आजको समाजमा अनेक किसिमका विकृतिहरु छन् र एसको कारणहो परिवारहरुको योगले निर्मित हाम्रो समाज.वीक्रितीहरुको निराकरणको लागी परिवारहरुले बनेको हाम्रो समाजको भिन्दै किसिमले संरचना बनावउनु पर्दछ.सर्वप्रथम म यो स्पस्ट गर्ने प्रयाश गर्दछु कि कसरि परिवार विकृतीहरुको कारण बनेकोछ र त्यस पछी परिवार रहित समाजको सरचना गर्ने उपायहरु लेख्ने प्रयास गर्नेछु.
यौटा समाजमा हजारौं परिवार हुन् सक्छन .विभीन्ननाता गोता हुन्छन मानव समाजमा ,जस्तै काका ,काकी ,मामा,माइजु ठूलो बुवा,स्यानो बुवा,सानिमा,ठूलीआमा ...इत्यादि .
यौटा व्यक्तिले चाहन्छ आफ्नानातेदारहरूको उन्नती होस् ,प्रगती होस.जस्कोलागी उसले सहयोग गर्दछ ,र यदि उकुनै येस्तो पदमा छ जसको शक्तीले कसैलाई केही गर्न सकिन्छ भने उसले गर्छ .मेरो विचारमा समाजमा व्याप्त थरि-थरिका विकृतीहरुको लागी परिवाररूपी सामाजिकइकाईनै जिम्मेदारछ.एसका निम्नलिखित कारणहरु छन -
१) भ्रष्टाचारको जरो ---- मानव समाजको इकाईहो परिवार ,जसमा आमा,बाबु रछोरा,छोरी हुन्छन .ठूलो परिवार भयो भने हजुराआमा ,हजुरबुवा एवं परिवार का अन्यसदश्यहरू पनी हुन् सक्छन .
धनीमानिसछ भने उसलेपनी केही न केही गर्न चाहन्छ आफ्ना नातेदारहरुको लागी .यसकारणले उच्च पदमा रहेको मान्छे होस् वा कुनै पैसावाल ,नातेदाहरुकोलागी भ्रस्टाचारगर्नु परेपनी उस्ले गर्दछ .
यै कारणले समाजमा भ्रस्टाचार भईनै रहन्छ .
भ्रस्टाचार न गर्ने सारै सोझाहरु हुन्छन वा डराउने मानिषहरु हुन्छन .मात्र कानूनीउपायले यो समाप्त हुन् असम्भवछ. देशको नाउँमा ,मानव - प्रेमको नाउँमा भ्रस्टाचारनगरौं भनेर समस्याको समाधान हुन सक्तैन .यौटा व्यक्ति आफ्नो परिवारमा बस्छ,जहिलेपनि उ नातेदारहरु संग भेट-घाट गरि रहन्छ र उसलाई जसरी भएपनीउनीहरूका लागी केही गर्ने प्रेरणा मिलिराखेको हुन्छ. देश र मानव - प्रेमका कुराहरुलेभन्दा नाता-रिस्ताहरुले उसको हृदयलाई छोई रहेका हुन्छन र उस्ले भ्रस्टाचार गर्दछ .
2) अन्धविश्वास र भ्रमहरुको केन्द्र ----
यौटा बच्चा जसरि-जसरि ठूलो हुँदै जान्छ ,पारिवारिक वातावरणमा ब्याप्त अन्धविश्वास र भ्रमहरुले उसको मन-मस्तिस्कमा जराहरु गडाउन्दै जान्छन र जबसम्म उ युवावस्थामा पुग्छ ,उ अन्धविश्वासी र भ्रमित ब्यक्ती बनि सक्या हुन्छ.सारै थोरै तेस्ता परिवार हरु होलान जहा येस्तो हुदैन.
भिन्दा-भिन्दै धर्महरुमा आधारित ईश्वरको धारणा उसमा पलाउँछ र उ सत्य को खोजीनै न गरि यौटा अन्धविश्वासमा आधारित ईश्वरको रूपको कल्पना गर्न थाल्दछ वा नास्तिक हुन् पुग्दछ.
अन्धविश्वासको कारणले उस्मा थरि-थरिका डरहरु पलाउछन र उसको स्वाभाविक विकास हुन् पाउदैन.येस कारणले प्राकृतिक रूपमा उसमा जति क्षमाताको प्रादुर्भाव उनु पर्ने थियो त्यो हुदैन.
