आरम्भ



वरिष्ठ समालोचक श्री पेम्पा तामङ भन्छन्
.........विचलन-मा परेका कविताहरू .......... अवॉं-गार्दे  छन्, भने उत्तरआधुनिक पनि छन्। पेश्टिच, पुनर्लेखन, मूर्तिभञ्जन, आदिमता, आधुनिकता सबै देखिन्छन्। उत्तरआधुनिक लेखनमा पोर्नोग्राफिक लेखन पनि देखिन्छ भने यहॉं पनि केही कविताहरू पोर्नोग्राफिक छन्।
समग्रमा हेर्दा विचलनले धेरै पक्ष एकैचोटि सम्हाल्न पुगेको भान हुन्छ। कलालाई जीवनवादी बनाउन चाहन्छन् भने अर्कोतिर शिल्पलाई उत्तिकै महत्व दिइएको बुझिन्छ। सबअल्टर्न अवधारणा पनि बोकेकै छ यसले। किनारीकृत, अवहेलित गोर्खा अस्मितालाई यसले छुने प्रयास गरेको छ। उत्तर-औपनिवेशिक सिद्धान्त पनि समेटेको छ। नेपाली पाठकलाई कविताप्रिय बनाउने र पाठक-सङ्ख्या बढ़ाउने जमर्को गरिएको छ। तर कलाको उदात्तताको मर्यादा रहनु आवश्यक छ।..........
...............उज्ज्वल, सुधीर र जयका कविताहरूले आभास दिलाउँदछ, अब नेपाली कविताले कोल्टे फेरेको छ। एउटा विभाजन सिर्जना गर्न सफल रहेको छ - पूर्वका कविताहरू र विचलनकालका कविताहरूमा। यो नै यसको महत् उपलब्धि हो।..........
  पढ्नुहोस्




सुधीर छेत्रीको कविता सङ्ग्रह 'शिल्पका पखेटाहरू'


Comments