BNC Annual Summer Party 2026 (New Year 2083), 18th April 2026 || Please join
३ मार्च २०२४, बेजिङस्टोक नेपाली समाज (बीएनसी)द्वारा वेलायती अस्पतालमा काम गर्न छनौट भई स्थायी नियुक्ति पाएका नेपाली नर्सहरूको पहिलो समुहलाई बेजिङस्टोकमा भव्य स्वागत गरिएको छ।
केही महिना अघि नेपाल सरकार र वेलायत सरकार बिच संपन्न भएको द्विपक्षिय संझौता अनुसार प्रतिस्पर्धामा छनोट भएका मध्ये यो पहिलो समुहमा १२ जना नेपाली नर्सहरू वेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) अन्तरगत ह्याम्पसायरको बेजिङस्टोक अस्पतालका लागि नियुक्त भएका थिए र करिव दुई हप्ता अघि कार्य स्थलमा आईपुगेका हुन।
मुलतः नेपालमा हुर्किएर, शिपी सिकेर वेलायतको वातावरणमा कार्यरत रहनु पर्दाको चुनौति सामना गर्न सहजता प्रदान गर्नुका साथै परिवारबाट छुट्टिदाको एक्लोपनलाई व्यवस्थापन गर्न हजिलो होस भनेर सबैभन्दा पहिले बेजिङस्टोक नेपाली समाजले उनीहरूलाई स्वागत गरेको हो। पुरै नेपाली तन, मन र पनको वातावरणमा संपन्न कार्यक्रममा बेजिङस्टोक नेपाली समाजका कार्यसमिति, सल्लाहकारहरूको सहभागिता थियो। कार्यक्रममा नेपालबाट छानिएर आएका नवागन्तुक नेपाली नर्सहरू, इन्टरनेशनल रिक्रुटमेन्ट टीमका सदस्यहरूलाई बेजिङस्टोक नेपाली समाजका अध्यक्ष ओम गुरुङले खादा लगाएर स्वागत गरेका थिए भने समाजका महासचिव जगदीश वाग्लेले बेजिङस्टोक नेपाली समाजको गतिविधिका साथै यस्ता कार्यक्रमको औचित्य र महत्वमाथि प्रकाश पारेका थिए।
सो अवसरमा अस्पतालकि इन्टरनेशनल रिक्रुटमेन्ट टीमको नेतृत्व गर्दै निकोला लापिन र आशा राई पनि सहभागि थिए। त्यसैगरी नेपाली नर्सिङ संघ, युके का उर्मिला श्रेष्ठ र सुनिता थापाको पनि सहभागित थियो। उक्त अवसरमा केक पनि काटिएको थियो र कुनै लामो र भद्दा औपचारिक कार्यक्रम नगरी सिधै परिचयात्मक कार्यक्रम सकेर नेपाली परिकारको खाना (लन्च) को स्वाद लिनुका साथै अन्तरक्रियाको प्रवन्ध मिलाईएको थियो।
यस किसिमको कार्यक्रमले नयाँ परिवेशमा जिम्मेवारी सम्हाल्न आएका नवागन्तुक नेपाली नर्हरूलाई शीप विकासमा प्रोत्सहित गर्न, पारिवारिक वातावरण दिन र नेपाली समाजको अपनत्व प्रदान गर्न सकेकेमा बेजिङस्टोक नेपाली समाजले निक्कै प्रशंसनीय कार्य गरेको अस्पताल इन्टरनेशनल रिक्रुटमेन्ट टीमकि निकोला लापिन र आशा राईले छलफलका क्रममा बताएका थिए। त्यसैगरी आफू यसरी इन्टरनेशनल रिक्रुटमेन्ट टीमको नेतृत्व गरेर धेरै देश गएको तर यस प्रकारबाट स्थानिय समाजले प्रदान गरेको यस्तो न्यानो अनुभव अन्यत्र नरहेको अनुभव सहित खुशी थप्दै बेजिङस्टोक नेपाली समाजको सम्पूर्ण टिमलाई धन्यवाद दिईन। आफूहरूले असाध्यै न्यानो, ममतामयी र प्रेरणदायी स्वागत सम्मान पाएको सहभागी नवागन्तुक नेपाली नर्सहरूले सुनाए। स्थानिय चुट हाउसमा सम्पन्न उक्त कार्यक्रमको अन्तमा बेजिङस्टोक नेपाली समाज, युकेका अध्यक्ष ओम गुरुङले सबैलाई धन्यवाद दिए र सामुहिक फोटो खिचेर कार्यक्रम समापन भएको थियो।