3) जातिवाद,नश्लवाद एवं धार्मिक असहिस्नुताको कारण ----
एउटा व्यक्तिको जन्म भए पछी उसको जात,नश्ल एवं धर्म त्यै हुन् जान्छ जुन परिवारमा उसको जन्म भएको हुन्छ. जन्मे पछी उसलाई विभिन्न संस्कारहरु दिईन्छ ,परम्पराहरुमा उ आबध्धहुन्छ.जात-धर्म आदिका परम्पराहरुको कारण उ आफुलाई यौटा विशिष्ट समुदायको सदश्यको रूपमा पाउँछ.फलस्वरूप उसको हेल-मेल त्यै समुदायका व्यक्तिहरुसंग बढी मात्रामा हुने गर्दछ.कालान्तरमा उसलाई अन्य समुदायका ब्यक्तीहरुले गर्ने क्रियाकलाप आफ्नो समुदायले गर्ने क्रियाकलाप भन्दा तल्लो दर्जाका लाग्न थाल्दछ.
यही भावनात्मक तथ्यलाई राजनितीगर्नेहरुले समय-समयमा प्रयोग गरेर दुई समुदायका बिचमा वैमनस्यता उत्पन्न गराउने काम गर्दछन र हुन् सक्छ झैं-झगडा र मारकाट गराउन पनि पछी पर्दैनन.
कुनै व्यक्तिको जात उस्ले गर्ने कामको आधारमा हुनुपर्दछ र धर्म कुन परिवारमा जन्म्यो तेस्को आधारमा न भएर ,उ बालिग भए पछी उसले अपनाउने धर्मको आधारमा हुनु पर्दछ.जन्मकै आधारमा धर्म निश्च्चित हुने सामाजिक परिपाटीलाई बदलिनु पर्दछ.प्रत्येक व्यक्तिलाई उसले अपनाउने धर्म उ बालिग भएपछी मात्रै निश्चित गर्ने परिपाटी हुनु पर्दछ.
जहा सम्म नस्लको कुरा हो त्योत जन्माउने आमा-बाबुकै आधारमा निश्चित हुन्छ.तर यहाँ पनि पुराना परम्पराहरुले गर्दा विवाह सम्बन्ध एउटै जात र नस्लको बिचमा गर्ने परम्पराले गर्दा मानव समुदायलाई एक गर्ने ,मानव-मानवका बिचमा प्रेम र भाईचाराको सम्बन्धको विकास गर्ने बाटोमा तगारो हाल्ने काम गर्दछ .
दुइ भिन्दा भिन्दै नश्लका युवा-युवतीहरुको बिचमा वैवाहिक सम्बन्ध वैज्ञानिक तथ्यमा राम्रो हुन्छ ,किनकि उनीहरुका सन्तानहरुमा दुवै नश्लका राम्रा गुणहरु आउँछन (नराम्रा गुणहरु आउने सम्भावना हुदैन).पशु-पन्छी र वनस्पतीमा एसको प्रयोग गरेर उनीहरुको विकास गरिएको छ ,तर आश्चर्य ! मानिसचाहिं परम्परा अपनाउने चक्करमा आफ्नै विकासको मार्गमा तगारो बन्न पुगेको छ.
माथि उल्लिखित मानव प्रगतिका मार्गहरु परिवारको सामाजिक व्यवस्था रहुन्जेल हुने सम्भावना छैन, किनकी उनीहरु परम्परासंग येसरी जोडिएकाछन् कि तेस्को विरोधमा सुन्न र केही नया काम गर्ने आँट गर्न सक्तैनन.तसर्थ यो परिवारको सामाजिक परम्परालाई अब समाप्त गर्ने मार्गमा समाजले केही नया पाईलाहरु चाल्नु आवश्यकछ.
युवा-युवतीहरुमा असन्तोषको उत्पत्ती .....
१)जुन घरको तनावयुक्त वातावरण हुन्छ त्यहाँ युवा-युवतिहरुपनी तनाव र चिन्तामा आफ्नो अमुल्य समय बितावुन बाध्य हुन्छन .येस्तो वातावरण को अनेक कारणहरू हुन सक्छन ...जस्तै ;आमा-बाबुमाहुने झैं-झगडा (जति ठुलो ,तेतीनै नराम्रो ) र केहीमाहुने पारपाचुके ,आर्थिक कारण ,रक्शी सेवन आदि .
२)आमा-बाबुको ईछ्या अनुसार आफु बन्नु पर्ने चाप धेरै युवा-युवतीहरुले सहनु पर्छ र उनीहरुमा बाबु-आमा प्रति वितृष्णा उत्पन्न भएर उनीहरुको राम्रो विकाश हुन् पाउँदैन .
३)अनपढ बाबु-आमाको कारणले कतिपय युवा-युवतीहरुको उचित विकाश नभएर उनीहरुमा तनाव उत्पन्न हुन्छ.
४) बढी धनि परिवारमा जन्मेकाहरुले पैसाको दुरुपयोग गरेर आफ्नै जीवन बर्बाद गरिरहेका हुन्छन.
