माघे सक्रान्ति २०२४

मगर संघ नर्वे ले नर्वे को राजधानी ओस्लोमा पाहिलो पल्ट  योजना गरेको माघे सक्रान्ति २०२४  कार्येक्रम  अत्यन्तै सफलता पूर्व सम्पन्न  भएको छ हाम्रो भाषा ,कला , सास्कृत  र परम्परा को संरक्षणमा हाम्रो प्रतिबदता भन्ने नाराको साथ  यस  मगर संघ नर्वे ले मगर हरु को राष्ट्रिय पर्ब माघे सक्रान्ति पहिलो चोटी नर्वे को राजधानी ओस्लो मा मनाएकोमा  निकै खुसि लागको छ 

यस कार्यक्रमलाई  व्यवस्थित र कार्यान्वयन गर्न पर्दा पछाडि अथक परिश्रम गर्नुहुने समर्पित व्यक्तिहरू र स्वयंसेवकहरूलाई हृदयदेखि नै प्रशंसा गर्दछु । तपाई हरु को  प्रतिबद्धता, कडा परिश्रम र उत्साहले   यस  माघे सक्रान्ति  कार्यक्रम सफल हुनुको प्रमुख कारण बनेको हो  ट्रान्सपोर्ट मा बिशेस  सहायो गर्नहुने हाम्रो बालकृस्ना दाजु , खान को लागि सहयोग  गर्न हुने हाम्रो हितमान दाजु , मुम दाजु लगाएत को टीम लाइ बिशेस  धन्नेबाद भन्न चाहान्छु हाम्रो ट्रेडिसनल खान , सेलरोटी, बारा ,अचार  ल्याएर सहयोग गर्नु हुने दिदि बहिनि हरु लाई पनि धेरै धन्यबाद हाम्रा कलाकारहरू,  र सांस्कृतिक योगदानकर्ताहरूलाई विशेष धन्यवाद जसले आफ्नो प्रतिभा हामीसँग साझेदारी गर्नुभएको थियो  । तपाईंको प्रस्तुतिले माघे संक्रान्तिको कार्येक्रम लाई साँच्चै उज्यालो बनाएको थियो  बिशेस  बनायको थियो मंत्रमुग्ध सांस्कृतिक नृत्य प्रदर्शनको लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु।

कार्यक्रममा जीवन्त कार्यक्रम उद्घोषक र मनोरञ्जन दिनु भएकोमा तेज गाहा मगरलाई पनि म बिशेस हार्दिक धन्यवाद दिन चाहन्छु। तपाईंको उर्जा र उत्साहले हाम्रो कार्येक्रममा  बिसेस आकर्षण थप्यो,  उपस्थित सबैका लागि अझ रमाइलो र मनोरंजन  बनाइदियो को  थियो अन्तमा, म यस सांस्कृतिक उत्सवमा  सहभागी हुने सम्पूर्ण समुदायलाई मेरो कृतज्ञता व्यक्त गर्न चाहन्छु। यस्ता कार्क्रम  मार्फत नै हामी  हाम्रो सबन्धनहरूलाई बलियो बनाउँछौं जसले हामीलाई जोड्दछ र एकता र सम्बन्धको भावना बढाउँछ। भन्ने लाको छ माघे संक्रान्तिको उपलक्ष्यमा सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै पलहरू मिलोस् भन्ने कामना गर्दछु।

कार्यक्रम संयोजक  

मोहन राना