Email: bncuk2006@gmail.com
Website: www.bnc2006.com
हालै बेलायतस्थित बेजिङ स्टोक नेपाली समाज युकेको सातौँ अधिवेशन स्थानीय चुट हाउसको हलमा सम्पन्न भएको छ। १२ मार्च, २०२२ का दिन सम्पन्न उक्त अधिवेशनबाट आगामी तीन वर्षका लागि ओम गुरुङको अध्यक्षतामा सत्र सदस्यीय कार्य समितिको सर्वसम्मत चयनसमेत गरिएको छ।
कार्यसमितिमा चयन भएका अन्य पदाधिकारीहरुमा दुई उपाध्यक्ष विजय लिङथेप, दुर्गा गुरुङ, सचिव जगदीश वाग्ले, उपसचिव नवराज राई, कोषाध्यक्ष शिवध्वज राई र सह-कोषाध्यक्ष सुवर्ण गुरुङ छन्। मनोरञ्जन संयोजक सोम श्रेष्ठ (चेम्स),सहायक मनोरञ्जन सन्तोष गुरुङ, जिन्सी विभाग संयोजक टेक राई, जिन्सी विभाग सहायक जीवन गुरुङ, संचार एवं वेव मास्टर कृष्ण गुरुङ,खेलकुद संयोजक वल थापा, खेलकुद सहसंयोजक काजी राई, जनसम्पर्क संयोजक धुर्व गुरुङ, जेष्ठ नागरिक संयोजक उत्तर सुन्दास र युवा संयोजकमा सुवास पुन चयन भएका छन्।
कार्यक्रममा सचिवको वार्षिक प्रतिवेदन सचिव नवराज राईले प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष नर प्रसाद सबेनहिमले संस्थाको कोष सम्बन्धि वार्षिक प्रतिवेदन पेश गरेका थिए। कार्यक्रमको सभापतित्व अध्यक्ष ओम गुरुङले गरेका थिए। कार्यक्रममा कोभिड-१९ का कारण ज्यान गुमाएका ज्ञातअज्ञात नेपाली लगायत सवैको चीर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो।
साधारण सभाले संस्थाको विधान परिमार्जनका लागि समाजसेवी शिवजी श्रेष्ठलाई जिम्मेवारी सुम्पिएको छ।
संस्थाले आफ्नै भवन खरिद गर्न लागेकोमा उपस्थित सवैले हाउजिङ समितिका संयोजक पञ्चवीर राई, सहायक संयोजक वेम थापा र सचिव नवराज राईप्रति आभार व्यक्त गर्दै आ-आफ्नो स्थानबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि जनाए। यस अवसरमा यस भेकको सांसद मारिया मिलरसँग पनि सहयोगका लागि अनुरोध गरिएको रसहयोगको आश्वासन पाएको जानकारी एनआरएन युकेका पूर्व अध्यक्ष पुनम गुरुङले गराए।
निर्वाचन समितिको भुमिकामा संयोजक तील बिक्रम सोमबाहाम्फे (पूर्व अध्यक्ष), सचिव प्रेम गुरुङ (पूर्व अध्यक्ष) र सदस्य पुनम गुरुङ (एनआरएन युकेकानिवर्तमान अध्यक्ष) सफलताका साथ सर्वसम्मत निर्वाचन सम्पन्न गराउन सफल भए। निर्वाचित पदाधिकारीहरूलाई संयोजक तील बिक्रम सोमबाहाम्फेले सपथ ग्रहण गराएका थिए।
कार्यक्रममा समाजसेवी तथा लब्ध प्रतिष्ठित व्यक्तित्वहरुले आ-आफ्नो मन्तव्य राखेका थिए। मन्तव्यका क्रममा उनीहरुले संस्थाको उन्नति र यस भेकमा वसोवास गर्दै आएका नेपालीहरूको हित प्रवर्धनमा जोड दिएका थिए।
यसरी मन्तव्य राख्नेमा समाजसेवी एवम् समाजका पूर्व अध्यक्ष पंचवीर राई, शिवजी श्रेष्ठ, पूर्वअध्यक्ष प्रेम गुरुङ ,पूर्व अध्यक्ष तील बिक्रम सोमबाहाम्फे,पूर्व सचिव निशा शर्मा, एनआरएन युकेका पूर्व अध्यक्ष योगकुमार फगामी, एन आर एन युकेका निवर्तमान अध्यक्ष पुनम गुरुङ, केवाइसि युकेका उपाध्यक्ष अमृता पालुङवा समेत थिए।
