डा. इन्द्रबहादुर राई

प्रियवर भाइहरू,
विचलन -को अंक 6 पनि पाएँ।
प्रकाशन समयसापेक्ष र प्रभावकर भएको छ।
एकदुइ कुरा :
विचलन -प्रयोक्ताहरू उत्तर-आधुनिकतावादले तानिएका देखिए। नेपाली
साहित्यिक लेखनमा उत्तर-आधुनिकतावाद राम्ररी ल्याइनु सॉंच्चैमा ठूलो काम
हुनेछ। यो काम रचनात्मकताले हुँदा तपाईंहरूले ठूलो काम गर्नुभएको हुनेछ।
सुधीरले विचलन -को लेखनलक्ष्य बताउनुभएको छ : बेग्लै दृष्टि, शब्दछनौट,
वैचारिक धरातल, समसामयिकता र अभीष्ट
। विचलन लेखन पारम्परिक लेखनभन्दा
बेग्लै हुने बुझ्नसकिन्छ। आधुनिक र अब प्रचलितको वर्गमा प्राय: आइसकेको
उत्तर-आधुनिक लेखनभन्दा समेत केही बेग्लै पनि लेख्न चाहनुभएको होला कि ?
सुधीरकै वैश्‍विक चेतना (त)र स्थानीय रङ्ग -मा यो भिन्नताकरण
पाउनसकिने ठाउँ (स्पेश) छ लाग्छ।
व्यक्ति र समाज सँधै प्रचलन र विचलनका सम्मिश्र हुन्छन्। आगामी लेखन
ल्याइँदा पारम्परिक सब मिल्काइँदैनन्। निर्णायक (क्रुशल) एकदुइ नवबोध
लेखनमा ल्याइन्छन्, भएका अरूहरूलाई फर्काएर तीसँग मिलाइन्छन्।
फेरि, वैश्‍विक र वैश्‍वीकरणलाई साहित्यलेखनले आँखा चिम्लेर पछ्याउनु
छैन, उत्तर-आधुनिकतावादले पनि वैश्‍वीकरणलाई सँधै अविश्‍वास गरेको छ।
वर्तमान (2008-) वैश्‍विक वित्तीय महासंकटमा बुझियो : वैश्‍वीकरण
(ग्लोबलाइजेशन) बढ़्दै यति जटिलता (कम्प्लेक्सिटि)-को बन्दो रहेछ, समग्र
वर्तमान तथ्यहरू जान्न असम्भव भई, मानिसको बौद्धिकता (र्‍याशनलिटि)
त्यहॉं कामै लाग्दैन। साहित्यलाई त्यहॉं पुर्‍याउन हुँदैन, तर पुगिने
त्यस अवस्थालाई देखाउनपर्छ साहित्यले।
उज्जवलको एउटा कथनमा केही गौर गरौं  आ-आफ्नो बाटो हिँड़ेर पनि एकै बन्नु
हो विचलन
। हो नै, सार्त्र र काम्यु दुइ अस्तित्ववादी तर कति भिन्न,
लुकाच र ब्रेक्ट कति भिन्न तर दुवै मार्क्सवादी। वैरागी काइँला र
ईश्‍वरवल्लभ कति भिन्न दुइ आयामिक कवि। सॉंच्चैका लेखक वा कविले कहिले,
के, कस्तो लेख्लान् प्रमात्रा यांत्रिकीमा इलेक्ट्रोनको गतिविधि जस्तो
हुन्छ -प्रायिक (प्रोबेबल) तर अनिर्धार्य (इन्डिटमिनेबल)। लेखन-अभियान
सबमा यो लाग्छ। र विचलन -मा पनि। अर्थात् वृहत् बनोस् विचलन -को वृत्त।
उद्योगीकरणमा प्रौद्योगिकी (टेक्नलजि)-को समानतामा साहित्यिक लेखनमा
प्रविधि (टेक्निक)-को बढ़ेको मुख्यता छ। कविताकारले सँगैमा प्रविधिकार
हुनपर्दैछ। यो उत्तरदायित्व कविलाई आज थपिएको होइन। भानुभक्त, आफ्नो
लेखन-आवश्यकतालाई, अति प्रवीण प्रविधिकार थिए। अविभक्त नेपाली समाजलाई
लेख्नपाएका थिए उनले। वैचारिक मानसिक बढ़्दा अनेक विभक्तिको वर्तमानमा
अघिल्ला संचेतनाहरू लेख्न चाहनुहुँदैछ तपाईंहरूले। लेखनको नवप्रयोज्यता
यसलाई अनिवार्य बन्छ। अर्कै पोएटिक्स-का नव्य रचनाहरू पाऔं। यही बाटो
पुगिन्छ मनोजले विचलन -लाई ताक्नलाएको रूपवादीय साहित्यिकता-मा पनि।
                                                                                         इन्द्रबहादुर राई
Comments