नयॉं काव्यिकता

कविताको पुरानो रूप (भाषा, कथन, बिम्ब, लय) -मा नयॉं संवेदन बोल्नसक्तैन, चलमल गर्नसक्तैन।  कविताको समयसम्मत रूपको खोज हाम्रो अबको नियत कार्य हो। विगतीय काव्यिकताहरूलाई कि ता आजको आवश्यकताले बङ्ग्याउनु पर्‍यो कि ता सर्वथा नयॉं काव्यिकता ढाल्नुपर्‍यो, कुँद्नुपर्‍यो।
                                                                                                                इन्द्रबहादुर राई

उक्त समसामयिक र समयसापेक्ष भनाइले इङ्गित गरेका नयॉं संवेदन  के के हुन्, विश्‍लेषण गरिनुपर्दछ।
 
ती संवेदनहरूका मूर्त्त-करण र व्याख्याहरू सम्भाव्य छन् वा छैनन्, अध्ययन गरिनु छ।
 
पुरानो  भाषा, कथन, बिम्बबाट अलग हटेर वा त्यसको स्वाभाविक क्रमिकता कति वर आएर आज चलायमान छ, त्यसको विवृति खोतल्नु छ।
 
उक्त भनाइमा उल्लिखित नयॉं काव्यिकता  नेपाली कविताका सिर्जनाहरूबाट स्पष्टिएको छ वा नयॉंपनको स्वनिर्मित भ्रामकताभित्र अझै सिर्जनाहरू गुजुल्टिरहेकै छन्, निर्क्यौल गर्नु छ।
पुराना र नयॉं-को द्विभागत्व (डाइकॅटमी) देश, काल र परिस्थितिको वृहत् पृष्ठभूमिमा के वौद्धिक र मानसिक प्रकल्पना मात्र त होइन, चर्चा गर्नु छ।

कवितालेखन र सिद्धान्तको पथमा साहित्यभित्र यस्ता विमर्श सँधै आवश्यक रहेका हुन्छन्। सामान्यता (मिडियोक्रिटी) र आ-आफ्ना सन्दर्भवाद-ले प्रतिनिधिमूलक अनुहार लिएर प्रखर रूपमा स्थापित हुनभन्दा अघि नै विद्वत्जनका सङ्कथनात्मक हस्तक्षेप साहित्यले खोजिरहेको हुन्छ। सर्वेक्षण, गवेषणा, समीक्षा, अनुसन्धानका बहुदिक् मार्गहरू हिड़ेर सहवार्त्ताका नौला सिर्जनप्रदेशमा कवितात्मक पाइतालाहरू अघि बढ़्दैजानु सँधै साहित्यको माग हो।
विविधतालाई विविधतामै स्वीकार गर्नु समसामयिक आवश्यकता छ। समान रङ्ग, एकै विषय, एउटै काव्यिकता, समान दृि र शैलीका लेखन अब सम्भव छैन। कवितामा जातीयतामात्रै, सामाजिकतामात्रै, शैलीमात्रै, विरोधमात्रै अब बॉंचसक्तैन। सिर्जनालाई ऐकिक दृष्टिकोणले हेरिनु पनि खोटपूर्ण हो। युगबोधको मान्यता वैविध्यमा टुक्रिएरमात्र मुखरित हुनसक्छ।
आजका कविता एकस्वरात्मक हुँदैन, यो बहुस्वरात्मक (पोलिफोनिक) हुँदछ। अन्तरपाठात्मकता पसेको हुन्छ। बद्ध हुनुको साटो चारैतिर खुलिएको हुन्छ। अनेकरूपता (हेटेरोजिनॅटी) नै अबको काव्यिक विशेषता हो। जनॅरहरूको मिश्रित रूपजस्तो, बब् ग्रम्मनको शब्दमा बहुसौन्दर्यात्मक (प्लुरल-एस्थेटिक)। सरल भनिने, सपाट भनिने वा सपाट भनिइएका रचनाहरूमा पनि इतिहास, समकालीन यथार्थ, जीवनी, अनुभूति आदिको कोलाजबाट एउटा जटिल र लक्षणात्मक प्रस्तुति आएको हुन्छ। आएकै चाहन्छ रचनाकारले पनि। मिखाइल बाख्तीनको बहुध्वन्यात्मकता प्रतिफलित बनेको हुन्छ।
अबका कविता खुल्ला, विविध, वर्णसङ्कर (हाइब्रिड), आल्पिक (मिनिमल) र अरैखिक (नन्लिनियर) हुनु प्राथमिक विशेषता हुन्, तर यी पर्याप्त छैनन्। कवितासित पाठकको सम्प्रेषणशीलतालाई पुनर्स्थापित र प्रतिस्थापित गर्न कविता तिक्खर, अग्रभूमिकृत, विचलनधर्मी अनि आत्मसचेत हुनु आवश्यक छ जस्तो लाग्छ। सहज शब्द, पदावली, बिम्ब, रूपक, बुनोट र बनोटका आङ्गिक र शारीरिक अपयवहरूमा सजिएर कविताले पुराना दुर्गुणहरू कति फाल्नैपर्छ, नयॉं केही आाउनैपर्छ।
अब अधिकतर, घुमेर एउटै केन्द्रित विचार र भावमा फर्किआउने लयात्मक कविताहरू देखिँदैनन्। कविताहरू शृङ्खलावद्ध छैनन्। टुक्रा-टुक्रा जोड़ेर बनाइएको विशृङ्खल कलाकृतिजस्ता छन्। धेरै सन्दर्भहरू परोक्ष र प्रत्यक्ष, घोषित र अघोषित, गोचर र अगोचर, मूर्त्त र अमूर्त्त रूपमा काव्यबिम्ब लिएर देखापर्छन्। यी सन्दर्भहरूले केवल सङ्केतकहरूमात्र जन्माएर अल्मलाउँछन्। निश्‍चित सङ्केतितको भेउ पाइँदैन। वाग्विदग्धता मुखरित बन्छ। अचेल लेखिने कविताहरूमा स्परूपले पाइने यी लक्षण विशेषता पनि हुन्, अनि समस्या पनि। प्रष्ट दिशा-दशा र स्थिर प्रतिमानको न्यूनतामा कविताका अभिव्यक्तिहरूले धेरै कथ्यहरूलाई एकैचोटि समेटेका छन् अनि नव्यशिल्पका अस्प आकृतिहरूमा आफैलाई बुनेका छन्।
प्रथम र दोस्रो विश्‍वयुद्धका बीचको आधुनिक समयकालमा पाश्‍चात्य साहित्यले विच्छेदन (एलिअनेशन) र प्रत्यावर्तन (रिट्रिट) -लाई अभिव्यक्ति दिन्थ्यो। हाम्रो यसथरीको लेखन अस्सीको दशकसम्मै तानिएको छ र अझ अवशेषहरू बॉंचिरहेकै छन्। त्यहॉं व्याकुलता (एङ्जाइटी) र त्रासदी (हरर्) -को ध्वनि सुनिन्थ्यो। यही प्रवृतिहरूले आधुनिकता र स्वच्छन्दतावादमा स्प विभाजनरेखा कोर्नदिँदैन। अबको साहित्यमा यदाकदा हिस्टेरिया र युफोरिया देखिन्छ। पेरोडी, प्याश्टिस र काव्यचौर्यले विषय वा कर्त्ताको अवसानलाई मुर्त्तरूप दिएर शैलीको वैयक्तिक मर्यादामा प्रश्‍नचिन्ह उभ्याउँछ।