कार्यक्रममा सहभागीहरूका लागि स्थानीय जोमसोम क्याटरिङका म्यानेन्जिङ डाइरेक्टर बिष्णु गुरुङ र जीवन लिम्बूले निशुल्क स्वादिष्ट भोजनको व्यवस्थापन गरेका थिए।
यसैगरी सातौं कर्यसमिति (सन् २०२२-२५) को २७ मार्च २०२२ मा बसेको पहिलो बैठकले १५ जना लब्ध प्रतिष्ठित व्यक्तित्वलाई सल्लाहकारमा मनोनयन गरेको छ भने अन्य १६ जना महानुभावहरूलाई सम्मान गरिँदैछ।
कार्यसमितिलाई पूर्ण आकार दिने गरी थप चार जना मनोनयन गरेर २१ सदस्यीय बनाइएको छ।
प्रत्येक वर्ष आयोजना गरिने ग्रीष्मकालीन पार्टी कोरोनाको लकडाउनपछि पहिलो पटक यस वर्षको अप्रिल २३ तारिखमा सम्पन्न हुन गइरहेको छ।
उक्त पार्टीमा करिव ३०० जनाको सहभागिता रहने अनुमान गरिएको छ। यसै अवसरमा युवा पुस्तालाई नेपाली पन र मनमा जोडने उद्देश्यले विभिन्न खेलकुदको आयोजना गरिएको छ। यसैगरी अक्टोवर महिनाको १ तारिखका दिन हिउँदे पार्टी आयोजना गरिएको छ। अक्टोवर महिनाको २३ तारिखका दिन देउसी भैलो खेल्ने कार्यक्रम पनि छ।
यस बेजिङस्टोक क्षेत्रमा करिव एक हजार नेपाली घर परिवार रहेका छन् भने संस्थाको सदस्यमा ४९१ जना आबद्ध भइसकेका छन्। नव नियुक्त यस कार्य समितिले संस्थाको सदस्यतालाई बढाउने उद्देश्य लिएको छ। संस्थाको स्थापना सन् २००६ को अप्रिल महिनामा भएको थियो। संस्थाको पहिलो सस्थापक अध्यक्ष स्व. भक्तबहादुर लिम्बु हुन्। यो संस्था वेलायतको च्यारिटीमा समेत दर्ता भएको छ। जम्मा पाँच पाउण्डको शुल्क तिरेर आजिवन सदस्यता लिन सकिने संस्थाको नियम रहेको छ। साथै यसै क्षेत्रमा वसोवास गर्ने एनआरएन युकेका पूर्वअध्यक्षद्वय योगकुमार फगामी र पुनम गुरुङ पनि यही समाजमा आवद्ध छन्।
समाचार प्रस्तोताः जगदीश वाग्ले (बिएनसी सचिव)
चैत २३, २०७८ गते देशसञ्चार अनलाइनमाा प्रकाशित
समाचार राख्ने नमुना
काठमाडौँ – बेलायतस्थित बेजिङस्टोकमा बसोवास गर्दै आएका नेपालीले मार्च २३ मा स्थानीय पप्ली कम्युनिटी सेन्टरमा भव्यतासाथ ग्रिष्मकालीन पार्टी सम्पन्न गरेको छ।
दिउँसो १२ बजेदेखि रातको १० बजेसम्म चलेको उक्त पार्टी कार्यक्रममा भलिबल, टेडी बियर गेम, गोल सुटर, घैटो फुटाउने, डोरी तान्ने (टग–अफ–वार) र राफल चिट्ठाका कार्यक्रम सञ्चालन गरिएको थियो। दिनभर बार्बेक्यु (सेकुवा) र साँझको डिनर सकेपछि नाचगान सुरु भएको थियो।
यसै बीचमा सातौं साधारण सभाबाट निर्वाचित बेजिङस्टोक नेपाली समाज (बीएनसी) को कार्यसमितिका पदाधिकारी र सल्लाहकारको स्वागत तथा निवर्तमान पदाधिकारीको बिदाइमा खादा लगाएर सम्मान गरिएको थियो।
बीएनसीसमर पार्टी–२०२२ का संयोजक वसन्त गुरुङ र कार्यसमितिका अध्यक्ष ओम गुरुङले पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गरेका थिए।
नेपाली राष्ट्रिय गानबाट कार्यक्रम सुरुवात गरिएको थियो भने कार्यक्रमको सञ्चालन समितिका सचिव जगदीश वाग्लेले गरेका थिए।
समाजका अध्यक्ष ओम गुरुङको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा पार्टी संयोजक वसन्त गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
