डा. दिवाकर प्रधान

विचलन होइन, विचक्षण।
     सुप्तप्राय: साहित्यिक वातावरणमा नवजागरणको अरूणिमा दिने विचलन पत्रिकाका दुइ अङ्क पढ़्नुपाइयो। केही पढ़ूँ-लेखूँ-गरूँ भन्ने उत्साह, केही नवीन आग्रह, अन्तर्रा्रिय र अन्तारा्रिय साहित्यधाराप्रति सजगता विचलन-गोष्ठीमा देख्नुपाइयो।
     अप्रेल1,2007-को सुनचरी समाचारमा पनि विचलन-चिन्तक सुधीर छेत्रीको विचलनबारे लेख पढ़्नुपाइयो। द्रष्टा-स्रष्टा सुधीर-समूहले साहित्यको एउटा धाराविशेषमा यसरीति चिन्तन गर्नुलाई साहित्य-सौभाग्य ठान्दै विचलनविषयक विमर्श गर्नु धर्म र कर्म ठानेँ।
     संस्कृत शब्दकोशअनुसार चलन शब्दमा चलाइएको वि  उपसर्गको अर्थ भिन्नता, हीनता, असमानता हुन्छ। विशेष हुँदैन। भन्नुभएको रहेछ:
विचलनको विलोम चलन होइन, प्रचलन हो। विचलनको विलोम त अचलन हो। अचल वा अचलन भनेको चल्दै-नचल्नु हो भने विचलन भनेको बिग्रेर चल्नु हो। गाड़ीको विचलन नराम्रो, बाटोको विचलन नराम्रो, अनुहारको विचलन नराम्रो, विचारको विचलन नराम्रो, व्यवस्थाको विचलन नराम्रो आदि। विचलनमा क्रान्ति आए मात्र चलन-प्रचलन राम्रो हुन्छ।
     सुधीर-समूहको साहित्य पढ़्दा स्थापित साहित्यमा विचलन देखिनाले साहित्यमा सुचलनको सुचारु प्रचलन शुरु गरेको बुझियो। तर आफ्नै लेखनलाई पनि विचलन-लेखन भने। नामै पो राखे !
    चलन शब्दमा लागेको प्र  उपसर्गले अधिक, अघि, गति, यश भएको चलन बुझाउँछ। प्रचलन के छ भने भाषाका कति सिद्धान्त साहित्यमा मिल्दैनन्। भाषाको ध्वनि र साहित्यको ध्वनिमा आकाश-पातालको भिन्नता हुन्छ। भाषाको ध्वनि सुनिन्छ, phono/ phone हो। साहित्यको ध्वनि भनेको प्रतीयमान अर्थ वा व्यङ्ग्यार्थ हो। ठीक त्यस्तै हो विचलन। उत्तराधुनिक ऐनाको विचलनले पनि भाषाविषयक कलात्मक अभिव्यक्तिको एउटा उपकरण संसूचित गरेको हो। सुधीर महोदयले भाषा-विज्ञानभित्र पर्ने शैली-विज्ञानको सन्दर्भमा उठेका विचलन-सन्दर्भहरू उद्धृत गरी-गरी विचलनलाई सुधीर-समावेशीहरूकै लागि साहित्य-सर्वस्व सिद्ध गरिदिनुभएको रहेछ।
     प्राचीनकालदेखि नै साहित्यमा साहित्यिक भाषाको सन्दर्भमा विचलनको प्रचलन छँदैछ। साहित्यमा चलाइने भाषा विचलनकै भाषा हुन्छै-हुन्छ तर साहित्य विचलित हुँदैन। विचलनको भाषाले साहित्य प्रचलित हुन्छ भनीकन अलङ्कारवाद, रसवाद, वक्रोक्तिवाद, ध्वनिवाद अघि सरेकै हो। उनीहरूले भाषाको विचलनलाई स्वीकारीकन साहित्यलाई विचलन हुनुबाट जोगाए।
