Privacy Policy For Professionals
1. I/We confirm that all information provided in this document is true and correct to the best of
my/our knowledge.
म/हामीले यस कागजातमा भरेका सबै विवरणहरू हाम्रो जानकारी अनुसार सही र सत्य छन् भन्ने पुष्टि
गर्दछु/गर्दछौँ।
2. All documents submitted by me/us are genuine. If any document is found to be fake, I/we agree
to face action as per company rules.
मैले/हामीले पेश गरेका सबै कागजातहरू सहि तथा सक्कली हुन्। नक्कली ठहरेमा कम्पनीको नियम
अनुसार कारबाही भोग्न तयार छु/छौँ।
3. Professionals must clearly determine the scope of work and payment before starting the job.
काम सुरु गर्नु अघि कामको क्षेत्र तथा भुक्तानी दुवै स्पष्ट रूपमा निर्धारण गर्नुपर्नेछ।
4. Work must be performed only when physically and mentally fit.
काम गर्ने समयमा पूर्ण सचेत तथा होसमा भई मात्र काम गर्नुपर्नेछ।
5. The company will not be responsible for damage to any goods or other items knowingly
or unknowingly due to the carelessness of the workers.
कामदारको लापरवाहीले जानी तथा अनजानमा कुनै जिन्सी सरसामान तथा अन्य वस्तुमा क्षति हुँदा
कम्पनी जिम्मेवार हुने छैन।
6. Causing any loss or damage to the customer is strictly prohibited. If any damage occurs, the
professional shall bear full responsibility.
ग्राहकलाई कुनै हानी नोक्सानी पुर्याउन पाइने छैन। भएको खण्डमा पूर्ण जिम्मेवारी कामदारकै हुनेछ।
7. All tools, equipment, and products used must be safe. Any direct or indirect harm to the
consumer shall be the worker’s responsibility.
काम गर्दा प्रयोग गरिने सामान वा प्रोडक्ट सुरक्षित हुनुपर्नेछ। उपभोक्तालाई प्रत्यक्ष/अप्रत्यक्ष हानी भएमा
सोको जिम्मेवारी कामदारकै हुनेछ।
8. Payment should be made on the basis of the bill raised in the application. If there is less
or more, the information should be updated immediately through the application.
भुक्तानी लिँदा एप्लिकेशनमा उठेको बिलको आधारमा लिनुपर्ने छ। यदि घटी अथवा बढी भएको अवस्थामा
तुरुन्तै एप्लिकेशन मार्फत जानकारी update गराउनुपर्नेछ।
1. After the work, if it is found that the payment process is not done according to the
company's rules or if it is found to be contrary to the company's rules, action will be
taken immediately according to the company's rules.
काम गरेपश्चात् भुक्तानी प्रक्रिया कम्पनीको नियमअनुसार नगरेको पाइएमा अथवा कम्पनीको नियम
विपरीत गरेको पाइएमा तुरुन्तै कम्पनीको नियमअनुसार कारबाही हुनेछ।
1. Professionals must bring their own required tools and take full responsibility for their safety.
कामका लागि आवश्यक सबै सामान आफै लिएर जानुपर्नेछ र तिनको सुरक्षा स्वयंले गर्नुपर्नेछ।
12. If a customer cancels the booking, it must be accepted as cancellation. No abusive phone calls
or messages are allowed.
ग्राहकले बुकिङ क्यान्सिल गरेको खण्डमा त्यसलाई रद्द गरेकै बुझ्नुपर्नेछ फोन अथवा मेसेज गरेर
गालीगलोज गर्न पाइने छैन।
13. While working through this company, you have to work within the terms and conditions
of the company.
यो कम्पनी मार्फत काम गर्दा कम्पनीको शर्त तथा नियमावलीभित्र रहेर काम गर्नुपर्नेछ।
14. Customer ratings and feedback are considered as positive (high rating) or negative (low rating)
for performance evaluation
ग्राहकद्वारा कामको प्रोत्साहनका निम्ति दर्जा तथा प्रतिक्रिया दिँदा त्यसलाई धेरै दर्जा अर्थात् सकारात्मक र
थोरै दर्जा अर्थात् नकारात्मक भन्ने बुझिन्छ ।
15. In case of any dispute or misunderstanding, the mediators of the company should be
contacted.
कुनै कुराको विवाद भएमा अथवा कुरा नबुझेमा कम्पनीको मध्यस्थकर्ताहरूसँग सम्पर्क राख्नुपर्नेछ।
16. All safety protocols must be strictly followed.
सुरक्षा प्रोटोकलहरूको पूर्ण पालना गर्नुपर्नेछ।
17. The professional must keep all customer information strictly confidential and must not disclose
it to any unauthorized person or party.
ग्राहकको सम्पूर्ण जानकारी गोप्य राख्नुपर्नेछ र कुनै पनि अनधिकृत व्यक्ति वा पक्षलाई खुलाउन पाइने
छैन।
18. The professional must maintain proper behavior and must not engage in any form of
harassment, abuse, or discriminatory conduct while performing duties.
आफ्नो कर्तव्य निर्वाह गर्दा कुनै पनि प्रकारको दुर्व्यवहार, दुरुपयोग वा भेदभावपूर्ण व्यवहार गर्न पाइने
छैन।
19. The professional must reach the work location on time. In case of unavoidable delay, the
professional must inform the customer or company immediately.
काम स्थलमा समयमा पुग्नुपर्नेछ। कुनै अपरिहार्य कारणले ढिलो हुने अवस्थाहरूमा तुरुन्तै ग्राहक वा
कंपनीलाई जानकारी गराउनुपर्नेछ।
20. The company will not be responsible for any injury, accident, or loss suffered by the
professional unless officially insured under the company’s policy.
कम्पनीको नीति अनुसार आधिकारिक रूपमा बिमा नभएसम्म कामदारले पाएको चोटपटक, दुर्घटना वा
क्षतिको जिम्मेवार कम्पनी रहनेछैन।
21. The professional must maintain a valid identification document and update or renew it
whenever required by the company.
वैध परिचयपत्र राख्नुपर्नेछ र कम्पनीले मागेको अवस्थामा समयमै अद्यावधिक वा नवीकरण गर्नुपर्नेछ।
22. While using this application, the professional must conduct all customer communication and
service transactions only through the company’s platform, and making any direct deals or
providing services to customers outside the platform is strictly prohibited.
यो एप प्रयोग गर्ने क्रममा पेशावरले सबै ग्राहकसम्बन्धी सम्पर्क र सेवा लेनदेन कम्पनीको प्लेटफर्म मार्फत
मात्र गर्नुपर्नेछ, र प्लेटफर्म बाहिर ग्राहकसँग प्रत्यक्ष कारोबार गर्नु वा सेवा प्रदान गर्नु कडाइका साथ निषेध
गरिएको छ।
23. If found acting against company policies, the professional may be suspended or permanently
dismissed.
कम्पनीको नियम विपरीत कार्य गरेको पाइएमा निलम्बन वा बर्खास्त गरिनेछ।
24. Professionals must accept updates, new rules, and changes introduced by the company.
कम्पनीले ल्याएका नियम, अपडेट तथा परिवर्तन आत्मसात् गर्नुपर्नेछ।