यसैगरी, कार्यक्रममा उपस्थित सबैको हेल्थ एन्ड सेफ्टीबारे कार्यसमितिका उपाध्यक्ष विजय लिङथेपले जानकारी गराएका थिए।
कार्यक्रमको सफलताका लागि सहयोग गर्ने दाता सहयोगीहरूको नाम सचिव वाग्लेले पढेर सुनाए भने सहभागी, सहयोगी सबैलाई अध्यक्ष ओम गुरुङले मन्तव्यसहित धन्यवाद दिएका थिए।
विभिन्न खेलकुदमा विजयी हुनेहरूलाई समाजका खेलकुद प्रबन्धक बलबहादुर थापाले पुरस्कार वितरण गरेका थिए।
भलिबल तर्फ पुन समाज प्रथम भएर रनिङ सिल्डबाट पुरस्कृत भए भने गुरुङ लाफा युनाइटेड र सेन्सवरी टिम क्रमशः दोस्रो र तेस्रो भएका थिए।
उक्त रनिङ शिल्ड बीएनसी गोरखा ग्रोसरीका प्रबन्ध निर्देशक एवं यसै समाजका खेलकुद प्रबन्धक बलबहादुर थापाले सौजन्यस्वरूप समाजलाई सहयोग दिएका थिए।
त्यस्तै, गोल सुटरतर्फको गोल पोस्ट पनि हाइट मोर्गेजका प्रबन्ध निर्देशक सुवास पुनले समाजलाई सौजन्यस्वरुप सहयोग गरेका थिए।
टेडी बियर गेममा आभाष गुरुङ प्रथम, तेजी पुन द्वितीय र स्याफ्रोन गुरुङ तृतीय भएका थिए। विवेक गुरुङ घैंटो फुटाउने गेममा पुरस्कृत भए भने डोरी तान्ने खेलमा महिलातर्फ– रुमा पुन, रितु गुरुङ, डेलिमाया पुन, तारा पुन, धन लिम्बू, विकी राना विजयी भए। पुरुषका लागि पनि डोरी तान्ने खेल सञ्चालन गरिएको थियो।
बेजिङस्टोक नेपाली समाज (बीएनसी) ले तिज पार्टी, दसैं/हिउँदे पार्टी, दीपावली एवं भैलो देउसी खेल्ने कार्यक्रम पनि तय गरिसकेको छ।
बेलायतस्थित बेजिङस्टोकमा एक हजार घरपरिवार नेपाली बसोवास गर्दै आएको बताइन्छ। बेजिङस्टोक नेपाली समाज (बीएनसी)ले आफ्नै भवन खरिद गर्न लागेको पनि जनाइएको छ।
deshsanchar.com/2022/05/09/647339/
समाचार प्रस्तोताः जगदीश वाग्ले (बिएनसी सचिव)
यसरी पनि राख्न सकिन्छ
स्थानीय अल्डवर्थ साइन्स कलेजको प्राङ्गणमा बेलायतस्थित बेजिङस्टोक नेपाली समाजले विभिन्न कार्यक्रमको आयोजना गरी नयाँ वर्ष २०८१ को भव्य स्वागत गरेको छ।
कार्यक्रम नयाँ वर्षको पहिलो दिनको १२ बजेदेखि रातको १० बजेसम्म खेल मैदान (आउट डोर) र सभा हलमा (इन डोर) गरी बिभिन्न चरणमा बाँडेर सञ्चालन गरिएको थियो। खेल मैदानमा बिभिन्न नेपाली समुदायको प्रतिनिधित्व रहेको सांस्कृतिक पहिरन सहितका झाँकी, भलिबल, डोरी तान्ने, घैँटो फुटाउने जस्ता कार्यक्रम सञ्चालित थिए भने झाँकी सहितको पंक्ति साँझको करिब ६ बजेतिर सभा हल प्रवेश गरेपछि हलभित्रका कार्यक्रमहरू सञ्चालित भए।
झण्डै साडे चार सयको उपस्थितिमा खचाखच भरिएको सभाहलमा बेजिङस्टोक नेपाली समाजका महासचिब जगदीश वाग्लेले कविता वाचन गर्दै नयाँ वर्ष २०८१ लाई स्वागत गरे।
कार्यक्रमको बिचबिचमा बार्बेक्यू, डिनर र हल्का पेय पदार्थले रौनक थप्दै लगेको थियो।
कार्यक्रमको उद्घाटन बेजिङस्टोक नेपाली समाजका अध्यक्ष ओम गुरुङ र उपाध्यक्ष एवं यस कार्यक्रमका संयोजक बिजय लिङथेपले पानसमा बत्ती बालेर गरेका थिए। उपाध्यक्ष एवं कार्यक्रम संयोजक बिजय लिङथेपले स्वागत मन्तव्य र अध्यक्ष ओम गुरुङले सहभागी, सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। हेल्थ सेफ्टीको बारेमा अर्का उपाध्यक्ष दुर्गा गुरुङले जानकारी गराए।