      सामान्य भाषामा विचलन नभई साहित्यको भाषा हुँदैन। उदाहरणका लागि आवेदन पत्रादिमा लेखिने भाषा प्रचलन-भाषा हो भने कवितामा भाषा विचलनको हुन्छ। यस दृलिे वाल्मीकि-व्यासदेखि सुवानन्द-भानुभक्तलगायत केवलचन्द्र-सुधीरका कविताका भाषा विचलन-वेष्ठित छन्। बरू कतिपय समकालीनधाराका कविहरूले पो विचलनको भाषा नचलाई प्रचलनकै भाषाबाट पनि
साहित्य हुनसक्ने उदाहरण दिँदैछन्। समकालीनधारा राम्ररी समाएर लेख्नसक्ने नेपाली साहित्यकी प्रतिनिधि कवयित्री रेमिका थापाले सक्दो विचलन-भाषा नचलाउने प्रयास गरेकी छन्।
    साहित्य प्रचलनको भाषामा नभई प्रचलनेतर भाषामा हुन्छ भन्नुलाई शैली-विज्ञानमा deviation भनेको पाइन्छ। अङ्ग्रेजीमा deviation-को कोशसम्मत अर्थ हुन्छ turning aside or away।
क्डेभिएशनत्-लाई हिन्दी वा नेपालीमा विचलन भनिदिए। पृथकीकरण  नाम यदि दिएका भए विचलन-लेखन पृथकन-लेखन नै हुन्थ्यो?  सामान्य भाषालाई उक्ति मानेर साहित्यको भाषालाई वक्रोक्ति मान्ने वा गुणालङ्कारयुक्त रीतिमा साहित्य गर्नुपर्ने विचार भारतीय काव्यशास्त्रमा भएकै हुन्। आचार्य कुन्तकले वक्रोक्ति काव्य जीवितम् भन्नु र आचार्य वामनले रीतिरात्मा काव्यस्य: भन्नुसित पनि डेभिएशन-ले समता राख्दछ। तर कालान्तरमा रीति-वक्रोक्ति काव्यपुरुषको शरीर सिद्ध भयो। यस दृष्टिले विचलन कविताको एउटा अङ्ग मात्र हो, अङ्गी होइन। काव्यपुरुषको शरीर-साक्षी विचलन कसरी शरीरी हुन्छ?
     विचलन-समूहको सिद्धान्त र साहित्य, विचार र व्यवहार मिल्दैन। सिद्धान्त दुर्बल तर साहित्य प्रबल। विचारमा विचलन तर व्यवहारमा सुचलन। कविता सुचलित छन्, विचलित छैनन्। जीवन र जगत्लाई नगिचबाट वर्तमान आँखाले
स्पष्ट देखिएका रचना अङ्कहरूमा- धन्य पाठक पाठक उपभोक्तालाई ध्यान दिइएका रचना। समकालीन-लेखनप्रति सजग रचना। प्राञ्जल शैली, स्प अभिव्यक्ति, सुबोध, सुललित रचना दिनसक्ने यी साहित्यकारहरूको लेखनलाई कसरी विचलन लेखन भन्नु? औचित्यवादी आचार्य क्षेमेन्द्र नै भएका भए पनि बरू विचक्षण-लेखन भन्नेथिए। विमर्श-लेखन भन्दा पनि हुने। सिद्धान्त र
साहित्यलाई विचक्षण शब्द दिनु उचित जँच्दछ। विचक्षण भनेको विशिष्ट चक्षित, स्पष्टदर्शी, दीर्घदर्शी, सावधान, बुद्धिमान्, चतुर, विद्वान हो।
प्रकाशित रचना सर्वत्र विचलित हुनुको सट्टा सुचलित, सुललित र संयमित छन्। स्वच्छन्दतावादी स्वैरकल्पना र अतिरञ्जना तथा तथाकथित प्रयोगवादी क्लिष्टतादेखि पलायित छन्। विचलन-निरपेक्ष कवितास्वादन सहृदयीको हृदयमै सञ्चालित छन्। साहित्यलाई सुपाच्य, सुस्वादु बनाउने विशाल दायित्व अग्रसारित छन्। उत्तराधुनिक शास्त्रसम्मत संयम-अनुशासन-पालनमा प्रचेष्ट यो
लेखन अवश्यै विचक्षण-लेखन हो। वैचक्षण्यं कला (आचार्य भामह)। किमधिकम् !!
Comments