अभीष्ट

सुधीर छेत्री

कविता, उत्तरआधुनिकता र विचलन
स्टिभ कन्नर एक ठाउँ भन्छन्-
आधुनिक साहित्यमा सबै विधा काव्यमय हुन्छन्। सबै विधाभित्र कविताको
वर्चस्व रहन्छ। तर उत्तरआधुनिक साहित्यमा कविताभित्रै पनि (अनि अन्य
विधामा पनि) आख्यानतत्त्व विद्धमान रहन्छ।

(
द केम्ब्रिज कम्पेनियन टु पोस्टमोडर्निज्म, 2004, पृष्ठ 63)

नयॉं कवितामा आख्यान (नेरेटिभ्स) पसेको छ। आख्यान सँधैजस्तो वा
आख्यानविधाको परम्परित रूपमा जस्तो आदि-मध्य-अन्त्य वा
आरम्भ-उत्कर्ष-निष्कर्षको रैखिक संरचनामा तर कवितामा बस्दैन। पङ्क्तिको
स्तरमा वा पदको तहमा आख्यान गुम्फित रहन्छ अथवा अधिकतर बिम्बको गुम्फनमा आबद्ध भई आख्यानले चाहिँदो अनुहार देखाएर नचाहिँदो छोपेको हुन्छ। कविताले आख्यानको संरचना समात्नुको कारण पनि छ। समकालीन कविताले अब आवाज-को प्रश्‍नलाई सम्बोधन गर्दैन तर यसले दृष्टिविन्दु-को सन्दर्भलाई अङ्गीकार गर्दछ। स्थिति (पॅजिसन)-को अभिव्यक्ति बन्नको साटो घटना (इभेन्ट)-को इतिवृत बन्नचाहन्छ।

कविताको विधाक्षेत्रमा आधुनिकतावाद र उत्तरआधुनिकतावादको स्प विभेदरेखा
कोर्नु सम्भव छैन। उत्तरआधुनिकतावादी प्रवृति कवितामा सत्तरको दशकदेखि
L=A=N=G=U=A=G=E कविहरूबाट मूलत: सुरु भएको मानिन्छ। नयॉं वाक्य खोजपट्टि लाग्ने यी अमेरिकी कविहरूले सङ्केतक (सिग्निफायर) -को पूर्ण स्वायत्ततालाई सैद्धान्तिक टेको दिएका छन्। सङ्केतकको पूर्ण स्वायत्ततामा कविताको रूप पूर्णत: शूष्क भाषिक खेल बन्ने भय रहन्छ नै। मूलरूपले मार्क्सवादी यी कविहरूले अर्थको पण्यीकरण (कॅमोडिफिकेसन)-को विरोधमा कविता लेखेका छन्।
यसभन्दा अघिका कवि चार्ल्स ओस्लोनको बहुचर्चित निबन्ध प्रोजेक्टिभ भर्स
(1950) -
ले मुक्त कविता मागे। अनि भने रूप भनेको कथ्यकै विस्तारण हो।
ओस्लोनको फिल्ड कम्पोजिसन -ले पुराना कविताका बद्ध ढॉंचालाई अस्वीकार
गर्‍यो। फिल्ड कम्पोजिसन भनेको तात्कालिक निर्माण (इम्प्रोभाइजेसन) र
सहजता (स्पन्टेनिटी) -को काव्यशास्त्र हो। भारतमा, विशेष बङ्ला साहित्यमा कविहरूले उत्तरआधुनिकताको भारतीय रुप अधुनांतिक -लाई ग्रहण गरेको देखिन्छ। यसमा उनीहरूको व्याख्या भिन्नै छ-
हामी जुन अर्थमा अधुनांतिक  कवितालाई पोस्टमोडर्न पोयट्री-को रूपमा
परिभाषित गर्न चाहन्छौँ, त्यसको प्रवर्तन युरोप र अमेरिकामा होइन तर
निकारागुआ जस्तो औपनिवेशिकताबाट विपन्न बनेको देशमा भएको हो। त्यहॉंको स्पेनी कवि फेदेरिको दे ओनिसलाई उत्तरआधुनिकताको जन्मदाता मानिन्छ।
पोस्टमोडर्निज्म -को जन्म उत्तरऔपनिवेशिक परिस्थितिहरूको देन हो।
(
अधुनांतिक बॉंग्ला कविता, स समीर रायचौधुरी, ओम निश्‍चल, पृष्ठ 13-14)