नेपाल तथा बेलायतका राष्ट्रिय गानसहित स्थानीय कलाकार र नेपाली राष्ट्रिय कलाकार भूमिका गिरीको बेजोड प्रस्तुतिले सहभागीहरूलाई भरपुर मनोरञ्जन दिन सफल भएका थिए।
नेपाल सरकार र बेलायत सरकारको बीचमा भएको द्विपक्षीय सम्झौता अनुसार छनौटमा परेर बेजिङस्टोक अस्पतालमा खटिएर आएका थप ६ जना नर्सहरूलाई पनि कार्यक्रममा स्वागत गरियो। यसअघि आएका १२ जना नेपाली नर्सहरूलाई पनि बेजिङस्टोक नेपाली समाजले अलग्गै कार्यक्रम संयोजन गरी स्वागत गरेको थियो।
खेलकुद तथा सांगितिक कार्यक्रमका विजेताहरूलाई वितरण गरिएका धेरैजसो पुरस्कारको आर्थिक एवं भौतिक सौजन्यता गोर्खा ग्रोसरीका कार्यकारी प्रवन्धक एवं बेजिङस्टोक नेपाली समाजका खेल संयोजक बलबहादुर थापाले गरे। उनको दानी मन र सहयोगका लागि सहभागीहरुले जोडदार तालीका साथ संयोजक थापालाई धन्यवाद प्रदान गरेका थिए। राफल ड्र का बिजेताहरूलाई संयोजक बलबहादुर थापा र स्थानिय गहना ब्यावसायी बेल बहादुर विश्वकर्माले सुनका गहना उपहार दिएका थिए।
यसै गरी २३ मार्च, २०२४ का दिन सम्पन बेजिङस्टोक नेपाली समाजको नबौं वार्षिक साधारण सभाले समाजको विधान २००६ लाई संशोधन गरी पारित गरेको थियो।
बेजिङस्टोक नेपाली समाजले आयोजना गर्ने समर (नयाँ वर्ष) पार्टी समाजमा आवद्ध जन समुदायको सहभागितामा सम्पन्न गरिन्छ भने विन्टर(दशैं) पार्टीमा स्थानीय विशिष्ठ पाहुनाजस्तै सांसद, मेयर, काउन्सिलर एवं संघसंगठनको प्रतिनिधित्व रहने गरी कार्यक्रम सञ्चालन गर्ने गरिएको छ।
समाचार लिंकः देशसञ्चार अनलाईन बेलायतमा बेजिङस्टोक नेपाली समाजद्वारा नयाँ वर्षलाई स्वागत
सामाचार प्रस्तोताः जगदीश वाग्ले
भदौ ९, २०८३ (अक्टोवर २०२६)
देशसञ्चार AI सारांश
बेजिङ्स्टोक नेपाली समाजले दिवंगत निर्मल पूर्जाको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरी शोक प्रकट गरेका छन्।
सभामा निर्मल पूर्जाका दाइ कमल पुर्जाले भावुक सन्देश दिँदै समाजको सहयोगप्रति आभार प्रकट गरे।
कार्यक्रमको क्रममा सबै अतिथिहरूले निर्मल पूर्जाका साहसिक कार्यहरूको प्रशंसा गर्दै मौन धारण र श्रद्धाञ्जली प्रकट गरे।
बेलायतस्थित बेजिङ्स्टोक नेपाली समाजलेनिर्मल पूर्जा ‘निम्स दाइ’ को सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ।
पाकिस्तानको ब्रोड पिक हिमाल चढने क्रममा हिउँपहिरोमा परी दिवंगत भएका स्व. निर्मल पूर्जा ‘निम्स दाइ’ र अन्य नौ जना पर्वतारोही समेतको सम्झनामा काउन्सिल अफिसको मेमोरियल प्रांगणमा आयोजित उक्त वृहद श्रद्धाञ्जली सभामा सांसद लुक मर्फी, मेयर ज्याकी टस्टाइन, काउन्सिलरहरू डा. पोल हार्वी, लोरा जेम्स, जोन म्याके लगायत विभिन्न समुदायका नेतृत्व र सर्वसाधारण ठूलो संख्यामा उपस्थित थिए।
श्रद्धाञ्जली सभामा निर्मल पूर्जाका दाइ कमल पुर्जाको उपस्थितिले सबैलाई भावुक बनाएको थियो।
