अबिबाहित चिनेने तर अहिलेको युगमा यसलाई त्यति महत्य दिईएको छैन बिबाहित र अबिबाहित पनि चिन्न गाह्रो हुन्छ। तर पनि ६० र ७० बर्ष पुगेका महिलाहरुले अझ सम्म आफु बिबाहित भैसकेका जस्ता प्रतिकहरु लगाउने गर्छन।
महिला गरगहन:
महिला पोशाक:
पुरुष पोशाक:
सुनुवार पोशाक चण्डी पर्वमा मात्रै लगाउने गर्थे।