आधुनिकतावादमा सबै साहित्यिक विधाभित्र कविता-तत्त्व पसेको मानिन्छ, अघि
भनियो। लयान्विति, एकलवाद, संयुक्ति, सम्पूर्णताको पक्षमा कविताका तत्त्वहरूले सबै विधाभित्र अनुप्रवेश गरेको हुनसक्छ। तर उत्तरआधुनिक कविता वर्णसङ्कर, चयनवादी, विषमरूपी, मुक्त, बहुअर्थी, अगम्भीर, अरैखिक, लोकप्रिय, अन्तर्पाठात्मक हुने हुनाले यसमा कविताको पारम्परिक रूप, ढॉंचा र कथ्य रहनसक्तैन। यी दुई धाराहरूमा स्प भेद छुट्ट्याउन किन गाह्रो पर्छ भने यी दुवैमा एकैथरिका प्रवृतिविशेषहरूका परिमाणात्मक असमानतामात्र छ। कुनै प्रवृत्ति प्रधान वा गौण छ भन्ने तथ्यको आधारमा मात्र व्याख्या गर्न सकिन्छ। यहॉं रोमन याकोब्सनको डॅमिनेन्स अथवा प्रधानता-को सूत्र प्रयोग गर्न सकिन्छ। अनि भन्न सकिन्छ -  समकालीन कविता, भारतको नेपाली कविता उत्तरआधुनिक भनी श्रेणीकरण गर्नुको सैद्धान्तिक विवादबाहिरै रहेर पनि, अधिकत: र मूलत:
आख्यानात्मक छन्। अनि विचलन यसको प्रातिनिधिक स्वर हो। आख्यान-तत्त्व अब कविताको बिम्बसित मुछिएर आउँछ अनि त्यसैले यिनका रूप मूर्त्त हुन्छ, अमूर्त्त हुँदैन। तर खुल्लापना, रिक्तता, असंयुक्ति, अराजकता, बहुलवादी
सौन्दर्य र वृत्तिका अनुसेवी यी कविताहरूमा आख्यानतत्त्वको पुरानो शृङ्खलाबद्धता र सरलरैखिकता नखोजे हुन्छ। कविता त्यसैले आवरणीय स्तरमा सरल देखिन्छन्। आधुनिक पाठक, जसलाई सिद्धान्तीय रूपमा जटिलताका अभ्यासी मानिएका छन्, ती क्डुबुल्कीत् मारेर अतिपठन, अग्रपठन, विपठन गर्न स्वतन्त्र छन्। सॉंचो अर्थमा तर कविता त्यति आवरणीय-मात्रै हो, हुनुपर्छ।
उत्तरआधुनिकतावादका विश्‍लेषक ब्रायन मेक्हल भन्छन्- कतिको दृष्टिमा कविता
उत्तरआधुनिक आउनुभन्दा अघिबाटै उत्तरआधुनिक थियो वा सँधै उत्तरआधुनिक
थियो अनि कतिको विचारमा कविता कहिल्यै उत्तरआधुनिक भएको छैन। ब्रायन
मेक्हलले बरू आधुनिक आख्यान र उत्तरआधुनिक आख्यानका भिन्नता बताए। आधुनिक आख्यानले ज्ञानमूलक (एपिस्टिमॅलजिकल) प्रश्‍नहरू सोध्छन्- हामी के जान्नु वा हामी कसरी जान्नु आदि। ज्ञानको पर्याप्तता र विश्‍वसनीयता दुवैमा आधार्य छन् यी प्रश्‍नहरू। उत्तरआधुनिक आख्यानले तर ज्ञान र बुद्धिपट्टि होइन तर भविताप्रति इङ्गित गरेर सत्तामूलक (ऍन्टलजिकल) जिज्ञासाहरू राख्छन्- यो संसार कस्तो हो वा यस संसारमा के गरिनुपर्दछ आदि। यी सत्तामूलक अन्वेषणहरू पुरानो अस्तिवादी धारणासित समतुल्य छन्, त्यसैले अस्तिवादले खोजेको सत्त्ववादसित उत्तरआधुनिकताको सँधै वैर रहेको हामीले बिर्सनुहुँदैन।
जे होस्, कवितामा आख्यानात्मकताको तह अनावश्यकरूपले अधिक भई
आस्वादनप्रक्रिया र सौन्दर्यनिर्माणलाई खण्डित पार्न खोजे विचलन-का कविताहरूले ब्रायन मेक्हलकै सत्तामूलक बन्धनी (ऍन्टलजिकल ब्र्याकेट)-भित्र सचेततापूर्वक आख्यानतत्त्वलाई बॉंधेर राख्दछ। हामीलाई ज्ञात छ, आधुनिकतावादले पृष्ठभूमिमा राखेका थोकहरू उत्तरआधुनिकतावादले अग्रभूमिमा राख्तछ। यथास्थित कार्यशाला कविता  (वॅर्कसप पोयट्री)-ले पृष्ठभूमिमा राखेका काव्यिकतालाई विचलन-ले अग्रभूमिमा राख्तछ।
0