बेजिङ्स्टोक नेपाली समाजका अध्यक्ष विजय लिङथेप र दाजु कमल पुर्जाले दिवंगत आरोहीहरुको तस्बिर नजिकै रहेको मैनबत्ती संयुक्त रुपमा दिप प्रज्वलन गरी शोक व्यक्त गरेका थिए। कार्यक्रममा परिवारका अन्य सदस्यहरू पनि उपस्थित थिए।
शोक मन्तव्यका क्रममा दाइ कमल पुर्जाले बेजिङ्स्टोक नेपाली समाजले सम्मानित व्यक्तित्वहरूको उपस्थिति सहितको श्रद्धाञ्जली सभामा परिवारलाई निम्ता गरेको भन्दै बेजिङ्स्टोक नेपाली समाजलाई धन्यवाद दिए। उनी भाइ निर्मल पूर्जाका स्मरणहरू सुनाउँदा भक्कानिएका थिए। भाइको देहावसानवाट परिवारको ठूलो आधार टुटेको बताउँदै कमल पुर्जाले तर आफ्नो भाइ नेपालमा जन्मेर विश्वले सम्मान गर्न लायकका साहसिक कार्यहरू गरेर कहिल्यै नअस्ताउने गरी रहिरहने बताए।
‘तपाईहरूले दिनुभएको पारिवारिक मायाममता सबै त्यसैको परिणाम हो,’ उनले भने।
कार्यक्रममा शोक मन्तव्य दिने क्रममा आमन्त्रित अतिथिहरू सांसद लुक मर्फी, मेयर ज्याकी टस्टाइन, काउन्सिलरहरू डा. पोल हार्वी, लोरा जेम्स, जोन म्याकेलगायत सबैले निर्मल पूर्जाको साहसिक कार्यको प्रशंसा गरेका थिए।
पाकिस्तानको ब्रोड पिक हिमाल चढने क्रममा हिउँ पहिरोमा परी दिवंगत भएका निर्मल पूर्जा ‘निम्स दाइ’ र अन्य नौ जना पर्वतारोही समेतको सम्झनामा आयोजित श्रद्धाञ्जली सभामा एक मिनेट मौन धारण गरिएको थियो र उपस्थित सवैले लाइन लागेर श्रद्धाञ्जली प्रकट गरेका थिए। लाफा समाजका अध्यक्ष एवं बेजिङ्स्टोक नेपाली समाजका उपाध्यक्ष बलबहादुर थापाले सैनिक पोशाकमा उपस्थित भएर स्यालुट दिएका थिए। निर्मल पुर्जाले वेलायतको गोर्खा ब्रिगेडियरमा सेवारत रही अवकाश लिएका थिए।
कार्यक्रममा बेजिङ्स्टोक नेपाली समाजका तर्फबाट महासचिव जगदीश वाग्लेले कार्यक्रमको सञ्चालन गरेका थिए र निर्मल पुर्जाको साहसिक कार्य र प्रेरणादायी सन्देश समेटेर तयार पारेको शोक सन्देश पढेर सुनाएका थिए। बेजिङ्स्टोक नेपाली समाजका अध्यक्ष विजय लिङथेपले सवैलाई धन्यवाद दिंँदै दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरे र शोकाकुल परिवारजनमा समवेदना दिँदै सभा विसर्जन गरेका थिए।
समाचार लिंक देशसञ्चार बेलायतमा यसरी गरियो निर्मल पुर्जाको सम्झना भदौ ९, २०८३
सामाचार प्रस्तोताः जगदीश वाग्ले महासचिव
Respected Chief Guest, distinguished dignitaries, community leaders, respected elders, brothers, sisters, and dear friends,
Namaste, and a very warm welcome to you all.
Standing before you today on behalf of the Basingstoke Nepalese Community (BNC), my heart is filled with profound sorrow, but also with immense pride.
Today, we have gathered to honour an extraordinary son of Nepal, a proud British-Nepali, a valued member of our wider community, and a global symbol of courage and determination — Nirmal “Nims Dai” Purja — and to remember all the brave climbers who lost their lives on Broad Peak.