५)आजको आधुनिक युगमा बाबु-आमा दुवै आ-आफ्नै काममा व्यस्त हुने सम्भावना बढ्दै गएको छ ,जसलेगर्दा बच्चाहरुको प्रति उचित ध्यान दिन असमर्थ बाबु-आमाका सन्तानहरुमा थरि-थरिका समश्याहरू उत्पन्न हुने गर्दछन.
उपर्युक्त वर्णनमा केही बुंदाहरु छुटेकाहुनसक्छन ,तर यो स्पस्ठ हुन्छकि वर्तमान युगमा परिवाररूपी सामाजिक इकाईको कारणले समाजमा थरि-थरिका विक्रितीहरू पलाएका छन् र इनको निराकरणका लागि समाजको संरचना बेग्लै किसिमले गर्नुपर्ने हुन् आउँछ.म आफ्नो विचार तल लेख्ने प्रयाश गर्दछु.
समस्या-समाधानको उपाय ---
हालको परिवारहरू द्वारा बनेको सामाजिक-संरचनामा परिवर्तन न ल्याई उपर्युक्त समस्याहरूको निराकरण गर्न सकिन्न.लाख कोशिश गरे पनि वर्तमान संरचनामा टाल-टूले नीतिले न भ्रष्टाचार रोकिन्छ ,न जात-जाति र समुदायहरू बीचमा हुने वैमनश्यता र मारकाटनै रोकिन्छ.
वर्तमान युगलेपनि सामाजिक परिवर्तनको लागी उपयुक्त वातावरणको सृजना गरि सक्याछ. यहाँ आमा-बाबु दुवै ब्यस्थहुन थालेकाछन, उनीहरूसँग बच्चाहरूको लागी समय छैन. तसर्थ समाजको यो वर्तमान परिवारको ठाउँमा ठूलो परिवारको स्थापना तिर लाग्नु पर्दछ.
ठूलो-परिवार ----
बच्चाहरू तीन वर्षका भए पछी उनीहरूको लालन-पालन एवं शिक्ष्या-दिक्ष्याको व्यवस्था ठूलो परिवारहरूको स्थापना गरेर गर्नु पर्दछ.यौटा बच्चा ३ वर्षको भएपछी उस्का आमा-बाबुले उस्लाई ठूलो परिवारमा लगेर हस्थान्तरण गर्नु पर्दछ,र त्यस पछि उनीहरूको त्यो बच्चा संग कुनैपनि व्यक्तिगत सम्बन्ध रहनु हुदैन.बच्चाको बाबु-आमाको पहिचानहुने विवरण,त्यो ठूलो परिवारबाट सदाका लागि समाप्त हुनु पर्दछ.
हालका स्कूलहरूको ठाउँमा भविष्यमा ठूला परिवारहरूको स्थापना हुनु पर्दछ,वर्तमानका स्कूलहरू जस्तै.
दुई थरिका ठूला परिवारहरु हुनेछन-
१) सरकारी २) व्यक्तिगत अर्थात प्राइवेट
प्रत्येक दम्पतीले सरकार अथवा व्यक्तिगत ठूला परिवारमा नियमित रूपले कर अथवा निश्चित रकम बुझाउनु पर्ने छ,बच्चाको भर्नाको लागि,जसको निर्धारण ठूलो-परिवारको स्तरले गर्नेछ.
प्राईवेट ठूला परिवारहरु अहिलेका बीमा-संस्थानहरू जस्तै खोल्न सकिन्छन.
ठूला परिवारहरू विभिन्न उमेरका केटा-केटीहरुको लागी भिन्दा-भिन्दै वा सबै उमेर समुहका लागि,कुनै कुनै धेरै ठूलो रूपमापनि स्थापित गर्न सकिनेछ.....अहिलेका ठूला-ठूला स्कूलहरू जस्तै.
ठूला परिवारहरूमा केटा-केटीहरूको लालन-पालन राम्रो संग गर्नुका साथै उनीहरूको शिक्ष्या-दिक्ष्यापनि गरिने हुनाले,इनिहरुले ठूलो जिम्मेदारी वहन गर्नु पर्ने हुन्छ. जस्को लागी मानव-श्रोतको राम्रो विकास गर्नु पर्ने हुन आउंछ.
स्कूल उमेरपछिका युवा-युवतीहरुलाई उनीहरूको क्ष्यमता अनुसार भिन्दा-भिन्दै ठूला-परिवारहरूमा पठाउनुनै उपयुक्त देखिन्छ. विज्ञान,मानविकी,कानुन आदि विभिन्न क्ष्येत्रहरूकालागी विभिन्न ठूला परिवारहरू संचालन गर्नुनै उपयुक्त देखिन्छ.
कम क्ष्यमता भएका युवा-युवातिहरूकालागी उस्तै खालका ठूला-परिवारहरुको स्थापना गर्नु पर्ने हुन्छ.