Nepali Font तथा Nepali Unicode बारे केही कुरा

        नमस्ते! म शैलेन्द्र बजगाईं । हामी धेरै जसोले कम्प्युटर प्रयोग गरी देवनागरी लिपिमा लेख्नको लागि “प्रीति” नाम गरेको नेपाली फन्ट प्रयोग गर्ने गरेका छौं । तर मैले उक्त फन्ट प्रयोग गरी देवनागरी लिपिमा लेख्दा धेरै नेपाली अक्षरहरू त्यसमा उपलब्ध नभएको कारण अशुद्ध लेख्न बाध्य हुनुपर्‍यो । जस्तै : “महत्त्वपूर्ण” को साटो “महत्वपूर्ण” लेख्न बाध्य हुनु । यीनै समस्याहरूलाई समाधान गर्नको लागि मैले “आमा टेक्सटुअल”“बुद्ध”“केबिना नर्मल”“जरोकिलो” आदि फन्टहरू बनाई यो साईटमा राख्ने प्रयास गरेको छु । यसै गरी एक्सेलमा जोडघटाउगुणन तथा भागको कामहरु गर्न सजिलो भनेर आमा न्युमेरिककेबिना म्याथबुद्ध अङ्क आदि फन्टहरू (True Type Font-TTF) पनि तयार गरी यस साईटमा राखेको छु । "प्रिती"मा उपलब्ध नभएका अक्षर तथा जस्तैः ह्यआधा "य", आधा “त्र”कोष्ठक चिह्नवर्गमूलको चिह्न (),  नेपालको झण्डा आदि धेरै अक्षर तथा चिह्नहरू मैले बनाएका सबै फन्टहरूमा पाउनु हुनेछ मैले बनाएको फन्टमा उपलब्ध भएका अक्षर तथा चिह्नहरु  "1. Shortcut Keys of Kebina Math the BEST  Nepali Font.png" डाउनलोड गरेर हेर्न सक्नुहुनेछ ।

मैले यस साईटमा नेपाली युनिकोड (Nepali Unicode Font) सम्बन्धी पनि जानकारी दिने प्रयास गरेको छु ।  नेपाली युनिकोड प्रयोग गर्नु अघि यसलाई  कम्प्युटरमा जडान अर्थात "ईन्स्टल" गर्नु पर्ने हुन्छ । त्यसैले मदन पुरस्कार पुस्तकालयले मदन पुरस्कार पुस्तकालयले विकसित गरेको नेपाली युनिकोड-ट्रेडिस्नल  नेपाली युनिकोड-रोमनाईज्ड पनि सङ्कलन गरी राखेको छु । यी दुई मध्ये आफूलाई उपयुक्त हुने सफ्टवेय निःशुल्क डाउनलोड गरी आफ्नो कम्प्युटरमा ईन्स्टल गर्न सक्नु हुनेछ । यसरी नेपाली लेखनलाई सरल बनाउने मदन पुरस्कार पुस्तकालय तथा यस कार्यको लागि आफ्नो अति महत्त्वपूर्ण समय प्रदान गर्नु हुने सदस्यहरूलाई धन्यवाद नदिई रहन सकिदैन ।

आशा छ, मेरो सानो प्रयासले नेपाली युनिकोड तथा नेपाली फन्टको प्रयोगमा सहज बनाउने छ । नेपाली युनिकोड तथा मैले बनाएका नेपाली फन्टहरू गरी आफ्ना अनुभव तथा आवश्यक सल्लाह सुझाव मलाई मेरो ईमेल ठेगानामा पठाउनु हुनेछ भनी अपेक्षा गर्दछु। धन्यवाद ! ईमेल ठेगाना : shailendrabajagai@gmail.com

    
नेपाली युनिकोडको परिचय:

कम्प्युटर लगायत सूचना प्रविधिमा नेपाली भाषाको प्रयोग गर्नका लागि तयार गरिएको देवनागरी लिपि र अन्य सफ्टवेयरहरूलाई समष्टिमा नेपाली युनिकोड भनिन्छ। यसमा भएको विकासले नै विकिपिडिया लगायत अन्य लाखौं वेबसाइटहरूमा नेपालीको प्रयोगमा सरलता एवम एकरूपता आएको छ।

