संक्षिप्त परिचय

  • सेप्टेम्बर 2008 मा कोशी बाढी पछि, नेपालको Inter agency standing Committee (IASC) द्वारा क्लस्टर अवधारणालाई औपचारिकता दिइएको थियो।

  • 2009 मा, नेपाल सरकारले क्लस्टर संयन्त्र सम्बन्धि औपचारिक रूपमा विपद् पूर्वतयारी र प्रतिकार्य योजना निर्देशिका जारी गर्‍यो।

  • क्लस्टरको नेतृत्व नेपाल सरकार अन्तरगतका समन्धित विभाग / निकायहरु र सहनेतृत्व मानवीय एजेन्सीहरु द्वारा हुने गरेको र सम्बन्धित क्षेत्रमा काम गर्ने सदस्य निकायहरूले त्यसलाई समर्थन गर्ने गरेका छन।

  • 2008 को स्थापनाकाल देखी नेपालमा शिक्षा क्लस्टरको नेतृत्व (Lead) शिक्षा, विज्ञान तथा प्रविधि मन्रालयले र सहनेतृत्व(Co-lead) युनिसेफ र सेभ द चिल्ड्रेन गरेका छन् । सरकार, संयुक्त राष्ट्र संघ, I/NGO, र अन्य शिक्षा क्षेत्र संग सम्बन्धित सरोकारवालाहरूको (SMC, CNT etc.) समूहलाई समन्वय गर्दै आपतकालिन मानवीय संकटको समयमा बालबालिकाहरुको शिक्षालाई निरन्तरताको लागि समन्वयात्मक रूपमा शिक्षा क्षेत्रका आवश्यकताहरू सामूहिक रूपमा सम्बोधन गर्ने।

  • संघीय शिक्षा समूहको सदस्यमा ४५ संस्थाहरू रहेको र नेपाल शिक्षा समूहको ToR अनुसार निर्देशित । हाल १३ संस्था सक्रिय रहि रेपोर्टिङ गरि राखेको ।

  • सामाजिक विकास मन्त्रालय (MoSD)/शिक्षा विकास निर्देशनालयको नेतृत्वमा (lead) प्रादेशिक स्तरको शिक्षा क्लस्टर रहेको हुन्छ साथै UNICEF , Save the Children र समुह सद्स्यहरु बाट सह नेतृत्व राखेको ।

  • स्थानीय तहमा शिक्षा/सामाजिक समिति अन्तरगत रहन्छ ।

  • तिनै तहका शिक्षा समुहहरुले शिक्षा संग सम्बन्धित सरोकारवालाहरूलाई आपतकालीन/मानवीय संकटको समयमा , सुसंगत र प्रभावकारी शिक्षा प्रतिकार्य सुनिश्चित गराउन जिम्मेवार रहनेछन्।

  • प्रदेश तथा पालिकाहरूमा पनि शिक्षा समूहको गठन भई सक्रिय रहेको – ७ प्रदेश, १४६ पालिका, ३५ जिल्ला

नेपाल शिक्षा समूहको उद्देश्य

मुख्य उद्देश्य

आपतकालिन समयमा बालबालिकाको सिकाइ निरन्तरताको लागि पुर्वतयारी र समन्वयात्मक प्रतिकार्यको काम गर्ने ।

विशिष्ट उद्देश्य

  • सरकारको सहयोगमा सबै सम्बन्धित निकायहरु मिलेर शिक्षा क्षेत्रमा काम गर्न सक्ने समन्वय मञ्चको व्यवस्था गर्ने ।

  • आपतकालीन शिक्षासँग सम्बन्धित नीति र रणनीति विकासमा बृहत् कार्यक्रम तथा गतिविधिहरूको सुनिश्चितता गर्ने ।

  • सरकारी तथा गैरसरकारी संस्थाहरू, CBOs , अन्तर क्लस्टर ,अन्य सरोकारवालाहरूका साथै तीन तहका सरकारहरू बीच समन्वय र सहकार्य स्थापना गर्ने।

  • सुचना प्रणालिको ब्यवस्थित ब्यवस्थापन ,अद्यावधिक तथा प्रशारण गर्ने ।

  • आपतकालिन अवस्थामा आवस्यकता पहिचान गरि प्रतिकार्यका लागि आवस्यक समन्वय गर्ने ।