About Us
संक्षिप्त परिचय
सेप्टेम्बर 2008 मा कोशी बाढी पछि, नेपालको Inter agency standing Committee (IASC) द्वारा क्लस्टर अवधारणालाई औपचारिकता दिइएको थियो।
2009 मा, नेपाल सरकारले क्लस्टर संयन्त्र सम्बन्धि औपचारिक रूपमा विपद् पूर्वतयारी र प्रतिकार्य योजना निर्देशिका जारी गर्यो।
क्लस्टरको नेतृत्व नेपाल सरकार अन्तरगतका समन्धित विभाग / निकायहरु र सहनेतृत्व मानवीय एजेन्सीहरु द्वारा हुने गरेको र सम्बन्धित क्षेत्रमा काम गर्ने सदस्य निकायहरूले त्यसलाई समर्थन गर्ने गरेका छन।
2008 को स्थापनाकाल देखि नेपालमा शिक्षा क्लस्टरको नेतृत्व (Lead) शिक्षा, विज्ञान तथा प्रविधि मन्रालयले र सहनेतृत्व (Co-lead) युनिसेफ र सेभ द चिल्ड्रेन गरेका छन् । सरकार, संयुक्त राष्ट्र संघ, I/NGO, र अन्य शिक्षा क्षेत्र संग सम्बन्धित सरोकारवालाहरूको (SMC, CNT etc.) समूहलाई समन्वय गर्दै आपतकालिन मानवीय संकटको समयमा बालबालिकाहरुको शिक्षालाई निरन्तरताको लागि समन्वयात्मक रूपमा शिक्षा क्षेत्रका आवश्यकताहरू सामूहिक रूपमा सम्बोधन गर्ने ।
संघीय शिक्षा समूहको सदस्यमा ४५ संस्थाहरू रहेको र नेपाल शिक्षा समूहको ToR अनुसार निर्देशित । हाल १३ संस्था सक्रिय रहि रेपोर्टिङ गरि राखेको ।
सामाजिक विकास मन्त्रालय (MoSD)/ शिक्षा विकास निर्देशनालयको नेतृत्वमा (Lead) प्रादेशिक स्तरको शिक्षा क्लस्टर रहेको हुन्छ साथै UNICEF , Save the Children र समुह सद्स्यहरु बाट सह नेतृत्व राखेको ।
स्थानीय तहमा शिक्षा/सामाजिक समिति अन्तरगत रहन्छ ।
तिनै तहका शिक्षा समुहहरुले शिक्षा संग सम्बन्धित सरोकारवालाहरूलाई आपतकालीन/मानवीय संकटको समयमा , सुसंगत र प्रभावकारी शिक्षा प्रतिकार्य सुनिश्चित गराउन जिम्मेवार रहनेछन्।
प्रदेश तथा पालिकाहरूमा पनि शिक्षा समूहको गठन भई सक्रिय रहेको – ७ प्रदेश, १४६ पालिका, ३५ जिल्ला