मानवकेन्द्रीत द्वन्द्ववाद

 -बैकल्पिक राजनीतिक बिचार अभियान

मानवकेन्दि्रत द्वन्द्ववाद (Human centric-dailetics) सात मुख्य सिद्धान्तमध्ये पहिलो सिद्धान्त हो । यसलेे दार्शनिक मान्यतालाई व्यक्त गर्दछ । यस सिद्धान्तका मुख्य दुई वटा पक्षहरु छन । एक-मानवकेन्दि्रत द्वन्द्व सन्तुलन (Human centric-dailetical balance) र वामकेन्द्रवाद (Left-centralism) । द्वन्द्ववाद भन्ने वित्तिकै धेरैले हिगेल र कार्ल माक्र्सलाई सम्भिmने छन । प्रारम्भमै के प्रष्ट गरौं भने हिगेलको द्वन्द्ववाद आर्दशवादी थियो र कार्ल माक्र्सको द्वन्द्ववाद वस्तुवादी । हिगेलको द्वन्द्ववाद चेतनावादी थियो र माक्र्सको द्वन्द्ववाद पदार्थवादी । पदार्थ र चेतनाको एउटा विशिष्ट समायोजनका रुपमा हामी 'मानिस' लाई एउटा भिन्नै र स्वतन्त्र प्रवर्गका  रुपमा स्थापित गर्न चाहन्छौं । मानिसको नियति न इश्वरद्धारा न पदार्थद्धारा निर्धारित छ । बरु यो स्वयं मानिस र मानवीय सम्बन्धद्धारा निर्धारित हुन्छ । 

दार्शनिक अध्ययनको परम्पराले के पुष्टि गर्दछ भने दार्शनिकहरुले फरकफरक 'फोकस' बाट एउटै परिस्थितिको व्याख्या गर्दछन र फरकफरक मार्ग सिफारिस गर्दछन । उनीहरुको उद्देश्यमा खासै ठूलो भिन्नता हुादैन । सबैले मानव समाजको अधिकतम् हित गर्ने उद्देश्य राखेका हुन्छन । तर दर्शनका फरक प्राथमिकता र मार्गले मानव समाजलाई फरकफरक परिणामतिर प्रवृत्त गर्दछ । असल उद्देश्यवाट निर्मित सिद्धान्तको परिणाम पनि खराब हुन सक्छ । दर्शनको सार्थकता विश्लेषणको प्रभावकारिता र उद्देश्यमा सीमित हुादैन । त्यसको मुख्य पक्ष भनेको त्यस्ता मार्गहरु सिफारिस गर्न सक्नु हो जसले समाजलाई असल परिणाममा पुर्याउान मद्दत गर्दछ ।    

दर्शनशास्त्रका फरक 'फोकस' ले फरक प्राथमिकता, फरक मार्ग र फरक परिणामतिर प्रेरित गर्दछ । बुद्धले 'दुःख' र 'मन' लाई चिन्तनको 'फोकस' बनाएका थिए । जोहन लाकले 'स्वतन्त्रता' लाई चिन्तनको 'फोकस' बनाए । माक्र्सको फोकस 'म्याटर एण्ड क्लास' अर्थात् 'वस्तु र वर्ग' बन्यो । गान्धीले 'अहिंसा' र 'नैतिकता' लाई 'फोकस' बनाए ।  ज्याा पाल सार्त्रले 'अहं' लाई चिन्तनको केन्द्रभागमा ल्याए ।  हिगेलको दर्शनमा 'द्वन्द्व' र 'नैतिक चिन्तन' केन्द्रभागमा थियो । प|mाइडवादमा 'लिविडो' अर्थात् 'कामवासना' दर्शनको 'फोकस' बन्यो । नित्सेले मानवीय उच्चतावोधलाई उच्च महत्व दिए । दार्शनिकहरुले कुनै नयाा काम गर्दा रहेन छन । केवल फोकस परिवर्तन गर्दा रहेछन । जब हेर्ने आाखा वा कोण परिवर्तन गरिन्छ, एउटै वस्तु पनि फरकफरक देखिन्छ । तसर्थ उनीहरुले सिफारिस गर्ने मार्ग पनि फरकफरक हुन्छ । सर्वप्रथम हामी फोकस परिवर्तन गर्न चाहन्छौं । प्रस्तावित दार्शनिक विश्लेषण पद्धतिमा दुई वटा फोकस हुन्छन । 'मानव' र 'वाम मनोवृत्ति' । 