Born in Dana village, Myagdi, a son of Mr Nandbahadur purja and Mrs Purna kumara Purja, Nims Dai overcame great challenges from an early age. He joined the Brigade of Gurkhas in 2003 and later became the first Gurkha to join the UK’s elite Special Boat Service, the SBS. Married in 2008 with Suchi Gurung, daughter of Mr Tej Gurung and Mrs Suku Gurung, loving family blessed a cherish daughter Himani.
His military career built the discipline, courage and resilience that later defined his extraordinary mountaineering journey.
In 2019, Nims Dai achieved what many believed was impossible — climbing all 14 of the world’s 8,000-metre peaks in just 189 days.
He did not simply climb mountains.
He redefined what human courage, determination and perseverance could achieve.
His message was simple:
“Giving up is not in my blood.”
And he lived those words.
He inspired millions to dream bigger, overcome fear, and never accept that something is impossible.
Today, however, our grief is not only for Nims Dai. We mourn all ten climbers who lost their lives in the devastating avalanche on Broad Peak.
We remember our Nepali brothers:
Nirmal “Nims Dai” Purja,
Pur Bahadur Gurung “Yukta”
Kili Pemba Sherpa “Kilu”
Nima Sherpa
Nawang Thindu Sherpa and
Gyalu Sherpa.
And we also remember:
Sohail Sakhi of Pakistan,
Mallory Geis of the United States,
Nadhira Ahmed Abdullah Al Harthy of Oman, and
Wang Zhong of China
Ten lives.
Ten dreams.
Ten families.
Ten remarkable stories.
To all the grieving families in Nepal, the UK and around the world, the Basingstoke Nepalese Community extends our deepest and most heartfelt condolences.
Your loss is our loss. Your sorrow is our sorrow.
Distinguished guests,
The mountains may have taken these brave souls from us, but they can never take away their legacy.
Their courage will remain in our hearts. Their stories will inspire generations.
And Nims Dai’s legacy will forever be connected with the mountains he loved, the Gurkha spirit he embodied, and our motherland Nepal.
Nims Dai taught us to dream without fear, to push beyond our limits, and above all, never to give up.
So today, we say goodbye with pride, gratitude and love.
We will remember you.
We will honour you.
We will carry your inspiration forward.
And we will never give up.
Farewell, Nims Dai. Farewell to all the brave climbers.
May your spirits soar forever above the highest peaks of the world.
May your souls rest in eternal peace.
We will never, ever forget you.
Om Shanti. Om Shanti. Om Shanti.
May the departed soul rest in peace.
Thank you.
Jagadish Wagle, General Secretary
Basingstoke Nepalese Community UK
Factory Direct: Buy 1 Get 2 Free (निम्स पुर्जा श्रद्धांजलि सभा युकेमा॥ निम्सका दाईद्वारा भावपुर्ण सम्वोधन॥ मेयर तथा सॉसदहरुको उपस्थिती You Tube Vedio by MANJU LINGDAM
--------------------
यस नेपाली मेलामा उपस्थित सम्मानित अतिथिज्यूहरू,
आमा, वावा, दिदी बहिनी, दाजु भाई एवं मित्रहरू
यहांहरू सबैलाई नेपाली पन, तन, र मनको प्रतिनिधित्व गर्दै आएको बेजिङस्टोक नेपाली समाजको तर्फबाट म महासचिव जगदीश वाग्लेको न्यानो अभिवादन- जय नेपाली ! जय नेपाल!