सुधीश पचौरीको भनाइ छ-
कवितामा उत्तर-आधुनिकताले आधुनिकतासित धेरै कुरा आदानप्रदान गर्दै गरेको
देखिन्छ। कवितालाई दैनिक र आत्मिक बनाउने आधुनिकतावादी क्रिया
उत्तर-आधुकतावादी कवितामा पनि यथावत् छ। भिन्नता यति हो कि
उत्तर-आधुनिकतामा व्यङ्ग्य वा पेरोडीको स्पर्शले भावुकताबाट त्यसलाई
मुक्त गरिदिन्छ। कविताको क्षेत्रमा उत्तर-आधुनिकताले आधुनिकतालाई स्वीकार
पनि गर्दछ र चुनौती पनि दिँदछ।

(
उत्तर-आधुनिक साहित्यिक विमर्श, 2000, पृष्ठ 115)

आधुनिक कला, चिन्तन, इतिहासलाई फर्केर हेर्ने नयॉं दृष्टिकोणको प्रसङ्गमा
अम्बर्टो एकोले लेखे-
The postmodern reply to the modern consists of recognising that the past, since it cannot really be destroyed, because its destruction leads to silence, must be revisited : but with irony, not innocently.
(Modernism / Postmodernism, Ed : Peter Brooker, P.227)