यस मान्यताअनुसार दर्शनमा 'मानवीय प्रवृत्ति' हरु अध्ययनको केन्द्रभागमा हुन्छन । मानव एउटा बहुआयामिक प्राणी हो । यसका आवश्यकता, इच्छा, चाहना र आकांक्षाको तह बहुआयामिक छ । तसर्थ मानव समाजको विकास भनेको बहुआयमिक विकास हो । जोहन लाकले मानिसलाई राजनीतिक स्वतन्त्रताको तहबाट बढी हेरे । माक्र्सले मानिसलाई आर्थिक आयामबाट हेरे । बुद्धले मानिसलाई दुःख, दया, करुणा, त्याग, दान र मोक्षको आयामबाट हेरे । अस्तित्ववादीहरुले मानिसलाई अहं र उच्चताबोधको भावनाबाट हेरे । प|mाइडले मानिसलाई मानव जीवनमा यौनको भूमिकाबाट हेरे । मानिसलाई यसरी कुनै एउटा आयामलाई जोड दिएर हेर्नु उचित हुन्न । बरु सबै आयामहरुको सन्तुलनमा हेर्नु नै उपयुक्त हुन्छ । त्यसैले यो बिचार न उदारवादी, न उपयोगितावादी न माक्र्सवादीं न अस्तित्ववादी न प|mाइडवादी नै छ । न बुद्धवादी न गान्धीवादी नै छ । यी सबै दर्शनका सकारात्मक पक्षमा यसको समर्थन छ । तर यी सबै दर्शनका 'फोकस', मार्ग र परिणामहरु अपुरा छन् ।  यी सबै दर्शनले मानिसभित्रको कुनै एउटा प्रवृत्तिलाई केन्द्र वनाए । तर समग्र 'मानव' लाई केन्द्र बनाउान सकेनन् । 

माक्र्सले मानव जीवनमा 'वर्ग' को भूमिका देखे तर 'अंह' र 'यौन' को भूमिका देखेनन् । यति नै कारणले माक्र्सवाद अपूर्ण सिद्धान्त भइसक्यो । तत्वशास्त्रीय दृष्टिकोणबाट माक्र्सवाद जति नै वलियो होस् मनोबनोटशास्त्रीय दृष्टिकोणबाट त्यो उत्तिकै कमजोर रहृयो । त्यसले मानव मनोवृत्तिको समग्र विश्लेषण र मार्ग सिफारिस गर्न सक्दैन भन्ने पुष्टि भइसक्यो । हिगेलले 'द्वन्द्व' देखे । तर उनले त्यसका आधारहरुको खोजी गर्न सकेनन् । बुद्धले मानव जीवनमा आत्मातत्वको उपस्थिति र आत्मिक उत्थान पतनका अवस्थाबारे दर्शाए तर उनले निर्माण गरेको भिक्षु परम्पराबाट पनि समग्र समाजको सन्तुलित विकास हुन त सम्भव छैन । गान्धीजी अहिंसाको कुरा गर्छन । तर मानवजातिको इतिहासमा ंहिंसाको भूमिकालाई नकार्न सक्दैनन् । अस्तित्ववादीहरु अहंलाई बुझ्छन तर रचनात्मक प्रयोग गर्ने विषयमा खासै होसियार छैनन् । संसारमा जति पनि दार्शनिक विचारहरु छन, ती कसैका पनि निरपेक्ष समर्थक हुने युग यो होइन । तसर्थ कुनै बनिबनाउा वाद वा विचारधारालाई 'मार्गदर्शक सिद्धान्त' मान्ने परम्परा अब तोड्न जरुरी छ ।

