Disaster data of Lumbini Province
प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रले विपदबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर राख्दै विपद् पूर्वतयारी तथा प्रतिकार्यलाई प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन तथा विपद्जन्य घटनाको तथ्याङ्क एवं सूचना प्रणालीलाई चुस्त दुरुस्त राख्न महत्वपूर्ण भूमिका खेल्ने गर्दछ ।
यसका मूख्य कार्यहरु:
विपद् प्रतिकार्यका लागि पूर्वतयारी अवस्थामा रहने,
विपद् सम्बन्धी घटनाहरुको सूचनाको संकलन, अद्यावधिक, विश्लेषण एवं प्रवाह गर्ने,
प्रतिकार्यका लागि खोज तथा उद्धार टोली र सुरक्षा निकायको परिचालन गर्ने,
खोज तथा उद्धारमा संलग्न निकायहरुका विद्यमान जनशक्ति, औजार, उपकरण र अन्य स्रोत साधनहरुको अभिलेखिकरण एवं विश्लेषण गर्ने र प्रतिकार्यका लागि गर्न पर्ने थप कार्यहरुको विषयमा सिफारिस गर्ने,
राष्ट्रिय आपत्कालीन कार्यसंचालन केन्द्र (NEOC), जिल्ला आपत्कालीन कार्यसंचालन केन्द्रहरु (DEOCs) तथा स्थानीय आपत्कालीन कार्यसंचालन केन्द्रहरु (LEOCs) संग समन्वय गर्ने,
प्रतिकार्यका लागि खोज तथा उद्धार क्षमताको विकास सम्बन्धी कार्य गर्ने,
विपद् प्रतिकार्यको पूर्वतयारीका लागि भावी प्रतिकार्य योजना तर्जुमा गर्ने,
विपद् सम्बन्धी सम्पूर्ण सूचनाहरु संकलन तथा अध्यावधिक गर्ने,
विपद् प्रतिकार्यको समयमा विषयगत क्षेत्रलाई परिचालन (Cluster Activation) गराउने, समय र मौसम अनुसार आउने तथा आउन सक्ने प्रकोप र विपद्का घटनाका सम्बन्धमा आपतकालीन अवस्थामा गर्नुपर्ने तयारी र प्रतिकार्यका विषयमा सरोकारवालाहरुसँग छलफल र अन्तरकिया संचालन गरी तयारी अवस्थामा राख्ने
लुम्बिनी प्रदेशको मुकाम राप्ती उपत्यका (देउखुरी), नेपाल मा प्रदेश आपतकालीन कार्यसञ्चाल केन्द्र सञ्चालित छ । यस प्रदेशका १२ जिल्लामा जिल्ला आपतकालीन कार्यसञ्चाल केन्द्र सञ्चालित छन साथै बाँके, बर्दिया, दाङ, नवलपरासी तथा रुपन्देही जिल्लाका स्थानीय तहहरुमा स्थानीय आपतकालीन कार्यसञ्चाल केन्द्र सञ्चालित छन ।
प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिका निर्णणहरु
प्रदेश आपतकालीन कार्यसञ्चाल केन्द्रमा कार्यरत कर्मचारीहरु
बिजय सिंह ठकुरी
सुचना ब्यवस्थापन अधिकृत
☎️९८५५०६७१४६
दिल बहादुर बस्नेत
वरिष्ठ प्रहरी हवल्दार
☎️९८५७०९०२२७
हुमनाथ पाण्डे
सशस्त्र प्रहरी हवल्दार
☎️९८४८०४४७२८
नवराज रेश्मी मगर
वरिष्ठ सशस्त्र प्रहरी हवल्दार
☎️९८६७४१२६००