आत्मचेत, आत्मसचेत, आत्मपरक, परालेखन, आत्म-परावर्तक, आत्म-प्रत्यावर्तक,
आत्मप्रतिक्रियात्मक, निजवाचक आदि आदि जे नै भनिए पनि साहित्यलेखनमा
विशेष लेखनढङ्ग बनी छिरेको एउटा पद्धति छ जसलाई हामी अङ्ग्रेजीमा
self-reflexive-को अर्थमा लिनसक्छौँ। विचलन-का कविताहरू यही आत्म-परावर्तन -को विशेषताद्वारा अनि यसको सचेत आधिक्य -ले अन्य
समकालीन कविताभन्दा अलग्ग उभिनसक्नेछ भन्ने हाम्रो कटिबद्धता हो।
आत्म-परावर्तक कविताहरूले आफ्नो कथ्य, रूप र संरचनाद्वारा प्रत्येकपल्ट
स्वयंको कलाकृतित्वलाई भित्र-बाहिरबाट फर्की फर्की हेर्छन्। आफ्नो रुपमा मक्ख पर्दैन। कविलाई एक अनन्य सर्जक, सृकिर्त्ताको पुरानो सत्तामा बसिरहन
दिँदैन। आफूलाई रेटरिकले बॉंधेर चनाखो भइबस्छ। आफ्नो विषय र रूपको औकात सम्झाइबस्छ। सुधीश पचौरीले भनेजस्तो आइरॅनी र पेरोडीको मनस्थिति हुन्छ कृतिमा। मेक्हल, एन्ड्रियस, ह्युसेन, जेमसन आदिले व्याख्या दिएजस्तै उच्च र निम्न कलाको विभेदन हुन्छ। कविताको पारलौकिक जस्तो सत्ता स्थापना गर्नु अनि त्यो सत्तालाई सजीव राख्नु कविको आधुनिक स्वार्थ हो। कविता निर्मित कलावस्तु हो। त्यसैले यसको स्वाभाविक गुण-अवगुणको विमर्श अघि राख्दै अनि कविताको पारम्परिक छद्मखेललाई अनावरण गर्दै यसको थाह र सचेतता लेखनीको रचनागत हस्तक्षेपहरूबाट पाठकसम्म आइरहनुपर्दछ, हाम्रो मान्यता छ। जोनाथन कुलर मान्छन्, अनुभूतिलाई अभिव्यक्तिको आकार र अर्थ प्रदान गर्ने क्रममा आइपरेका समस्या र सम्भावनाहरूलाई सचेततापूर्वक कविताको अन्वितिमा बसालिँदै लेखिएका हुन्छन्, आत्म-परावर्तक पाठहरू। अनुभूतिलाई अर्थवत्ता प्रदान गर्नलाई पाठमै लेखिएका हुन्छन्-
(
क) अर्थित बन्ने प्रक्रियाबारे पाठले के भन्छ,
(
ख) अर्थित बन्नलाई यसले कुन प्रक्रिया आप्नाउँछ।
कुलर भन्छन्- अन्तर्पाठात्मकता र आत्म-परावर्तन दुवै साहित्यका मूल
वृत्तिहरू होइनन् तर भाषिक प्रयोगका प्रक्षेपहरूलाई अग्रभूमिकृत गर्नका निम्ति यी चलाइन्छन् जसले अनुभूतिको भाषिक प्रतिनिधित्वलाई नै प्रश्‍न गर्न रुचाउँछ।
     (लिटरेरी थ्योरी अ वेरी सर्ट इन्ट्रोडक्सन,2000,पृष्ठ 34)

स्पष्ट छ, आफ्नो कलात्मक सिर्जनाको प्रक्रियालाई प्रष्ट र मुक्त राख्नु परावर्तन हुन्छ, एउटा कविता जसले आफ्नो कवितात्मक व्यक्तित्वबारे खुल्ला टिप्पणी गर्दै पाठ अघि बड़ाउँदछ। आख्यानको क्षेत्रमा चलेको पराख्यान (मेटाफिक्सन)-को प्रविधिमा यस्तै लेखन आ
प्नाइन्छ। जोहन् बार्थस्, जोहन् फाउल्स, नाभोकोभ, इटालो क्याल्भिनो, इन्द्रबहादुर राई, धराबासीका आख्यानहरू द्रव्य छन्। आन्द्रे जिदको  mise-en-Abyme-सित पनि यस्ता पद्धतिलाई जोड़ेर हेरिन्छ। परावर्तनको प्रक्रियाले कृत्रिम अतिगाम्भीर्य-को वृत्तिलाई सहजस्तरमा खसाल्छ। कविता बन्ने ढङ्गमाथिको आत्मप्रतिक्रियात्मक काव्यिक-मन्तव्य भनेको कवितापठन पनि हो। एउटा पाठक र कवि दुवै......बॉंचिरहेको व्यक्तित्व हुन्छ, विचलन-का कलमकारसित- एउटा अभीष्टमा भनेकै हौँ।
आत्म-परावर्तक लेखनका दुई प्रकारहरू हुनसक्छन्-
(
क) पाठलाई माथिबाट हेरेजस्तो गरेर पाठकै व्यवहारको, नियमको र समस्याको अध्ययन गर्नु अनि त्यसैलाई योग्य विषय सम्झेर अध्ययन गर्नु एकथरीको
परावर्तन हुन्छ। यो कलाको विषयमा कला  हो।
(
ख) अर्कोथरी, पाठभित्रबाट कुनै आत्मसचेत प्रयत्नबिनै आख्यान र भाषाको
संयुक्तिबाट जन्मने आत्म-परावर्तन।