मानव जीवनका मुख्य तीन वटा आयाम हुन्छन । पदार्थको आयाम मुख्य तीन वटै हुन्छ । तसर्थ मानव जीवनका तीन आयाम हुने कुरा भौतिकवादसंगत छ । ती तीन आयाम भनेका शारिरिक, मानसिक र प्रज्ञानात्मक आयाम हुन । मानिसको शरिरसंग जोडिएका आवश्यकता र आकांक्षाको प्राकृतिक तह नै शारिरिक आयाम हो । त्यो पशुवत् हुन्छ । गाास, वास, कपास, यौन, र सुरक्षाजस्ता आवश्यकता शारिरीक आयामभित्र पर्ने आवश्यकता हुन । मानसिक तहमा बुद्धि, भावना, स्वार्थ र सचेतनताजन्य आवश्यकता पर्दछन । परिवार, छिमेकी, समाज, समुदाय, राजनीति, शिक्षा, स्वास्थ्य, प्रेम, स्नेह, इज्जतसम्मान जस्ता आवश्यकताहरु मानिसका मानसिक आयाम हुन । यी बुद्धिसंगत ज्ञानका क्षेत्र हुन । मानव जातिको तेस्रो आयाम प्रज्ञानात्मक आयाम हो, यसभित्र सत्यनिष्ठा, त्याग, खोज, अनुसन्धान, नैतिकमूल्य, संघर्षशीलता, आत्मगौरव, रचनात्मक क्रियाशीलताजस्ता पक्षहरु हुन्छन । माक्र्स र प|mाइडले पहिलो आयामलाई जोड दिएर आफ्ना सिद्धान्त बनाएका छन । हिगेल र अस्तित्ववादीहरुले दोस्रो आयामलाई जोड दिएर आफ्ना सिद्धान्त बनाएका छन । बुद्ध र गान्धीले तेस्रो आयामलाई जोड दिएर आफ्ना सिद्धान्त बनाएका छन । तर तीन वटै आयामको 'द्वन्द्वात्मक सन्तुलन' (Dailetical balance) नै मानवकेन्दि्रत द्वन्द्ववाद हो । 

'मानव' केन्दि्रत चिन्तनको समग्रता यी तीन आयाम बीचको सन्तुलन हो । मानिसलाई  खण्डखण्ड गरेर टुक्रा टुक्रामा हैन, समग्रतामा हेर्न र समग्रतामा विकास गर्न पर्दछ । जब मानिसलाई कुनै एउटा आयामबाट मात्र विकास गर्ने प्रयास गरिन्छ, त्यसले मानव जीवनमा असन्तुलनको सृजना गर्दछ । मानव जीवनमा सृजना हुने असन्तुलन अन्ततः अविकासमा परिणत हुन्छ । त्यही एकलकााटे चिन्तनले गर्दा समाज र राज्यव्यवस्थामा बारम्बार असन्तुलन आइरहन्छ । मानिसलाई मानिसका रुपमा बुझ्नु र मानिसका रुपमा विकास गर्ने प्रयास गर्नु मानवकेन्दि्रत द्वन्द्ववादको पहिलो पक्ष हो ।

हामी कार्ल माक्र्ससंग यस अर्थमा आभारी छौं कि उनले भौतिकवादी द्धन्दवादका नियम अगाडि ल्याईदिए । तर उनको द्धन्दवादको व्याख्यामा गम्भीर कमजोरीहरु पनि छन् । उनले पदार्थ र चेतनमा पदार्थ निणर्ायक हुने कुरा गरे । आधारभूत हिसावले यो विचार सही नै छ । तर उनमा चेतना सम्बन्धी सुक्ष्म बुझाईको अभाव देखिन्छ । जसले गर्दा उनले पदार्थ र चेतना बीचको अन्तरसम्बन्ध सञ्चालन सम्बन्धमा गरेको व्याख्या र अगाडि सारेका सिद्धान्त अपूरो छन । चेतना र मानव चेतना बीच भेद गर्न नसक्नु र मानव चेतनाको सुक्ष्म बिश्लेषणमा ध्यान नदिनु उनको कमजोरीको मुख्य पक्ष हो ।