नेपाली युनिकोडको इतिहास

कम्प्युटर बनाउनेहरूले यसमा प्रयोग हुने सबै अक्षर तथा अङ्कहरूलाई कम्प्युटरले बुझ्ने एकमात्र भाषा बाइनरि (अङ्ग्रेजीमा binary) भाषामा सङ्केतबद्ध गर्नका निम्ति एस्कि (ASCII) प्रयोगमा ल्याए। एस्कि प्रणालीमा अङ्ग्रेजीमा प्रयोग गरिने २६ वटा ठूला अक्षर, २६ वटा साना अक्षर, १० अङ्क र अन्य लिपि-सङ्केतहरू गरि जम्मा १२८ वटा सङ्केतहरूलाई मात्र आबद्ध गर्न सकिन्छ। फलस्वरूप कम्प्यटरमा अङ्ग्रेजी भाषाका अक्षरहरू मात्र प्रयोग गर्न सकियो। युरोपकै धेरै भाषामा प्रयोग गरिने बर्णमालाका कतिपय अक्षरहरू पनि त्यसमा अटाएनन्। पछि युरोपका ती अक्षरहरू अटाउने गरि एस्किलाई बिस्तार गरि २५६ सङ्केतहरू अट्ने बनाइयो।

अझैपनि देवनागरि, जापानी, चिनीया, कोरियाली, उर्दू लगायत विश्वका थुप्रै भाषाका बर्णमाला सङ्केताबद्ध भएनन्। जापानी, कोरियाली र चिनियाहरूले त्यसको निम्ति बैकल्पिक ब्यबस्था तयार पारेर समस्या समाधान गरे पनि, देवनागरिको कुनै ब्यबस्था नभैसकेको अवस्थामा नेपाली भाषाका प्रयोगकर्ताहरूलाई घरायसी र कार्यालयका दैनिक कामकाजहरू कम्प्युटरको सहायताले गर्दा धेरै समस्या पर्ने गर्थे। कम्प्युटरले नेपाली भाषा नचिन्नु नै त्यसको मुख्य कारण थियो।

छापाखाना लगायत अन्य प्रकाशकहरूले एस्किकै फन्टहरूलाई नेपाली अक्षरको रूपमात्र दिएर समस्याको कामचलाउ समाधान निकाले । जस्तै: आमा टेक्स्टुअल, प्रिती, रुकमिनी आदी तथा गणितको काम गर्न सजिलो होस् भनेर केबिना म्याथ, आमा न्यूमेरीक जस्ता थुप्रै फन्टहरूले एस्किकै अक्षरहरूलाई आ-आफ्ना हिसाबले नेपाली रूप दिए। त्यसो गर्नाले फरक-फरक फन्ट बिच एकरूपता भएन र नेपालीमा टाइप गरिएका कुराहरू कम्प्युटरमा सङ्ग्रह गर्दा अङ्ग्रेजीमा सङ्ग्रह हुने गर्थ्यो।

अन्तर्राष्ट्रिय स्तरमै नेपाली लगायत यस्ता थुप्रै भाषाहरूलाई कम्प्युटरमा सङ्केताबद्ध गर्न युनिकोड प्रणालीको विकास गरियो। युनिकोडमा संसारका थुप्रै भाषाका गरि करिब एक लाख अङ्क र अक्षरहरू सङ्केताबद्ध गरिएको छ। यसो गर्नाले ती सबै बर्णमालाका अक्षरहरू कम्प्युटरले सङ्ग्रह गर्दा ती अक्षरको आ-आफ्नै सङ्केत प्रयोग गर्न सक्यो।

विशेषताहरू

नेपालमा पहिले अङ्ग्रेजी नजान्नेले कम्प्युटर सिक्न निक्कै गार्हो थियो। तर अब त्यस्तो अवस्था छैन। किनभने कम्प्युटरले नेपाली भाषा बुझ्न थालेको छ। हाल उपलब्ध खुला-श्रोत वा ब्यबसायिक आधुनिक सञ्चालन प्रणाली र अन्य सफ्टवेयरहरूमा युनिकोड प्रयोग क्षमता हुन्छ। नेपाली भाषामा कम्प्युटर प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफ्नो कम्प्युटरमा भएको युनिकोड सुविधा खोल्नु पर्ने हुन सक्छ, तर कतिपयमा यो सुरुमै खोलिएको पनि हुन सक्छ।

