आदरणीय अभिभावक ज्यूहरु सबैमा नमस्कार ! गृहकार्य डायरी एउटा अभ्यास केन्द्रित पुस्तिका हो । शिक्षण सिकाइलाई बढी प्रभावकारी बनाउने अभिप्रायका साथ यो लागू गर्न लागिएको छ । हरेक विषयको अभ्यासलाई शिक्षकद्वारा विद्यार्थीलाई प्रदान गरिने डायरीलाई अभ्यास केन्द्रित सिकाइमा जोड दिन र विद्यार्थीलाई आफ्नो गृहकार्यप्रति बढी उत्तरदायी बनाउन शिक्षक, अभिभावक र विद्यार्थीको त्रिपक्ष सहमतिमा निर्माण भएको डायरी अत्यन्त महत्त्वपूर्ण रहेको छ । यो अनिवार्य लागू गराउनुको मुख्य उद्देश्य भनेको विद्यार्थीले गर्ने अभ्यास र शिक्षकले दिने गृहकार्य (Homework) तथा अभिभावक ज्यूहरुले आफ्ना नानीहरुले पाउने अभ्यासमा बढी जिम्मेवार बनाउनका लागि अभ्यास केन्द्रित अभिलेखका रुपमा लागू गर्न खोजिएको कुरा अवगत गराउन चाहन्छु । अन्तयमा यो Homework Diary हरेक अभिभावक ज्युहरुले आफ्ना बच्चाको सिकाइ सुदृढ बनाउन थोरै लगानीमा धेरै अवधिका सम्म प्रयास गरिदिनु हुनेछ भन्ने कुरा विद्यालयले अपेक्षा गरेको छ । धन्यवाद !
-कृष्ण बहादुर ठकुरी, प्रधानाध्यापक
“गुणस्तरीय शिक्षा आजको आवश्यकता, सिकाइ उपलब्धि वृद्धिमा हामी सबैको प्रतिबद्धता” आदरणीय अभिभावक ज्यूहरुमा नमस्कार! श्री कल्याणकारी मा.वि.को शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउन एवम् सिकाइ उपलब्धि सुधार गर्ने उद्देश्यले नवीनतम सोच तौरतरिका अवलम्बन गर्ने क्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक-अभिभावक ज्युहरुसँगको अन्तरक्रियात्मक छलफल पश्चात गृहकार्य डायरीको निर्माण गरी कार्यान्वयन गर्ने प्रयास गरेका छौं । त्यसैले अभिभावक, शिक्षक, विद्यार्थीवर्ग तथा सरोकारवाला सबैमा गृहकार्य डायरीलाई थप प्रभावकारी बनाउनका लागि सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु । धन्यवाद !
-डब्लु बिक्रम खान ठकुरी, सहायक प्रधानाध्यापक
आदरणीय अभिभावक, शिक्षक, विद्यार्थी एवम् विभिन्न सरोकारवाला सबैमा नमस्कार ! हाम्रो विद्यालयले गुणात्मक शिक्षा प्राप्तिका लागि विद्यार्थीहरुलाई गृहकार्य डायरी वितरण गरी सिकाइ निरन्तरताको निम्ति शिक्षकहरुलाई शिक्षक एवम् विद्यार्थी दुवैलाई उत्तरदायित्त्व बनाउने प्रयास गरेका छौं । यसबाट तपाइँ हामी अभिभावकहरु समेत जिम्मेवारी हुनुपर्नेछ । यस डायरीले हाम्रो नानीहरुलाई नियमित क्रियापलापमा जोड दिदै अभ्यास केन्द्रित गराउने हुँदा सिकाइ सुधारका निम्ति गृहकार्य डायरीको कार्यन्वयनमा सबै पक्षको सहयोगको अपेक्षा राखेको छु । धन्यवाद !
-विक्रम शाही, वि.व्य.स. अध्यक्ष
कक्षा ११ मा विद्यार्थी भर्ना सम्बन्धी सूचना ।
प्रवेश परीक्षाको फारम भर्ने मिति: २०८०/०३/२८ गते सम्म विहिबार
प्रवेश परीक्षा हुने मिति: २०८०/०३/२९ गते शुक्रबार बिहान ठिक ८:०० बजेदेखि ।
प्रवेश परीक्षाको नतिजा प्रकाशन: २०८०/०४/०३ गते बुधबार ।
प्रवेश परीक्षा दस्तुर: रु. २५०/-
भर्ना कार्यक्रम तथा पाठ्यपुस्तक वितरण : २०८०/०४/५ गते देखि १४ सम्म ।
कक्षा संचालन: २०८०/०४/१५ गतेदेखि ।
थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहोला
सम्पर्क नं. ९८१८४२५४४१ वा ९८१४३४२९६२ वा ९८०७३२९७९६ वा ९८०४०१९६५१