पशु वा अन्य जीवजन्तु र मानव चेतना बिल्कुलै फरक कुरा हो । समाज प्रकृतिको उपज हो । तर दर्शनशास्त्रमा प्रकृतिकै उत्पादन त हो भनेर समाजलाई प्रकृतिकै नियम वरिपरिबाट व्याख्या गर्न सम्भव छैन । किनकी समाज परिवर्तनका छुट्टै नियमहरु छन् । जसले गर्दा समाज दर्शनशास्त्रमा छुटै प्रवर्गको रुपमा रहेको छ । त्यस्तै मानव वा मानव चेतना प्रकृति र समाजकै उपज हो । तर मानव चेतना वा मनलाई प्रकृति वा समाजको परिवर्तनको नियमकै वरिपरि मात्रबाट हेरियो भने त्यो त्रुटिपुर्ण हुन जान्छ । साथै "जिवन र जगतको अध्ययन" भनेर सबै खाले जिवन वा चेतना संगै मानिसलाई पनि समावेश गर्नु झन त्रुटिपुर्ण हुन्छ । दर्शनशास्त्रमा मानिस अलग प्रवर्ग हो । मानिस आफैंमा विशिष्ट प्रकारको पदार्थ हो । अलग प्रवर्गका रुपमा विकसित हुने मानव विशिष्टतालाई बुझ्न नसक्नु माक्र्सवादको ठूलो समस्या थियो । 

मानिसको चेतना प्रकृति वा समाजमा मात्र निर्भर हुादैन । मानिस आफूले आफूलाई स्वयं पनि निर्माण गरिरहेको हुन्छ । एउटै समाजिक स्थितिमा फरकफरक चेतना र स्वभावका मानिस हुनु पदार्थको आधारभूत स्वभावले मात्र चेतनालाई निर्धारण गर्न सक्दैन भन्ने कुराको प्रमाण हो । मानव चेतना -मन) लाई देख्न सकिदैन । शरिरलाई देख्न सकिन्छ । मनको जरा भने शरिरमै हुन्छ । मानवका कर्मको सम्पूर्ण नियन्त्रण मनले नै गर्छ । मनले शरिरको बाटो भएर भौतिक परिवेशबाट लिने अनि वाणी र व्यवहारबाट दिने काम गर्छ । मानव चेतनाको आर्गतनिर्गत प्रणाली -क्ष्लउगत यगतउगतकथकतझ ) लाई ध्यान दिनै पर्छ । समान भौतिक यथार्थमा समान आर्गतनिर्गत प्रणाली  क्रियाशील हुादैन । ग्रहण गर्ने मनको स्थितिले आर्गतनिर्गतका कयौं प्रक्रियाहरुलाई स्वीकार वा अस्वीकार गर्न सक्छ । तसर्थ एउटै वर्गआधार भएका मानिसको चिन्तन, दर्शन, सोच र जीवन शैली फरक हुनसक्छ ।   

मन स्वयंमा परिवर्तनशील छ । केही समय अघि अति पि्रय भएको वस्तु केही समयपछि अति अपि्रय लाग्न सक्छ । मनमा विभिन्न चरित्रका विचार उत्पन्न हुन्छन् । तर सबै खाले बिचारलाई दुई कोटीमा राखेर हेर्न सकिन्छ । पहिलो- रागपूर्ण, दोश्रो-द्वेशपूर्ण । राग  र द्वेशका बीचमा डोलायमान हुनु मनको आधारभूत चरित्र हो । आत्मिक विकासको अर्थ एउटा यस्तो मनोसाधना हो जसले मानिसलाई कुनै पनि पदार्थ वा परिघटनाप्रतिको अतिआसक्ति वा अतिघृणाबाट निवृत्त हुन मद्दत गर्दछ ।  