एकरूपता

एकठाउँमा बनाएको नेपाली डकुमेन्ट अर्को कम्प्युटरमा लैजाँदा कहिले फन्ट नमिल्ने र कहिले एउटा फन्टमा गरेको कुरा त्यो फन्ट नभएको कम्प्युटरमा खोल्न नसकिने, खुलिहालेमा पनि रूपरङ विग्रने जस्ता यावत समस्याको समाधान नेपाली युनिकोड हो। युनिकोडले नेपाली (देवनागरी) लिपिका प्रत्येक अक्षरलाई अलग्गै कोड दिएको छ। त्यसैले यसको प्रयोगपछि नेपाली र अङ्ग्रेजीमा टाइप गरिएका कुरा फन्ट मिसिएर नबुझिने समस्या साँच्चै समाधान भएको छ।

फाइदाहरू

  • सञ्चालन प्रणालीमा नेपाली भाषाको ब्यापक प्रयोग
  • अ आ ..... क ख ग घ गरी क्रम मिलाउन सकिने
  • अङ्ग्रेजी र नेपालीका अक्षरहरूलाई मिसाएर लेख्न र फेर्न सकिने
  • फाइलको नाम पनि नेपालीमै दिन सकिने
  • निश्चति नेपाली फण्ट नभए पनि कम्प्युटरको पूर्वनिर्धारित नेपाली फण्टले फाइल खोल्न/पढ्न सकिने
  • नोटप्याड एक्सेल फ्रन्टपेज जुनसुकै प्रोग्राममा पनि चल्ने
  • नेपालीमा नै इमेल पठाउन सकिने
  • नेपाली इन्टरनेट पेजका लेख नक्कल गर्न सकिने
  • नेपाली शब्द नै प्रयोग गरेर इन्टरनेटका गुगल लगायतका खोज यन्त्रहरूमा चाहिएको कुरा खोज्न सकिने, आदि

स्वरूप

नेपाली युनिकोडमा चलाउन मिल्ने विभिन्न फन्टहरू पनि बनेका छन् जसको प्रयोगले आकर्षक अक्षरहरू छाप्न सकिन्छ। कालीमाटी, मङ्गल, थाक्या राविसन, समानता, जनसंस्कृत, कोकिला, रघुहिन्दी, यूनि नेपाली, कान्जिरोवा, गार्गी आदि देवनागरी फन्टका केही उदाहरणहरू हुन्।

प्रयोग

कुञ्जिपठ परिवर्तन

परम्परागत रूपमा भन्दा युनिकोडमा टाइप गर्न अझ सजिलो हुन्छ। अङ्ग्रेजी र नेपाली कुञ्जिपठहरू बिच परिवर्तन गर्न विन्डोज कम्प्युटरमा Alt+Shift थिचेर गर्न सकिन्छ। यस्तै फेरी Alt+Shift थिच्तै पहिलेकै कुञ्जिपठ छान्न पनि सकिन्छ। त्यसतै अन्य सञ्चालन प्रणालीका आ-आफ्नै छोटकरी उपायहरू छन्। छानिएको कुञ्जिपठको बारेमा टास्क बारमा NP, NE, NEP, Nepali, SA (नेपाली जनाउन), EN, En, Eng, English (अङ्ग्रेजी जनाउन) आदि सङ्केतहरूले जनाउ दिन्छ।

उपलब्धता

नेपाली युनिकोड विश्व यूनिकोड कन्सोर्सियमको गुणस्तरअनुसार विण्डोज, लिनक्स, म्याकिन्टोस लगायत थुप्रै सञ्चालन प्रणालीमा उपलब्ध छ। त्यस्तै नेपालका बिभिन्न संस्थाहरूले पनि यसको प्रयोग सजिलो बनाउन र युनिकोड फन्ट विकासमा थुप्रै कार्यहरू गरेका छन्। यस मध्ये मदन पुरस्कार पुस्तकालयले खुला श्रोत लिनक्सको निम्ति कुञ्जिपठ र सबै तिर प्रयोग गर्न सकिने धेरै नि:शुल्क फन्टहरूको विकास गरेको छ।

विण्डोज ९८मा युनिकोड सङ्केताबद्ध नभएकाले युनिकोड प्रयोग गर्न मिल्दैन। तर विण्डोज २००० र नयाँ संस्करणहरूमा भने, यो चल्छ। लिनक्समा भने सित्तैमा डाउनलोड गर्न सकिने लगभग सबै नयाँ संस्करणहरूमा युनिकोड सुबिधा छ।

‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍__________________________________________________________________
सन्दर्भ सामग्री सङ्कलन

Showing 0 items
Raised byOwnerPriorityIssueResolution
Sort 
 
Sort 
 
Sort 
 
Sort 
 
Sort 
 
Raised byOwnerPriorityIssueResolution
Showing 0 items
Comments