जसरी अहिले पत्रपत्रिका पढ्नेहरुले मोबाइल र ल्यापटपमा समाचारहरु पढ्न थालेका छन्, त्यसैगरी पुस्तक पढ्नेहरुले मोबाइल र ल्यापटपका स्क्रिनहरुलाई स्क्रोल गर्दै पढ्ने बानीको विकास भइरहेको छ । मुख्यतः परम्परागत पुस्तकालयको ठाउँमा ईलाइब्रेरीको महत्व बढ्नुको कारण प्रविधिको विकास, पढ्न सजिलो, चाहिएको सामाग्री छिट्टै उपलब्ध गर्न सकिने, पुस्तक प्रकाशित भएर पाठकको हातमा पर्न निकै समय लाग्ने तर ईलाइब्रेरी अन्तर्गत प्रकाशित पुस्तक, जर्नल, रिपोर्ट, थेसिस, विभिन्न अनुसधानात्मक लेख रचाना आदि तत्काल पाठकको स्क्रिनमा उपलब्ध हुने, वर्षौँ अगाडि प्रकाशित पुस्तकहरु च्यातिएको, ढुसी लाग्ने, खोल्दा धुलो निस्कने अवस्थामा हुनेहुँदा पाठकलाई सजिलो ईलाइब्रेरीको प्रयोग नै हुने, कुनै कुनै विषयका ठूला ठूला ८/९ किलोका पुस्तकहरु उचालेर राख्नै गाह्रो पर्ने भएकाले पनि ईलाइब्रेरीको महत्त्व बढेको छ ।
यहि कुरालाई मध्य नजर गर्दै हामीले ई–पुस्तकालय सञ्चालनमा ल्याएका हौं ।
शब्दालयमा यहाँहरुलाई स्वागत छ । यो ई–लाईब्रेरी पोर्टल हो । हामी तपाईहरुलाई विभिन्न किसिमका ५० हजार भन्दा बढी पुस्तकहरु निःशुल्क वा सशुल्क प्रदान गर्नेछौं । साहित्य, राजनीति, इतिहास, धर्म/संस्कृति, विज्ञान/प्रविधि, बालसाहित्य, विश्व साहित्य, पाठ्यपुस्तक, पत्रपत्रिका हामीसँग उपलब्ध छ । आफ्नो इच्छा/चाहना अनुसारका पुस्तकहरु खोजेर पढ्न सक्नुहुनेछ ।
CEO/FOUNDER
☎️ +977-985-1090411
Title
Title