मनले कालको अनुभूति गर्छ । अक्सर मानव मन भूतकालले छोडेका प्रभाव र भविष्यका कल्पनाले डोरियााउने बाटोबाट निर्देशित हुन खोज्छ । तर भूतको समीक्षा र भविष्यको कल्पना तटस्थभावमा ग्रहण गर्न पनि मनोसाधना आवश्यक हुन्छ । मनोसाधना विना सत्यानुभूति गर्न र सत्यानुभूति विना सही मार्ग अबलम्बन गर्न सकिदैन । मानव चेतनामा यौन र अहमको पनि महत्वपूर्ण भुमिका हुन्छ । प्रकृतिमा इलेक्ट्रोन, प्रोटोन र न्युटन भएजस्तै राग र द्वेश, भूत, भविष्य र वर्तमानको संवेदनाबोध, अहं र यौनजस्ता बिषयबाट मनको सत्ता बनेको हुन्छ । पदार्थहरु बीचको द्वन्द्वले प्रकृतिमा प्रभाव पारे जस्तै, वर्ग तथा समुदाय बीचको द्वन्द्वले समाजमा प्रभाव पारे जस्तै मनभित्र चलिरहने राग र द्वेशको द्वन्द, भूत र भविष्यको द्वन्द्व, अहं र यौनको द्वन्द्वले संस्कार वा व्यक्तित्वमा प्रभाव पार्छ । पदार्थ वा प्रकृतिबारे अध्ययन गर्न भौतिक विज्ञान भएजस्तै समाजबारे बुझ्न समाज विज्ञान भएजस्तै मनबारे बुझ्न मनोसाधनाविज्ञान जरुरी हुन्छ ।

मनभित्र चल्ने द्वन्द्वको श्रोत दुई किसिमका छन् । पहिलोे-बाहृयजगत हो र दोस्रो -आन्तरिक जगत । प्रकृति र समाज बाहृय जगत हुन ।  मान्छे स्वयंको सोच्ने तरिका वा संस्कार आन्तरिक जगत हो । यही कारण एउटै समाजमा फरक सोच र संस्कार भएका मानिस हुन सम्भव भएको हो । यदि चेतनामा पदार्थको मात्र प्रभाव हुन्थ्यो भने, बाहृयजगतको मात्र प्रभाव हुन्थ्यो भने एकै प्रकारको प्रकृति र समाजमा एउटै स्वभाव र संस्कार भएका मानिस मात्र हुनु पर्ने हो । तर त्यसो हुादैन । समाजका हरेक घटनालाई ग्रहण गर्ने र जवाफ फर्काउने मनको विधि र तरिकाले मानवीय चरित्रमा निक्कै ठूलो भिन्नता ल्याउाछ ्। यही प्रक्रियाबाट फरक फरक संस्कार पैदा हुन्छ । संस्कार भौतिक चीज मात्र हुन्थ्यो भने त्यो आफै बन्छ भन्नु पर्ने हुन्थ्यो । तर संस्कार बन्ने चीज मात्र हैन, बनाउाने चिज पनि हो । जबसम्म संस्कार र सास्कृति राम्रो बनाइदैन, तबसम्म जुनसुकै नामको जति वटा क्रान्ति गरे पनि, जतिपटक शासन व्यवस्था फेरे पनि उपलब्धि हुादैन । कार्ल माक्र्सले संसार बदल्नु भन्दा पहिले मजदुर वर्गले आफूलाई बदल्नु पर्छ भनेर संस्कार परिवर्तनकै कुरा गरेका थिए । तर मानव चेतनासम्बन्धि बुझाई त्रुटीपूर्ण हुादा उनको द्वन्द्ववाद भौतिकवादी त भयो तर मानव केन्दि्रत हुन सकेन ।

