धरान आई केयर सेन्टर प्रा. लि. धरान शहरको वडा न.- १० पुतली लाईनमा अवस्थित छ यसको पस्चिम पट्टी भाटभटेनि सुपरमार्केट तथा पूर्वपट्टी बिजयपुर अस्पताल रहेको छ।
धरान आई केयर सेन्टर प्रा.लि.ले धरान लगायत वरिपरि रहेका प्रमुख नगरहरु (भेडेटार, राजारानी, धनकुट्टा, हिले, सिधुवा, बुढीमोरङ्ग, पानमारा(पानबारी), सतिशाले, केराबारी, लेटाङ्ग, तरहरा, चकरघट्टी, चतरा, बराहक्षेत्र, बेलटार्, फत्तेपुर, गाइघाट लगायत सुनसरीका वरीपरिका जिल्लाहरु धनकुट्टा, भोजपुर, गाइघाट, खोटाङ्ग, शोलू, ओखलढुङ्गा, चैनपुर, सँखुवासभा, तेर्हथुम, पाँचथर, ताप्लेजुङ्ग सम्म बाट आउने सम्पूर्ण आँखाका बिरामीहरुलाई सेवा पुर्याउदै आईरहेको कुरा सम्पूर्ण महानुभावहरुमा जानकारी गराउदछौ /
हामी दैनिक रुपमा आँखाका सम्पूर्ण बिरामीहरुको नियमित आँखा परिक्षण तथा उपचार गर्ने लगायत तिलगंगा आँखा अस्पताल काठमाडौंबाट निब्रित्त बरीस्ठ आँखाका बिशेषज्ञहरुबाट मोतिबिन्दु, जलबिन्दु, आसुँनली, परेलाको कस्मेटिक सल्यकृया, बच्चाहरुको अल्छे आँखा, आँखाको पर्दाको बिशेष सेवा लगायत अन्य बिशेष परिक्षण सेवासमेत उपलब्ध भएको कुरा पनि जानकारी गराउदछौ।
यहाँ हामी कन्ट्याक्ट लेन्स लगायत बिभिन्न किसिमका ब्रान्डेड चस्मा, फ्रेमहरु लगायत आधुनिक किसिमका चस्माका लेन्सहरुको समेत सेवा दीई रहेका छौ ।
धरान आई केयर सेन्टर प्रा. लि. आँखाको क्षेत्रमा सेवा पुर्याउने उदेश्यले २०७८ शालमा स्थापना भई २०७९ मङ्सिर महिना देखी सेवा सन्चालन गर्दै आईरहेको संस्था हो । जसको आँखामा समस्या भएका बिरामीहरु उपचारको लागि ठुलो धनराशी खर्चगरी देशको अन्य शहरहरु वा बिदेशसम्म पुग्न नपरोस। अनभिज्ञताका कारण हुने अनावश्यक खर्चहरु तथा समयको बचतगरी अत्याधुनिक प्रबिधिद्वारा आँखा उपचारको सेवा धरानमै उपलब्ध गराउने हाम्रो उदेश्य रहेको छ।