खुशी न खुशी छ
भर्खर ल्याएको पोर्टेबल टेलिभिजन
एउटा गरीब घरमा।

भर्खर बिजुली आइपुगेको गाउँले घरमा
एउटा विदेशी च्यानल बाठे हुँदैछ।

                                                           केवलचन्द्र लामा : घर (1) , स्वतन्त्रोत्तर नेपाली कविता,
                                                                                           सम्पादक: मोहन ठकुरी, 2008
फ्रेडरिक जेम्सन, एक मार्क्सवादी उत्तरआधुनिक चिन्तकले हामीलाई बुझाइदिए, यो उत्तरआधुनिक परिस्थिति भनेको वृद्ध पूँजीवाद, परिपक्व पूँजीवादको अर्को रूप हो। यहॉं खुशी न खुशी  भएर उपभोक्ताले बहुरा्रिय कम्पनीको नवीन पूँजीवादी पद्धति वा योजनालाई स्वीकार गर्छ, आफू मान्छे कम उपभोक्ता अधिक भएको थाहै नपाई। बिदेशी च्यानल बाठे  हुनु समकालीन परिस्थितिहरूमध्ये एक हो जो नवीन पूँजीवाद र भूमण्डलीकरणसित पछ्याएर हाम्रा नितान्त वैयक्तिक चिन्तन-कोठाभित्र पस्नेगर्छ अनि हाम्रो सग्लोपनलाई बिथोल्छ। यहॉंबाट व्याख्या तान्दैलगे पूँजीवाद,
अन्तररा्रियतावाद, बहुरा्रियतावाद, उत्तरउपनिवेशवाद के के निस्कँदै जानसक्छ। तर यहॉं कवितामा गाउँको क्लघुआख्यानत् बोल्छ, आफ्नै परिवेश र संस्कृतिको अभिव्यक्तिबाट ठूला-ठूला वृहत्आख्यान-प्रति ठेस पुर्‍याउँदै। कलोक्योल  शब्दहरूको प्रयोग गरेर शब्दकोष र व्याकरणको एकत्ववादी हैकमलाई बहुलता र विकाशमूलकताको अट्टेरीपना।  स्थानीय अर्थनीतिदेखि वैश्‍वीकरणसम्म र त्यसले तानेर ल्याएका नौला सांस्कृतिक आयामहरू समेटेरै अबको नौला सौन्दर्यशास्त्र कपिन्छ। मिश्रित संस्कृतिको उत्ताउलो रङ्गमा हाम्रा मौलिक संस्कार, संस्कृति, रीति, चिन्हारी र अस्मिताका निक्खुर धर्साहरूलाई अपरम्परित अन्वेषणले खोतलेर रचनात्मकता दिनु सॉंचो अर्थमा युगवोध मानिलिनुपर्छ। विश्‍लेषण गर्न नपाइने पदावली कवितामा कम्जोर अंश हुन्छ, डॉ इन्द्रबहादुर राईले भन्नुभएको छ। यो रूपपरक र संरचनावादी आधार पनि कविताअन्वयनमा ठूलै सहाय्य हुनसक्छ।