माक्र्सको द्वन्द्ववादमा प्रकृति र समाज मात्रात्मकबाट गुणात्मक परिवर्तनको नियममा आवद्ध हुन्छ भनिन्छ । तर मनको परिवर्तन अंकगणितीय हुादैन । यसले मात्रात्मक र गुणात्मक परिवर्तनको नियम दृढतापूर्वक अबलम्बन गर्दैन । बरु मनको चरित्र तरल हुन्छ । यो छाल वा तरंगजस्तै अगाडि पछाडि भईरहन्छ । क्षण क्षणमा यसको चरित्र बदलिरहन्छ । मनका तरंगहरु राग र द्वेश,  भूतका यथार्थ र भविष्यका कल्पना, अहं र यौनजस्ता विषयबाट प्रभावित छन । जब यी तरंगमाथि मानिसको प्रज्ञानले वोध र  वश कायम गर्दछ, अनि मात्र नैतिकता उद्घाटित हुन्छ । तसर्थ नैतिकता भनेको कुनै साधारण विषय हुादैन । शासक वर्ग, समूह र शासन व्यवस्थाको परिवर्तनले मात्र नैतिकता सृजना गर्दैन । जब नैतिकता सृजना हुादैन, तब संस्कार निर्माण हुादैन । जब संस्कार निर्माण हुादैन तब न्यायपूर्ण समाज निर्माण गर्न असंभव छ । तर कार्लमाक्र्सले उत्पादन प्रणाली र शासन व्यवस्थाको परिवर्तनसंगै समानान्तर हिसावले मानिस पनि परिवर्र्तित हुादै जान्छन् भन्ने यान्त्रिक निश्कर्ष निकाले । साम्यवादी शासनसत्ताको पतनको मुख्य कारण यही थियो ।

 बुद्ध, गान्धीजस्ता चिन्तक र महात्माप्रति हामी यसकारण आभारी छौं कि उनीहरुले मानव मन, चरित्र, संस्कार र नैतिकताको प्रश्नलाई कोरा भौतिकवादीहरुले भन्दा फरकढंगले हेरे, बुझे र अनावृत गरे । हामी हिगेल, प|mाइड र अस्तित्ववादी दार्शनिकहरुसंग पनि यसकारण आभारी छौं कि उनीहरुले द्वन्द्व, यौन र अहंले नैतिकता, संस्कार र मानवीय व्यवहारमाथि पार्ने प्रभावलाई बुझ्न सजिलो बनाई दिए ।  

समाजलाई भौतिक हिसावले संमृद्ध बनाउने कुरा असम्भव होइन । तर संस्कार र नैतिकताको अभावमा सृजना हुने खराबीले भएकै भौतिक संमृद्धिलाई पनि नष्ट गर्दिन्छ ।  भौतिक विकाससंगै आत्मिक रुपान्तरण हुनुपर्छ । अनि मात्र सन्तुलित र विकसित मानव समाज निर्माण गर्न सकिन्छ । तर मानिसभित्रको परिवर्तन त्यति सजिलो कुरा होइन । भौतिक संमृद्धि देखिने कुरा हो । आत्मिक संमृद्धिलाई नाप्न सकिदैन । यो स्थीर अर्थात् एकपल्ट सम्भव भएपछि जीवनभरिलाई पुग्यो भन्ने हुादैन । समाजको भौतिक परिवर्तन वा विकास मात्रात्मकबाट गुणात्मक हुन सक्छ । भौतिक उत्पादनको गुणस्तर चिन्ह हुन सक्छ  तर मानिसको मनलाई परिवर्तनको सर्टिफिकेट दिन सकिदैन । यसको चरित्र नै तरल हुने हुादा बरु यो जीवन रहेसम्म व्यक्ति आफू सजग हुनु पर्ने र पल पलमा आत्मिक रुपान्तरणको अभ्यास गरिरहनु पर्ने बिषय हो । 