(
फ्रम मोर्डनिज्म टु पोस्टमोर्डनिज्मएएए, गेरार्ड हफ्म्यान, 2005, पृष्ठ 535)

सम्मिश्रित दुवै प्रकारहरू विचलन-का कविताहरूले आप्नाएका छन्। कविताको
निर्मिति-प्रक्रिया, बनावट र रचनाविधानबाट केही पर उभेर वा त्यसका
आन्तरिकतामा सम्मिल भई आत्मप्रतिक्रियात्मक बनी आत्मसचेततासित कविता रचिनु विचलन-पद्धति हो। पुराना कविता र समकालीन विचलनका कविताहरूमाझमा कथ्य र शिल्पगत अधिक पार्थक्य नहोलान् तर मनोदशा (मुड) र अभिवृत्ति (एट्टिच्युड)-मा अधिक भेद छ।
0

समसामयिक साहित्य, फोटोग्राफी, कवितामा आएका नयॉं परिवर्तनका सङ्केतहरूको उल्लेख गर्दै लिन्डा हट्चियनले बुँदाहरू राखिन् :
कलाको सत्यनिष्ठ पारम्परिक चरित्रमाथि शङ्का गर्दै विडम्बना
(
आइरॅनी)-को खेल खेल्नु,
0 कला भन्ने कुरो सचेततापूर्वक रचित, आख्यानीकृत र छलयोजित वस्तु हो
भन्ने तथ्यलाई कलाकृतिमै आत्म-परावर्तकतासित पस्किदिनु।
यति हुँदाहुँदै पनि कलाले कालिक परिप्रेक्ष्यभित्र पारदर्शी दस्तावेजको
रुपमा देखापरे झैँ गर्नु, आदि। कविताबारे हट्चियन थप्छिन् :

This contradictory conjunction of the self-reflexive and the documentary is precisely what characterizes the postmodern return to story in poetry as well.
(The Politics of Postmodernism, 2002, P.61)


कवितामा कथाको उत्तरआधुनिक फर्काइ आधुनिक र परिपक्व स्वच्छन्दतावादी
लयात्मक कविताको प्रतिपक्षमा उभिएको हो भन्ने मार्जरी पर्लफको पनि ठहर छ।

समकालीन कवितामा चाहिँदा तर परम्परागत लेखनले बहिष्कारले गरिपठाएका वा पश्‍चभूमिमा ढकेलिपठाएका काव्यिक पद्धतिहरूमा आख्यानात्मकताको
अग्रभूमिकरण, लेखनमा आत्म-परावर्तकता र विडम्बना/ विरोधाभास (अक्सीमोरोन)-को तीव्र सचेतता अनि स्थान/समयको पारदर्शी दस्तावेजको
रूपमा कविताको स्थापना आदिका टेकमा नै विचलन-का अभी
ष्टहरू हिँड़िरहेका छन्।
कवितालेखनको प्रयोगशालाबाट परीक्षणहरू कति सफलता-उन्मुखी रहेछन्,
अध्येताहरूले नै अनुशीलन गरून्।
0

विचलन शब्दको शब्दकोशीय अर्थ छ :
1
. एक ठाउँमा स्थिर नभएको स्थिति, कम्पन, चलमल, डगमग, अस्थिरता (ना)।
2
. निश्‍चित ठाउँबाट डगमगाएको वा हटेको अवस्था।
3
. प्रचलित वा स्थापित स्थितिबाट यताउति भएको अवस्था, क्रमभङ्ग।
(
प्रयोगात्मक नेपाली शब्दकोश, प्र स: हेमाङ्गराज अधिकारी, स: वद्रीविशाल
भट्टराई, वि सं 2066, पृष्ठ 907)
विचलन-लेखनले प्रयोग गरेको शब्द
विचलन शब्दकोशीय अर्थमा नभएर
पारिभाषिक अर्थमा हो (पेम्पा तामङ, विचलन-ईक्षण, अङ्क 6) । विचलन-ले
त्यही ध्येयमा यसका पुराना सात अङ्कहरूमा
अभीष्ट-अन्तर्गत यसका परिभाषा
र प्रवृत्तिहरूका विश्‍लेषण अघि राखेको छ। परिभाषा निश्‍चयै क्रमभङ्ग-को स्थितिमा छन्, अस्थिर छन् जो स्वाभाविक रुपले
विचलन हो। हुनैपर्ने नियति छ सबै वर्तमान मान्यताहरूको, अकाट्य तथ्य हो यो। माथिकै शब्दकोशीय अर्थमा पनि तर स्थूलरुपमा क्विचलनत्-को अर्थ मानिलिँदा ठूलो त्रुटि नहोला।