कागुनी उम्रिएको खेतबारीमा
गादो र आङदुङ पहिरिएर
पसीनाले छ्याप्प भिजेको निधारले फुटाइरहेछ
धनपति र पूइमातीहरू
समस्याका ठूला-साना ढेका-डल्लाहरू।

                                              उज्ज्वल बमजन, एउटा टोटो अभिव्यक्ति
दीर्घकालदेखि साहित्यका अग्रपृष्ठमा प्रखर ध्वनिसित मुखरित हुनदेखि वञ्चित आदिवासी, दलित, नारी, निमुखाजस्ता सीमान्तकृत पात्रहरू टड़्कारा उपस्थितिसित साहित्यिक अभिव्यक्तिमा अब देखापर्न थालेका छन्। यो हाम्रो सन्दर्भमा मात्र होइन, विश्‍वभरि नै यही धारा प्रवाहित भएको देखिन्छ। हिन्दीमा दलितविमर्श, नारीविमर्श आदि यसै धाराका प्रखर रूपहरू हुन्। तुलनात्मक दृष्टिमा हेर्दा हामी बरू अलि पछि छौं। लेखन र सिद्धानतीकरणका यी नौला विमर्शमा भाषाले विशेष भूमिका पालन गर्दछ। नारीविमर्शका सैद्धान्तिकहरू परम्परित भाषाप्रयोगको पुरूषपरक ध्वनि केलाउँदै त्यसलाई पन्छाउँछन्। आमाको हातको खानापिना साह्रै मीठो हुन्छ भन्नु आमाको नारीचरित्रलाई भान्साघरको सीमित घेरोभित्र बन्धित राख्ने मनोवैज्ञानिक र कृत्रिमभावजन्य वक्तव्य हो भन्छन्। सीमान्तकृतको पक्षमा लेख्दा  शब्दकोशबाट अछुत, दलित र अवहेलित शब्दहरू टिप्दा अभिव्यक्तिमा टड़्कारोपन आउँछ। घोटेर घोटेर रूढ़ भइसकेको भाषिक र काव्यिक औजारहरूबाट नवीन उत्पादन सम्भव छैन। नत्र नवीनताको अवधारणा केवल आत्मसन्दर्भित र भ्रामक रहनजान्छ।


जेम्सनले सिकाएको युग चिन्ने चेतनशील र संज्ञानात्मक मानचित्रण (कग्निटिभ म्यापिङ) पद्धतिले सर्जकको वैचारिकतालाई नचिमोटेसम्म युगानुकूल रचना सम्भव छैन भनी विचलन-ले मान्यता राख्दछ। नयॉं गाम्भीर्यहीनता (न्यू डेफ्थलेसनेस) चिन्नको निम्ति बोध, अनुभूति, संज्ञान र कलात्मकताको तीक्ष्ण अभिव्यक्ति समयले मागिरहेको छ।
रूढ़ता र यथास्थितिलाई नाघेर सङ्कथनीय अग्रगामितालाई नअँगाले नवीन स्वरहरूले सिर्जनात्मक बान्की टिप्न गाह्रै पर्ला।

हाम्रो उपलब्ध साहित्यिक विमर्श अहिलेसम्म यथार्थवादी पजीटिविज्म-मा अल्झेको छ वा रस, छन्द, अलङ्कारमा अल्झेको छ। उनीहरू रा्रवादी संयम, नियन्त्रणलाई अन्धोपनासम्म दोराएर लैजान्छन्, जबकि उनीहरू जान्दछन् कि यस ग्लोबल समयमा उनीहरू एउटा असफल युद्ध लड़िरहेछन्।
                                             सुधीश पचौरी, फासीवादी संस्कृति र सेकुलर पॉप संस्कृति, 2005 

Comments