भौतिक विकाससंगै मानिसको मन पनि मात्रात्मकबाट गुणात्मक विकासको क्रममा हुन्थ्यो भने राज्यको विलोप हुन सक्थ्यो होला । साम्यवादको परिकल्पना सफल हुन सक्थ्यो होला । तर त्यो असम्भव छ । किनकी मानविय प्राकृतिक स्वभाव नै पूर्ण साम्यवादी हुनसक्दैन । ठीक यहि बिन्दुमा मानिसलाई कहि न कहिनेर नियम कानुनमा राख्नै पर्छ । मनको तरलताबाट सृजित हुने पतनबाट मानिसलाई बाहृय हस्तक्षेप विधिद्धारा रोक्नु नै राज्य र कानुन चाहिन्छ ।  अर्को तिर मानिस नै यस्तो सामाजिक प्राणी हो जो संग आफ्नो पन, निजत्व तथा सार्वभौमिकता संगै जोडिएको हुन्छ । अर्थात सामाजिक र नीजत्वको बिशिष्ट द्धन्द सन्तुलन नै मानिस हो । जो साम्यवादी संरचना वा परिकल्पना संग मेल खाादैन । तसर्थ साम्यवाद दार्शनिक रुपमा नै असम्भव मान्यता हो । साम्यवाद चिन्तनको अति हो । 

दार्शनिक रुपमा अबको राजनीतिक प्रवृत्ति भने वामकेन्द्रवादी -ीभात-अभलतचबष्कित) हुनु पर्छ । 'वाम मनोवृत्ति' को अर्थ घटनाक्रमबाट पछाडि हटेर वा यथास्थितिमा रहेर हैन, अगाडि बढेर समाधान गर्ने प्रयास गर्नु हो । तर अगाडि बड्ने मार्गका पनि मुख्य तीन वटै विचलनहरु हुन्छन । दक्षिणपन्थ, मध्यमार्ग र उग्रपन्थ । यी तीन वटै विचलनबाट जोगिन आवश्यक छ । दक्षिणपन्थ र उग्रवामपन्थको विरोध किन आवश्यक छ भन्ने विषयमा धेरै प्रकास पार्नु नपर्ला । तर नेपाली समाजमा यतिखेर कथित मध्यमार्गको जरा दर्विलो गरी गाडिएको छ । कथित 'मध्यमार्ग' भन्दा 'वाम केन्द्रवाद' किन फरक छ त ? 

'मध्यमार्ग' ले सधैं दुई फरक धारलाई बीचमा, मिलनविन्दूमा, सम्झौतामा ल्याउाने प्रयास गर्दछ । समाजको धरालतीय यथार्थ र परिर्वतनको आवश्यकतालाई विर्सेर केवल 'शक्ति सन्तुलन' लाई आधार बनाएर समस्याको समाधान खोज्न चाहन्छ । तर बीचको बाटो सधैं परिवर्तनको सही मार्ग हुन्छ भन्ने छैन । परिवर्तनको नेतृत्व जहिल्यै पनि संगठित अल्पमतले गर्दछ । तसर्थ क्रान्तिकारीहरुको काम क्षणक्षणमा सम्झौता गर्नु हैन, धरातलीय यथार्थअनुरुप संगठित अल्पमतका पक्षमा जनमत निर्माण गर्नु र अल्पमतलाई बहुमतमा परिणत गरी परिवर्तनको नेतृत्व गर्नु हो । यो नै 'वाम केन्द्रवाद' हो । तर मध्यमार्गीहरु त्यसो गर्दैनन् । उनीहरु 'शक्ति सन्तुलन' को अधिरचनालाई नै आधार बनाउाछन र दिनहुा मिलनबिन्दु खोज्दै हिड्छन । अधिरचनालाई नै आधारजस्तो बनाएर बुझ्ने दार्शनिक समस्याबाट मध्यमार्गको जन्म हुन्छ । तर 'वाम केन्द्रवाद' ले भने सधैं धरातलीय यथार्थ र परिवर्तनको आवश्यकतालाई नै आधार बनाउाछ । आधारलाई नै आधारका रुपमा बुझ्नु र  आधारतत्वको यथार्थअनुरुप अधिरचनालाई  परिवर्तन गर्ने प्रयास गर्नु नै 'वाम केन्द्रवाद' हो । यो दार्शनिक मान्यतालेे राजनीतिक कार्यदिशा निर्माणमा महत्वूर्ण भूमिका गर्ने छ ।  

              From:     minendrabhandari.com.np

                                     The End