मूल कुरो-
विश्‍वास गरेका छौँ - भरतमुनिको लोकोत्तर चमत्कारप्राण:-लाई अनि
भाग्नचाहन्छौँ अभ्यस्तताको पटेरलाग्दा अभिव्यक्तिहरूदेखि। मान्छौँ आचार्य
कुन्तकको वक्रोक्तिरेव वैदग्ध्यभङ्गी-भणितिरुच्यते -लाई अनि टाढ़ा हुन
चाहन्छौँ अभ्यनुकूलित (कन्डिसन्ड) काव्यशिल्पदेखि। त्यति हो, कुन्तकले मानेका अखण्ड र अनिर्वचनीय सौन्दर्यको अवधारणालाई अब अविश्‍वसनीयतीको आँखाले हेरिन्छ।
यहॉं रस्सियाली रूपवादी भिक्टर स्क्लोभस्कीको निबन्ध आर्ट एज् टेकनिक
(1917)-
को सन्दर्भ तान्नैपर्छ। स्क्लोभस्कीले भने- 'the technique of art is to make objects unfamiliar.....Art is a way of experiencing the artfulness of an object : the object is not important.'
(Literary Theory : An anthology, Ed : Julie Rivkin and Michael Ryan, 1998, P. 18)


रूपवाद आज विश्‍वमा छैन। रूपवादी भनिमाग्न कोही नचाहलान्। तर
स्क्लोभस्कीको विपरिचितिकरण, हामीलाई लाग्छ, अरूतिर के कसो, भारतीय
नेपाली कवितामा अझै चाहिँदो कविता-तत्त्व हो। लेखिइरहेका बहुल कविताहरूका
स्वचलता (ऍटोमेटिज्म) र पुनरावृति देख्दा विचलन-को यो विश्‍वास अझ दृढ़
बन्छ।
यतिबेला जेन मुकारोव्स्कीको अग्रभूमिकरण (aktualisace) लाई पनि
डाकौँ। उनी भन्छन्-
'automatization schematizes an event; foregrounding means violation of the scheme.' (Routledge Language and Cultural Theory Reader, Ed. lucy Burke et.al., 2000, P.227)
माथि प्रयुक्त शब्द उल्लङ्घन (भॅयोलेसन) -को आशयलाई नै विचलन-भित्र
लुकेको अराजक चरित्र मानिदिँदा हुन्छ। काव्यभाषाको स्वतन्त्र अस्तित्वलाई
वरण गरेका रूपवादसित हामी निश्‍चय नकारको टाउको हल्लाउँछौँ। तर कविताका आवयविक शिल्पगत कुराहरू थुतेर मिल्काउन सकिन्छ अनि मिल्काएर एक साधारण गद्यमा नङ्ग्याउनसकिन्छ भन्ने विश्‍वास लिएका पाठक-अध्येताहरूसित पनि हामी नकारको टाउको हल्लाउँछौँ। कथ्य र शिल्पका स्वतन्त्र अस्तित्वहरूको मान्यतामै लोगोसेन्ट्रिज्म छ अनि यही मान्यताभित्र मुक्त, स्वतन्त्र, प्रतिमाभञ्जक, राइजोमेटिक र बहुलकेन्द्रित कविताको अपमान लुकेको छ।
000


Comments