सर्व प्रथम, नापाली मेलाका आयोजक तमु धिं युके र सह आयोजक नेपाली राजदूतावास वेलायत लगायत मेलालाई सफल पार्न अहोरात्र खटनु हुने सबैलाई सहभागिताको यो अवसरका लागि हार्दिक धन्यवाद दिन चहान्छु।
बेलायतको दक्षिण भेकमा पर्ने ह्याम्पशायर क्षेत्रको बेसिङस्टोकमा पछिल्लो समय नेपाली समुदायको विस्तार हुँदै गएको छ र अहिले करिव हजारको हाराहारीमा नेपालीका घरहरू भइसकेका छन्। त्यसैको प्रतिनिधि संस्था हो- बेजिङस्टोक नेपाली समाज ।
बेजिङस्टोक नेपाली समाज सन् २००६ मा जन्मिएर हाल २६ बर्ष पार गरिसकेको लक्का जवान सामाजिक संस्था हो। यो समाजमा एका घरका ७०० जनाले जम्मा १० पाउण्ड मात्र सदस्यता शूल्क तिरेर आजिवन सदस्यता लिईसक्नु भएको छ। यो समाज वेलायतको च्यारिटीमा पनि दर्ता भएको ठूलो सस्था हो। बेजिङस्टोक नेपाली समाज विभिन्न पृष्ठभूमि, पुस्ता र जातीय सभ्यतामा आस्थावान नेपालीहरूको साझा थलो पनि हो। बेजिङस्टोक नेपाली समाजमा बेजिङस्टोकका गुरुङ समाज, लाफा (मगर) समाज, लिम्बु समाज, राई समाज, ठकुरी समाज लगायतका जातिय समाजले पदेन सदस्यताको प्रतिनिधित्व गर्दै आउनु भएको छ।
बेजिङस्टोक नेपाली समाजले विभिन्न चाड पर्वहरू सामूहिक रूपमा मनाउँने गरी आएको छ। विशेषगरी बेलायतमा हुर्किरहेका नयाँ पुस्ताले नेपाली भाषा बोल्न, आफ्ना चाडपर्व बुझ्न र आफ्नो मौलिक पहिचानप्रति गर्व गर्न सकून् भन्ने उद्देश्यले विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधि आयोजना गर्ने गरिएको छ। त्यस अलावा जनचेतना मुलक कार्यक्रम, दान-सहयोग, स्मृति सभाहरू पनि गरिँदै आएको छ।
वेलायतका स्थानीय सरकारी निकाय, साँसद, मेयर काउन्सीलर, प्रहरी लगायतका महत्वपूर्ण प्रतिनिधि, संस्थासँग बेजिङस्टोक नेपाली समाजको राम्रो सम्बन्ध रहेको छ। वहाँहरूको नजरमा पनि बेजिङस्टोक नेपाली समाजको पृष्ठभूमी उत्कृष्ठ रही आएको छ।
जाँदाजाँदै, हामी सानो सुझाव पनि राख्न चहान्छौं-
नेपाली बंशजको नागरिकता, मताधिकार र आजसम्म आर्जन गरेका धनसम्पत्ति, स्वाभिमान र सम्मानको सहज स्वामित्व हस्तान्तरणको विषय प्रवासी नेपालीहरूका लागि निकै चुनौतिपूर्ण बन्दै गएको छ। राजनीति गर्नेहरूको नारा चर्का, निर्णय आलेटाले; सत्तामा एक थोक र सत्ता बाहिर अर्कै थोक हुने गरेको देखी बुझी आएका छौं। अवसरको खोजीमा देश बाहिर रहेका नेपालीलाई नियतवस कानूनका अक्षर, दफा र बुंदाहरूको पर्खाल लगाएर वंशजको नागरिकता बंचित गर्ने मनसाय पो हो कि भन्ने हामीलाई महशुस हुन थालेको छ। पुस्ता र स्वाभिमान जोगाउन यसको प्रतिवाद गर्नु पर्छ। यस तर्फ पनि नेपाली मेला भर्न आज हामी जसरी जुटेका छौं त्यसरी नै जुटौं, जुटाउने कार्यक्रम संचालन गरौं भन्ने सुझाव मनन गर्नु हुनेछ भन्ने विश्वास लिएका छौं।
केही दिन अघिको वाडी-पहिरोले नेपालमा ठूलो संख्यामा जन धनको क्षति भएको छ। दुखको यस घडीमा ज्यान गुमाउनु हुनेहरू प्रति गहिरो श्रद्धान्जी, शोकाकुल परिवारजनमा समवेदना, घाइतेहरूको शीघ्र स्वस्थ्यलाभको कामना र विस्थापितहरूको सहज पुनस्थापना होस भन्ने कामना गर्न चाहन्छौं।
अन्तमा, नेपाली हुनु भनेको एकअर्काको साथ, नेपालीपन र आफ्नो पहिचानलाई सँगसँगै अघि बढाउनु, संगठित रहनु पनि हो भन्ने मान्यता र प्रतिवद्धता सहित यहांहरूवाट विदा हुन चहान्छौं।
धन्यवाद
जय नेपाली, जय बिएनसी
जगदीश वाग्ले, महासचिव
३० अगष्ट २०२६ नेपाली मेला
YouTube Chanel Nepalicreator Nepali Mela 2026 UK! राजु लामा देखि सांसद इन्दिरा राना सम्म | Special Interviews - YouTube